विज्ञान ढकाल झापाली कृषिको क्षेत्रमा विज्ञको हैसियतमा सुपरिचित हुनुहुन्छ । झापा भद्रपुर–८ मा २०३६ साल जन्मनु भएका ढकालले विद्यालयस्तरको औपचारिक शिक्षा भद्रपुरमै हासिल गर्नुभयो । र, पछि ढकालले नर्थ बंगाल इन्स्टिच्यूटबाट एग्रिकल्चरमा पोष्टग्य्राजुएट गर्नु भएको छ । ढकालले केही समय नेपाल चिया तथा कफी विकास बोर्डमा सेवा गर्नुभयो । सुपर एग्रो, जि एस टी एग्रोमा केही समय नेपाल प्रतिनिधिको रुपमा काम गर्नु भएका विज्ञान ढकालले १२ वर्षसम्म शिलवान कन्सलट्यान्टको रुपमा काम गर्नुभयो । उहाँले शिलवान कन्सलट्यान्टको हैसियतले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ६ सयभन्दा बढी कृषक समूहलाई एकीकृत बाली व्यवस्थानको तालिम प्रदान गर्नुभयो । यसवर्ष झापाको गौरादह, झापा, बाह्रदशी, अर्जुनधारा, हल्दीबारी, मेचीनगर र बुद्धशान्ति लगायतका गाउँपालिका र नगरपालिकाको धान खेती सखाप बनाएको छ । पहिला फैजी किरा त्यसपछि फडके किराले झापाका अन्नबाली सखाप पारि दिएको छ । एउटा जीवन चक्रमा ५ सय माइल पार पर्न सक्ने फैजी किराले एक रातमा नै सैयौं विगाहा जमिनको धानबाली नष्ट गरेको छ । अहिले झापामा देखिएको फौजी किरा र फड्के किराले किसान पीडित छन् । के हो त फौजी किरा ? फैजी किरा र फड्के किरामा के फरक छ । फौजी किरा र फड्के किरालाई कसरी नियन्त्रण गर्ने जस्ता विषयसँग केन्द्रित रहेर कृषि विज्ञ विज्ञान ढकालसँग झापाबाट प्रकाशित हुने स्वाधीन सम्वाद साप्ताहिक र परिसंवाद डटकमको सहकार्यमा तयार गरिएको अन्तरवार्ताको सार संक्षेप ः
प्रश्नः मकै बाली लगायतका बालीमा लाग्ने फौजी किरा के हो ?
ढकालः मकै बालीमा मात्र नभई अन्य बाली जस्तै धान, उखु, साग, सब्जी खेती घाँस लगायत हरियो प्रजातिको ८० प्रकारका बालीमा यो किरा लाग्न र नोक्सान पु¥याउन सक्छ । फौजी किरा विभिन्न प्रकारको हुन्छ । मकैमा लाग्ने किरालाई ‘फल आर्मी वर्म’ भनिन्छ । यो एक प्रकारको लाभ्रेकिरा हो यस्ता विभिन्न प्रजातिहरुमा ‘अमेरिकन आर्मी वर्म’ अफ्रिकी आर्मी कालो रंगको हुन्छन् ।
प्रश्नः लाभ्रे झुसिले किरा त चियामा पनि लाग्छ त्यो किरा पनि फौजी किरा हो ?
होइन, चिया बगानमा लाग्ने अन्य प्रजातिका लुपर क्याटापिलर हो फौजी किरा र यसमा भिन्नता छ ।
प्रश्नः फौजी किरा चाहिँ कहाँबाट आयो ?
ढकालः यो किरा पहिलोपटक सन् १७९७ मा जर्जियामा देखा प¥यो । तर, त्यो बेला त्यति व्यापक थिएन, पछि आएर नर्थ अमेरिका साउथ अमेरिकामा सन् २०१६ मा पाइयो । त्यो बेलादेखि यो किराले आतंक मच्चाउन शुरु ग¥यो । २०१६ मै यो किराले अफ्रिकामा मकैखेती सखाप बनाएर संकटकाल नै लगायो । त्यहाँबाट २८ वटा देशमा फौजी किराको संक्रमण भयो । यसैगरी सन् २०१८ मा भारत, सन् २०१९ मा श्रीलंका र चीनमा पनि देखाप¥यो । यो किराले अत्यधिक बाली नोक्सान पु¥यायो । अमेरिकन फौजी किराले चीनमा ३ लाख ३३ हजार हेक्टर (करिब ५ लाख बिघा) जमिनमा एकै पटक आक्रमण ग¥यो । चीन सरकारले ड्रोनको माध्यमबाट एकै पटक जैविक विषादी प्रयोग गर्दै नियन्त्रणमा लिएको थियो ।
प्रश्नः फौजी किराको जीवन चक्र कस्तो हुन्छ ?
ढकालः यस किराको पुतली ३२ देखि ४० एमएमको लामो खैरो सेतो रंगको हुन्छ । जम्मा जीवनचक्र न्यानो वातावरणमा ३० दिन र अलि चिसो हुँदा ८० देखि ९० दिनसम्मको हुने गर्छ । अण्डाबाट लार्भा हुने अवस्थालाई फौजी किरा भनिन्छ । लार्भापछि प्यूपा हुन्छ ७ देखि ३७ दिनसम्म प्यूपा अवस्थामा रहन्छ । त्यसको अवधि तापक्रममा भर पर्छ । त्यसपछि पुतली बन्छ ।
प्रश्नः फौजी किराले कुन अवस्थामा क्षति पु¥याउँछ ?
ढकालः फौजी किरा लार्भाको अवस्थामा हुँदा सबैभन्दा बढी क्षति पु¥याउँछ । यसको लम्बाई १.५ देखि २ इञ्चसम्मको हुन्छ सुरुमा यसले अलि कम खान्छ तर, पछि पहिलाको भन्दा ५० गुण बढी खाना खान्छ । यो अवस्था १४ देखि ३० दिनसम्म रहन्छ ।
प्रश्नः यो किरा कतिखेर बढी देखिन्छ ?
ढकालः बिहान ८ बजेभन्दा अघि र ५ बजे पछि यो किरा बढी क्रियाशील हुन्छ ।
प्रश्नः यो किरा कसरी फैलिन्छ ?
ढकालः यो किरा पहिला अमेरिका हुँदै अफ्रिका, भारत, श्रीलंका, चीन हुँदै नेपाल आइपुगेको छ । यस किराको पुतलीको आयु लगभग १० देखि २० दिनसम्म हुन्छ । फौजीकिरा जाडो र गर्मीको बीचको वातावरणमा मौलाउने गर्दछ । वातावरण राम्रो भए यसको आयू २० दिनको हुन्छ । यो समयमा यसले १५०० देखि २००० सम्म अण्डा पातको पछाडिको भागमा पार्दछ । फौजी किराले एक जीवनचक्रमा ३०० माइलसम्मको यात्रा गर्न सक्दछ ।
प्रश्नः फौजी किरालाई हामी कसरी नियन्त्रण गर्न सक्छौं त ?
ढकालः फौजी किरालाई नियन्त्रण गर्न त्यति सजिलो छैन चीनले २०१९ मा भर्खरै फौजी किरालाई नियन्त्रण गर्न सरकारी तवरबाट नै धेरै मेहनत गर्नुप¥यो । चीनले ड्रोनमार्फत जैविक विषादीको स्प्रे गर्नुप¥यो । चीनले एउटा ड्रोनबाट १४ हजार हेक्टर खेतमा स्प्रे गर्दै फौजी किरा नियन्त्रण गरेको पाइयो ।
प्रश्नः यसलाई प्राकृतिक ढंगले नियन्त्रण गर्ने विधि छैन ?
ढकालः छ, किन नहुनु । फौजी किरालाई हाँस, परेवा, लोकल कुखुरा, विभिन्न प्रजातिका चराहरुले खाएर नियन्त्रण हुन सक्दछ । तर, हिजो आज चराहरु बालीमा विषादी हाल्ने गरेकाले मासिएर गएका छन् । हामीले नै विभिन्न किसिमका हानीकारक रसायनिक विषादीको प्रयोग गर्ने गरेकाले यसलाई प्राकृतिक ढंगले नियन्त्रण गर्न अलि गाह्रो हुन पुगेको छ ।
प्रश्नः नेपालमा फौजी किरालाई कसरी नियन्त्रण गर्ने त ?
ढकालः फौजी किरा नियन्त्रण गर्न सबै सरोकारवालाहरु – तीनै तहको सरकार, गाउँ नगरका कृषि क्षेत्र हेर्ने प्रतिनिधिहरु, किसान स्वयम्को तर्फबाट आपूmसँग भएको स्रोत साधनको प्रयोग गरी विज्ञहरुसँग उचित परामर्श लिएर यसको रोकथाम गर्न सकिन्छ । हाम्रो खेतमा भर्खरै धान काटेको अवस्थामा धानमा पनि फौजी किरा लागेको कारण मकैमा पनि फौजी किरा लाग्ने सम्भावना बढी छ । यसलाई नियन्त्रण गर्न माटोमा भएका किरा अण्डाहरुलाई नियन्त्रण गर्नु पर्दछ । यदि बिरुवा सानो हुँदा यो किरा देखिएमा स्प्रे मार्फत जैविक विषादी हाल्नु पर्दछ तर, बिरुवा ठूलो भए स्प्रे गर्न कठिनाई हुने छ र हामी केही गर्न सक्दैनौं । किनभने हामीसँग ड्रोन स्प्रेको उपलब्धता छैन । एउटा मकैको बोट ५ फिटदेखि ७–८ फिटसम्मको अग्लो हुन्छ ।
प्रश्नः फौजी किरा नियन्त्रणका लागि अहिले हाम्रो बजारमा के कस्ता उपाय उपलब्ध छन् ?
ढकालः अहिले बजारमा विभिन्न प्रकारका विषादीहरु आएका छन् । तर, त्यस्ता विषादीहरु अति हानिकारक हुन्छन् । जसले वातावरण प्रदूषित मात्र होइन चरा प्रजाति र पशुहरुसँगै मानिसहरुलाई पनि हानि पु¥याउँछ । बजारमा जैविक विषादी पनि आएका छन्, ती विषादीहरु पशु, पंक्षी र मानिसका लागि हानीकारक नभई ती किराहरुका लागि मात्रै हानीकारक हुन्छन् । ती विषादीले सतप्रतिशत फौजी किराको नष्ट हुने छ र वातावरणमा पनि कुनै परिवर्तन हुने छैन ।
प्रश्नः त्यस्ता जैविक विषादी के–के हुन सक्छ त ?
ढकालः निममा आधारित जैविक विषादी हाल्ने जस्तै एजाकिरेक्टिन ५०००० एएः भएको जैविक विषादी वा ब्लाकडग नामको जैविक विषादी १६ लिटर पानीमा १० मिलीग्राम हाली घोलेर स्प्रे गर्न सकिन्छ । त्यसमा ग्रेस सिलकन ५ मिलिग्राम मिसाएर स्प्रे गर्दा फौजी किरा समाप्त हुन्छ । अहिले भारतले पनि यही औषधि प्रयोग गरिरहेको पाइन्छ ।
प्रश्नः यो किरा मकैमा कतिखेर देखा पर्दछ ?
ढकालः यो किरा मकैमा ६ इञ्चको हुँदा देखा पर्दछ । यसको लक्षण पात केही सेतो हुने र बीच भागमा गुभो खाने गर्दछ फौजीकिराले । यस अवस्थामा ब्लाक डग नामको जैविक विषादी स्प्रे गर्दा यो फौजी किरा समाप्त हुन्छ ।
प्रश्नः फौजी किरा मकै खेतीमा आउँछ भनेर कसरी भन्नु हुन्छ ?
ढकालः आउँछ भन्ने होइन आइसक्यो । झापाको दक्षिण भूभाग भारतसँग सीमा जोडिएको क्षेत्रमा देखा परिसकेको छ । भारतको बिहार राज्यका समस्तिपुर, मुझप्पापुर, बेगुसराय र पूर्णियाँमा यो किराको प्रकोप देखिएको छ । त्यहाँ हामीभन्दा अगाडि नै मकै लगाउने गरेकाले मकैमा त्यो किरा लागिसकेको अवस्थामा नेपालमा आउँदैन भन्नु हुँदैन । किनभने नेपालको धानबाली फौजी किरा देखिन थालिसकेको छ । अहिले नै झापा, बाह्रदशीका केही मकै खेतीमा यो किराको संक्रमण सुरु भइसकेको छ । त्यसकारण अब व्यावसायिक रुपमा मकै जोन नै घोषणा गरेर हामी मकै खेतीमा लागेको अवस्थामा फौजीकिरा नियन्त्रण गर्नको लागि पूर्व तयारी आवश्यक छ । त्यो किन पनि हो भने फौजी किराले एकै रातमा १०० बिघाभन्दा बढी बाली नोक्सान गर्न सक्नेछ । त्यसअर्थ हामी किसान दाजुभाई मात्रै होइन नियमन गर्ने सरकारी निकाय र स्थानीय तहका जनप्रतिनिधिहरु चनाखो भएर बालीको निरीक्षण गरी पूर्वतयारीमा लाग्नुपर्छ । बाली लगाइसकेपछि फौजी किराले नोक्सान गर्न थालेपछि नियन्त्रण गर्छु भन्दाभन्दै सबै बाली नष्ट हुने गर्दछ । त्यसकारण पूर्व तयारीको लागि सचेत हुन आवश्यक छ । बाली लगाउनु पूर्व ब्लाकडग जस्ता जैविक विषादी प्रयोग गरेर फौजी किराका सबै अंश नष्ट गरेर खेत तयार गर्नु पर्दछ ।
प्रश्नः भर्खरै धानमा सुक्ने रोग लागेर किसानहरुले बालीमा आगो लगाएको कुरा छ, त्यो कस्तो किरा हो ?
ढकालः धानबाली सुकेर बोट मर्ने फौजी किराले होइन, त्यो एक प्रकारको चुसाहा किराले गर्दा त्यस्तो भएको हो । त्यस किरालाई BPH (brtown pest hooper) भनिन्छ । नेपालीमा फड्केकिरा भनिन्छ । यो एक प्रकारको भुसुनाजस्तै हुन्छ । यसले बिरुवाको काण्डमा बसेर क्षति पु¥याउँछ ।
प्रश्नः यो किरा कतिखेर आउँछ र कसरी नियन्त्रण हुन्छ ?
ढकालः यदि नाइट्रोजन र युरियाको अत्यधिक प्रयोग भएमा यो किरा बढी देखिन्छ । खास गरेर धान रोपेको ३० दिनपछि यो किरा देखा पर्न सक्छ । त्यो बेलामा आप्mनो बाली निरीक्षण गर्नु पर्दछ । बिरुवालाई पल्टाएर फेदतिर हेर्नु पर्दछ । त्यस्ता किरा देखिएमा सामान्य विषादीले नै नियन्त्रण हुन्छ । यदि बाली नै सुक्न थालेमा धेरै मुश्किल पर्दछ । विज्ञहरुको सल्लाह लिनु पर्दछ ।
प्रश्नः त्यो किरालाई कसरी नियन्त्रण गर्न सकिन्छ ?
ढकालः सुरुकै अवस्थामा भए ल्याम्डासायलोथ्रिन रसायनिक विषादी वा रिफ्रेस नामको जैविक विषादीको स्प्रे गरेर यस किरालाई सतप्रतिशत निर्मूल पार्न सकिन्छ । यो किरा फौजी किरा होइन, फौजी किरा एक प्रकारको लाभ्रे किरा हो । धान सुक्ने रोगको द्यएज् नामको भुसुना किरा हो । त्यसअर्थ किसानहरुले किरा तथा रोग पहिचान गरेर मात्र जैविक विषादीको प्रयोग गर्नु पर्दछ । र, विषादी बिक्री गर्ने व्यवसायीले पनि रोगको पहिचान गरेर मात्र विषादी बेच्नु पर्दछ अथवा विशेषज्ञहरुसँग परामर्श लिएर मात्र विषादी स्प्रे गर्दा राम्रो हुन्छ किनकि फौजी किरामा हाल्ने विषादीले BPH किरालाई काम गर्दैन ।