आगामी नर्सिङ निर्वाचन र वर्तमान परिस्थिति

नर्सिङ बहस

नेपाल नर्सिङ सङ्घको १९औ कार्यकरणी समितीको निर्वाचन पौष ९ गते तोकी सकिएको छ । यससंगै भित्रभित्रै चुनावी सरगर्मी शुरु भएको छ । को–को अध्यक्षमा उम्मेद्वारी दिनेछन, कुन कुन समूह र पार्टीहरु सक्रिय सहभागी होलान भन्ने कौतुहुल हुनु स्वभाविक पनि हो ।

नेपाल नर्सिङ सङ्घ विशद्ध नर्सिङ पेशाकर्मीहरुको छाता सँगठन हो र नर्सिङ पेशा आफैंमा अति मानव सम्म्वेदनशील क्षेत्रमा कार्यरत पेशा हुनाले, यसले कुनै भाषा, जाती, भुगोल र समुहको मात्र वकालत गरेरमात्र पुग्दैन । यति हुँदा हुँदै पनि हामीकहाँ नर्सिङमा जुन संस्कार विकास हुनु पर्ने हो त्यो हुन सकिएको छैन भन्नु पर्ने तितो यथार्थ हाम्रासामु छ । यो यथार्थलाई ढाकछोप गर्नु भन्दा स्वीकारेर सुधारका योजना अघिसार्नु अवको आवश्यकता हो ।

“काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर” भने झै हिजोआज नर्सिङ पेशा कर्मीहरु बीच अन्यौल छाएको छ । एक भएर पेशाको वकालत गर्नु पर्ने अवस्थामा नर्सहरु पार्टी, पार्टी भित्रका अनेक गुट, उपगुटमा विभाजित भएर पानी बराबारको अवस्थामा छन्, त्यसको ज्वलन्त नमूना जो मार्फत आफू उच्च नर्सिङ तहमा पुगेको छ त्यही ब्यक्तिलाई सिध्याउने खेलमा तल्लीन भएका घटना प्रशस्त छन् । यस्तो प्रवृत्तिलाई यहाँ किटानी गरिनु पर्ने आवस्यक छैन, किनकी भ¥याङ बनेका र भ¥याङ बनाइएको दुबैलाई ज्ञात छ र यो कुनै एउटा पार्टी वा कुनै एक समूहमा मात्र सिमित छैन, सर्वत्र व्याप्त छ ।

विरोधीहरुले हाल स्वास्थ्यसंग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्नेहरु र नर्सहरुमाझ नर्सिङ संघले केही गरेनन, झोले भए, पार्टीको मुख ताक्ने भए आदि आक्षेप लगाउँदै आएको छ । त्यसमाथि उल्टै सोही समूहका, नेतृत्व सम्हालेर काम गरी सकेकाहरुले खेदो खन्नु कुन हदसम्मको राजनीति नर्सिङ पेशामा छ भनी घोत्लिनु पर्ने विषय बनेको छ । त्यसैले आगामी दिनमा नर्सिङ संघ के हो र यसको कार्य दायरा के के हुन बुझ्न र बुझाउन आवस्यक छ ।

नर्सिङको मुल मन्त्र हो– कुनै भुगोल, जाति, धमर्, वर्ण, लिङ्ग आदिले बाधिन्दैन र विभेद गरिन्दैन वा छुट्याइन्दैन । नर्सिङ शिक्षामा मूल मन्त्रका रुपमा यसरी नै पढाइन्छ र सिकाइन्छ । तर किन नेतृत्व तहमा यो र त्यो पार्टी भनेर बिभाजित गरिन्छ, पेशागत मर्यादाभन्दा बिपरित गुट र उपगुटको पछि लागिन्छ ? यदि राजनीति नै गर्ने हो भने किन पेशाका लागि राजनीति गरिँदैन ? आजको मूलभुत प्रश्न र चासोको बिषय पनि यही हो । यहाँ राजनीति गरिनु हुन्न भनेर बिलकुल नै कुरो राखिएको होइन । थाहा छ हरेक कुरो राजनीतिबाट चोखो हुन्न अथवा टाढा हुन्न भनेर । यो किन लेखिनु परेको छ भने यो नर्सिङ संघको अठारौ कार्यकरणी समितिले धेरै नै पेशागत उपलब्धीपूर्ण कार्य गरेको छ र यस कार्यकरणी समितिलाई किन प्रोत्साहन गर्न त्यही समूहकाहरु पनि हिच्किचाउने ? यसको ज्वलन्त प्रमाण के छ भने त्यही समूहबाट आगामी अध्यक्षका लागि नाम सिफारिस गरिनु पर्दछ तर कँही नभाको जात्रा हाँडी गाउमा” भने झै अन्य (विशुद्द नर्सिङ बिज्ञ बाहेक र यो कार्यकरणी समितिमा रहेका बाहेक) को नाम सिफारिस गर्न आँतुर छन त्यो पनि पहिलेदेखि काम गरी सकेका अग्रजहरु ११ यो जस्तो औचित्यहिन कुरो अरु के हुनसक्ला ?

विरोधीहरुले हाल स्वास्थ्यसंग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्नेहरु र नर्सहरुमाझ नर्सिङ संघले केही गरेनन, झोले भए, पार्टीको मुख ताक्ने भए आदि आक्षेप लगाउँदै आएको छ । त्यसमाथि उल्टै सोही समूहका, नेतृत्व सम्हालेर काम गरी सकेकाहरुले खेदो खन्नु कुन हदसम्मको राजनीति नर्सिङ पेशामा छ भनी घोत्लिनु पर्ने विषय बनेको छ । त्यसैले आगामी दिनमा नर्सिङ संघ के हो र यसको कार्य दायरा के के हुन बुझ्न र बुझाउन आवस्यक छ ।

समुन्द्रको गहिराईभन्दा धेरै पढेलेखेका साथै ठूलो ओहदामा बसेकाहरुमा ज्यादै इगो (मपाईत्व) हुँदो रहेछ जसको प्रत्यक्ष आभाष नर्सिङ क्षेत्रमै क्रियाशीलहरुबाट बजारमा छताछुल्ल पोखिएका विचारहरु सुन्न र भोग्न पाइयो । यसको ठूलो कम्म्पन यो समितिले धेरै सामना गर्नु प¥यो, गर्दै छ र लाग्दछ आगामी समितिले पनि गर्नु पर्नेछ । हो, सायद यसैको निरन्तरता “कँही नभाको जात्रा हाँडी गाउमा” भने झै नेर्सिङ संघको केन्द्रीय कार्यलयमा नर्सिङ संघ कै बिरोध गर्दै आमरण अनशन पनि बसे, हाम्रा अग्रज नर्सहरुलाई जथाभाबी गाली बेईजती पनि गरे र “जो चोर उसैको ठूलो स्वर” भन्ने उखान चरितार्थ गरे ।

नर्सिङ संघ प्रत्येक देशमा आ–आफ्नो राज्यको विधि विधान अनुसार गठन गरिएको हुन्छ । आजभन्दा १२० वर्ष अघि ईस्वी सम्बत् १८९९ को कुरो हो, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् गठन भएको । जुन अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य सम्बन्धी अति ऐतिहासिक र अति ठूलो संस्था हो । यसैको अन्तर्गत प्रत्येक राज्यमा राष्ट्रिय नर्सिङ संघ गठन हुने गर्दछ । नेपाल नर्सिङ संघ आम नेपाली नर्स पेशाकर्मीहरुको एक मात्र छाता सङठन हो जुन बि.स. २०१८ साल माघ १५ गते ंबैधानिक रुपमा अवतरण भएको हो ।

हाल अठारौं कार्यकारणी समितिले नेपाल नर्सिङ संघको नेतृत्व सम्हालेको छ र यसले आफ्नो भारी बिसाउन यही पौष ९ गते चुनाव गराउनु पर्ने छ । म यहाँ यस कार्यकारिणी समितिले सामना गरेका चुनौतीहरु र गरेका उपलब्धीमूलक कार्यहरु बारे उल्लेख गर्न गइरहेको छु । यो कार्यकारिणीको कार्यकालमा नेपाल एकखाले संरचनाबाट अर्कोखाले संरचनामा रुपान्तरण हुँदै गरेको अवस्था र संविधान लेख्ले धुनमा आफ्नै गतिमा थियो भने अर्को प्राकृतिक प्रकोप महाभुकम्प आदिको पनि यही समितीले सामना गर्नु प¥यो । जसले गर्दा तोकिएको अवधीमा निर्वाचन गराउन कार्यकारिणी असमर्थ रह्यो । साथै एकखाले शासन प्रणालीबाट अर्कोखाले शासन प्रणालीमा रुपान्तरण हुँदै गर्दाको बेलामा देखिने नकरात्मक रोकावटहरु अथवा भनौं हरेक कार्यमा विरोध । यस्तो लाग्दछ कि जन्मेको, हुर्काएको, पढाएको विरोध गर्न र गराउनकै लागि मात्र हो जुन यस कार्यकारिणी समितिले देख्न र भोग्न प¥यो ।

स्वास्थ्य सेवा प्रणालीमा राज्यले नर्स र नर्सिङ पेशालाई धेरै नै अवमूल्यन गरेको हाम्रो समितीले निचोड निकाल्यो । स्वास्थ्य सेवामा वाहुल्य रहेको र अहम भूमिका निभाउने नर्सहरुलाई यसरी शारीरिक, भौतिक, मानसिक र समाजिक रुपले शिथिल बनाउँदा कसरी आम मानिसहरुले स्तरीय र सुरक्षित स्वास्थ्य सेवा उपभोग गर्न पाउँदछन् ? हो, त्यसैले नर्सको बहुआयामिक पक्षलाई सम्बोधन हुने गरी न्यूनतम मागको सुनुवाइका लागि भए पनि आन्दोलन अपरिहार्य छ भनी निकालिएको निचोडमा आधारित भएर आन्दोलन शुरु ग¥यो ।

समुन्द्रको गहिराईभन्दा धेरै पढेलेखेका साथै ठूलो ओहदामा बसेकाहरुमा ज्यादै इगो (मपाईत्व) हुँदो रहेछ जसको प्रत्यक्ष आभाष नर्सिङ क्षेत्रमै क्रियाशीलहरुबाट बजारमा छताछुल्ल पोखिएका विचारहरु सुन्न र भोग्न पाइयो । यसको ठूलो कम्म्पन यो समितिले धेरै सामना गर्नु प¥यो, गर्दै छ र लाग्दछ आगामी समितिले पनि गर्नु पर्नेछ । हो, सायद यसैको निरन्तरता “कँही नभाको जात्रा हाँडी गाउमा” भने झै नेर्सिङ संघको केन्द्रीय कार्यलयमा नर्सिङ संघ कै बिरोध गर्दै आमरण अनशन पनि बसे, हाम्रा अग्रज नर्सहरुलाई जथाभाबी गाली बेईजती पनि गरे र “जो चोर उसैको ठूलो स्वर” भन्ने उखान चरितार्थ गरे ।

यस्तो विषम परिस्थितिमा पनि यो समितिले धेरै सराहनीय काम गरेको छ ।

  • महाभुकम्पका बेला सबै स्वास्थ्य सेवा प्रदायक सरकारी, निजी र गैरसरकारी संस्थाहरुसंग समन्वय गरी पीडित पक्षका बहुआयामिक समस्यालाई समेटेर सेवा प्रदान गर्न सफल भयो ।
  • स्कुल हेल्थ नर्स विधिवत रुपमा नेपाल सरकारको प्राथमिकतामा राख्न सफल भयो । प्रदेश नम्बर ३ ले पाइलट प्रोजेक्टको रुपमा सुरुमा २१ जना स्कुल हेल्थ नर्स लिए भने यसपटक १२१ जना लिँदैछ । प्रदेश नम्बर १ ले पनि यो कार्यक्रम शुरु ग¥यो । त्यसैगरी अन्य प्रदेशमा पनि कार्यान्वय हुँदैछ ।
  • आपतकालीन, जोखिमपूर्ण ब्यवस्थापन र न्यूनीकरण क्षेत्रमा इपी नर्सद्वारा गरिएको कार्य र अनुसन्धानले अन्तरराष्ट्रिय स्तरको “विश्व जोखिम पुरस्कार” जित्न सफल भयो । यो पुरस्कारको राशीको दश प्रतिशत नेपाल नर्सिङ संघलाई, यसै सम्बन्धी दश जनालाई तालिम लिन जापान पठाइ ट्रेनरको रुपमा तयार गरियो । त्यस्तै दुई सयजना नर्सलाई जोखिम ब्यवस्थापन र न्यूनीकरण तलिम काठमाडौं, पोखरा, बिरगञ्ज, बुटवल लगायतका क्षेत्रमा प्रदान गरियो । इपी नर्स एप (मोवाइल एप) विकास गरियो । साथै नेपाल सरकारको जोखिम ब्यवस्थापन र न्यूनीकरण शाखासंग समन्वय गरी जापानी विज्ञ, नेपाल नर्सिङ संघ, नेपाल नर्सिङ्ग परिषद्का अध्यक्ष, रजिष्टार, राष्ट्रिय विज्ञान प्रतिष्ठानका रजिष्टार र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन, त्रिभुवन विश्व विद्यालयका शिक्षा शखाका प्रमुख समेतको उपस्थितीमा आगामी दिन चिकित्सा विज्ञान सम्बन्धी कुनै पनि विधाको पाठ्यक्रममा नर्सलाई समावेस गराउने उद्देश्यले दुइदिने गोष्ठी सञ्चालन गरियो ।
  • स्वास्थ्य मन्त्रालयमा नर्सिङ महाशाखा राख्न ठूलो पहल गरियो तर आंशिक रुपमा भए पनि विभागमा नर्सिङ तथा समाजिक सुरक्षा महशाखा स्थापित गर्न सफल भईयो ।
  • विभिन्न मेडिकल कलेजमा “आउट रिसोर्सिङ”मा राखिएका नर्सहरुलाई त्यही संस्थाबाट नियुक्ति दिलाउने कार्य गरियो साथै उचित तलब लगायत अन्य सेवा सुविधा सम्बन्धित सरोकारवालाहरुलाई मान्य हुने गरी लागु गर्न ब्यवस्था मिलाइयो । श्रम शोषण शून्यमा झार्न श्रममन्त्री गोकर्ण विष्टसंग् धेरै पटक छलफल गरियो, नर्सहरुको कुरा स्वास्थ्य सेवा प्रणालीमा नेतृत्व तहसम्म पु¥याउन “नर्सिङ नाउ” अभियान सञ्चालन गरियो र नर्सिङ नाउ मार्फत अन्तरक्रिया कार्यक्रमहरु केन्द्र लगायत देशका विभिन्न भागमा सञ्चालन गरियो ।
  • धरान बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राष्ट्रिय स्तरको सेमिनार सम्पन्न भयो ।
  • र्सिङ नाउ मार्फत देशका विभिन्न स्थानहरु दमक, जनकपुर, चितवन, दाङ, धनगढी, पाल्पा, काठमाडौं आदिमा सकारात्मक सोच र सही पेशागत सञ्चार सम्बन्धी तालिम सम्पन भए ।
  • कुनै पनि शिक्षा कुनै एकल लिङ्गलाई मात्र लिएर सफल र फलिभुत हुँदैन तर नेपालमा नर्सिङ पढ्न किन महिला नै हुनुपर्ने ? त्यसैले पुरुषहरुलाई पनि कम्तिमा १५ प्रतिसत कोटा यस कार्यकरणी समितिको प्रयासले समावेश गराइयो ।
  •  स्वास्थ्य सेवा कार्यक्रम मार्फत समाज पुनरनिर्माण गरौं भन्ने मुख्य अभिप्राय लिएर सिङ्गापुरका विज्ञ समूहको समन्वयमा चितवन, काठमाडौं र पोखरामा पाँचपाँच दिने तालिम सम्पन्न गरियो ।
  • अन्तरराष्ट्रिय स्तरको नर्सिङ जर्नल नियमित रुपमा प्रकाशन गरियो ।
  • देशभरी नर्स र नर्सिङ विद्यार्थीप्रति भएको अमानवीय शोषण र हिंसाबारे छानविन र आवश्यक कार्वाही गर्न र गराउन पहलकदम गर्दै आएको छ । चाहे त्यो भक्तपुरको अङ्ग प्रत्यारोपण अस्पताल होस्, वा ओसिम गुरुङ नवलपरासीको हत्याको घटना होस्, वा राजविराजको अति सिनियरप्रति जुनियरको निगरानीमा राखिएको केस किन नहोस् ।
  • चीन सरकारको नर्सिङमा स्नातोकत्तरमा छात्रावृत्तिका लागि पहल गरी उच्च अध्ययनको ब्यवस्था गरियो । यसैगरी विद्यावारिधीसम्मको अध्ययन गर्न जापान सरकारबाट छात्रावृत्ति ब्यवस्था गरियो ।

यी मुख्य उपलब्धिहरु संगसंगै समय अनुसार नेपाल नर्सिङ संघलाई सजीव राख्न चलायमान अवस्थामा नै अग्रसर गराउँदै थप जोश र जाँगरका साथ नयाँ दिशा दिन आवश्यक छ । यसका लागि अरुमा दोष थोपर्ने होइन, कसरी साझा उद्देश्य, साझा बाटो सहित आम मानिसले उपभोग गर्न पाउनु पर्ने अति आवश्यक स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै त्यसको सुनिश्चित गराउँन र गर्न एकताबद्ध भई अगाडि बढ्नु परेको छ । यहाँ स्वास्थ्य सेवा सही तरिकाले सञ्चालन गर्नु पर्छ यसका लागि मबाट होइन हामीबाट समूहमा विश्वास गरी सञ्चालन गर्ने प्रणाली लागु गर्नु पर्दछ, एकल चिकित्सक पेशाकर्मी मात्र हिरो बन्ने प्रथा अन्त्य गरिनु पर्दछ । किनकी स्वास्थ्य सेवा मात्र चिकित्सकबाट पूर्णता पाउने विज्ञान होइन ।

अहिलेसम्म हामीले गरेको ठूलो भूल नेपालको स्वास्थ्य सेवा प्रणालीमा यही नै छ । सत प्रतिशत स्वास्थ्य सेवा उपभोक्ताहरु सुरक्षित हुने अभ्यास विकास गरिनु पर्दछ । स्वास्थ्य सेवा प्रवाह गर्ने कुनै पनि जनशक्तिले आफू सुरक्षित भएको महशुस गर्न पनि पाउनु पर्दछ । स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सुरक्षित हुनु पर्दछ । अबको नर्सिङ संघमा यी यावत कुरालाई सम्बोधन गर्न सक्ने ब्यक्तिलाई नेतृत्व सुम्पनु पर्छ । यसमा कुनै क्षेत्र, लिङ्ग, भाषा, संस्कृति, दल वा समुदायको बार लगाउनु हुँदैन । नेतृत्वको विचार्र कार्य शैली, पृष्ठभुमी खोजिनु पर्छ् । यसका साथै उ नर्सिङ सङ्घ र पेशाको लागि हकहितका लागि क्रियाशील छ त्यो पनि मूल्याङ्कन गरिनु पर्दछ । मलाई विश्वास छ्, आजको यो अति विकसित समयमा सबै कुराको ख्याल गरी नेतृत्व चयन हुनेछ ।

Facebook Comments
Ramesh
Comments (0)
Add Comment