कर्मशील हरि बैरागीलाई सम्झदा

सन्दर्भः १३ औं दिनको पुण्य तिथि

संखुवासभा जिल्लाले प्राप्त गरेको एउटा कर्मठ योद्धा, प्रचुर मात्रामा अभिवृत्ति (कुनै वस्तु प्राप्तिका लागि दृष्टिकोण) बोकेर हिड्ने एउटा सरल व्यक्ति, विकास प्रेमी, लगनशील र विश्वासिलो, दृढताले भरिपूर्ण हरि वैरागी दाहाल अब हामी बीच हुनुहुन्न । वास्तविकता नै हो मानिस जन्मिएपछि मर्नु पर्छ । तर, बैरागीको मरण सबै हिसावले हतारमा भयो । उमेरको हिसाबले, अभिभावकको हिसावले, विकास प्रेमीको हिसाबले, जिल्ला र राष्ट्रको श्रीवृद्धिमा टेवा पु¥याउने हिसावले । मान्छेको जीवनका भोगाइहरु आ–आफ्नै प्रकारका हुन्छन् । यो स्वभाविक पनि हो । हरि बैरागीको जीवन भोगाई अलि भिन्न थियो । उहाँको मन मस्तिष्कमा देश विकासका योजनाहरु थिए, साना जलविद्युतबाट नोपलका सबै गाउँ–घर झलमल्ल पार्ने र उद्योगधन्दा खोल्ने परिकल्पनाहरु थिए । यसैलाई उहाँले जीवन पद्धति बनाउनु भएको थियो ।

स्वर्गीय हरि वैरागी दाहाल (तस्वीरः लेखक)

हरि बैरागी दाहाल संखुवासभा जिल्लाको मादीमा जन्मनु भएको थियो । जिल्लामा सबैको प्यारो नेताका रुपमा स्थापित उहाँलाई विरोध गर्ने विपक्षी पनि थिएनन् । उहाँ २०५१ सालमा तत्कालीन नेकपा एमालेको तर्फबाट भारी मत ल्याएर सांसद बन्नुभयो । देशको नीति निर्माणमा योगदान दिनुभयो ।

कसैको अहित नचिताउने, विकासका काममा सबैको सहयोग चाहिन्छ भन्ने धारणा राख्ने बैरागीले साना जलविद्युत विकासको अभियान चलाउनु भयो । सरकारले बाहेक अरुले यो काम गर्न सक्तैन भन्ने सोच बोकेर विरोध गर्नेहरुलाई उहँले अरुण हाइड्रो पावर प्रा.लि. मार्फत् संखुवासभाको पिलुवा खोलाको पानीबाट विजुली निकालेर झलमल्ल पार्दै जवाफ दिनु भयो । यसपछि नै हो व्यक्तिले पनि विजुली निकाल्न सक्छ, इच्छाशक्ति हुनुपर्छ गर्न नसक्ने हुदैन भन्ने सोचको विकास भएको । वास्तवमा साना जलविद्युत विकासको अगुवा बनेर वैरागीले धेरैलाई बाटो देखाउनु भयो । यसपछि भने उहाँलाई पछ्याउने धेरै निस्किए ।

साना जलविद्युत मात्र होइन केबुल कार, पोखरी, बाटो, बगैंचा, स्कुल खेल मैदानको निमाण गर्ने योजना पनि उहाँले ल्याउनु भएको थियो । सुनाउँदै हुनुहुन्थ्यो– धरानबाट भेडेटारसम्म केबुलकार निर्माण गर्ने, संखुवासभा तुम्लिङटारमा सभाखोलालाई व्यवस्थित गर्दै विशाल पोखरी निर्माण गर्ने र बोटिङ सेन्टर बनाएर पर्यटटक भित्र्याउने, चैनपुरमा विश्वकै अग्लो कृष्णको मूर्ति निमाण गर्ने लगायतका योनजाका बारेमा ।

दृढ इच्छा शक्ति थियो, योजनाहरु थिए, जाँगर, जोस् र होस थियो । तर, सबै कुराको संयोजन भए पनि समयको संयोजनमा मानिस फेल हुँदोरहेछ । समयले पर्खिएन । बैरागीलाई ६२ वर्ष कै उमेरमा लिएर गयो । स्वभाविक रुपमा परिवार माथि बज्रपात भयो, पीडाले छटपटाए आफन्तहरु भावविह्ल भए, जिल्ला शोकमा डुब्यो, देशले विकास प्रेमी अगुवा नेता गुमायो । हरि बैरागी दाहालले आफ्ना योजना, सपना र गर्दै गरेका अधुरा कामहरु यही समाजलाई छोडेर जानुभयो । जनताका आफन्त बैरागीले मिल्के तिनजुरे क्षेत्रलाई गुराँसको राजधानीका रुपमा विकास गर्न सबैलाई आव्हान गर्नु भएको थियो । त्यसका लागि उहाँले अगुवाई गर्नु भयो । धेरैलाई विश्वास नलाग्न सक्छ, कतिपयले विर्सीसके होलान तर वैरागीसँगै हिड्नेहरुले विर्सिएका छैनन् । कोशी–लासा राजमार्ग र मध्य पहाडी लोकमार्गको परिक्लपनाकार उहाँ नै हुनुहुन्थ्यो ।

सुन हेपिङ नाम गर्नु भएका व्यक्ति नेपालका लागि चीनका राजदूत भएर आउनु भएको थियो उहाँ (सुन हेपिङ) लाई बैरागीले जोगमनीदेखि किमाथाङ्कासम्म मोटर बाटो निर्माण गरिदिन अनुरोध गर्नुभयो । राजदूतले म पहिला अध्ययन गर्छु त्यसिपछि उचित ठहरिएमा हाम्रो सरकारलाई भन्न सक्छु भन्ने जवाफ दिनुभयो । त्यसको केही दिनपछि राजदूत सुन हेपिङलाई लिएर हरि बैरागी, वर्तमान प्रमुख निर्वाचन आयुक्त दिनेस थपलिया र खाँदवारी नगरपालिका तत्कालीन मेयर स्व. किरण शाक्य र मसमेत खाँदवारी गएका थियौं । दुई दिनको छलफल पछि हामी काठमाण्डौ फर्कियौं । राजदूतले आफ्नो सरकारसँग सल्लाह गर्नुभएछ । चीन सरकारले जोगमनी किमाथाङ्का मोटरबाटो निर्माण गरिदिने तर नेपाल सरकारले चीन सरकारलाई बाटो निर्माणका लागि अनुरोध पत्र लेख्नु पर्ने कुरा राजदूतले बैरागीलाई बताउनु भयो । अब बैरागीको दौडधुप पत्र लेखाउन तिर सुरुभयो । तर, दक्षिणतिर मुख फर्काएर बसेको सरकारले उत्तर तिरको कुरै सुन्न मानेन । भर्खरै प्राप्त गरेको प्रजातन्त्र नै गुम्छ भन्ने ठान्यो । खाँदवारी नगरपालिकाका तत्कालिन मेयर स्वर्गीय किरण शाक्य, हरि बैरागी लगायतको दौडधुप तत्कालीन अवस्थामा काम नलागे पनि अहिले भएको कोशी राजमार्ग निर्माण उहाँहरुको परिकल्पना, दौडधुप र मिहिनेत खेर गएन भन्ने लागेको छ ।

इतिहास कसैले बङ्ग्याउनु हुदैन । नेपालको सप्तकोशी नदीमा जलयातायात सञ्चालन गर्ने पहिलो व्यक्ति पनि हरि बैरागी दाहाल नै हुनुहुन्थ्यो । उहाँले चतरादेखि तुम्लिङटारसम्म मोटरबोट पनि पु¥याउनु भयो । उहाँलाई यी सबै विकास कार्यमा साथ दिनुभएको थियो खाँदबारी नगरपालिकाका प्रथम मेयर स्वर्गीय किरण शाक्यले । यसोभन्दा कतिपयको चित्त दुख्न सक्छ । तर, वास्तविकता यही हो । उज्यालो संखुवासभाका प्रणेता, धरान भेडेटार केबुलकारका संस्थापक र विकास प्रेमी नेता हरि बैरागी नै हुनुहुन्थ्यो । वास्तव वैरागीमा कल्पनाशीलताको प्रचुर खानी थियो ।

यसपछि बैरागीले मध्य पहाडी लोकमार्गको अबधारणा ल्याउनु भयो । धेरै अगाडिको कुरा हो काठमाण्डौ सोह्र खुट्टेको एउटा होटलमा मध्य पहाडी लोकमार्ग बारे हरि बैरागीको अध्यक्षतामा छलफल कार्यक्रम भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि हनुहुन्थ्यो नेकपा एमालेका तत्कालीन महासचिव माधव कुमार नेपाल । धेरैलाई विश्वास लागेकै थिएन पहाडी लोकमार्ग बन्छ भन्ने कुरा । तर, अहिले त्यो धमाधम निर्माण हुँदैछ । यता उत्तर दक्षिण राजमार्गहरु पनि धमाधम निर्माण हुँदैछन् । कतिपयले भन्न सक्छन् समयले ल्याएको विकास हो भनेर । तर, बैरागीले समयभन्दा अघि नै अवधारणा प्रस्तुत गरीसक्नु भएको थियो । अर्थात् उहाँकै सपना अहिले साकार हँुदैछ ।

इतिहास कसैले बङ्ग्याउनु हुदैन । नेपालको सप्तकोशी नदीमा जलयातायात सञ्चालन गर्ने पहिलो व्यक्ति पनि हरि बैरागी दाहाल नै हुनुहुन्थ्यो । उहाँले चतरादेखि तुम्लिङटारसम्म मोटरबोट पनि पु¥याउनु भयो । उहाँलाई यी सबै विकास कार्यमा साथ दिनुभएको थियो खाँदबारी नगरपालिकाका प्रथम मेयर स्वर्गीय किरण शाक्यले । यसोभन्दा कतिपयको चित्त दुख्न सक्छ । तर, वास्तविकता यही हो । उज्यालो संखुवासभाका प्रणेता, धरान भेडेटार केबुलकारका संस्थापक र विकास प्रेमी नेता हरि बैरागी नै हुनुहुन्थ्यो । वास्तव वैरागीमा कल्पनाशीलताको प्रचुर खानी थियो । उहाँ भन्ने गर्नुहुन्थ्यो, नेपालको सबैभन्दा धनी जिल्ला संखुवासभा हो । अनि ब्याख्या गर्नु हुन्थ्यो– यही जिल्लाको हिमाली उपत्यकामा विश्वका दुर्लभ पुतली, पंक्षी, पत्थर, जडिबुटी, लालिगुराँस र वनस्पतिहरु छन् । हामीमा जाँगर भयो भने नेपाललाई नै संखुवासभा जिल्लाले पाल्छ ।

वैरागीमा कल्पना गर्ने क्षमता मात्र थिएन त्यस कल्पनालाई साकार पार्ने जाँगर, उत्साह र अगुवाई गर्ने क्षमता पनि थियो । नेपाललाई संवृद्ध बनाउने हो भने कृषि, जलविद्युत, पर्यटन र जडिबुटीको क्षेत्रमा फड्को मार्नु पर्छ भन्ने बैरागी निरत्नर कार्यन्वयनमा ध्यान दिनु हुन्थ्यो । कपास केशर र किसानलाई बढी फाइदा हुने ड्रागन फ्रुट लगायत फलफुल र नगदे वाली लगाउन किसानलाई सुझाव दिने बैरागी वास्वतमा समृद्ध नेपाल निर्माणमा २० वर्ष अघिदेखि नै लाग्नु भएको थियो ।

विभिन्न संघ संस्थामा आवद्ध वैरागी नेपाल–भियतनाम मैत्री समाजका अध्यक्ष हुुनुहुन्थ्यो । उहँले नेपलका धेरै व्यक्तिलाई विकास कार्यमा लाग्न प्रेरणा दिनु भएको छ । कतिपय व्यक्ति उहाँकै प्रेरणाले अहिले आफ्नो कर्मक्षेत्रमा क्रियाशिल रहेका छन् । उहँँको पछिल्लो र ठूलो योजना थियो– सभा तालको निर्माण । त्यो अहिले सुरु भएको छैन । तुम्लिङटारमा सामुदायिक अस्पताल, पूर्वमा सबैभन्दा अग्लो बुद्ध मूर्तिको निर्माण, केशर खेती र ड्रागन फ्रुटको उत्पादन लगायतमा काम गर्ने उहाँको योजना अहिले पनि अधुरै छ । यसलाई पुरा गर्ने दायित्व कसैन कसैले लिनै पर्छ ।

अन्त्यमा, हरि बैरागी दाहाल वित्नु भएको आज १३ औं दिनको पुण्य तिथिमा उहाँप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

Facebook Comments
Govinda
Comments (0)
Add Comment