खङ्ग्रङै खगेन्द्र

फुटानी

सदुर पश्चिममा बस्ने मलाई सूदर पूर्वको एउटा खवरले बर्लङ्गै लडायो । नलडाओस् पनि किन । खबर माप्पाको छ । पूर्वको इलाममा एउटा कार्यक्रमको सामान्य खबरले मेरो दिमाखलाई झनझनाउने बनाएर वर्लङ्गै लडाइ त गो । इलामको सुन्दर भूमिमा, हरियालीको बीचमा एउटा कार्यक्रम थिए छ । वक्ता थिएछन् नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र खगेन्द्र संग्रौला नाम गरेका व्यक्ति ।

नेपालमा कृषिको नमुना जिल्लाका रुपमा मानिएको इलाममा जे रोपे पनि फल्छ भन्ने विश्वास गरिन्छ । त्यही विश्वासले गर्दा वक्ता खगेन्द्रले एउटा पित्ते थैलो भरश्र विखको विउ बोकेर पु¥याएछन् इलाम । आफ्नो भाषनमा उनले त्यही पित्ते थैली खोलेर विख घोलेर छर्न थालेछन् ।

उनको भाषन यस्तो थिएछ– खडक प्रसाद सरखारले नेपाल समाप्त पा¥यो । यसले काहीं केही बाँकी राखेन । बोल्न, लेख्न, घुम्न दिएन । यो सरखार छिटो ढाल्नु पर्छ । सरखार ढाल्ने आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ । नेपाली काँग्रेस हच्किनु हुँदैन । सरखार ढाल्ने काममा सहयोग गर्न हामी तयार छौं ।
केही समय अघि त्यस्तै रवि लामेछाने पक्ष र गुठी विधेयकको विपक्षमा सडकमा जनसागर उरालेका थियौं । यी दुवै आन्दोलनमा हाम्रो तन, मन, धन खर्च भयो । नेपाली कांग्रेसले आन्दोलनको नेतृत्व लिन सकेन । यदि नेतृत्व लिएको भए खडक प्रसादको यो सरखार बर्लङ्ग उत्तानो पर्ने थियो । तर, कांगे्रस लोते भयो । अब हामी कुनै अर्को आन्दोलन सुरु गर्छौं, त्यसको नेतृत्व नेपाली काँग्रेसले गर्नु पर्छ । विश्वप्रकाशजी तपाईंहरु नेतृत्व गर्नुहोस् । यो सरकार एक मिनेट पनि राख्नु हुदैन । ढाली हाल्नु पर्छ ।

यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झिएर करर दाह्रा किट्दै, खलखल पसिना बगाउँदै खगेन्द्रजीले आफ्नो भाषन सकाउनु भएछ ।

खवरको बीचमा लेखिको छ – त्यसपछि विश्वप्रकाश शर्माजीको बोल्ने पालो आयो । उहाँले रिस, डाहा, औडाहा, इष्र्या केहीको विउ पनि ल्याउनु भएको रहेन छ । त्यसै बोल्न थाल्नु भयो । उहाँको भाषन यस्तो थिएछ – लेखक खगेन्द्र संग्रौलाजीलाई यो सरखार नढाली नहुने त्यस्तो हतारो र हुटहुटी किन भएको हो मलाई थाहा भएन । तर, एउटा कुरो म यहाँ स्पष्ट गर्न चाहन्छु कि नेपाली कांग्रेस अस्थिर सरखारको पक्षमा छैन । यो सरखार पाँच वर्ष टिक्नै पर्छ । नेपाली काँग्रेसले सरखारलाई प्रतिपक्षको हैसितबाट रचनात्मक सहयोग गर्छ । उत्तेजनामा आएर नेपाली काँग्रेसले ऐरे गैरे नत्थु खैरे आन्दोलनको नेतृत्व पनि गर्दैन । खगेन्द्रजीलाई अवगत होस् यो सरकारलाई पाँच वर्षका लागि जनताले भोट दिएका छन् । केही कारण होला प्रधानमन्त्री केपी शर्मा ओलीलाई खगेन्द्रजी पटक्कै मन पराउनु हुन्न । किन हो उहाँ नै जान्नु हुन्छ । यसरी दाह्रा किटेर आवेशमा आएर सरखार ढलाउन सकिदैन र ढाल्नु पनि हुँदैन ।

यसपछि विश्व प्रकाशले आफ्नो भाषन तुर्नु भएछ । भाषन सुन्नेहरु विलखबन्दमा परेछन् । अनि सबैले खगेन्द्र संग्रौलाको अनुहार तिर हेर्न थालेछन् । अवस्था दयनीय बन्न पुगेछ । सरखार ढाल्न कसिएका खगेन्द्रजी आफैं मञ्चमा ढल्ने हुन कि भन्ने चिन्ताले सबैलाई पिरोल्न थालेछ ।

अन्त्यमा खबरमा लेखिएको छ खङग्रंङै भएका खगेन्द्रजीले भट्टीमा पुगेपछि लामो सास फेर्दै भन्नुभयो – लोतीखरे काङ्ग्रेस । हिम्मतहारा, डरछेरुवा पारा, पखाला लागेको लैनो पाडो जस्तो काङ्ग्रेस काम लाग्दैन । त्यसपछि एक प्याला र सितन सिनित्त पारेपछि खगेन्द्रजीले पित्त थैलीमा रहेको विखादीको विउ इलाममा नउम्रिने भेउ पाउनु भएछ ।

यही, ठयाक्कै यही माथिको समाचार पढेपछि म बर्लङ्गै लडें । धन्न मेरी झुम्रीले पानी छम्केर बौराई छ । नत्र मुर्छै परेको गाँठे ।

Facebook Comments
Comments (0)
Add Comment