बेलुकीको ७ बज्दैछ ।
“आहा… जे होस् वर्षमा एक दिन भनेपनि यस्तो नाम चलेको होटेलमा खानु भनेको भाग्यकै कुरो, है बुढा ?”
एउटा कुनाको टेबलमा मीठो वार्तालापमा व्यस्त जोडी बेजोड गफ्फिएका’छन् ।
“हो नि, यहाँको खाना धेरै नै स्वादिस्ट छ ।”
***
“परिकार शहरभरकै उत्तम छ । तपाइँको मेनेजरलाई यो कुरो सुनाइदिनुहोला ।”
अर्को टेबलबाट पनि उसरी नै खुशी बोल्दैछ ।
“क्याप्टेन” फटाफट खानाको अर्डर लिन्छन्, मुसुक्क हाँस्दै मुन्टो हल्लाउँछन् र किचनतिर जान्छन् ।
“ल, नयाँ अर्डर । अनि अगाडिको अर्डर खोइ ? छिटोछिटो गर्न प¥र्यो । रेस्ट्ुरन्ट्मा गेस्ट् टनाटन छन्, है !”
***
“भ्यालेन्टाइन डे” रे नि त, आज !”
किचनमा कामगर्ने ठिटाहरु यस्तै कुरो गर्दै पसिनैपसिना भएर एकपछि अर्को परिकार बनाउँदैछन् ।
“लौ, पत्तै नपाइ पौने दश बजेछ । धेरै नै थाकियो आज । ड्युटी सिद्दिन पनि १५ मिनेट मात्रै पो बाँकी ?” भोजराज झस्किन्छ ।
“भोली बिहानै उठेर क्याम्पस पढ्न जानु छ । आफू पनि केही खान त पर्ने हो १ फेरी स्टाफ क्यान्टीन पनि आठ बजे नै बन्द भो ।” मनमनै यही भन्दै उ आफ्नो समेत भोक मेटाउन “के हो कुन्नि” खुसुक्क तताऊँन थाल्छ ।
बाहिर एक्कासी मेनेजरले आफ्नो मोबाइलमा उसकी श्रीमतीको मेसेज देख्छ र किचनतिर छिर्छ । भोजराजसंग आफ्नो घरका लागि केही मीठो खाना बनाइदिन भन्छ । उसको नजर उसैबेला चुलोमा केही उम्लिराखेको बस्तुमा पर्छ र प्वाक्क बोल्छः “स्टाफलाई क्यान्टीनमा मात्र खान अनुमती छ है, बाबु हो !”
“हस् हजुर ।”
भोजराज चुपचाप मेनेजरको आदेश मान्छ । अनि बिस्तारै आफैसंग बात मार्छः
“होस्… अब डेरामै गएर ढुक्कले दुई पाकेट वाइवाइ उमालेर खाइन्छ र सुतिन्छ ।”
त्यसै ड्युटी सिध्याएर साइकल उफार्दै आफ्नै संसारतिर भोजराज तन्किन्छ ।
***
डेरा भित्र छिर्दाछिर्दै एक्कासी गाउँबाट उसकी श्रीमती शर्मिलाको फोन बज्छ ।
“कत्ति नउठेको हौ, फुन पनि । धन्न मेरा बुढा अझै सुतेका चाहिँ हैनचन है? आज माघ २४ गते । आजै हाम्रो बिहे भा’को पनि तीन वर्ष पुग्यो । त्यसैले सम्झेको नि ! उउम्म्म ।”
***
भवतु सब्ब मङ्गलम ।