विरोधाभाष

कविता

आखिर तिम्रो पनि त मनै रै’छ नि प्रिय

जब म आकाशका कुरा गर्थेँ

तिमी धर्तिमा झर भन्थ्यौ ।

 

जब म पन्छि सरह उडूँ भन्थेँ

तिमी पखेटा बाँध्न सिक भन्थ्यौ ।

मैले खुसी चाहँदा तिमी दुःखमा रम्न सिक भन्थ्यौ ।

 

मैले माथि उक्लिन्छु भन्दा

तिमी अोरालो झर्न सिक भन्थ्यौ

तर आज त गजब देख्दैछु–

त्यही मान्छे तिमी आकशमा छौ

माथिमाथि पङ्ख फिजाई उडेका छौ,

खुशीसाथ झन्‌झन् उकालो लागेका छौ

आखिर तिम्रो पनि त मनै रै’छ नि प्रिय ।

Facebook Comments
Comments (0)
Add Comment