नेपालीका अमूल्य निधि : साहित्यकार गुरुप्रसाद मैनाली

व्यक्तित्व

विवेकी जिम्मेवारी, भावुक इरादा, पारिवारिक कर्तव्य, वैयक्तिक मस्ती र सामाजिक मानमर्यादा एकैसाथ निर्वाह गर्नु असम्भवै नभए पनि सामान्य चाहिँ पक्कै होइन। गुरुप्रसाद मैनालीमा एकै पटक र दिनदिनै यी सबै बन्नुपर्ने बाध्यता भनौं वा जीवन संयोग थियो । न्यायिक पेशा, साहित्यिक कर्म, पारिवारिक दायित्ववोध, मनमोजी व्यक्ति र निष्ठावान सामाजिक अगुवा गुरुप्रसाद मैनालीको कुल मिलाउँदा व्यक्तित्वको असाधारणपन लगभग यस्तै थियो । अथवा भनौं, विवेक, समवेदना, जिम्मेवारी, स्वतन्त्रता र सत्यनिष्ठा एकैपटक निर्वाह गर्नु पर्ने फरक मनोदशाहरू नै गुरुप्रसाद मैनालीको अनिवार्य दिनचर्या थियो ।

धेरै लेखक तथा समालोचकले गुरुप्रसाद मैनाली धनकुटामा जन्मनु भएको भनेर लेखेका छन् । यो शायद कुनै बालक अस्पतालमा जन्म्यो भन्नु जस्तै हुन आउँछ । वास्तवमा कसैको पनि जन्मथलो अस्पताल हुँदैन । बुबा काशीनाथ मैनाली सरकारी जागिरे खरदार हुनुहुन्थ्यो । जागिरकै सिलसिलामा उहाँ धनकुटा पुग्नुभयो । सुत्केरी हुनेवेलामा उहाँले केही समय श्रीमती काशीरूपा मैनालीलाई आफैंसँग धनकुटामै राख्नुभयो । १९५७ साल भदौ २३ गते भाद्र शुक्ल चतुर्दशीमा गुरुप्रसाद मैनालीलाई जन्म दिएको केही समयमै काशीरूपा छोरो लिएर आफ्नै थातथलो काभ्रेपलाञ्चोकको कानपुर फकर्नु भयो । गुरुप्रसादको नौ वर्षसम्मको बाल्यकाल कानपुरमै बित्यो । त्यहीँको रनवन र संगत उहाँको व्यक्तित्व निर्माणको आधार बन्यो ।

गुरुप्रसाद मैनाली नौ वर्षको हुँदा हजुरआमा र आमा दुवैजना बित्नुभयो । उहाँ टुहुरो बन्नुभयो । बुबा जागिरका सिलसिलामा विभिन्न ठाउँमा जानुपर्ने भएकाले गुरुप्रसाद र कान्छा भाइको लालनपालन धेरैजसो नुवाकोट स्थित मावली घरमा भयो । गुरुप्रसादका भाइलाई निर्दयी कालले कलिलैमा आफ्नो फन्दामा पा¥यो । उहाँलाई अर्को चोट लाग्यो ।

ओठ निचर्दा दूध झर्ने उमेरमा नै गुरुप्रसादको विवाह भयो । आफूभन्दा डेढ–दुई वर्ष काञ्छी जगतकुमारी उहाँकी जीवन संगीनी बन्नुभयो । उमेर हुर्कदैं गयो । केही वर्षमै जगतकुमारी गर्भवती बन्नुभयो तर दुर्भाग्य ! छोरीलाई जन्म दिनेक्रममा जगतकुमारी र नवजात शिशु दुवैको मृत्यु भयो । गुरुप्रसादका हृदयकुसुमहरू दैवले चुँडेर लग्यो । गुरुप्रसाद कलिलैमा विधुर बन्नुभयो ।

काभ्रे कानपुरको पुख्र्यौली सम्पति छोडेर बुबा काशीनाथले ससुराली गाउँ नुवाकोटको कविलासमा जग्गाजमिन जोड्नुभयो, घर बनाउनुभयो । गुरुप्रसादको हुर्कंदो जिन्दगी कहिले नुवाकोट मावलीमा त कहिले जागिरे बुबासँगै पोकोपुन्तरो बोक्दै वीरगञ्ज, चन्द्रनिगाहपुर, हनुमाननगरतिर बित्नथाल्यो । त्यसवेला औपचारिक शिक्षाको खासै चलन थिएन । गुरुप्रसादले स्व–अध्ययन थाल्नुभयो । जागिरेको छोरा भएकाले गुरुप्रसादलाई चन्द्रनिगाहपुर बस्दा घरमै पढाउने एकजना शिक्षकको बन्दोबस्त मिल्यो । उहाँले संस्कृत र हिन्दी भाषामा अनौपचारिकरूपमा अध्ययन गर्ने मौका पाउनुभयो । गुरुप्रसादको शिक्षाप्रतिको जागरुकता र तदारुकता निरन्तर बढ्दै गयो ।

नेपाली साहित्य, पौराणिक ग्रन्थ, संस्कृत साहित्य, हिन्दी पत्रपत्रिका तथा साहित्य, हिन्दीमा अनुदित बंगाली, फ्रान्सेली, रुसी, अंग्रेजीलगायतका भाषाका साहित्य गुरुप्रसादले स्व–अध्ययनका लागि पाठ्य सामग्री बनाउनुभयो । उहाँले स्व–अध्ययनबाटै बंगाली, अंग्रेजी र उर्दू भाषाको प्रारम्भिक ज्ञान पनि लिनुभयो ।

गुरुप्रसादको जीवनमा संयोग अनौठै आयो । बावुछोराको विधुर विवाह सँगसँगै जस्तो भयो– १९७४ सालमा उहाँका बुबा काशीनाथको र १९७५ सालमा गुरुप्रसाद मैनालीको । गुरुप्रसादको यो विवाह नुवाकोट, थानसिङ सिदुरेकी यशोधादेवी पाठकसँग भयो । कलिलै उमेरका सासू र बुहारी दुवैले विस्तारै परिवारमा सन्तान थप्न थाल्नुभयो ।

विवाहको तीन–चार वर्षभित्रै बुवा काशीनाथ जागिर निवृत्त हुनुभयो । परिवारमा एकातिर बावुछोराकै सन्तान क्रमशः थपिँदै जानु अर्कोतर्फ बुबाको जागिर सकिँदा घरमा आर्थिक दबाब शुरुभयो । परिवार संख्या झन ठूलो हुँदै गएकाले अब मुठीका ठाउँमा मानो जोर्नु पर्ने बाध्यता थियो ।

धर्मपत्निका साथ गुरुप्रसाद मैनाली

अध्ययनशीलता, फरासिलोपन र वाक्पटुता नवयुवक गुरुप्रसादका धुरन्धर गुण थिए । उहाँका कुरा सुन्न मानिसहरू भुतुक्क हुन्थ्ये । बुबा काशीनाथले आफ्ना स्वजन पाठशाला बन्दोबस्त फाँटका तालुकवाला नायब बडागुरुज्यू (माहिला गुरुज्यू) पं. श्री हेमराज पाण्डेसँग गुरुप्रसादलाई भेट गराउनुभयो । गुरुप्रसादले नायब बडागुरुज्यूको सहायक भई काम गर्ने मौका पाउनुभयो । बडागुरुज्यू पाण्डेकै सिफारिसमा राजा त्रिभुवनकी आमा श्री ५ मुमाबडामहारानी लक्ष्मीदिव्येश्वरी शाहका साथ भारतमा रहेका हिन्दू तीर्थस्थलहरू ‘तीन धाम’ को यात्रा गर्ने अवसर मिल्यो । संवत् १९८१ पुस २८ गतेदेखि महारानीका साथमा गुरुप्रसाद पनि तीर्थयात्रामा सहभागी हुनुभयो । यात्राका समयमा उहाँलाई तोकिएको जिम्मेवारी थियो– ‘सवारी भएका दिनदेखि भित्रिएका दिनसम्मको एउटा छोटकरी रोजनाम्चा (डायरी) लेखेर ल्याए’ । आदेश अनुसार गुरुप्रसादले १९८१ पुस २८ गतेदेखि फागुन ८ गतेसम्मको दैनिकी लेखेर दरबारमा ‘अर्पण’ गर्नुभयो ।

यसै सेरोफेरोमा गुरुप्रसादलाई बुबाले आफ्ना मित्र श्री ३ को दरवारका एकजना भित्रिया राजभण्डारीसँग भेट गराउन लैजानुभयो । समसामयिक विषयमा असाध्यै मिठासपूर्ण कुरा गर्न खप्पिस गुरुप्रसादका कुरा केहीबेर सुनेपछि राजभण्डारीले बिमारी भएर बसेका प्रधानमन्त्री चन्द्र शमशेरलाई भेट गराउने निश्चय गरेछन् । त्यसका लागि गुरुप्रसादलाई अर्को दिन दौरा–सुरुवाल लगाएर आउन भने ।

संयोगले श्री ३ को निवास सिंहदरवार पुग्ने अवसर पाउनुभएका गुरुप्रसादलाई हुकुमी शासक चन्द्र शमशेरको दिनचर्या नजिकबाट हेर्ने मौका मिल्यो । बिमारी चन्द्र शमशेरलाई एक्लै दिन काट्न दिक्दारी हुनेहुँदा मृदुभाषी नवयुवक गुरुप्रसादका तार्किक कुरा समय कटाउने अधार बने । चन्द्र शमशेरलाई रसिला र रोचक कुरा सुनाउन भनेर आफूलाई त्यहाँ लगेका रहेछन् भन्ने लख गुरुप्रसादले पनि काट्नुभयो । त्यो क्रम केही समय चल्यो । चन्द्र शमशेरलाई यसरी केही सहयोग गर्न पाएकोमा गर्व अनुभूति पनि भयो । एक दिन चन्द्र शमशेरले गुरुप्रसादलाई सोध्नुभयो– तिमी जागिर खान्छौ ? यो अप्रत्यासित प्रस्तावले गुरुप्रसाद अलमलिनुभयो ।

अरूलाई जागिर खान हस्ताक्षर राम्रो भएको र पढ्नसक्ने छ कि छैन लेख जाँची लेखको परीक्षा पास हुनुपर्ने व्यवस्था थियो । तर, श्री ३ को ठाडो आदेशमा भर्ना हुनलाई कुनै योग्यताको आधार तोकिएको थिएन । गुरुप्रसादले आफूलाई चन्द्र शमशेरकहाँ पु¥याउने तिनै राजभण्डारीसँग श्री ३ चन्द्रले जागिरबारे सोधेको कुरा बताउनुभयो । अर्को दिन राजभण्डारीले चन्द्र शमशेरलाई बाग्लुङको डिठ्ठा खाली छ भनी विन्ती चढाए । नभन्दै जागिर मिल्यो । त्यसवेला डिठ्ठाले जिल्लाभरिको न्यायपालिका र प्रशासन दुवै कार्यको नेतृत्व सम्हाल्नु पर्दथ्यो । आकस्मिकरूपमा गुरुप्रसादले एकैपल्ट बाग्लुङको डिठ्ठा भएर १९८३ सालमा आफ्नो जागिरे जीवन शुरु गर्नुभयो ।

स्वभाव र रुचि अनुसार जागिरको बाहेकपछि बिहान बेलुकी बाग्लुङबासीसँग बसेर मीठा गफ गर्नु गुरुप्रसादको दिनचर्या रहेछ । कुराले मानिसलाई मन्त्रमुग्ध पार्न औधी सिपालु गुरुप्रसादप्रति यस्तो दिनचर्याले छोटै समयमा बाग्लुङबासीबीच थाहै नपाई बलियो मित्रता जोडेछ । सबैसँग बसेर त्यति मीठा कुरा गर्ने सरल विनोदी र सफा मनको त्यो मान्छे गलत हुनै सक्दैन भन्ने विश्वास बाग्लुङबासीबीच फैलियो । आरोप पत्याएनन्, उनीहरूले घटनाको खुलेर विरोध गरे । बाग्लुङ्गे सर्वसाधारण पाल्पामै गए । यसले गुरुप्रसादको मनोबल बढायो । एक महिना लामो इजलासमा बयान हुँदा गुरुप्रसादमाथि फरेब लगाउनेलाई साथ दिएका तल्लो दर्जाका कर्मचारीहरूले नै षडयन्त्रको पर्दाफास गरिदिए । गुरुप्रसादलाई पाल्पा बडाहाकिमले निर्दोष भएको सफाइ दिए । उहाँलाई बाग्लुङबासीले सिँदुरजात्रासहित बाग्लुङ फर्काए । संयोगै भनौं– धाराप्रवाह बोल्ने कलाबाटै पाएको जागिर धाराप्रवाह बोल्ने कलाले नै जोगायो ।

गहन जिम्मेवारी पाएर बाग्लुङ पुग्नुभएका गुरुप्रसादमा नयाँ हौसला त थियो तर अनुभव भने थिएन । बाग्लुङ कार्यालयमा काम गरिरहेका पुराना कर्मचारीहरूलाई आफूभन्दा कान्छो ठिटो आफ्नो हाकिम भएको पचेनछ । त्यसैले एक जना पन्त थरका खरदारको नेतृत्वमा गुरुप्रसादमाथि जाइलाग्ने निधो गरेछन् । उनीहरूले झोसपोलको खेल शुरु गरे । जागिर शुरु गरेको दुई महिना पुग्दा नपुग्दै गुरुप्रसादमाथि अनिष्ट आइलाग्यो । उनीहरूले तानावाना राम्रै बुनेछन् । अनियमितताको आरोप लगाएर गुरुप्रसादको इज्जत–हुर्मत लिंदै मध्य र पश्चिम क्षेत्र हेर्ने राणाकालीन मुकाम पाल्पाका बडाहाकिम सामु गुरुप्रसादलाई उभ्याइयो । गुरुप्रसाद आफ्नो वकिल आफैं बन्नुभयो ।

स्वभाव र रुचि अनुसार जागिरको समय बाहेक बिहान बेलुकी बाग्लुङबासीसँग बसेर मीठा गफ गर्नु गुरुप्रसादको दिनचर्या रहेछ । कुराले मानिसलाई मन्त्रमुग्ध पार्न औधी सिपालु गुरुप्रसादप्रति यस्तो दिनचर्याले छोटै समयमा बाग्लुङबासीबीच थाहै नपाई बलियो मित्रता जोडेछ । सबैसँग बसेर त्यति मीठा कुरा गर्ने सरल विनोदी र सफा मनको त्यो मान्छे गलत हुनै सक्दैन भन्ने विश्वास बाग्लुङबासीबीच फैलियो । आरोप पत्याएनन्, उनीहरूले घटनाको खुलेर विरोध गरे । बाग्लुङ्गे सर्वसाधारण पाल्पामै गए । यसले गुरुप्रसादको मनोबल बढायो । एक महिना लामो इजलासमा बयान हुँदा गुरुप्रसादमाथि फरेब लगाउनेलाई साथ दिएका तल्लो दर्जाका कर्मचारीहरूले नै षडयन्त्रको पर्दाफास गरिदिए । गुरुप्रसादलाई पाल्पा बडाहाकिमले निर्दोष भएको सफाइ दिए । उहाँलाई बाग्लुङबासीले सिँदुरजात्रासहित बाग्लुङ फर्काए । संयोगै भनौं– धाराप्रवाह बोल्ने कलाबाटै पाएको जागिर धाराप्रवाह बोल्ने कलाले नै जोगायो । आत्माको सराप आखिर ती पन्तलाई नै लाग्यो । जागिरमा रहँदा–बस्दा घुस्याहाको दण्ड उनैमाथि सोझियो । उनी जेल परे । जागिर गयो ।

गुरुप्रसादले संवत् १९८१ सालदेखि नै साहित्य लेखन शुरु गरिसक्नुभएको थियो । उहाँले १९८१ साल फागुनमा यात्रा निबन्ध लेख्नुभयो । नासो कथा संग्रहको लेखकीयमा वि.सं. १९८४ सालमै नासो कथा लेखेको कुरा उल्लेख छ । तर, उहाँको प्रकाशित पहिलो कृति चाहिँ कविता बन्नपुग्यो । संवत् १९८५ सालमा गोरखापत्र, वर्ष २७ अंक ९ मा “चन्द्रचर्खा” शीर्षकको कविता छापियो ।

चन्द्र शमशेरकै पालामा १९८५ सालदेखि जाँचपास अड्डाबाट १४ पाससम्मको प्रमाणपत्र दिने व्यवस्था भयो । जाँच निजामतीतिर र जंगीतिर गरी छुट्याइएको हुन्थ्यो । चन्द्र शमशेरका पालामा लिइएको पहिलो निजामती महाजाँचमा गुरुप्रसाद सहभागी हुनुभयो । पहिलो पटक आफ्नो स्व–अध्ययनको स्तर नाप्ने मौका मिल्यो । जाँचको नतिजा आयो– प्रथम श्रेणीमा प्रथम । अब भने गुरुप्रसादको स्व–अध्ययनको औपचारिक प्रमाणपत्र हातलाग्यो– ११ पास । एक प्रतिशत नेपाली पनि साक्षर नभएको त्यो जमानामा उहाँ अब शिक्षित नेपालीमा दरिनुभयो ।

जागिरमा अलि अलि गरेर दिन बिते, महिना बिते, वर्ष पनि बित्दै गए । गुरुप्रसाद पनि डिठ्ठा, लप्टनहुँदै सुब्बा हुनुभयो । सुब्बा गुरुप्रसाद १९९९ सालमा विराटनगर सरुवा हुनुभयो । विराटनगरमा गुरुप्रसादका बुबाका साथी कृष्णप्रसाद कोइराला राणा विरोधी गतिविधिमा लाग्नुभएको थियो । आफ्नो रापले आफैं पिल्सिइरहेको राणा शासनले गुरुप्रसादलाई विराटनगरको सुब्बा भएका वेला कृष्णप्रसाद कोइरालाहरूलाई नपक्री भगाउन मद्दत गरेको फरेब लगाएर वि.सं. २००० साल वैशाखमा जागिर खोस्यो ।

साहित्य लेखन र जागिरे जीवन चल्दै थियो । गुरुप्रसादलाई अर्को शोक आइलाग्यो । कलिला चारजना भाइ र एउटी बहिनी गुरुप्रसादलाई जिम्मा लगाएर बुबा काशीनाथ वि.सं. १९९१ सालमा स्वर्गवास हुनुभयो । चारधाम गरेर साथीभाइसँग फर्कंदै गर्दा घरमा आइपुग्न नपाई काठमाडौंको जीतपुरफेदीमा उहाँको मृत्युभयो । बुबा बित्दा गुरुप्रसादका विमातापट्टिकी जेठी बहिनी १३ वर्ष र कान्छो भाइ चार वर्षका थिए । पक्षघातले थलिएकी आफ्नी विमाता, कलिला पाँच जना भाइ–बहिनी र आफ्ना छोराछोरी हुर्काउने बढाउने, पढाउने र घरव्यवहार धान्नु पर्ने जिम्मेवारी अब एक्लै गुरुप्रसादको काँधमा आइलाग्यो । गुरुप्रसादका १२ वटा सन्तान भए । जसमध्ये आफ्ना कलिला दुई सन्तानको शोक पनि गुरुप्रसादलाई प¥यो, फेरि हृदय काटियो । शायद वियोग नै गुरुप्रसादको जीवनयोग थियो । बाँकी चार जना छोरा र छ वटी छोरी गुरुप्रसादले नेपाली समाजलाई पारिवारिक नासो दिनुभयो ।

जागिरमा अलि अलि गरेर दिन बिते, महिना बिते, वर्ष पनि बित्दै गए । गुरुप्रसाद पनि डिठ्ठा, लप्टनहुँदै सुब्बा हुनुभयो । सुब्बा गुरुप्रसाद १९९९ सालमा विराटनगर सरुवा हुनुभयो । विराटनगरमा गुरुप्रसादका बुबाका साथी कृष्णप्रसाद कोइराला राणा विरोधी गतिविधिमा लाग्नुभएको थियो । आफ्नो रापले आफैं पिल्सिइरहेको राणा शासनले गुरुप्रसादलाई विराटनगरको सुब्बा भएका वेला कृष्णप्रसाद कोइरालाहरूलाई नपक्री भगाउन मद्दत गरेको फरेब लगाएर वि.सं. २००० साल वैशाखमा जागिर खोस्यो ।

गुरुप्रसादको परिवारमा आर्थिक हिसाबले फेरि संकटका दिन शुरु भए । यसैबीच गुरुप्रसादलाई जागिर दिने श्री ३ चन्द्रका छोरा मोहन शमशेर प्रधानमन्त्री बनेपछि २००६ साल भदौमा फेरि गुरुप्रसादको जागिर सुब्बामै थामियो । उहाँ २०११ सालमा मीरसुब्बा हुनुभयो । २०१६ सालमा काठमाडौं अपिल कोर्टको मुख्य न्यायाधीश भएर २०१७ सालमा सेवानिवृत्त हुनुभयो । गुरुप्रसाद जागिरमा काबिल तर चाकरी–चुक्लीमा अनुपयुक्त हुनुहुन्थ्यो । पैसाका निम्ति कहिल्यै आत्मा बेच्नुभएन । त्यसैले उहाँको करिब ३४ वर्षको जागिरे जीवनमा छ वर्षका लागि त जागिरबाटै हात धुनुप¥यो र जम्माजम्मी चारपटकमात्र बढुवा पाउनुभयो । उहाँभन्दा निकै तल्लो ओहदा “लेखन्दास सिपाही” बाट जागिर शुरु गरेका उहाँका दौंतरीहरू पटकौंपटक बढुवा पाएर सर्वोच्चको न्यायाधीश भए । उहाँ भने डिठ्ठाबाट जागिर शुरु गरेर पनि अपिल कोर्टको मुख्य न्यायाधीशसम्म मात्र पुग्नुभयो ।

गुरुप्रसाद पहिरनको सौखिन हुनुहुन्थ्यो । उहाँको पहिरन, बोलीचाली तथा सुग्घरीपन आफन्त र मित्रहरूबीच चर्चाको विषय हुनेगर्दथ्यो । असाध्यै सफा बस्नुपर्ने, चिटक्क मिलाएर लुगा लगाउनुपर्ने, मझौलो कद, दोहोरो जीउडाल, हृष्टपुष्ट शरीर, गहुँगोरो रूप, फुर्तिलो र रबाफिलो हिँडाइ गुरुप्रसादका निजी हुलिया थिए । हार्दिकतापूर्वक, भाँति पु¥याएर धाराप्रवाह बोल्ने, कुराले अरूलाई मन्त्रमुग्ध पार्ने, लालित्य, उपमा, बिम्व र लोकबोली सटिक ढंगले चलाउने गुरुप्रसादबारेको चर्चा वरपर समाजमा निकै थियो । साथीभाइ, छरछिमेकीहरूमा सुब्बा बाजेलाई संसार थाहा छ भन्ने छाप थियो– हिटलरको जीवनीदेखि मोपासाँ र चेखोवको साहित्यसम्म । 

गुरुप्रसादका सहकर्मी मित्रहरू भन्ने गर्दथे– जानेको कुरा निर्भिक भएर बोलीहाल्ने बानीले गुरुप्रसादलाई जागिरमा हानी पु¥यायो । जहानीया शासनकाल बोल्ने र अभिव्यक्ति दिने समय थिएन । जान्नेहरूको कुरा शासकहरूलाई सुन्नु पनि थिएन । उनीहरू आफ्नो मर्जी अनुसार शासन गर्दथे । शासकहरूको यो सदाबहार स्वभाव नै हो । तर, देखेको कुरा भन्नु गुरुप्रसादको पनि धर्म थियो । जागिरका खातिर उहाँ मनमारेर बस्नुभएन । आफूलाई लागेको कुरा स्पष्ट बोल्ने गर्नुभयो ।

गुरुप्रसादका जीवनमा दुःख थिए, पीडा थिए, आरोप र कार्वाही थिए, सामाजिक दायित्व र पारिवारिक जिम्मेवारी थिए । यसैबीच पनि उहाँ एउटा मनमोजी र निस्फिक्री व्यक्ति हुनुहुन्थ्यो । कुलत केही थिएन । जुवा तास खेल्नु भएन । खैनी, चुरोट खानु भएन । कुनै नशा लिनु भएन । उहाँका निजी रुचि र सोख भने अनौठा थिए । उहाँ अत्तर, नस र सुपारी सङ्कलन गर्नुहुन्थ्यो । उहाँसँग वेलायतमा निर्मित एउटा पेस्तोल र दुईवटा बन्दुक पनि थिए ।

गुरुप्रसाद हरदम रेडियो सुन्नुहुन्थ्यो । उहाँसँग २००८ सालतिर लैनसिं बाङ्देलमार्फत झिकाएको मोरफी ब्राण्डको रेडियो थियो । पुस्तक र पत्रपत्रिका नित्य पढ्नुहुन्थ्यो । राज्यले समेत पुस्तकालयको कल्पना खासै नगरेको त्यो जमानामा पनि उहाँको घरमा पुस्तकालय थियो । चाँपको काठका ठूलठूला आठ–दशवटा दराजमा टन्न किताब थिए । उहाँको पुस्तकालयमा नेपाली, हिन्दी र हिन्दीमा अनुदित बंगाली, उर्दू, फ्रान्सेली, रुसी, अंग्रेजीलगायतका साहित्यिक किताब थिए । रवीन्द्रनाथ ठाकुर, प्रेमचन्द, एन्थोन चेखोव, लियो टाल्सटाय, वनार्ड शा, सेक्सपियरदेखि मोपासाँसम्मका कृति सङ्कलित थिए । हिटलर र मुसोलिनीहरूका जीवनी थिए । नेपाली साहित्यको प्रारम्भिककाल भएकाले भवानी भिक्षु, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण शमलगायतका थोरै किताब थिए । पछि चारभाइ छोराले बाबुको सम्पति अंशबण्डा गर्दा किताबसमेत भाग लगाएका थिए ।

पत्रपत्रिकामा नेपालबाट निस्कने उदय र शारदा अनि भारतबाट निस्कने आजकल, साप्ताहिक हिन्दुस्थान, विश्वमित्र, हंस, विशाल भारत, सचित्र भारत

नासो कथा संग्रहको जापानी संस्करण

आदिको सङ्कलन थियो । बाल भारतीका पनि सम्पूर्ण अङ्क उहाँको सङ्कलनमा थिए । उहाँ बालभारती आफ्ना बालबच्चालाई पनि पढाउनुहुन्थ्यो । आफ्ना सन्तान र अरू बालबालिकालाई कथा नै बनाएर के गर्ने के नगर्ने भनी बताउनुहुन्थ्यो । स्व–अध्ययनबाटै उहाँले विश्व साहित्य र समकालीन राजनीतिका बारेमा भरपूर ज्ञान हासिल गर्नुभएको थियो ।

चिठ्ठी लेखन र सङ्कलन उहाँको अर्को सोख थियो । उहाँ नियमितरूपमा साथीभाइ र समकालीन साहित्यकारहरूलाई चिठ्ठी लेख्नुहुन्थ्यो । हिन्दी साहित्यका लोकप्रिय लेखक प्रेमचन्दले गुरुप्रसादलाई फर्काएको प्रतिउत्तर–पत्र उहाँको सङ्कलनमा सुरक्षित थियो ।

गुरुप्रसाद पहिरनको सौखिन हुनुहुन्थ्यो । उहाँको पहिरन, बोलीचाली तथा सुग्घरीपन आफन्त र मित्रहरूबीच चर्चाको विषय हुनेगर्दथ्यो । असाध्यै सफा बस्नुपर्ने, चिटक्क मिलाएर लुगा लगाउनुपर्ने, मझौलो कद, दोहोरो जीउडाल, हृष्टपुष्ट शरीर, गहुँगोरो रूप, फुर्तिलो र रबाफिलो हिँडाइ गुरुप्रसादका निजी हुलिया थिए । हार्दिकतापूर्वक, भाँति पु¥याएर धाराप्रवाह बोल्ने, कुराले अरूलाई मन्त्रमुग्ध पार्ने, लालित्य, उपमा, बिम्व र लोकबोली सटिक ढंगले चलाउने गुरुप्रसादबारेको चर्चा वरपर समाजमा निकै थियो । साथीभाइ, छरछिमेकीहरूमा सुब्बा बाजेलाई संसार थाहा छ भन्ने छाप थियो– हिटलरको जीवनीदेखि मोपासाँ र चेखोवको साहित्यसम्म ।

गुरुप्रसादका मित्रहरूमा श्रीप्रसाद अर्याल, भक्तलाल श्रेष्ठ (शहीद गंगालालका बुबा), विश्वेश्वरप्रसाद कोइराला, बाबुराम आचार्य, मातृकाप्रसाद कोइरालाहरू हुनुहुन्थ्यो । साहित्यिक मित्रहरूमा लैनसिं बाङ्गदेल, पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली, माधवप्रसाद घिमिरे, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण पोखरेल र ताना शर्मालगायत हुनुहुन्थ्यो । ताना शर्मा र गुरुप्रसादबीच गहिरो मित्रता थियो । ताना शर्माकै पहलमा गुरुप्रसादले नेपाली समाजलाई दिएको साहित्यिक नासो “नासो कथा संग्रह” २०२० सालमा प्रकाशित भयो ।

जिज्ञासु गुरुप्रसाद धर्मका बारेमा पनि ज्ञान राख्नुहुन्थ्यो । धर्मका बारेमा विचारहरू दिनुहुन्थ्यो तर उहाँ कसैको भक्त नै चाहिँ हुनुहुन्नथ्यो । नियमित योग गर्नुहुन्थ्यो । व्यवस्थित जीवनशैली थियो । उमेर बढ्दै जाँदा उहाँमा उच्च रक्तचाप र मधुमेह रोगको समस्या देखाप¥यो ।

पैसाका मामिलामा भने गुरुप्रसाद असफल व्यवस्थापक हुनुहुन्थ्यो । पारिवारिक बोझले बचत लगभग थिएन । जेजति बचत थियो त्यसलाई पनि लगानी गर्न जान्नु भएन । काठमाडौंमा एउटा घरसम्म किन्न पनि डराउनुहुन्थ्यो । जीवनको उत्तरार्धमा बाध्यताबस काठमाडौंको पकनाजोलमा एउटा सानो घर किन्नुभयो ।

गुरुप्रसाद मैनालीको जीवनमा थुप्रै दुखान्त आए । कलिलैमा हजुरआमा र आमा बित्नुभयो । सहोदर भाइको मृत्यु भोग्नुभयो । यौवनका आकांक्षाहरू पलाउन शुरु गर्दानगर्दै श्रीमतीको दुःखद् निधन भयो । बुबा बित्नुभयो । पछि आफ्ना दुइटा सन्तानको शोक पनि उहाँमा आइलाग्यो । जागिरबाट केही समयलाई हात धुनुप¥यो । वेदनाका यी ठूलठूला लहरहरूमा पनि विरही आलाप गाउन र हृदय विचलित हुन गुरुप्रसादलाई कुनै छुट थिएन । उहाँका सामुन्नेमा पूरा गर्नैपर्ने विशाल पारिवारिक दायित्व थियो । भाइबहिनी र छोराछोरीप्रतिको अभिभावकत्वले उहाँलाई चल्नचटपटाउन नसक्नेगरी क¥याप्प अँठ्याएको थियो । यी प्रतिकूलताहरूबीच पनि गुरुप्रसादले आफ्नो अभिभावकीय दायित्व पूर्ण पारिवारिक लगाव र स्नेहसाथ पूरा गर्नुभयो । परिवारका सदस्यमा आफ्नो अमिट आत्मीय छाप छोड्नुभयो ।

गुरुप्रसादमा म के गर्दैछु भनी आफूलाई राम्ररी नियाल्न सक्ने अद्वितीय क्षमता थियो । उहाँ जे गर्नुहुन्थ्यो, जानेर र सजग भएर गर्नुहुन्थ्यो । त्यसैले साहित्य सिर्जना गर्दा पनि उहाँले कसैसँग होडबाजी गर्नुभएन । उहाँमा परिस्कारको अभिलाषा असिमित थियो । धाराप्रवाह र बग्रेल्ती होइन, एउटै खेस्रालाई निश्चित समयको अन्तरालमा पटकपटक परिमार्जन र साफी गरिसकेपछि मात्र पूर्णता दिनुहुन्थ्यो । त्यसैले उहाँले साहित्यिक सिर्जना लगालग होइन, निपूण गर्नेतर्फ ध्यान दिनुभयो । यही निपूणताको निक्खार हो– नासो कथा संग्रह । 

सेवामा रहँदा र सेवा निवृत्त भएपछि पनि गुरुप्रसाद वर्षमा एकदुईपटक आफ्नो रासोबासो नुवाकोटको कविलास जानुहुन्थ्यो । त्यस जमानामा चियापत्ति र चिनी गाउँमा पाइँदैनथ्यो । त्यसैले गाउँ जाँदा उहाँ चियापत्ति, चिनी र सख्खर लिएर जाने गर्नुहुन्थ्यो । गाउँमा बसुञ्जेल हरेकदिन बिहान छरछिमेकी र उहाँको जग्गा कमाउनेहरू सबैजना घरको फलैंचामा भरिभराउ मानिस चियाखान र गुरुप्रसादका कुरा सुन्न भेला हुनेगर्दथे । धेरै वर्षसम्म यो क्रम चल्यो ।

राजा महेन्द्रबाट २०२१ सालमा भुमिसुधार लागु हुने घोषणा भयो । सदाझैं २०२२ सालमा पनि गुरुप्रसाद गाउँ जानुभयो । यसपटक आफन्त र नजिकका छिमेकी त आए तर उहाँको जग्गा कमाउनेहरू कोही पनि देखापरेनन । एक दिन बित्यो, दुई दिन बित्यो कोही नआएपछि उहाँले आफ्नो मित्र शेरबहादुर शाहीलाई कुरा बुझ्न पठाउनुभयो । बुझ्दा त कुरा अनौठै रहेछ । उहाँको जग्गा अधियाँ कमाएर निमेक मजुरी गरीखाने सबैलाई नापी टोली आउँदा मोहीयानी लेखाउन मन रहेछ तर त्यस मनस्थितिमा गुरुप्रसादका अगाडि पर्ने आँट कसैसँग रहेनछ ।

यति कुरा थाहा पाएपछि गुरुप्रसादले सबैलाई बोलाउनुभयो । भोलिपल्ट सबै भेला भए । गुरुप्रसादले उनीहरूको मनको कुरा भन्न लगाउनुभयो । गुरुप्रसादको नुवाकोटमा १५० रोपनी जति खेत र ३०० रोपनी जति बारी थियो । उहाँले तत्कालीन जिल्ला पञ्चायत सभापति चक्रबहादुर मल्लसमेतलाई फलैंचामा राखेर छलफल गराउनुभयो । खेतबारीको मूल्य निर्धारण भयो । गुरुप्रसादको जग्गा कमाउने २३ जनाले नै नापी आउँदा मोहीयानी लेखाउने र बाँकी आधा जग्गाको पैसा गुरुप्रसादलाई तिर्दै जाने निर्णय भयो । बही खाता खोलियो । मूल्य भुक्तानी भइसकेपछि जग्गा उनीहरूकै नाममा पास हुँदै गए । यो क्रम गुरुप्रसाद बित्नुभएको १२ वर्षपछि २०४० सालसम्म चलिरह्यो । गुरुप्रसादले नुवाकोटको आफ्नो विरासतको सुन्दर संसार एकै निर्णयमा टुङ्ग्याउनुभयो । गुरुप्रसाद परिवारको नुवाकोटसँग सम्बन्धको आधार मेटियो ।

नेपाली दैनिक जीवनका प्रेम, वात्सल्य, अविश्वास, शंका, डर, धोखा, आकस्मिकता, अप्रत्यासितता, अस्वाभाविकता, अन्योल, रहस्य, आश्चर्य, अहंकार र तनाव जस्ता शास्वत मानवीय भावहरूलाई साहित्यिक प्रेमले श्रृङ्गार र सत्कार गर्नुभयो । अर्को शब्दमा भन्दा समाजका साधारण घटना लिने र त्यसलाई असाधारणरूपमा प्रस्तुत गर्ने अद्भूत खुबी उहाँमा थियो । उहाँले कथा लेखनभित्र संवाद मिसाउनुभयोे । मनोवाद र एकालाप गर्नुभयो । वादविवाद र भाषण हाक्नुभयो । पत्राचार गर्नुभयो । जनश्रुति हाल्नुभयो । चलनचल्तीका उखानटुक्का, सुक्ति, रैथाने बिम्ब तथा उपमाहरूको बिछट्ट प्रयोग गरेर कथाको भाषा र प्रस्तुतिमा उहाँले नेपाली विशिष्ट स्वादको मिठास र लालित्य भर्नुभयो । फरक आलङ्कारिक गुण थप्नुभयो । 

पापधर्म त्यागेर वैभव जोर्नु गुरुप्रसादको जीवन–लक्ष्य थिएन । उहाँ थिचोमिचो र जालसाजी विरोधी हुनुहुन्थ्यो । अन्धविश्वास, अन्याय र अत्याचारलाई नसहने उहाँमा आन्तरिक प्रेरणा थियो । उहाँ वचनको पक्का र अरूको चित्त नदुखाउने सहृदयी स्वभावको हुनुहुन्थ्यो । उहाँमा साम्ूहिक र सार्वजनिक हित हेर्ने असल सामाजिक संस्कार थियो ।

गुरुप्रसादमा म के गर्दैछु भनी आफूलाई राम्ररी नियाल्न सक्ने अद्वितीय क्षमता थियो । उहाँ जे गर्नुहुन्थ्यो, जानेर र सजग भएर गर्नुहुन्थ्यो । त्यसैले साहित्य सिर्जना गर्दा पनि उहाँले कसैसँग होडबाजी गर्नुभएन । उहाँमा परिस्कारको अभिलाषा असिमित थियो । धाराप्रवाह र बग्रेल्ती होइन, एउटै खेस्रालाई निश्चित समयको अन्तरालमा पटकपटक परिमार्जन र साफी गरिसकेपछि मात्र पूर्णता दिनुहुन्थ्यो । त्यसैले उहाँले साहित्यिक सिर्जना लगालग होइन, निपूण गर्नेतर्फ ध्यान दिनुभयो । यही निपूणताको निक्खार हो– नासो कथा संग्रह ।

गुरुप्रसाद समाजका सामान्य पात्र, नित्य घटना र परिचित परिवेश लिनुहुन्थ्यो । उहाँमा समाजलाई मिहिन अवलोकन र गहिरो विश्लेषण गर्ने क्षमता असाधारण थियो । आफ्ना मिहिन अवलोकन र विश्लेषणहरूलाई उहाँले कलात्मक रूप दिनुभयो । अथवा भनौ गुरुप्रसाद मैनालीमा समाजलाई अनुभूत र महशुस गर्नसक्ने अतुलनीय क्षमता थियो र आफ्ना निजी अनुभूतिलाई पत्तैनपाई सामाजिक बनाइदिन सक्ने विलक्षण खुबी थियो ।

नेपाली दैनिक जीवनका प्रेम, वात्सल्य, अविश्वास, शंका, डर, धोखा, आकस्मिकता, अप्रत्यासितता, अस्वाभाविकता, अन्योल, रहस्य, आश्चर्य, अहंकार र तनाव जस्ता शास्वत मानवीय भावहरूलाई साहित्यिक प्रेमले श्रृङ्गार र सत्कार गर्नुभयो । अर्को शब्दमा भन्दा समाजका साधारण घटना लिने र त्यसलाई असाधारणरूपमा प्रस्तुत गर्ने अद्भूत खुबी उहाँमा थियो । उहाँले कथा लेखनभित्र संवाद मिसाउनुभयोे । मनोवाद र एकालाप गर्नुभयो । वादविवाद र भाषण हाक्नुभयो । पत्राचार गर्नुभयो । जनश्रुति हाल्नुभयो । चलनचल्तीका उखानटुक्का, सुक्ति, रैथाने बिम्ब तथा उपमाहरूको बिछट्ट प्रयोग गरेर कथाको भाषा र प्रस्तुतिमा उहाँले नेपाली विशिष्ट स्वादको मिठास र लालित्य भर्नुभयो । फरक आलङ्कारिक गुण थप्नुभयो ।

कथामार्फत उहाँले समाजका कुरीति, सङ्कीर्णता, चापलुसी, झूठ, निरङ्कुशता, मालिक्याइँ जस्ता सर्वथा दुर्गुणहरूप्रति चर्को घृणा थप्नुभयो । सत्पात्रहरूको विजय र कुपात्रहरूको पराजयको दुन्दुभी फुक्नुभयो । उहाँले लेखेको पहिलो कथा “नासो” वि.सं. १९९२ सालमा शारदा पत्रिकामा छापियो । यसपछि शास्त्रीय भाषामा उहाँ सामाजिक यथार्थवादी कथा सर्जकको बिम्ब बन्नुभयो । सँगसँगै उहाँले साहित्यप्रेमीहरूलाई शौन्दर्यबोध गराउनुभयो । नेपाली महिलाका व्यथा–वेदनालाई मुखरित गर्नुभयो । सामाजिक सुधारका लागि संदेश फैलाउनुभयो । मानिसप्रति आदर गर्न सिकाउनुभयो । सहृदयी बन्न प्रेरणा दिनुभयो । अनि उहाँको नामका अगाडि अर्को शास्त्रीय विशेषण जोडियो र भन्न थालियो– आदर्शोन्मुख सामाजिक यथार्थवादी कथाकार गुरुप्रसाद मैनाली ।

गुरुप्रसाद मैनालीका पछिल्ला कथामा युवापुस्ताको उपस्थिति, असहमति र विरोध जब्बर्र बनेर आएका पाइन्छन् । यी साहित्यिक तत्वमाथि मनन गर्दा उहाँलाई कुनै पनि समालोचकले नभिराएको तर कथाले बोल्ने र कथामा झल्कने थिचोमिचोप्रतिको विरोध, कुरीतिप्रतिको प्रहार, मालिक्याँइप्रतिको वितृष्णा र परिवर्तनप्रतिको दृढ आकांक्षालाई हेर्दा अर्को शास्त्रीय विशेषण पनि उपयुक्त हुन्छ– प्रगतिवादी कथाकार गुरुप्रसाद मैनाली ।

यिनै विशिष्ट तत्वहरूको साहित्यिक तागतले समकालीन नेपाली कथाको राजमार्गमा बाक्लै दौडिइरहेका उपदेशात्मक र काल्पनिक जासुसी–तिलस्मी कथा परम्परालाई उहाँले परक्क बटारेर अन्यत्रै धकेली दिनुभयो र नेपाली कथाको राजमार्गमा सामाजिक यथार्थवादी कथाधारालाई प्रवाहित गर्नुभयो । अर्थात, उहाँले नेपाली कथामा सामाजिक यथार्थवादको शिलान्यास गर्नुभयो र कथा धारामा आधुनिकताको उद्घाटन गर्नुभयो । यस कार्यले नेपाली कथा जगतमा नयाँ क्षितिज उघा¥योे, नौलो गन्तव्य तोक्यो र मजबुत जग बसाल्यो । गुरुप्रसाद मैनाली नेपाली साहित्य जगतमा आधुनिक नेपाली कथाका पथप्रदर्शक बन्नुभयो । उहाँले समकालीन साहित्यमा प्रष्ट भिन्नता ल्याउन जानेरै लेख्नुभयो र उहाँ स्वयं पनि नेपाली साहित्यमा परैबाट छर्लङ्ग देखिनेगरी जुरुक्क उभिनुभयो । अनि नेपाली कथामा मैनाली–युगको प्रारम्भ भयो ।

यिनै विशिष्ट तत्वहरूको साहित्यिक तागतले समकालीन नेपाली कथाको राजमार्गमा बाक्लै दौडिइरहेका उपदेशात्मक र काल्पनिक जासुसी–तिलस्मी कथा परम्परालाई उहाँले परक्क बटारेर अन्यत्रै धकेली दिनुभयो र नेपाली कथाको राजमार्गमा सामाजिक यथार्थवादी कथाधारालाई प्रवाहित गर्नुभयो । अर्थात, उहाँले नेपाली कथामा सामाजिक यथार्थवादको शिलान्यास गर्नुभयो र कथा धारामा आधुनिकताको उद्घाटन गर्नुभयो । यस कार्यले नेपाली कथा जगतमा नयाँ क्षितिज उघा¥योे, नौलो गन्तव्य तोक्यो र मजबुत जग बसाल्यो । गुरुप्रसाद मैनाली नेपाली साहित्य जगतमा आधुनिक नेपाली कथाका पथप्रदर्शक बन्नुभयो । उहाँले समकालीन साहित्यमा प्रष्ट भिन्नता ल्याउन जानेरै लेख्नुभयो र उहाँ स्वयं पनि नेपाली साहित्यमा परैबाट छर्लङ्ग देखिनेगरी जुरुक्क उभिनुभयो । अनि नेपाली कथामा मैनाली–युगको प्रारम्भ भयो ।

कथाका अतिरिक्त गुरुप्रसाद मैनालीले केही निवन्ध, कविता, गजल र प्रहसन पनि सिर्जना गर्नुभयो । उहाँले राणाकालमै लेखेको प्रहसन थियो– साँढे समस्या । काठमाडौंमा साँडे छोड्ने परम्परा र यसले बाली नोक्सान गर्दा पनि किसानहरू चुपचाप सहेर बस्नु पर्ने अवस्थाले निम्त्याएका पीडाहरूलाई यो प्रहसनमा समेटिएको छ । राणाहरूलाई साँढे भनेको अर्थ लगाइदिन सक्छन् भन्ने डरले उहाँले त्यसवेला यो प्रहसन प्रकाशन गर्नुभएन । राणाकालको समाप्तिपछि मात्र प्रकाशनमा ल्याउनुभयो । यस्तै उहाँको अर्को प्रहसन हो– खाद्याखाद्य भ्रम निवारिणी सभा । यस प्रहसनमा बुढोपुस्ता र युवाबीचको अन्तरपुस्ता सभा राखेर बाहुनहरूले गोलभेँडा र प्याज खानुहुँदैन भन्ने मान्यतामाथि पुस्तान्तरको मानसिक अन्तरद्वन्द्वको चित्रण गर्नुभएको छ । उहाँको अर्को प्रहसन “सबभन्दा बलियो” भारती पत्रिकामा सम्बत् २००९ सालमा प्रकाशित भयो ।

निबन्ध तर्फ १९९७ सालमा दार्जिलिङबाट निस्किएको भानु स्मारक ग्रन्थमा उहाँको आलोचनात्मक निबन्ध “श्रद्धाञ्जलि” छापिएको थियो । उहाँको अर्को निबन्ध “देवघाट दिग्दर्शन” नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले २०६० सालमा प्रकाशन गरेको सुशीला भट्टद्वारा लिखित गुरुप्रसाद मैनालीः व्यक्ति र कृति पुस्तकमा छापिएको छ । यस्तै अर्को आलोचनात्मक निबन्ध “आधुनिक कथासाहित्य” १९९७ सालमा शारदा पत्रिकामा छापिएको छ ।

प्रकाशित कथाहरूबाहेक पनि उहाँले केही कथा लेख्नुभयो । केही कथा अपूर्ण रहे । गुरुप्रसादले हिन्दीमा पनि केही साहित्य लेख्नुभएको पाइन्छ तर उहाँले तिनलाई प्रकाशनमा ल्याउन चाहनुभएन ।

गुरुप्रसाद मैनालीको साहित्यिक र सार्वजनिक विरासत निकै फराकिलो र निरन्तर छ । सरकारले सम्मानस्वरूप गुरुप्रसाद मैनालीका नामको हुलाक टिकट प्रचलनमा ल्यायो । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले २०५७ साललाई “कथामनिषी गुरुप्रसाद मैनाली सतवार्षिकी” मनाएर उहाँको व्यक्तित्व र कृतित्वबारे पुस्तक प्रकाशन गर्ने निधो ग¥यो । उसको मूल प्रकाशन “समकालीन साहित्य” का तीनवटा अंक गुरुप्रसादमाथि केन्द्रित ग¥यो ।

गुरुप्रसादका नासो, परालको आगो जस्ता केही कथा अंग्रेजी र तमिल भाषामा समेत अनुवाद गरिएका छन् । हारुहितो नोजुद्वारा अनुवादित नासो कथा संग्रहको जापानी संस्करण होताका बुक्स कम्पनी लिमिटेड, टोकियोले वि.सं.२०४८ सालमा प्रकाशित गरेको छ । साहित्यकार अच्युतरमण अधिकारीले लेख्नुभएको गुरुप्रसाद मैनाली (महा–काव्य)- २०६८, उन्नयन प्रकाशन काठमाडौंले प्रकाशनमा ल्याएको छ । गुरुप्रसादका कथाहरु माध्यामिक तह र उच्च शिक्षाका नेपाली पाठ्यपुस्तकमा दशकौंदेखि समेटिएर आम नेपालीको अध्ययन विषय बनिरहेछन् । गुरुप्रसाद माथि थुप्रै प्राज्ञिक शोधकार्यहरु पनि भइरहेछन् ।

साहित्यिक पत्रकार संघले २०३८ सालदेखि चैत १९ गतेलाई हरेक वर्ष “गुरुप्रसाद मैनाली कथा दिवस” का रूपमा भव्यतासाथ मनाउँदै आएको छ । २०३८ सालमै गुरुप्रसाद मैनालीका नाममा मैनाली कथा पुरस्कार स्थापना भयो । वार्षिकरूपमा प्रदान गरिने यो पुरस्कार एक हजार राशीबाट शुरुभएको थियो । अहिले यसको राशी एक लाख एक हजार एक सय एघार रुपियाँ पुगेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाले गुरुप्रसाद मैनालीको पूर्णकदको शालिक राख्ने अन्तिम तयारी गरिरहेको छ ।

साच्चिनै, जीवन तथ्यहरू आफैँ बोल्छन्– गुरुप्रसाद मैनाली एउटा काबिल न्यायकर्मी, पथप्रदर्शक साहित्य सर्जक, कुशल अभिभावक, निष्फिक्री व्यक्ति र पारङ्गत सामाजिक मान्छे, यी पाँचवटै भूमिकामा खरो उत्रनुभयो । अर्थात, विवेक, भावना र व्यवहारको उत्कृष्ट संयोजनको रोजा उदाहरण बन्नुभयो । गुरुप्रसाद मैनालीले बाँचुञ्जेल सार्थक, सफल र मूल्यसहितको जीवन बाँच्नुभयो । विधिको खेला न हो, गुरुप्रसाद ७१ वर्षको उमेरमा २०२८ साल जेठ २५ गते, जेष्ठ शुक्ल पूर्णिमाका दिन सबैलाई छोडेर अनन्त गन्तव्यतर्फ महाप्रस्थान गर्नुभयो । यसरी गुरुप्रसाद मैनाली सिंगो राष्ट्र र सम्पूर्ण नेपालीका लागि अमूल्य निधि, अनुकरणीय व्यक्तित्व, अविच्छिन्न गर्व र अटल आदर्श बन्नुभयो र भोलिपर्यन्त निर्विवाद रहनुहुनेछ ।

(यो आलेख प्रकाशोन्मुख मैनाली बंशावली (परिमार्जित संस्करण–२०७६) का लागि तयार पारिएको हो ।)

Facebook Comments
Mainali
Comments (0)
Add Comment