झन्डा बोकेर कुर्लियौं हामी
र, फेरि आइपुग्यौं पुरानै ठाउँमा
हिँडिरह्यौँ निरन्तर
तर, पुगेनौं कहीँ पनि/कतै पनि
एउटा वृत्ताकार घेराबाहिर ।
पूरै वृत्त घुमेपछि
बल्ल थाहा पायौँ
हत्याराहरूले खोसेछन् हाम्रा झन्डा र नाराहरू
जसलाई बनाएथे बाजेहरूले तिनै हत्याराका विरुद्ध ।
आज आफ्नै कविताको पंक्तिबाट यो टिप्पणी लेख्न आरम्भ गरेको छु । वामपन्थी स्कुलिङ्गमा चेतना बिस्तार गरेको मेरो पुस्ताका मान्छेलाई पछिल्लो तीन दशकको राजनीतिबारे घोत्लिँदा घोचिरहने यस्तै बिषयले हो जस्तो मलाई लाग्छ । वामपन्थीहरुले शब्दमा सबैभन्दा बढी माया गर्ने समुदाय भनेको मजदूर र किसान हुन् । यिनको झण्डामा रहेका हँसिया र हथौडाले पनि वामपन्थीहरु यी दुई समुदायप्रति कति धेरै मोह राख्छन् भन्ने धारणा आम जनतामा बनेको पाइन्छ । तर, बिडम्बना कस्तो भने यो पंक्ति लेखिरहँदा मैले उखु किसानले उखुको रकम नपाएको बिषयको समाचार पढेँ । यस बिषयमा हालसम्मका सरकारको निकम्मापनलाई गाली गर्दै धेरैले किसानहरुप्रति सहानुभूति दिए, मैलेजस्तै । तर, यही समाचारको एउटा अर्को पाटो पनि पढ्नु पर्यो । अनलाइनमा आएका आम समाचारभन्दा पृथक र बढी नै दुःखद एउटा समाचार शीर्षक थियो– मन्त्रीज्यू पैसा दिलाइदिनोस्, तपाईंको पूजा गर्छौं । त्यस समाचारमा चिनी मिल पीडित किसानले आफूलाई रकम भुक्तानी दिलाइ दिएमा बिहान बेलुका मन्त्रीको पूजा गर्ने बताउँदै अनुनय गरेको उल्लेख छ । नेपालमा जनताको राज र विकास भनिए पनि सारमा त्यसको ओरालो यात्रा हेर्नका लागि चिनी मिलको बदमासी, लाचार सरकारहरु अनि किसानको यही अभिब्यक्ति एउटा उदाहरण बन्न पुग्छ ।
यस उदाहरणमा दुइ खाले विपरित पक्षहरु देखा पर्छन । पहिलो बर्षौंसम्म उखुको मुल्य भुक्तानी नपाएका किसानहरुले आवाज उठाउने आँट गर्नुले कम्तिमा पनि यो सरकारप्रतिको आशा दर्शाउँछ भने अर्कोतर्फ मुक्तिका लागि भन्दै बर्षौंसम्म जनतालाई गोलबन्द पार्ने मुक्तिकामी वामपन्थी वा कम्युनिष्टहरु अधिकार दिलाउने ठाउँमा पुगेका वेला पनि दया वा उपकारको शैलीमा किसानले माग गर्नुपर्ने अवस्था सुखद होइन । यो अवस्था भनेको विश्वकै पुँजीवादीहरुले बारम्बार आरोप लगाउने गरेको एउटा उदाहरण जर्ज अरवेलको एनिमल फार्मको कथा ब्यथासंग मेल खान्छ । यो कटु उदाहरण पनि त्यस्तो समयमा देखा परेको छ, जुन समयमा कृषि मन्त्रालयको नेतृत्वमा माक्र्सवादी ब्याख्याता र आशालाग्दा युवा घनश्याम भुसाल हुनुहुन्छ भने युद्धकालमा घाइते भएर बाँचेका पूर्व लडाकु नेता उद्योग मन्त्रालयमा छन् ।
अहिले सरकारले चालेको कदमले किसानहरु केही आशावादी बनेका छन् । केही रकम चिनी मिल मालिकहरुले भुक्तानी दिएको समाचारहरु पनि आइरहेछन् । तर यतिले मात्र यो सरकारको दायित्व पुरा हुँदैन । यस्तो परिस्थिति कहिल्यै आउनै नदिने स्थायी समाधान दिनसक्नु पर्छ ।
पछिल्ला तीन दशकको नेपाली राजनीतिक घटना हेर्दा विश्व समुदाय चकित बन्ने किसिमको छ । तर, यी उतारचढाव जस्तो भए पनि वाम आन्दोलनले नेपाली जनतालाई मुक्ति, अधिकार र स्वाधीनता भन्दा बढी आशीर्वाद, सहयोग र दयाको बाटोमा डोर्याएर लान्छ ।
निकट बिगतमा कम्युनिष्ट आन्दोलनको अनौठो सफलताका कारण नेपाल विश्व समुदायको ध्यानाकर्षण गर्न सफल भएको थियो । अघिल्लो शताब्दीको अन्तिम दशकमा विश्वभर कम्युनिष्ट त के वामपन्थी सत्ता समेत धराशायी भइरहेको समयमा नेपालमा प्रमुख बिपक्षी बन्न एमाले सफल भयो । माओवादी बिद्रोहले उत्कर्ष रुप लिँदै गरेको समयमा त झन् मुलुकको मुख्य राजनीतिक खेलाडी पनि कम्युनिष्ट र शहर बाहिर कब्जा गर्ने बिद्रोही पनि कम्युनिष्ट हुन पुगे । विश्वभरका बामपन्थी आन्दोलन चेपाइमा परिरहेको समयमा नेपालको अनौठो राजनीतिक घटनाले विश्वजगतको ध्यान आकर्षण गरिरह्यो । यो चासो र आकर्षण पहिलो संविधानसभा निर्वाचनपछि पनि कायम रह्यो । त्यसबेला मुलुकको पहिलो शक्ति जनयुद्धबाट आएको एमाओवादी र सशक्त तेस्रो शक्तिका रूपमा एमालेको उपस्थिति दुबै बिषय नेपाली राजनीतिलाई नियाल्नेहरूका लागि रुचीका बिषय थिए । नेपालको राजनीति र यहाँका वामपन्थी शक्तिको औकात विश्व समुदायमा चासो मात्र हैन, अध्ययनको बिषय बनेको थियो । तर, अहिले नेपालप्रति आकर्षण भएकाहरू बामपन्थ, कम्युनिज्म र नेपालको समग्र राजनीतिक व्यवस्थापनबारे अर्को कोणबाट अध्ययन गरिरहेका छन् । समग्रमा अहिले स्थिति फरक भएको छ । किन नेपालको बामपन्थी आन्दोलन र अभियान पटकपटक असफल सिद्ध हुन्छ ? तीन दशकभन्दा कम समयमा नै बहुदलीय जनवादको ब्याख्यादेखि करिबकरिब असम्भव देखिने जनयुद्धको सेफल्याण्डिङ्सम्मका प्रयोग भएका छन् नेपाली भूमिमा । पछिल्लो समयमा नेपालप्रति यस कोणबाट हेर्नेहरुको संख्या बढेको देखिन्छ ।
शास्त्रीय कोणबाट निस्कने अनौठा शव्दलाई बेवास्ता गर्दै भन्नुपर्दा नेपालको बामपन्थी आन्दोलन उचाइमा पुग्नुका पछाडि सैद्धान्तिक बहशले हैन, जनतालाई देखाइएका सपनाले काम गरेका थिए । पार्टीका संस्थापक पुष्पलाल र उनको पुस्ताले शुरू गरेका केही राष्ट्रिय मुद्दा दशकौंदेखि अलपत्र अवस्थामा थिए । स्वयम् पुष्पलाल तत्कालीन अवस्थामा कमजोर बन्दै थिए, पार्टी एउटा थिएन । उनको कांग्रेससँग मिलेर लोकतन्त्रका लागि लड्ने लाइन कांग्रेस नेता बिपी कोइरालाका कारण असम्भव थियो । यस अगाडि नै केही विश्वव्यापी मुद्दा र कम्युनिष्ट घोषणापत्रका बिषयलाई झापा आन्दोलनका अगुवाहरुले समाते । पञ्चायती ब्यवस्था र बहुदलीय ब्यबस्थामा कांग्रेसका असक्षमतासँग जोडेर बिभिन्न समूहका वामपन्थीहरुले अनेकौं बिषयलाई राम्रैसँग मलजल गरे । यसको फल वामपन्थी आन्दोलनले त पायो तर आम जनताले भने सामान्य पुँजीवादी र वामपन्थी सरकारमा अझै भेद पाएका छैनन् ।
नेपाल र छिमेकी देश भारतको वामपन्थी आन्दोलनलाई नियालेर हेर्दा यहाका कम्युनिष्ट पार्टीमा सबैभन्दा धेरै सैद्धान्तिक बहश हुनेगर्छ । यो पाटोसँगै नयाँ पुस्ताले चुट्किलाजस्तो गरी बुझ्ने सयौं शब्द वाम आन्दोलनसँगै जनतामा चर्चित् हुन्छन् । एउटै घटनामा अनेक वाम घटकहरु अनेक शब्दले ब्याख्या गर्छन् । तर, आम जनता भने पार्टी र तिनको ब्यबहारलाई अहिलेको जस्तै माओवादको ट्यागसमेत बोकेर युरोपेली पुँजीवादभन्दा पनि पछाडि सामन्तवादकै आसपासमा रहेको देख्छन् । जनताको बहुदलीय जनवाद भने पनि, परिमार्जित भने पनि या एक्काइसौं शताब्दीको जनवाद भने पनि सारमा चाहीँ जनताका लागि एउटै देखिन्छ ।
शास्त्रीय कोणबाट निस्कने अनौठा शव्दलाई बेवास्ता गर्दै भन्नुपर्दा नेपालको बामपन्थी आन्दोलन उचाइमा पुग्नुका पछाडि सैद्धान्तिक बहशले हैन, जनतालाई देखाइएका सपनाले काम गरेका थिए । पार्टीका संस्थापक पुष्पलाल र उनको पुस्ताले शुरू गरेका केही राष्ट्रिय मुद्दा दशकौंदेखि अलपत्र अवस्थामा थिए । स्वयम् पुष्पलाल तत्कालीन अवस्थामा कमजोर बन्दै थिए, पार्टी एउटा थिएन । उनको कांग्रेससँग मिलेर लोकतन्त्रका लागि लड्ने लाइन कांग्रेस नेता बिपी कोइरालाका कारण असम्भव थियो । यस अगाडि नै केही विश्वव्यापी मुद्दा र कम्युनिष्ट घोषणापत्रका बिषयलाई झापा आन्दोलनका अगुवाहरुले समाते । पञ्चायती ब्यवस्था र बहुदलीय ब्यबस्थामा कांग्रेसका असक्षमतासँग जोडेर बिभिन्न समूहका वामपन्थीहरुले अनेकौं बिषयलाई राम्रैसँग मलजल गरे । यसको फल वामपन्थी आन्दोलनले त पायो तर आम जनताले भने सामान्य पुँजीवादी र वामपन्थी सरकारमा अझै भेद पाएका छैनन् ।
जनताले त अझ छिमेकी राष्ट्र भारतको बिस्तारवादी व्यवहारबिरुद्धका अभियानदेखि राजतन्त्र तथा पञ्चायती व्यवस्थाबिरुद्ध पनि खरो ढंगले उत्रिने भएकाले वामपन्थीहरुलाई साथ दिएका थिए । अझ, मुलुकमा ब्याप्त गरिबी र सामन्तवादी प्रणाली त वाम आन्दोलनका लागि धेरै मलिला बिषय थिए नै । यही पृष्ठभूमीमा बामपन्थीहरूले सुतेका मान्छे ब्युँझाए र जनतालाई सुन्दर सपना दिए । तर, यीमध्ये धेरैजसो त अहिले पनि व्यावहारिक हिसाबले सधैं सपना मात्रै रहने अवस्थामा छन् । केवल राजनीतिक मुद्दा र अभियानमा मात्र सीमित बनेका ती बिषय अहिले पनि लगभग उही र उस्तै अवस्थामा छन् । समाजमा स्वतः भएका परिवर्तन बाहेक ती मुद्दाको सम्बोधन भएको छैन । जस्तो कि भारतको काश्मीरमा गत साता भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भयो । गोर्खा भर्तीको बिरोधमा स्थापित पार्टीका अनेक घटक सत्तामा पुगेको २४ बर्ष भइसकेको छ । भारतले नेपालको ठूलो भूभागमा लामो समयदेखि सैनिक क्याम्प राखेर अहिले आफ्नो नक्सामा पारेको छ । यस बिषयमा पनि वामपन्थी वा देशभक्तीका नाममा राजनीति गर्नेहरु सत्तामा बसेर पनि केही गर्न नसकिरहेको अवस्था छ ।
वामपन्थले देखाएका सपनाकै कुरा गर्दा जनतामा नयाँ सपना बाँडेकै कारण बिगतमा बामपन्थी संगठनमा विद्यार्थी र शिक्षकको उल्लेखनीय उपस्थिति रह्यो । तिनका सपना र कथाकै आकर्षणका कारण एक जमानामा सीपी मैनाली र प्रदीप नेपालहरूका जेल ब्रेकका कथाले हजारौं पठित समूह बामपन्थी बने । माओका रेडबुकभन्दा बढी मोदनाथ प्रश्रीतका कथा र उपन्यास पढिए । एउटा आदर्श पार्टी बामपन्थी मात्र हुन्छ भन्ने सोचिन्थ्यो । नेपाललाई ‘युटोपिया’ बनाउने सपनाका पछाडि कोही दौडिएका थिए भने त्यो बामपन्थी नेता र कार्यकर्ताकै समूह थियो । नेताहरू बलियो संगठनका लागि त्यो सपना देख्थे भने कार्यकर्ताहरू आमूल परिवर्तनका लागि त्यो कल्पनामा लागेका थिए । अघिल्लो दशकको शुरुसम्म विश्व चकित हुने माओवादी ‘जनयुद्ध’ पनि ‘युटोपिया’कै पछाडि दौडिएको र दौडाइएको सपनाको उपज थियो ।
अहिले देशमा दुई ठूला बामपन्थी पार्टीको संमिश्रणले बनेको नेकपाको झण्डै दुइ तिहाइको सरकार छ । पार्टीको महाधिवेशन कहिले हुने र त्यसमा अहिलेसम्मको अवस्थालाई कसरी समीक्षा गर्ने भन्ने अन्यौल कार्यकर्तामा छ । अझ, अहिलेको पुस्ता शब्दजालमा भन्दा बढी सही जवाफ खोज्ने भएका कारण पुरानै शैलीले कार्यकर्ता थामेर राख्ने, जनताको भोट पाइरहने काम झन अफ्टेरो देखिन्छ । पटकपटक सरकारमा गएर पार्टीले राज्य हाँकी सकेपछि अब केही प्रश्नको जवाफ सरकार र पार्टी नेतृत्वले जनतालाई दिनैपर्छ । जस्तो कि अहिलेसम्म मुलुकमा भएका बिभिन्न आन्दोलन किन केवल राजनीतिक आन्दोलन मात्र भए ? किन हरेक पटक उही मुद्दामा बामपन्थी नेताले अभियान चलाउनु प¥यो ? किन उस्तै सपनाको व्यापार जनयुद्धदेखि हरेक आन्दोलन मात्र नभएर चुनावमा पनि गरिरहनु प¥योे ? यस्ता बिषयमा मुलुकको बामपन्थी आन्दोलन र विश्लेषकहरू अझै लागेका छैनन् । वाम इतरका विचारको कुरा गर्दा बिगतमा तिनकै समयमा बढी जनबिरोधी काम हुने भएकाले तिनका बिरोधमा दम देखिँदैन ।
यी सबैका परिणाम भने केवल पार्टीलाई सत्तामा पुर्याउनमै सीमित छन् । चाहेर पनि सरकारले आफैंले विगतमा उठाएका मुद्दा बदल्न सकेको छैन । मुद्दा यथावत् छन् र देश इभोलुसनको गतिमा मात्र फेरिएको छ । जनअपेक्षा तिव्र छ, विकासको गति स्वभावैले बढी समय लिने खालको हुन्छ । जसले गर्दा सरकारले चालेका राम्रा प्रयासप्रति पनि जनविश्वास पलाइसकेको छैन । तिनै नेताले केही दशकअघि उठाएर अलपत्र छाडेका मुद्दा अहिले सामान्य जनताले उठाइरहेका छन् र नेतृत्वलाई नै बेलाबेला अफ्टेरो पारिरहेका छन् । जनता त के कार्यकर्ता पंक्ति पनि प्रष्ट देख्छ– पूरै पार्टी संगठन नै अहिले त्यही समयको लगानीको आधारमा चलेका छन् । यहीबेला सत्ता वा शक्ति समस्यामा परेर फेरि उही पुराना सपनालाई नयाँ कलेबरमा लिएर जनतामा जाने प्रयास गरिन्छन् । हालै नेकपा अध्यक्ष प्रचण्डले भन्नुभयो–प्रतिक्रियावादीका हातमा मिडिया भएका कारण हामीलाई राम्रो काम गर्दा पनि जस दिइएन । यहाँनेर अहिलेसम्मका अभ्यासमा कहाँ गल्ती भयो, हामीले के वचन दिएका थियौं र त्यो किन पूरा गर्न सकेनौं ? सचेत जनताले यति कुराको मात्र जवाफ पाएका भए पनि चित्त बुझाउने ठाउँ रहन्थ्यो ।
अहिले देशमा दुई ठूला बामपन्थी पार्टीको संमिश्रणले बनेको नेकपाको झण्डै दुइ तिहाइको सरकार छ । पार्टीको महाधिवेशन कहिले हुने र त्यसमा अहिलेसम्मको अवस्थालाई कसरी समीक्षा गर्ने भन्ने अन्यौल कार्यकर्तामा छ । अझ, अहिलेको पुस्ता शब्दजालमा भन्दा बढी सही जवाफ खोज्ने भएका कारण पुरानै शैलीले कार्यकर्ता थामेर राख्ने, जनताको भोट पाइरहने काम झन अफ्टेरो देखिन्छ । पटकपटक सरकारमा गएर पार्टीले राज्य हाँकी सकेपछि अब केही प्रश्नको जवाफ सरकार र पार्टी नेतृत्वले जनतालाई दिनैपर्छ । जस्तो कि अहिलेसम्म मुलुकमा भएका बिभिन्न आन्दोलन किन केवल राजनीतिक आन्दोलन मात्र भए ? किन हरेक पटक उही मुद्दामा बामपन्थी नेताले अभियान चलाउनु प¥यो ? किन उस्तै सपनाको व्यापार जनयुद्धदेखि हरेक आन्दोलन मात्र नभएर चुनावमा पनि गरिरहनु प¥योे ? यस्ता बिषयमा मुलुकको बामपन्थी आन्दोलन र विश्लेषकहरू अझै लागेका छैनन् । वाम इतरका विचारको कुरा गर्दा बिगतमा तिनकै समयमा बढी जनबिरोधी काम हुने भएकाले तिनका बिरोधमा दम देखिँदैन ।
तर, यहाँनेर वामपन्थी वा माक्र्सवादी वा कम्युनिष्ट भन्नेहरुले राजनीति गरिरहने हो भने अब आफैंबाट प्रश्नको उत्तर खोज्न जरुरी छ । उनीहरुले स्मरण गर्नुपर्ने एउटा ठूलो कारण चाहीँ नेतृत्वमा साँस्कृतिक रूपान्तरण नहुनु हो । दक्षिण एशियाका प्रभावशाली देश भारतमा सामान्य सामाजिक अभियानको जग र जनआक्रोशको संयोजनबाट बनेको आम आदमी पार्टी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तेहरीक ए इन्साफ पार्टीको जति सामान्य जनपक्षधरता र नैतिकता पनि अहिलेसम्म बामपन्थी पार्टीले देखाउन नसकेको आरोप सही बन्नसक्छ । यसर्थ हरेक पटक बामपन्थी पार्टी सही मुद्दा उठाएर जनता जगाउँदै, त्यसकै बलमा पार्टी निर्माण गर्दै नैतिक र चारित्रिक रूपमा बिवादास्पद नेता उत्पादन गर्ने कारखाना मात्र बनेको देखिन्छ । कालान्तरमा दलहरू बिगतमा आफैंले उठाएका मुद्दाको ठीक विपक्षमा उभिन पुग्छन् । अग्रज पत्रकार रघु मैनालीका शब्दमा भन्नुपर्दा फुटबल खेलाडीले हाफ टाइम पछाडि प्रहार गर्ने पोष्ट र जोगाउने पोष्ट फेरेजस्तो ।
प्रचण्डलाई गद्दार भन्दै नयाँ पार्टी निर्माणमा रहेको विप्लव नेतृत्वको नेकपा–माओवादीको अभियान होस् वा पत्रकारलाई पार्टी सपथ खुवाउने काम सबैको जवाफ यही सेरोफेरोमा खोज्नुपर्ने हुन्छ । अहिलेकै लक्षणले भन्नुपर्दा नेपाली वाम आन्दोलन चक्रपथमा लगातार दौडिए झैं मात्र हुनेछ । जहाँबाट जति दौडिए पनि चक्रपथमा थप चक्कर मात्र लगाउन सकिन्छ, बाहिर जान सकिँदैन ।