परिस्थिति अनिश्चयी र अन्यौलपूर्ण छ । कोरोना भाइरसको सर्वव्यापी महामारी (प्यान्डेमिक) ले विश्वलाई एकैपटक तालाबाला खेलाएको छ । सबै चिन्तित छन्, प्रयत्नरत छन् । व्यापक लकडाउन, विमानस्थल बन्द, विद्यालय, विश्वविद्यालय, बार, क्लव, खेल, सिनेमाहल, मल तथा बजारहरू बन्द, सीमा नाकामा रोकावट, लामो यात्रामा रोक, एक्लिएर बस्ने, क्वारेन्टिन गर्ने, सार्वजनिक जमघट र भिडभाड नियन्त्रण, घरबाट ननिस्कन आग्रह, निषेधाज्ञा, अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि निलम्बन जस्ता महामारी फैलिनबाट रोक्ने सशक्त उपायहरू विश्वभरि अपनाउन थालिएका छन् ।
संक्रमितको संख्या लाखौंको इकाइमा चडिरहेछ, मर्नेहरूको संख्या पनि हजारौंमा गणना हुनथालेको छ । अथवा भनौं हरेक दिन मृत्यूको रेकर्डले नयाँ उचाइ लिदैंछ । विगत केही महिनादेखि आउँदा केही हप्ता र महिनासम्म विश्वले अथक र असाधरण म्याराथुन दौडमा सामेल हुनुपरिरहेको छ । सामाजिक र आर्थिक जीवन अस्तव्यस्त छ । दिनदिनै नयाँ दुखान्त कथाहरू जन्माइरहेछ । विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य विपत्काल घोषणा गरिसकेको छ । यो नाजुक र चुनौतिपूर्ण समयमा सही र यथार्थ जानकारी पाउनु सर्वाधिक महत्वको विषय भएको छ ।
हिजोआज जनसम्पर्क व्यवस्थापन अभूतपूर्व चुनौति बनेको छ । विश्वले अहिलेसम्म जनसम्पर्क कसरी बढाउने र विश्वलाई कसरी जोड्ने भन्ने सिद्धान्तहरू प्रतिपादन र अभ्यास गरेको थियो । हामीले जनसम्पर्कबारे बुझेको र अपनाएका मान्यता तथा सिद्धान्तहरू यो परिप्रेक्षमा विल्कुलै मेल खाँदैनन् । अहिले जनसम्पर्कलाई जोड्ने होइन, तोड्नु पर्ने अवस्था छ, त्यसैले सबै देशले सीमा नाका बन्द गरेका छन्, देशभित्रै पनि आवतआवतलाई सिमित गरिएको छ । सामाजिक भेला तथा साँस्कृतिक कार्यक्रमहरू बन्द गर्नुपर्ने परिस्थिति छ । सार्वजनिक आदत र अभ्यासहरू पुरै बदल्नु पर्ने बाध्यता छ ।
कोरोना महामारीले मानव जाति र सामाजिक विरासतमाथि नराम्ररी धावा बोलेको छ । बुझिआएका र प्रचलनमा रहेका मान्यता तथा अभ्यासहरू चकनाचुर पारेको छ । हामी महामारीको अत्यासलाग्दो बतावरणको सामना गरिरहेका छौं । ठीक यसैवेला हामीले नितान्त नयाँ, सुरक्षित र भरपार्दा बाटाहरू पहिल्याउनु र हिड्नु पर्ने भएको छ । मार्गदर्शक कोही पनि छैनन्, सबै नौला छौं, अपरिचित छौं । हाम्रो सामान्य बेहोसी, कमजोरी र आवेश आफू, परिवार, समुदाय र सबैका लागि विध्वंसक खतरा बन्ने सम्भावना उत्तिकै छ ।
कोरोना महामारीले मानव विकासको सिद्धान्त र इतिहासलाई नै उथलपुथल गरिदिएको छ । मानिस सम्बन्धको प्राणी हो भन्ने परिभाषा थियो । तर अहिले मानव हुनुको मुख्य तत्व सम्बन्धको स्वभावलाई नयाँ तरिकाले व्याख्या गर्नुपर्ने अवस्था छ । अलिकति पनि गलत सन्देश गयो भन विरामीप्रतिको करुणा र मानवता नै हराउन सक्छ । कहिल्यै नभएको बानी–व्यवहारलाई विकास र अभ्यास गर्नु पर्ने भएको छ ।
अरु विपद्मा चौतारीमा बसेर मन्थन गर्ने स्वभाविक चलन थियो तर अहिले एक्लाएक्लै बसेर सामुहिक निकर्ष र विधि निकाल्नु पर्ने अवस्था छ । अलगअलग बसेर सामुहिक हित गर्नु छ । कोरोनाले भत्काउन लागेका सामाजिक सम्बन्धहरूलाई जोड्नु छ । मान्छेले मान्छेलाई देख्दा भाग्ने वा लखेट्ने सम्भावना देखापरिरहेको छ । अस्पतालमा रहेका शवहरू उठाएर सद्गत गर्न पनि आफन्त तयार नहुने घटना विश्वभरी देखिएका छन् । यस्तो वेलाले हाम्रासामु खडा गरेको पहिलो प्रश्न हो– हामी सम्भव भएसम्म मानव हुने कसरी ?
कोरोना महामारीले मानव विकासको सिद्धान्त र इतिहासलाई नै उथलपुथल गरिदिएको छ । मानिस सम्बन्धको प्राणी हो भन्ने परिभाषा थियो । तर अहिले मानव हुनुको मुख्य तत्व सम्बन्धको स्वभावलाई नयाँ तरिकाले व्याख्या गर्नुपर्ने अवस्था छ । अलिकति पनि गलत सन्देश गयो भन विरामीप्रतिको करुणा र मानवता नै हराउन सक्छ । कहिल्यै नभएको बानी–व्यवहारलाई विकास र अभ्यास गर्नु पर्ने भएको छ ।
विश्व स्वास्थ्य संगठन लगायतका अन्तराष्ट्रिय र क्षेत्रीय स्वास्थ्य संगठनहरूले उपयोगी सूचना संप्रेषण गर्ने गरेका छन् तर सामाजिक सञ्जालमा ‘झुठा खबर’, ‘षड्यन्त्रका सिद्धान्त’, ‘हावादारी गफ’ वा हल्ला र ‘घृणा फैलाउने’ सामग्रीहरू पनि छ्यापछ्याप्ती छन् । यस्ता सामग्रीबाट उत्पन्न समस्यासंग जुद्ध्न ती सञ्जालहरूसंगको संगत तोड्नु नै उत्तम रणनीति हुनसक्छ ।
महामारी बढ्दै गएको यस्तो समयमा विपद् कम गर्ने अवधारणागत कुरा आगो लागेपछि पोखरी खन्न योजना बनाउने बारेमा छलफल शुरु गर्नु सरह हो । तर अवधारणा बिना कुनै काम गन्तव्यमा पुग्दैन, हराइन्छ । विगत दुई दशकयता जलवायु परिवर्तनसित अभ्यस्थ रहने तथा विपद् व्यवस्थापन (बाढी, खडेरी) को नेपाल, भारत, पाकिस्तान, दक्षिणपूर्व एशियाका विज्ञ÷विशेषज्ञहरूको प्रयासले एउटा उपयोगी अवधारणागत विधि तयार पारिसकेको छ । यो अवधारणागत विधिले यो महामारी नियन्त्रणमा पनि योगदान दिनसक्छ । त्यस विधिले चारवटा महत्वपूर्ण पक्षहरूलाई औंल्याएको छ– सम्मुखता (एक्स्पोजर), कार्यकर्मीहरू, सबल प्रणालीहरू र संस्थागत व्यवस्था तथा नीतिहरू ।
हरेक व्यक्तिले आफूलाई पुनः निर्देशित गर्नुछ । नयाँ संसारको ढोका खोल्नु पर्नेछ । यो हामीलाई व्युझाउने झड्का मात्रै हुनसक्छ । आगामी दिनहरू अझै चुनौतिपूर्ण हुनसक्छन । हाम्रा सिद्धान्त, प्रणाली र अर्थव्यवस्थाले निर्माण गरेको प्रकृति विरोधी चरित्र र मान्यतालाई कायमै राखिरहने हो भने भोलिका दिनमा जलवायु परिवर्तनले निम्त्याउने नयाँ विपत्तिहरूको कल्पना अहिल्यै गर्न सकिदैन । आगामी यात्रा हिजोका परिभाषित मान्यता र ज्ञानले निर्देशित गर्ने छैनन् । हामी अनिश्चयको अथाह भुगोलमा प्रवेश गर्दैछौं ।
सम्बत् २०७२ सालको भूकम्पपछि आयोजना भएका विभिन्न अनुष्ठानहरूमा कार्यपत्र प्रस्तुत गर्दा महामारीका विषय उठाइने गरिन्थ्यो । त्यहाँ प्यानडेमिक शव्दको प्रयोग पनि हुने गर्दथ्यो । तर विश्वले यो स्तरको प्यान्डेमिक यति छिटै भोगी हाल्नेछ भन्ने परिकल्पना र अपेक्षा चाँहि कसैले गरेका थिएनन् । अब भइ सकेपछि जुधेर निराकरण गर्नुको विकल्प छैन । आ–आफ्नो क्षेत्र र स्थानबाट योगदान गर्नु सबैको दायित्व हो । हरेक मुलुकका बासिन्दाले महामारी संक्रमणको यो क्रूर चक्र तोड्न कम्मर कस्ने अहम घडी आएको छ ।
महामारी बढ्दै गएको यस्तो समयमा विपद् कम गर्ने अवधारणागत कुरा आगो लागेपछि पोखरी खन्न योजना बनाउने बारेमा छलफल शुरु गर्नु सरह हो । तर अवधारणा बिना कुनै काम गन्तव्यमा पुग्दैन, हराइन्छ । विगत दुई दशकयता जलवायु परिवर्तनसित अभ्यस्थ रहने तथा विपद् व्यवस्थापन (बाढी, खडेरी) को नेपाल, भारत, पाकिस्तान, दक्षिणपूर्व एशियाका विज्ञ/विशेषज्ञहरूको प्रयासले एउटा उपयोगी अवधारणागत विधि तयार पारिसकेको छ । यो अवधारणागत विधिले यो महामारी नियन्त्रणमा पनि योगदान दिनसक्छ । त्यस विधिले चारवटा महत्वपूर्ण पक्षहरूलाई औंल्याएको छ– सम्मुखता (एक्स्पोजर), कार्यकर्मीहरू, सबल प्रणालीहरू र संस्थागत व्यवस्था तथा नीतिहरू ।
सम्मुखता
महामारी फैलने कारण पहिलो पक्ष भाइरस सित मान्छेको भौतिक सम्मूखता हो । पहिले नदेखिएको यो भाइरस एकबाट अर्कोमा भौतिक सामिप्ताले गर्दा छिटो सर्ने देखिएको छ । अर्थात संक्रमितसंग आमनेसामने हुनुले संकटलाई बढाउछ । फैलावट अनियन्त्रित हुनसक्छ । कोराना भाइरस संक्रमण भएको व्यक्तिसंगको सम्मुखताले व्यक्ति जुनसुकै उमेर र जस्तो सुकै स्वास्थ्य अवस्थाको भए पनि संक्रमणमा पर्ने र अरुलाई सार्ने जोखिम हुन्छ । पहिले नै स्वास्थ अवस्था कमजोर भएका व्यक्तिमा संक्रमणले गम्भीर असर गर्ने खतरा रहन्छ ।
सबल प्रणाली
महामारीमा संक्रमणसंग जुद्ध्न सबल प्रणाली विकास गर्नुपर्छ । जनशक्ति व्यवस्थापनदेखि सांगठनीकि तथा भौतिक पूर्वाधार व्यवस्थापन गर्न स्वास्थ्य सेवा तथा अन्य प्रणालीहरू आवश्यक हुन्छन । संकटका वेला सञ्चार प्रणालीलाई चुस्त बनाउनु अर्को महत्वपूर्ण पक्ष हो । उपचारका लागि आवश्यक प्रोटोकलहरूको समेत व्यवस्था गरिनुपर्छ । महामारीका समयमा निम्न कदमहरू महत्वपूर्ण र आधारभूत छन् ।
- परिक्षण गर्ने औजार, विधि र जनशक्ति
- अस्पतालमा शैया, आई.सि.यू.को सुविधा
- धेरै जोखिममा परेका लागि भेन्टिलेटरको व्यवस्था
- आवश्यक परे क्वारेन्टिनको उपलब्धता
- व्यापक परिक्षणको बन्दोबस्त
- तम्तयार टिम, साधन र स्रोतको व्यवस्था
- स्वास्थ्य नीति, कार्यविधि र प्रोटोकलहरूको तयारी
- स्वास्थ्य चौकी, निजी अस्पताल सबैतिर परिक्षणको व्यवस्था । यस्ता ईकाइहरू कहाँ–कहाँ छन् त्यसबारेको तत्काल जानकारी ।
कार्य र कार्यकर्मीहरू
सार्वजनिक दायित्व लिएको सरकारले यसबारेमा नेतृत्वदायी भुमिका खेल्नु पर्छ । मान्छेको जीवनमरणसित प्रत्यक्ष जोडिएको विषय भएकाले स्वास्थ्यकर्मी, चिकित्सक र त्यस विधामा कार्यरत सार्वजनिक स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण छ । ती अग्रपङ्तीमा रहनु जरुरी छ । महामारी नियन्त्रणमा योगदान गरिसकेका अनुभवीबाट सल्लाह लिनु पर्छ । निराकारणका उपाय लागु गर्नु अघि समस्याका कारण के हुन थाहा पाउनु जरुरी हुन्छ । त्यसै अनुरुप उपचार र व्यवस्थापन गरिनुपर्छ । अन्यथा उपचार पद्धति ठीक हुँदैनन् । महामारी रोक्ने कार्यमा सही सन्देश प्रवाह गर्न सञ्चारकर्मीको विशेष भुमिका रहन्छ । हरेक व्यक्ति, परिवार, समुदाय र समग्र समाजले अनुशासित भई कार्य गर्नु जरुरी छ । जागरुकता, सतर्कता र सावधानी जरुरी छ । स्वास्थ्यकर्मीहरूको सुरक्षा र मनोबल अत्यन्त महत्वपूर्ण पक्ष हो ।
कोरोना भाइरसको फैलावट कम गर्न निम्न उपायहरू प्रयोगमा ल्याउन सकिन्छ :
- हाच्छिउँ गर्दा कुहिनाको भित्रपट्टी मुख राखेर गर्ने, खुल्ला हावामा नगर्ने र रुमालले मुख छोप्ने ।
- कम्तीमा २० सकेण्ड लगाएर पटकपटक मिचिमिची साबुन पानीले हातधुने ।
- आफ्नो अनुहारलाई भरसक हातले नछुने ।
- एक अर्कासंग सम्मुख हुनुपर्दा भौतिक दुरी बढाउने ।
- हात नमिलाउने, अङ्कमाल नगर्ने । नमस्ते गर्ने, झुकेर अभिवादन गर्ने, दाहिने हात छातीमा राख्ने र शिर केही निहु¥याउने जस्ता भेटघाट हुँदा स्वागत सम्मान प्रकट गर्ने विधिहरू अपनाउने ।
- रुघाखोकी देखिएमा मास्कको सही तरिकाले प्रयोग गर्ने । प्रयोग गरेको मास्कलाई सही तरिकाले फाल्ने । एकचोटी प्रयोग गरेको मास्क दोहो¥याएर प्रयोग नगर्ने र मास्क प्रयोग गर्दा हात पनि बारम्बार धुने । मास्कको आपूर्ती कम भएको हुँदा सकेसम्म नयाँ मास्क बनाउनेलाई सहयोग गर्ने । स्वस्थ्य व्यक्तिहरूले अनावश्यक रुपमा त्यतिकै मास्कको प्रयोग नगर्ने ।
- रुघाखोकी देखिएमा चिकित्सकको सल्लाहमा बस्ने, रुघाखोकीको लक्षण विगतका अनुभव भन्दा भिन्नखालको लागेमा परिक्षण गराउने ।
- संक्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि संक्रमित व्यक्तिले स्वास्थ्य उपचारको प्रोटोकल अनुसरण गर्ने, छुट्टै कक्षमा बस्ने प्रबन्ध मिलाउने । परिवारका सदस्यको भौतिक सम्पर्कबाट अलग्ग रहने । भेटघाट गर्दा तीन–चार पाइला परैबाट कुराकानी गर्ने ।
- व्यक्तिगत सामानहरू तौलिया, थाल, गिलासहरू छुट्टै प्रयोग गर्ने । थाल, गिलासहरूलाई राम्रोसंग सफा गर्ने, घाममा सुकाउने ।
- पौष्टिक खाना र सरसफाइमा ध्यान दिने ।
- मानवीय करुणा, सद्भाव र स्नेहलाई वेवास्ता नगर्ने । विरामीलाई हेलाँको पात्र, एक्लो वा असहाय भएको अनुभूति हुन नदिने ।
- आफ्ना साथीभाई, मित्र, परिवार, चिनजानका सबैलाई यस्ता उपायहरूबारे जानकारी दिने, सम्झाउने, त्यसै अनुरुप व्यक्तिगत व्यवहार परिवर्तन गर्न प्रोत्साहन गर्ने ।
यस्ता क्रियाकलापले भाइरसबाट संक्रमित हुने संख्यामा कमी ल्याउन मद्दत गर्छन् । संक्रमितहरूको ग्राफ चुच्चो हुन पाउँदैन धरातलततर्फ झार्न सहज हुन्छ
संस्थागत व्यवस्था र नीतिहरू
अप्रत्याशित भाइरसको महामारीमा कसरी तयार रहने ? यो प्रश्नले संस्थागत व्यवस्था अन्तर्गत स्वास्थ्य नीतिको तर्जुमा कार्यान्वयन, अनुगमन, सिकाइ र परिमार्जनको प्रसङ्गलाई टड्कारो बनाउँछ । केही दशकयता सार्वजनिक स्वास्थ्य सेवा नीति विहिन अवस्थाबाट गुज्रिरहेको कुरा स्पष्ट भएको छ । नेपाल जस्ता मुलुकहरूको संस्थागत विकास कमजोर छ । सामान्य अवस्थामा पनि रोगको निदान र उपचारको व्यवस्था चुस्त छैन । महामारीको वेलामा त उपचारको चुनौति झन पेचिलो बन्ने नै भयो ।
संकटको सञ्चार सामान्य सञ्चार भन्दा धेरै भिन्न हुन्छ । तर अहिले सञ्चारमाध्यमहरूले सामान्य अवस्थाकै सञ्चार विधि र शैली अपनाइरहेका छन् । संकटका वेला प्रभावकारी सञ्चार गर्न निरासा फैलाउने होइन मानिसमा स्नेह, सम्भावना र आशाको सञ्चार गर्न सक्नुपर्छ। यस महाव्याधिमा यस्ता विषयतर्फ पनि ध्यान जानु पर्छ । यो महामारी हामी मात्रै होइन, विकसित मुलुकहरू पनि पूर्ण रुपले तयार नरहेको देखियो । तैपनि विकसित मूलुकका सरकारसंग हाम्रोभन्दा संस्थागत क्षमता बढी छ, त्यता अनुभवी मानिस छन्, विश्वविद्यालय र अनुसन्धान केन्द्र सक्षम छन् । स्रोत पनि प्रसस्त छ ।
अवलम्बन गरिएको विधि ठीक छ, त्यसले फाइदा भएको छ र गर्छ भन्ने अनुगमन गर्नु आवश्यक हुन्छ । अनुगमन केका आधारमा गर्ने ? सही तथ्य तथ्याङ्कको संकलन त्यस कारण आवश्यक हुन्छ । झुठा सूचनाको दवदवा भएको यस कालखण्डमा केलाई सही मान्ने ? यो गम्भीर विषय हो । सूचना संप्रेषण सामान्य समयमा पनि सजिलो विषय होइन । सही सूचना पुग्न सक्दैन । सूचना पाए पनि व्यक्तिले ग्रहण गर्दैन, वा फरक ढंगले ग्रहण गर्छ, उसको व्यवहारमा परिवर्तन देखिदैन ।
संकटको सञ्चार सामान्य सञ्चार भन्दा धेरै भिन्न हुन्छ । तर अहिले सञ्चारमाध्यमहरूले सामान्य अवस्थाकै सञ्चार विधि र शैली अपनाइरहेका छन् । संकटका वेला प्रभावकारी सञ्चार गर्न निरासा फैलाउने होइन मानिसमा स्नेह, सम्भावना र आशाको सञ्चार गर्न सक्नुपर्छ। यस महाव्याधिमा यस्ता विषयतर्फ पनि ध्यान जानु पर्छ । यो महामारी हामी मात्रै होइन, विकसित मुलुकहरू पनि पूर्ण रुपले तयार नरहेको देखियो । तैपनि विकसित मूलुकका सरकारसंग हाम्रोभन्दा संस्थागत क्षमता बढी छ, त्यता अनुभवी मानिस छन्, विश्वविद्यालय र अनुसन्धान केन्द्र सक्षम छन् । स्रोत पनि प्रसस्त छ ।
तत्काललाई कोभिड–१९ विरुद्धको युद्धमा उसलाई परास्त गर्न सामुहिक दायित्व लिइ महामारी नियन्त्रणको कसीमा खरो उत्रन सक्नुपर्छ । महामारी फैलिन नदिनु नै त्यसलाई रोकथाम गर्ने उत्तम उपाय हो । यस्तो वेला कसैले गरिदिएर मात्रै पुग्दैपुग्दैन, हामी सबैले मिलेर गर्नुपर्छ । आशा र स्नेह जगाउनु पर्छ । आशा, स्नेह र सम्भावनाले मान्छेका मनोवललाई मलजल गर्छ, बढाउँछ । हामीमाथि मडाडिइरहेका दुर्दिनहरूबाट छुटकारा पाउनु आजको पहिलो कार्य हो । यो कार्य सम्पन्न गर्न पृथ्वीभरी सर्वत्र गुञ्जिएको परिस्थितिको पछिल्लो आपतकालीन आह्वान हो– ‘सबै जना सक्रिय, इमान्दार, अनुसाशित र जिम्मेवार बन’ ।
यो अनपेक्षित महामारी विरुद्धको खोप तत्काल तयार हुने कुरै भएन । तसर्थ हाम्रो पहिलो दायित्व भाइरसलाई शिथिल बनाउनु हो । जानकारका अनुसार खोपको व्यापक स्तरमा उत्पादन र सर्वत्र उपलब्धततको प्रक्रिया पुरा गर्न झण्डै डेढ वर्ष लाग्नेछ । परिक्षण गर्ने सुपथ र पयाप्र्त औजारको तयारी अर्को तत्कालको आवश्यकता हो । औषधिको आपूर्ति श्रृङ्खला थप महत्वपूर्ण आयाम हुनेछन् । यसमा आर्थिक स्रोत र प्राथमिकताका प्रश्न उठ्ने छन् । तयार भएको खोप प्रयोग गर्न सबै मुलुक र त्यहाँका सबै मानिसले प्राथमिकता पाउँनु पर्छ । यस्तो वेला विश्व शक्ति–राजनीति चलायमान र हावी हुने विगतको तितो इतिहास छ । सबै मुलुकहरूको सहभागिता र योगदान बिना वास्तविक निराकरण सम्भब छैन । हाम्रो दायित्व सार्वजनिक स्वास्थ सेवा प्रणाली र तिनले प्रदान गर्ने सेवामा व्यापक विस्तार र सुधार ल्याउनु हो । र, यो महामारी रोगथामको पाइला नै त्यसतर्फको प्रस्थान बिन्दु हुनुपर्छ ।
धेरै व्यक्तिको ज्यानको क्षति हुन सक्ने परिदृष्य सामुन्नेमा छन् । हरेक व्यक्तिमा आफू पनि संक्रमित हुने हुँ कि भन्ने डर छ, भय छ । आफू र आफ्नाका लागि सबै चिन्तित छौं । अवस्था मास हिस्टेरिया तर्फ जाने सम्भावना छ । यस्तो स्थितिमा धैर्य, तथ्यसंगत र सिलसिलावद्ध प्रयासहरू आवश्यक हुन्छ । आँत्तिएर समस्याको समाधान हुँदैन । यस्तो अफ्ठ्यारो स्थितिले भिन्नै खाले विशिष्ट प्रतिबद्धता माग्छ, नयाँ विधि पनि प्रयोगमा ल्याइनु पर्छ ।
तत्काललाई कोभिड–१९ विरुद्धको युद्धमा उसलाई परास्त गर्न सामुहिक दायित्व लिइ महामारी नियन्त्रणको कसीमा खरो उत्रन सक्नुपर्छ । महामारी फैलिन नदिनु नै त्यसलाई रोकथाम गर्ने उत्तम उपाय हो । यस्तो वेला कसैले गरिदिएर मात्रै पुग्दैपुग्दैन, हामी सबैले मिलेर गर्नुपर्छ । आशा र स्नेह जगाउनु पर्छ । आशा, स्नेह र सम्भावनाले मान्छेका मनोवललाई मलजल गर्छ, बढाउँछ । हामीमाथि मडाडिइरहेका दुर्दिनहरूबाट छुटकारा पाउनु आजको पहिलो कार्य हो । यो कार्य सम्पन्न गर्न पृथ्वीभरी सर्वत्र गुञ्जिएको परिस्थितिको पछिल्लो आपतकालीन आह्वान हो– ‘सबै जना सक्रिय, इमान्दार, अनुशासित र जिम्मेवार बन’ ।