म रोएको पल.. सार्वजनिक

गीती एल्बम

नेपाली गीत संगीतको बजारमा अर्के एक मेलोडियस आधुनिक गीत थपिएको छ– म रोएको पल । गासीएको मायाप्रेममा आउने उतारचढावलाई गीतको कथाको माध्यमबाट प्रस्तुत गरिएको यो गीत साच्चीकै मार्मिक छ ।

म रोएको पल तिमी हांसे पनि
गर्दिन कुनै गुनासो।। तिम्रो मर्जी

मन मिल्दा संगै बाच्ने र मर्ने कसम खाएका प्रेमीहरु मन नमिले पछि कसरी बदलिन्छन् भन्ने यथार्थ चित्रण गीतले गरेको छ ।

यस गीतमा डी पी दाहाल परीश्रर्मीको गीत रचना, राजेश कैदीको संगीत र सुमन केसीको स्वर रहेको छ । एक पछि अर्को मीठा गीतहरु पस्कीरहेका गीतकार परीश्रमीले यस गीतमा पनि भावपूर्ण शब्दहरु चयन गरेका छन । गीत संगीत क्षेत्रमा निरन्तरता दिईरहेका यी तीनै जना गीतकार, संगीतकार र गायकको मेहनतले गीतलाई उचाई प्रदान गरेको छ । गीतको म्युजिक भिडियो पनि आजैबाट सर्बजनिक भएको छ । म्युजिक भिडियो पनि त्यतिकै राम्रो बनेको छ । नेपाली चलचित्र क्षेत्रका सफल नृत्य निर्देशक कमल राईको निर्देशन रहेको यस भिडियोलाई चलचित्र क्षेत्रमा सफल छायाँकार शिब ढकालले खिच्नु भएको छ । आजै रिलिज भएको चलचित्र लभ यु हमेशामा हिरो हिरोईनको रुपमा अभिनय गरेका कलाकार एसराज, फिजा योन्जन, लगायत नयाँ प्रस्तुती सुदीप भट्टराई लगायतका कलाकारहरुले यस भिडियोमा अभिनय गर्नु भएको छ । गीतमा नरम भाषामा तिखो प्रहार पनि पाईन्छ ।

म हासेको पल तिमीलाई दुखे पनि
गर्दिन कुनै गुनासो तिम्रो मर्जी

गीतका शब्दहरुमा यस्तो शिलशीला जोडिएको पाईन्छ ।

विगतको यात्राको फिक्री नगर
आउदो जात्राको दिन गन्ती गर
छोडी जानु थियो सायद टाढा भयौ
बिन्ती अब मेरो सामु पर्दै नपर
सम्हाल्न सक्छु आफंैलाई तिमी बिना
अब जे जे गर्छौ गर.. तिम्रो मर्जी

गीतमा तिम्रो मर्जीले गीतका भाबहरुलाई सन्तुलित बनाएको पाईन्छ ।

यस गीतलाई युटुबमा डी पी दाहाल परीश्रमी एकाउन्टमा हेर्न सकिन्छ । यस गीतको अडियो तथा भिडियोलाई डिलाईटेड म्युजिकले उत्पादन तथा बिक्री बितरण गरेको छ ।

Facebook Comments
Comments (0)
Add Comment