सभामुख कृष्णबहादुर महरालाई बलात्कार गरेको आरोप लगाएकी रोश्नी शाहीले एकएक मुख फेरेकी छिन् । आइतबार सांझ सभामुख महराले आफ्नै डेरामा आएर बलात्कार गरेको घटना उनले एक अनलाईन भिडिओ मार्फत आफ्ना अभिव्यक्तिहरु सार्वजनिक गरेकी थिईन् । त्यो घटना सोमबार दिनभरी सनसनीपूर्ण बनेको थियो । मंगलबारसम्म आईपुग्दा पीडित भनिएकी रोश्नी शाहीले ट्विीट गर्दै कुनै पनि घटना नभएको र भिडियो बनाउनेले नियोजित रुपमा बनाएको आरोप लगाएकी छिन् । एकदिन अघि मात्रै अप्रत्यासित रुपमा बलात्कार गरेको घटना सतहमा आएपछि सभामुख महराले अनुसन्धानमा सहजता होस् भनेर राजिनामा समेत दिएका थिए । मंगलबार रोश्नीले सो घटना हुँदै नभएको र आफूले डिप्रेसनको औषधी लिएको भनेर कुरा फेरेकी छन् ।
यो घटनाको विश्लेषण गर्दा के तर्क निकाल्न सकिन्छ भने, एक दिन अगाडि सम्मानित पदमा रहेका व्यक्तिलाई बलात्कार जस्तो जघन्य र नैतिक पतनको आरोप लागेको छ । भोलिपल्ट होइन भनियो । यदि यो घटना हुँदै नभएको हो भने किन यस्तो आरोप लाग्यो । यो आरोप लागाउनु र लाग्नु दुवै गम्भिर विषय हो । हाम्रो समाज र न्याय प्रणालीमा कुनै महिलाले ‘म माथि जबरजस्तीकरणी भयो’ भनेर कुनै व्यक्तिलाई आरोप लागाउनु नै एउटा प्रमाण हो । हाम्रो न्यायालयले कुनै महिलाको बलात्कार भएको घटनालाई अझै पनि सम्वेदनशील भएर सहानुभूतिको नजरले हेर्ने गर्छ । समाजमा जबरजस्ती करणी भएकी महिला अविवाहिता छिन् भने विवाह हुन त्यति सहज हुँदैन । विवाहिता महिला हुन् भने उनलाई श्रीमान् र घर परिवारले हेला गर्नेसम्मको अवस्था आउँछ । नेपाली समाजको तीतो थयार्थ यही हो । समाजको आम धारणा यही हो । यो काण्ड पनि यस्तै श्रृङ्खलाको सेरोफेरोमा घम्न थालेको छ । एकदमै फिल्मीपाराले बाहिर आएको छ यो घटना– पहिला बलात्कार, पछि नभएको । सत्य तथ्य बाहिर नआउँदै पति चित्रजंग शाहीले आफ्नो फेसबुक स्टाटसमा सम्बन्ध बिच्छेद गर्ने घोषणा सहित सही गरेको चिटकटो पोष्ट गरेका छन् । यसले थप रहस्यमय बनाएको छ । पूर्व सभामुख महरालाई चोख्याउने काम भएको छ ।
जवरजस्ती करणी महिलाको इच्छा विरुद्ध गरिने जघन्य यौनजन्य अपराध हो । अन्य जघन्य अपराध जस्तो हत्या, अपहरण, मानव बेचबिखनमा मानिसको भौतिक शरिर माथि आक्रमण हुन्छ भने वलत्कारका घटनाले बलात्कृत महिलालाई भौतिक तथा मानसिक दुवै रुपमा विछिप्त बनाउँछ । एक दिन अगाडि मुलुककै सम्मानित व्यक्तिले आफूलाई बलात्कार ग¥यो भनेर सार्वजनिक गर्ने भोलिपल्ट होइन भनेर मुखफेर्ने । कस्तो नाटकीय कुरा । यस्ले वास्तविक पीडितलाई समेत भविश्यमा झुठो सापित गराउँन सक्छ ।
यस्तो गम्भीर आरोप लागे पछि समाज सम्वेनशील बन्छ । तर अब यस्ता घटनाहरु भए पनि समाजको सम्वेदना हराउँन सक्छ । यो घटनाले अनुसन्धान गर्ने निकायलाई समेत दुबिधामा पारेको छ । जबरजस्ती करणीबाट पीडित महिलाको जाहेरी र बयान आफैंमा एउटा प्रमाणको रुपमा न्यायालयले लिने गर्दछ । यो घटनामा अघिल्लो दिन सभामुख महराले आफूलाई बलात्कार गरे भनेर प्रहरीमा मौखिक उजुरी समेत गरेकी रोश्नी शाहीले भोलिपल्ट मिडिया मार्फत घटनालाई सार्वजनिक गरेकी थिइन् । तेस्रो दिन फेरि उनले एक अनलाईन मार्फत नै घटनै नभएको भनिन् । आफ्नो अन्तरवार्तामा रोश्नीले कर्मचारी समायोजनमा काठमाडौं बाहिर पठाउन लागिएकोमा आफूलाई महराले केही (थमौती) गर्न नसक्ने भनेर आक्रोस पोखेको भनेर बताएकी छन् । उनीहरुको पारिवारिक सम्बन्ध पहिल्यैदेखि राम्रो रहेको बताएकी पनि छिन् ।
एउटा सामान्य विषयमा कुरा नमिल्दा यत्रो ठूलो गम्भीर आरोप त्यो पनि नैतिक पतन हुने आखिर किन ? के रोश्नीले कुरा फेरे जस्तै घटनै नभएकै हो त ? सुरक्षा निकायले पूर्व सभामुख महरा त्यसदिन सांझ रोश्नीको डेरामा गएको पुष्टी गरेको छ । फुटेको चस्मा, जुत्ताको तलुवा त्यहाँ भएका प्रमाणहरुले महरातिर नै संकेत गर्दैन र ? उनले अघिल्लो दिनको भिडियोमा सबै घटना भएको भनेकी छिन् । भिडियोमा उनलाई कुटपिट गरिएको मुखमा ब्लड समेत जमेको देखिएको बताएकी छिन् । महरा रोश्नीको डेरामा नगएको भन्ने कुरा पनि झुठ्ठो साबित भएको छ । उनको घरको परिस्थितिजन्य प्रमाणहरु र प्रहरीले अवलोकनले समेत त्यस्तै देखाउँछ । बालुवाटारदेखि ठाउँठाउँमा राखिएका सिसी टिभी फुटेज सबै हेर्दा महरा घटनास्थलमा पुगेको प्रष्ट छ ।
मुलुककै सम्मानित पदमा रहेका व्यक्तिलाई जबरजस्ती करणीको आरोप लागेको छ । महराले राजीनामा समेत दिइसकेका छन् । भोलिपल्टै फेरि पीडित भनिएकी महिलाले होइन भनेर कुरा फेर्छिन् । यसले के संकेत गर्छ भने पद र शक्तिको आडमा कतै दवाबमा पारेर मुखफेर्न लगाईएको हुनसक्छ । सत्तारुढ पार्टीको समेत बद्नाम हुन सक्छ नेतृत्वले ख्याल गर्नुपर्छ । सत्ताको आडमा डर, त्रास, धम्की दिएर घटनाई लुकाइयो भन्ने आरोपबाट नेकपा मुक्त हुन जरुरी छ । यसका लागि नेकपाले आफ्नै ढंगले छानबिन गर्न जरुरी छ ।
विगतमा उनीहरुको विवाहेत्तर सम्बन्ध जस्तोसुकै रहे पनि अहिले महराले जबरजस्ती करणी गरेको आरोप बाहिर आइसकेपछि अनुसन्धान हुन जरुरी छ । तर प्रविधिक कुरा के छ भने पीडित भनिएकी महिलाले प्रहरीमा किटानी जाहेरीसम्म दिएकी छैनन् । घटना भएको धेरै दिन भइसकेको छ । आइतबार राती नै प्रहरीले खबर पाए पछि त्यसैलाई मौखिक किटानी जाहेरीको रुपमा लिनु पर्ने व्यवस्था कानुनमा छ । तर प्रहरीले उच्च ओहदाको व्यक्ति भएकोले त्यसो गरेन । त्यसकै फलस्वरुप ४८ घण्टा नपुग्दै पीडितले कुरा फेर्नुपर्ने बाध्यता आयो ।
प्रहरीले अपराध भएको ठाउँमा र पीडित भनिएकी महिलाको सुरक्षा तथा संरक्षण प्रदान नगरिएकाले घटना थप रहस्यमय बनेको हो । अपराध पीडित संरक्षण ऐन २०७५ को दफा १० ले पीडित तथा पीडितका आफन्त आश्रित परिवारलाई कसुरदार वा अभियुक्तको सम्भावित आक्रमण, क्षति, डर, त्रास र धम्कीबाट सुरक्षा प्रदान गनुपर्ने ब्यवस्था गरेको छ । प्रहरीले अपराध पीडितलाई आफ्नो संरक्षणमा लिएर स्वास्थ्य परिक्षण समेत गराउन सक्ने अवस्था थियो । तर प्रहरी त्यतातर्फ नगराएकोले प्रमाण समेत बाँकी रहेन । महराले जबरजस्ती करणी गर्दा रोश्नीका श्रीमान काठमाण्डौ बाहिर रहेको उनले भिडिओमा बताएकी छिन् । एक अनलाइले त महराले उनका श्रीमान्संग बसेर कुरा गरेर मिलाउने तर्फ पनि संकेत गरेको समाचार सार्वजनिक गरेको थियो । पीडितलाई फकाएर, पैसाको प्रलोभनमा पारेर, वा डर, त्रास, धम्की दिएर दवाबमा पारेर होस्टाईल गर्नु पनि अपराध हो । कानुनको दायरामा आयनुभन्दा अगाडि नै होस्टाईल गरियो । यस घटनालाई शुक्ष्म रुपले विश्लेषण गर्न जरुरी छ ।
मुलुककै सम्मानित पदमा रहेका व्यक्तिलाई जबरजस्ती करणीको आरोप लागेको छ । महराले राजीनामा समेत दिइसकेका छन् । भोलिपल्टै फेरि पीडित भनिएकी महिलाले होइन भनेर कुरा फेर्छिन् । यसले के संकेत गर्छ भने पद र शक्तिको आडमा कतै दवाबमा पारेर मुखफेर्न लगाईएको हुनसक्छ । सत्तारुढ पार्टीको समेत बद्नाम हुन सक्छ नेतृत्वले ख्याल गर्नुपर्छ । सत्ताको आडमा डर, त्रास, धम्की दिएर घटनाई लुकाइयो भन्ने आरोपबाट नेकपा मुक्त हुन जरुरी छ । यसका लागि नेकपाले आफ्नै ढंगले छानबिन गर्न जरुरी छ ।
यदि यो घटनामा महरा निर्दोष नै हुन् भने पनि घटना सार्वजनिक भए पछि प्रहरीमा लिखित जाहेरी दिई अनुसन्धान गरेर न्यायालबाटै क्लीनचिट पाउन सक्थे, जुनकुरा उनकै भावि हितमा हुनेथियो । यो हिम्मत छ उनीमा ? उनी निर्दोष पनि हुन सक्लान दोषी पनि । तर अनुसन्धान भएको अवस्था छैन । अहिले आम रुपमा महराकै दवावमा कुरा फेर्न लगाएको हो भन्ने निस्कर्ष निकाल्न सकिन्छ । कुनै पनि सद्दे महिलाले आफू बलात्कृत नभई बलात्कार गरियो भन्दै हिड्दैनन् । त्यो भन्नु भनेको आफैं पनि यो समाजमा अपमानित हुनु हो । अहिले यो घटनाले दुविधा पैदा गरेको छ । अपराध पीडितलाई सुरक्षाको खाँचो छ । सत्तारुढ पार्टीले अहिले स्पष्ट अडान लिएर महरालाई सांसद पद छोड्न निर्देशन दिएको भन्ने कुरा बाहिर आएको छ । यो सही हो भने नेकपाको दृष्टिकोण स्वागतयोग्य छ । यो घटनालाई सत्ता र शक्तिको आडमा ढाकछोप नदिनु पनि नेकपाको अबको कर्तव्य हो । महरा दोषी हुन् भने पार्टीबाट समेत अनुसन्धान थालेर कारबाही गर्नुपर्छ । पार्टीबाट समेत निश्कासन गर्न सक्नुपर्छ ।
सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको गतिविधि अहिले विश्वास योग्य नभएको अवस्था छ । ठूलो पदमा रहेकाहरु सबै सुविधासम्पन्न, विलासी जीवन ब्यतित गरेका छन् । नेताहरु, कार्यकर्ता, मन्त्रीहरु, मुख्यमंत्री उनका राजनैतिक सल्लाहकार, सांसद, विपक्ष दल अधिकाशं सार्वजनिक पद धारण गरेकाहरुले नैतिकता गुमाउदै गएको अवस्था छ । यौनसंग जोडिएको विषयमा सार्वजनिक पदधारीले ख्याल पु¥याउन जरुरी छ । विवाहयेतर (एक्ट्रा म्यारिटियल अफेयर) सम्बन्ध राख्न उचित हुँदैन । आफ्नो पदीय मयार्दाको ख्याल गर्नुपर्छ । त्यस्तो अवस्था आएमा त्यसको पारदर्शी ढंगले ब्यवस्थापन गर्न जरुरी छ । तनाव र दवाव दिनुको कुनै गन्जाईस छैन । अपराधीले अपराधको सजाय भोग्नु त पर्छ नै यस्ले ब्यक्तिको राजनैतिक करिअर समेत समाप्त पार्छ ।