आनन्दका तीन टुक्रा

साहित्य

१.

मनमा पीर पग्लिरहेछ,

आँखामा नीर बगिरहेछ,

मुटु आँसु झैँ कञ्चन छ,

जीवन दियाे झैँ जलिरहेछ !

 

२.

सिक आँखा पढ्न मित्र

हुन्छ गाह्राे नत्र मित्र

बिचार गरेर दाेष लगाऊ कसैलाई

लहराेसँगै पहराे गर्जेला मित्र

बाल्टीले समुन्द्र रित्याउँछु भन्छाै

नगर यस्ताे ढिपी मित्र !!

 

 

३.

उसले देखायाे ऐना फुटाएर,

मैले राखेँ अनुहार लुकाएर,

कसैले बीऊ भनेर कविता राेप्याे,

चकित भयाे विरुवा हावामा पलाएर,

अब जाडाेले कठ्याङ्ग्रिने छैन काेही,

ऊ फर्कियाे स्वर्गमा आगाे लगाएर !

Facebook Comments
Comments (0)
Add Comment