काठमाडौँमा ईन्जा डे

काठमाडौँ, फागुन १८ । दुई वर्षअघि स्थापना भएको नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (ईन्जा) ले आज नेपाल लगायत विश्वका विभिन्न देेेेेेेशहरूमा भिन्दाभिन्दै कार्यक्रम गरी ईन्जा डे मनायो । यसै क्रममा नेपालमा पनि ईन्जाले आफ्नो स्थापना दिवस पुरस्कार वितरण तथा सहयोगसम्बन्धी कार्यक्रम गरी मनायो ।

कार्यक्रममा यस वर्षको इन्जा सामुदायिक पत्रकारिता पुरस्कारबाट सम्मानित गरियो अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई ।  यो पुरस्कारको राशी एक हजार अमेरिकी डलर रहेको छ । ढुंगाना कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ र सिंह हिमाल खबर साप्ताहिकमा प्रकाशित ‘कुपोषित बाजुरा’ शीर्षकका समाचारका लागि संयुक्त रूपमा पुरस्कृत हुनुभएको हो ।

यसैगरी १ हजार डलर राशीको इञ्जा स्रष्टा सम्मान नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा चुणामणि रेग्मी चुमरे लाई प्रदान गरियो।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, राष्ट्रिय सुचना अयोगका पुर्व आयुक्त किरण पोख्रेल, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल, समाचार पत्र दैनिकका सम्पादक कपिल काफ्ले, नेपाल प्रेस काउन्सिलकी सदस्य संगीता खड्का सम्मानित हुनुभयो ।

ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको सहयोगार्थ उहाँकी पत्नी अम्बिका पौडेललाई विभिन्न व्यक्तिबाट गोफण्डमा सड्ड्कलित  १४ लाख ११ हजार २ सय ४४ हजार रुपैयाँ र कार्यक्रमस्थलमै सङ्कलित तीन लाख रूपैयाँ हस्तान्तरण गरिएको थियो ।

अमेरिकादेखि यो कार्यक्रममा सहभागी हुन संस्थापक अध्यक्ष गुणराज लुइँटेल एक दिनअघि काठमाडौँ आइपुग्नुभएको थियो ।  कार्यक्रमको प्रमुख आतिथ्य रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्नुभयो भने अध्यक्षता एशिया च्याप्टरका अध्यक्ष टङ्क पन्तले ।

प्रमुख अतिथि उपप्रधानमन्त्री ईश्वर पोखरेलले ईन्जाको कार्यको प्रशंसा गर्दै निरन्तरताको अपेक्षा गर्नुभयो । ईन्जाका अन्तर्राष्ट्रिय अध्यक्ष गुणराज लुइँटेलले सो संस्थाले नेपाली पत्रकारलाई सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, पूर्व अध्यक्ष महेन्द्र बिष्ट र पत्रकार तीर्थ कोइरालाले पनि बोल्नुभएको थियो ।

Facebook Comments
Comments (0)
Add Comment