समाजमा खात लाकेका निरासा र आलश्यलाई विर्साउनु वा इन्कार गर्नु चाडवाडहरुको विशिष्ट स्वभाव हो । अहिले नेपालीहरुको महान चाड बडादशैं आएको र छाएकोछ । यस अवसरमा म यहाँ अलिकति स्वप्रेरित बनौं, अलिकति उत्साहित बनौं, अरुका बारेमा केही मीठा र स्वादिला कुरा गरौं, अरुलाई धितमर्ने गरी प्रसंसा गरौं, उनीहरुको सफलताको हार्दिक कामना गरौं भन्ने कोसिस गर्दैछु ।
हरेक कुरामा आशंका गर्न र वहाना खोज्न आदत नै परेका हामीहरुले प्रधानमन्त्री के पी ओलीलाई धारे हात लगाएर सत्तोसराप गरिरहेका वेला म उहाँलाई नै त्यस्तो सत्पात्रका रुपमा लिन चाहन्छु, जसप्रति ओजपूर्ण गर्व, हार्दिक प्रसंसा र उल्लासमय कदर व्यक्त गरौं ।
प्रधानमन्त्रीज्यू तपाईलाई रोज्नुको सार्थक कारण छ– सबैले निदाएर सपना देख्छन् । तर तपाईले व्यूँझै त्यस्तो सपना देख्नुभयो, जसले तपाईलाई निदाउन दिएको छैन । तपाईले व्यूँझै देखेका सपना थिए– सररर रेल नेपालमा गुडेको, नेपाल समृद्ध भएको, नेपाली सुखी भएको यस्तै यस्तै । तपाईंभित्रको सामुहिक हितको तिर्खा साच्चै उखरमाउलो भयो । त्यही तिर्खा विकासको भाषामा बरवरायो । विगतका धेरै प्रधानमन्त्रीले पदमा पुग्नुलाई नै अन्तिम लक्ष ठाने तर तपाई पदमा पुगरे लक्षहरुलाई साकार पार्न जोशिनु भयो ।
हरेक कुरामा टाङ अड्याउनेहरुले तपाईंलाई प्रश्न गरे– रेल ल्याउँछु किन भनिस् ? समृद्धि ल्याउँछु किन भनिस् ? प्रश्न त आए, तर तपाईका भनाइको प्रयोजनमाथि वहस भएन । र, तपाई के पी ओलीले पनि उनीहरुलाई जवाफ दिनुभएन । कुनै प्रेमीलाई “तँ किन प्रेम गर्छस्” भनी प्रश्न सोद्धा जसरी उससंग जवाफ हुँदैन शायद त्यसैगरी तपाईंसंग पनि ती प्रश्नको जवाफ थिएन । किनभने तपाई देशलाई माया गर्नुहुन्छ, प्यार गर्नुहुन्छ र जनताप्रति आभारी हुनुहुन्छ । प्रधानमन्त्री केपी ओली तपाईलाई थाहा छ भन्ने कुरामा म ढुक्क छु– व्यूँझै सपना देख्न दुरदृष्टि चाहिन्छ, बलियो प्रतिवद्धता चाहिन्छ, परिवर्तन र विकासका लागि चुनौति आवश्यक छ, लक्षमा अगाडि बढ्दा थुप्रै कटु आलोचकहरुको सामना गर्नु स्वभाविक छ । यही नै राजनीतिक सुदूरयात्रा हो ।
हो, दशकौंसम्म नेपाली जनताका अनुहारबाट हराएको आशा र उत्साह तपाईंले एकाएक जगाउनु भयो । त्यसैले सनातनी परम्पराको नवरात्रले भरिपूर्ण वधाई छ– तपाईलाई । बडा दशैंको शुभकामना आदानप्रदानको यस उल्लासमय क्षणमा तपाईसामु असल र सफल नेतृत्वका केही अकाट्य सिद्धान्तहरु यहाँ दोहो¥याउन र सम्झाउन चाहन्छु । प्रधानमन्त्रीज्यू, अन्यथा नमान्नु होला यी अर्ति होइनन्, दशैंको शुभकामनाका असरदार हितैसी वचनहरु हुन ।
मलाई किन किन नेपाली नेता तथा वुद्धिजीविहरु साच्चै तिनै रुढ साधुसन्तहरु जस्ता लाग्न थालेका छन् जसले सधैं परिवर्तनलाई नकारे र धिक्कारे । नयाँ आकांक्षाहरुलाई गिल्ला गरे, तेजोवध गरे । सामुहिक उत्साहलाई लहड र वकवास भनी ललकारे । तुफानी जनचाहनालाई वेमौसमको वतास भनी ठोकुवा गरे ।
सत्य यही हो– नेता सपना देख्न र अरुलाई सपना देखाउन सक्षम भएन भने राजनीतिक दलहरु बथान बन्छन्, राजनीति पट्यारलाग्दो र अपराधिक हुन्छ । देश अधोगतितर्फ धकेलिन्छ । निरासा, आलस्य र हिनतावोधमा आम जनता बाँच्न बाध्य हुन्छन् । जुन हालत विगत तीन दशकसम्म निरन्तर रह्यो । त्यसैले नेता हुनुको पहिलो र प्रमुख कार्य हो– जनतामा जोश र आशा जगाउनु, समुदायलाई क्रियाशील बनाउनु र समाजमा जागरण ल्याउनु ।
हो, दशकौंसम्म नेपाली जनताका मुहारबाट हराएको आशा र उत्साह तपाईंले एकाएक जगाउनु भयो । त्यसैले सनातनी परम्पराको नवरात्रले भरिपूर्ण वधाई छ– तपाईलाई । बडा दशैंको शुभकामना आदानप्रदानको यस उल्लासमय क्षणमा तपाईसामु असल र सफल नेतृत्वका केही अकाट्य सिद्धान्तहरु यहाँ दोहो¥याउन र सम्झाउन चाहन्छु । प्रधानमन्त्रीज्यू, अन्यथा नमान्नु होला यी अर्ति होइनन्, दशैंको शुभकामनाका असरदार हितैसी वचनहरु हुन ।
धेरैको धारणा हुने गर्छ– यदि अभियान सही छ भने मान्छेले स्वतः अनुसरण गर्छ । तर नेतृत्वको सन्दर्भमा त्यस्तो कहिल्यै हुदैन । जनताले पहिला सही अभियानको अनुसरण गर्दैन, उसले पहिला राम्रो परिणामका लागि कार्यरत योग्य नेताको अनुसरण गर्छ र त्यसपछि नेताको दुरदृष्टिको अनुसरण गर्छ । जब उनीहरुले नेताको दुरदृष्टिको अनुसरण गर्छन त्यसपछि उनीहरु कार्यकर्ता बन्छन । यसर्थ नेतृत्वको सन्दर्भमा के कुरा लागु हुन्छ भने पहिला नेताले सपना देख्छ र त्यसपछि जनता पाउँछ । यसको ठीक विपरित जनताले पहिला नेता पाउँछ अनि मात्र सपना देख्न थाल्छ । यसर्थ नेतृत्वका लागि चाहिने एउटा अकाट्य सिद्धान्त हो– गन्तव्यप्रतिको प्रष्ट चेतना वा दूरदर्शीता ।
सहास र उत्साह धेरैसंग हुनसक्छ, अभियानले गति पनि लिइरहेको हुनसक्छ । तर नेताको त्यसवेला आवश्यकता पर्छ जुनवेला अभियान अफ्ठ्यारो परिस्थितिमा फस्छ । सफल नेता अत्यन्त कठिन परिस्थितिमा पनि कमभन्दा कम क्षतिमा गन्तव्यतर्फको यात्रा जारी राख्न सक्षम हुन्छ । नेता त्यो हो जसले आफ्नो योजना अनुसार गन्तव्यलाई पच्छ्याउँछ ।
सामान्यतया मान्छेहरुको बुझाई हुन्छ– त्यो परिवर्तन स्वत आउँथ्यो, नेताले केही गरेकै छैनन् । तर परिवर्तनको सिद्धान्त त्यस्तो हुदैन । शुरुदेखि असी प्रतिशतसम्मका चरणहरुमा परिवर्तन स्वभाविक रुपमा अघि बढ्नसक्छ । तर अन्तिम बीस प्रतिसत चरणहरु त्यस्ता हुन्छन जसमा शुरुका असी प्रतिशत चरणहरुमा भन्दा अत्यन्त धेरै शक्ति र योजनावद्ध प्रयत्न आवश्यक हुन्छ । परिवर्तनप्रतिको डर, अज्ञानता, अनिश्चित भविश्य तथा कल्पनाशक्तिको अभाव जस्ता कारणहरुले गर्दा परिवर्तनको बाटोमा अवरोध र प्रतिरोध उत्पन्न हुनसक्छ । लक्षबाट विचलित नभैकन जस्तोसुकै प्रतिकूल परिस्थितिलाई पनि आफ्नो पकड वा नियन्त्रणमा लिएर अधिकत उपलब्धि हाँसिल गर्दै अघि बढ्न सफल नेतृत्वको जरुरत पर्छ । तसर्थ हामी जति माथि जान चाहन्छौं, त्यति नै धेरै नेतृत्वको आवश्यता पर्छ ।
नेतृत्व र प्रभावबीच गहिरो सम्बन्ध रहेको हुन्छ । वास्तविक नेतृत्व कसैबाट सम्मानित गरिएको, नियुक्त गरिएको वा तोकिएको हुँदैन । यो उसले राख्न सक्ने प्रभावमा भरपर्छ । प्रभाव पार्ने सबैखाले शक्तिको मुल सार अरुलाई आफ्नो अभियानमा सहभागी गराउन सक्नुमा रहेको हुन्छ । अगाडि हुनु नै नेतृत्व प्रदान गर्नु होइन, मानिसहरुलाई नयाँ दिशा प्रदान गर्न सक्नुपर्छ, उसको पछाडि जानीवुझीकनै मान्छेहरु लागेको हुनुपर्छ र उसको सोच अनुसारनै मानिसहरु कार्यरत रहेको हुनुपर्छ । तसर्थ ओहदा वा पदले नेता जन्माउँदैन तर सफल नेतृत्वले पद सिर्जना गर्छ ।
नेतृत्व रणनीति र चरित्रको वलियो संमिश्रणबाट तयार हुन्छ । विश्वास नेताको अमुल्य सम्पति हो । विश्वास आर्जन गर्नका लागि नेताले योग्यता, सम्बन्ध र चरित्रको उदाहरणीय गुण देखाउन सक्नुपर्छ । नेताका इमान्दार गल्तीलाई जनताले सहन सक्छन, तर यदि जनताको विश्वासमाथि घात गरियो भने फेरि उनीहरुको विश्वास जित्न असम्भप्राय हुन्छ । भनाइ नै छ– ‘तिमी आफ्नो हाकीमलाई मुर्ख बनाउन सक्छौं तर आफ्ना साथी र अनुयायीहरुलाई कहिल्यै पनि मुर्ख बनाउन सक्तैनौ’ । नेताले सही निर्णय गरेर, गल्तीलाई स्वीकार गरेर, आफ्ना निजी स्वार्थभन्दा अनुयायी तथा पार्टी वा मुलुकको हितलाई पहिलो प्राथमिकता दिएर विश्वास आर्जन गर्न सक्छ । चरित्रले विश्वासलाई सम्भव तुल्याउँछ र विश्वासले नेतृत्वलाई सम्भव बनाउँछ ।
मानिसले झुक्किएर कसैको अनुसरण गर्दैनन् । उनीहरु त्यस्तो व्यक्तिको अनुसरण गर्छन् जसको नेतृत्व अत्यन्त सवल छ । उसका योगदान, भोगेका कष्ट, पार गरेको कठिन यात्रा आदि विरोधी र अनुयायीहरुबाट आदर दिलाउने महत्वपूर्ण तागत हुन । नेताप्रति अनुयायीको आदरको परिक्षण धेरै तरिकाले गर्न सकिन्छ तर आदरको अधिकतम परिक्षा त्यसवेला हुन्छ जुनबेला उ आफूले नेतृत्व दिएको पार्टी वा देशमा व्यापक रुपमा परिवर्तन ल्याउन सफल हुन्छ । मानिसले त्यस्तो नेतालाई अनुशरण गर्छ जो आफुभन्दा सक्षम छ । भनिन्छ– जब मानिस कसैलाई व्यक्तिको रुपमा आदर गर्छ, उसको प्रशंसा गर्न थाल्छ, जब साथीको रुपमा आदर गर्छ, उसलाई माया गर्न थाल्छ र जब कसैलाई नेताको रुपमा आदर गर्छ, उसलाई अनुशरण गर्न थाल्छ ।
कोही मानिस अरुभन्दा विशेष प्राकृतिक उपहार लिएर जन्मिएका हुन्छन भन्ने कुरा सत्य हो । यति हुँदाहुँदै पनि नेतृत्व क्षमता भनेको कौशलहरुको संग्रह हो, जुन कौशल सिक्न र परिस्कृत गर्न सकिन्छ । नेतृत्व एउटा जटिल प्रक्रिया पनि हो । नेतृत्वसँग अनुभव, भावनात्मक तागत, अनुशासन, दृष्टिकोण आदिको लामो बहुपत्रीय सूचि हुन्छ । सफल नेता असल शिक्षार्थी (learner) पनि हुनुपर्छ र यो सिक्ने प्रक्रिया निरन्तर रहन्छ । तसर्थ नेतृत्व विकास दिनैपिच्छे हुन्छ, एकै दिनमा होइन ।
मानिसले झुक्किएर कसैको अनुसरण गर्दैनन् । उनीहरु त्यस्तो व्यक्तिको अनुसरण गर्छन् जसको नेतृत्व अत्यन्त सवल छ । उसका योगदान, भोगेका कष्ट, पार गरेको कठिन यात्रा आदि विरोधी र अनुयायीहरुबाट आदर दिलाउने महत्वपूर्ण तागत हुन । नेताप्रति अनुयायीको आदरको परिक्षण धेरै तरिकाले गर्न सकिन्छ तर आदरको अधिकतम परिक्षा त्यसवेला हुन्छ जुनबेला उ आफूले नेतृत्व दिएको पार्टी वा देशमा व्यापक रुपमा परिवर्तन ल्याउन सफल हुन्छ । मानिसले त्यस्तो नेतालाई अनुशरण गर्छ जो आफुभन्दा सक्षम छ । भनिन्छ– जब मानिस कसैलाई व्यक्तिको रुपमा आदर गर्छ, उसको प्रशंसा गर्न थाल्छ, जब साथीको रुपमा आदर गर्छ, उसलाई माया गर्न थाल्छ र जब कसैलाई नेताको रुपमा आदर गर्छ, उसलाई अनुशरण गर्न थाल्छ ।
वास्तविक नेता शुरुमा होइन अन्त्यमा प्रस्तुत हुन्छ । कार्यसम्पादन गर्न उसले आफ्नो प्रभावलाई प्रयोगमा ल्याउँछ र सबैलाई पूर्ण प्रभावमा पनि राख्नसक्छ । नेताले म तिमीहरुको नेता हुँ भन्नु पर्यो भने उसको नेतृत्व त्यही क्षणमा समाप्त हुन्छ । त्यस अवस्थामा नेता केवल पदको नेता बन्छ र शक्ति जति अरु कसैमा निहित हुन्छ । वास्तविक नेताले पद मात्र होइन, शक्ति पनि आर्जन गरेको हुनुपर्छ । नेतृत्वको वास्तविक जाँच “कहाँबाट शुरु ग¥यो भन्नेमा होइन कहाँ लगेर अन्त्य ग¥यो” भन्नेमा हेरिन्छ ।
अन्तरज्ञानको क्षमता त्यो हो जुन तथ्यहरुमा मात्र सीमित हुदैन, त्योभन्दा निकै बढी अदृश्य कुराहरुमा निर्भर गर्छ । तत्क्षणको अध्ययन गर्नु, सही निचोड निकाल्नु तथा त्यस्तो परिस्थितिलाई तुरुन्त सम्वोधन गर्नु जस्ता पक्षसंग नेताको अन्तरज्ञान जोडिएको हुन्छ । सफल नेताले परिस्थिति अनुसार केही कुरा पर्गेल्नुपर्छ, जुन अरुले सक्तैनन । त्यो परिस्थितिको उपयुक्त ढंगले सामना गर्न आफ्ना योजनामा आवश्यक फेरवदल गर्छ र अरुले के भइरहेछ भनी थाहा पाउँनुभन्दा पहिल्यै समाधानको बाटो पहिल्याइसक्छ । नेतृत्वका सिद्धान्तहरु सधै समान हुन्छन तर प्रत्येक नेता र प्रत्येक परिस्थितिमा यसको प्रयोग फरक हुन्छ ।
समय र कार्यका बीचको सम्बन्धका बारेमा के भन्ने गरिन्छ भने गलत समयमा गरिएको गलत कार्यले विपत्ति ल्याउँछ । गलत समयमा सही कार्य गरियो भने प्रतिरोध निम्त्याउँछ । सही समयमा गलत कार्य गरियो भने गल्ती हुन्छ र सही समयमा सही कार्य गरियो भने सफलता मिल्छ ।
सफल नेताको सम्वोधनभित्र कुनै न कुनै रुपमा अरुले आफ्नो सम्लग्नता महशुस गर्न सक्नु पर्छ । प्रभावकारी नेताले विपक्षी र अनुयायीसँग हात बढाउनुभन्दा पहिला उनीहरुको हृदय छुन सक्नुपर्छ । भावनात्मक रुपले परिचालन नगरेसम्म मानिसलाई कार्यक्षेत्रमा उत्रार्न सकिदैन । वाकपटुता नेताको आममानिससँग सम्पर्क तथा सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण कडी हो । “आफूलाई नेतृत्व दिउनजेल आफ्नो दिमागको प्रयोग गर, अरुलाई नेतृत्व दिनका लागि तिम्रो हृदयको प्रयोग गर” यही नै नेताका लागि सम्पर्कको सिद्धान्त हो ।
तिमी एक्लै छौ भने तिमी कसैलाई पनि नेतृत्व दिइरहेका हुने छैनौ । यदि तिमी नेता हुन चाहान्छौ भने त्यसको सम्भाव्यता तिम्रा वरिपरिका विश्वास पात्रहरुबाट निर्धारित हुनेछ । तिम्रा निकटतम सहयोगीहरु सही छन् भने तिम्रो नेता बनिरहने सम्भावना अतिधेरै हुन्छ । तसर्थ सफल नेताले आफ्ना निकटतम सहयोगी छान्दा उत्प्रेरित गर्ने, सकारात्मक सोच भएका, नेतृत्वको उत्तिकै सम्भावना भएका मानिसहरुलाई छान्नु पर्छ । चाटुकार र भक्तहरुलाई होइन ।
नेतृत्व सबल छ र उसले अभियानमा गति प्रदान गर्न सक्छ भने मानिसहरु तोकिएको कार्य नयाँ उचाइमा पु¥याउन उत्साहित र प्रेरित हुनेगर्छन् । पर्याप्त जोश र उभार ल्याउन सक्यो भने सबै खालको परिवर्तन सम्भव छ । धेरैजसो जीत र हारका लागि नेतृत्वको परिक्षा अनुयायीहरुमा जोश र जागँर थप्न सक्नु वा नसक्नुमा रहेको हुन्छ । अभियानलाई जोशका साथ गति प्रदान गर्न सक्नु नेतृत्वको सफलतामा निर्भर गर्छ । नेताका लागि जोश अभिन्न मित्र हो ।
नेतृत्वको सफलता लगातारको परिवर्तन, परिस्कार र बलिदानमा निर्भर गर्छ । बलिदान एक पटक गरिने भुक्तानी जस्तो हुँदैन, यो अविच्छिन्न यात्रा हो । तपाई सफल नेता बन्न चाहनु हुन्छ भने ख्याल गर्नुहोस् सबभन्दा पहिला तपाईले आफू र आफ्नाहरु बारेमा सोच्ने अधिकार गुमाउनु हुनेछ । परिस्थिति व्यक्ति अनुसार फरक फरक हुन सक्छ तर बलिदानको सिद्धान्त कहिल्यै परिवर्तन हुँदैन । बलिदानको सिद्धान्तले भन्छ– तपाई जति अघि बढ्न चहानु हुन्छ त्यति नै धेरै बलिदानी आवश्यक पर्छ ।
शुभकामनाका यी शव्दहरुसंगै श्रद्देय प्रधानमन्त्री के पी ओली, तपाईको सहास नघटोस्, वचनमा आलश्य नआओस्, व्यूँझै सपना देख्न र जनतामा जोश भर्न नछोड्नुहोस् । भोलिको नेतृत्व गर्न चाहिने ज्ञान र जुक्ति आजै सिक्नुहोस् । अरुलेभन्दा छिटो, अरुले भन्दा धेरै र अरुलेभन्दा परसम्म देख्ने क्षमता अतुलनीय बनोस् जसले सम्भावित दुर्घटनाबाट देश र जनतालाई जोगाएर उनीहरुलाई ती दुर्घटनाको भान नै हुन नदिइ गन्तव्य तर्फ देशलाई वेजोडले हाँक्न सक्नुहोस् । यसो गर्दा तपाईका सकस आफ्नै हुनेछन्, आफैंसंग राख्नुहोस् वा नजिकका मित्रहरुलाई खुसुक्क पोख्नुहोस् । जसले आखिरीमा तपाईलाई देशकै कुशल र अमर ‘ड्राइवर’ बनाउने छ । अन्त्यमा फेरि एकपटक तपाई, तपाईको मन्त्रिमण्डल, विभिन्न पेशा, व्यवसाय, वर्ग, समुदाय, जात र जातिका जगतभरी रहनुहुने सम्पूर्ण नेपालीजनमा बडा दशैको हार्दिक मंगलमय शुभकामना !
एउटा नेपाली उखान छ– मौकामा चौका हान्न जान्नु पर्छ । नेतृत्वका लागि यो उखान निकै सान्दर्भिक छ । समय र कार्यका बीचको सम्बन्धका बारेमा के भन्ने गरिन्छ भने गलत समयमा गरिएको गलत कार्यले विपत्ति ल्याउँछ । गलत समयमा सही कार्य गरियो भने प्रतिरोध निम्त्याउँछ । सही समयमा गलत कार्य गरियो भने गल्ती हुन्छ र सही समयमा सही कार्य गरियो भने सफलता मिल्छ ।
नेताले आफूले नेतृत्व गरेको पार्टी वा अभियानको निरन्तर वृद्धिको पहल गर्नु जरुरी हुन्छ । यसका लागि नेताले पार्टी वा अभियानमा गुणात्मक विस्तार खोजेको हो भने अनुयायीहरुलाई होइन, नेताहरुलाई नेतृत्व दिनु पर्छ । यसको अर्थ पार्टी वा अभियानको गुणात्मक विकासका लागि थुप्रै नेताहरु जन्माउनु जरुरी हुन्छ । सफल नेताले नेता निर्माणको प्रक्रियामा के सोच्नु जरुरी छ भने मैले तयार गर्ने ती नेताहरुले भोलिका दिनमा पार्टी र देशको निर्माण गर्ने छन् ।
लक्ष के हो भनी हरेक नेतालाई सोध्यो भने सहज उत्तर आउँछ– विजय ! केवल विजय !! तर विजय हाँसिल गर्नु त्यति सजिलो हुँदैन । प्रत्येक नेतृत्वको अवस्था फरक फरक हुनसक्छ । हरेक संकटसँग भिन्न खाले चुनौति हुनसक्छन । तर विजय हाँसिल गर्न समक्ष नेताहरुले हारको वेलामा पनि आफ्ना कमीलाई खुलेर स्वीकार गर्न सक्नुपर्छ । सफल नेताले राष्ट्रको सफलताको उच्चतम प्राथमिकताका सामुन्ने आफ्नो प्रतिष्ठा, गर्व र व्यक्तिगत सुखलाई त्याग्न सक्नुपर्छ ।
मलाई हेक्का छ प्रधानमन्त्रीज्यू, यी कुराहरुबारे तपाई भलिभाति जानकार हुनुहुन्छ र यसमा खरो पनि उत्रिनु भएको छ । त्यसैले लाखौंको मनमनमा बस्न सक्नुभएको छ, नेतृत्व दिनसक्नु भएको छ । तर मान्छे नै त हो कहिलेकाँही तपाईमाथि पनि केही भुलभुलैया सवार हुनसक्छ । त्यसैले एउटा शुभचिन्तकका नाताले तपाईंलाई चनाखो रहिरहन आग्रह गर्नु उचित ठानें । वस् !
यसरी असल र सफल नेतृत्वले भिन्न आवश्यकता तथा रुचि भएका व्यक्तिहरुलाई समेट्न सक्नु पर्छ । थरिथरिका सामुदायलाई परिचालन गर्न सक्नु पर्छ, प्रतिपक्षीहरुसंग उचित समन्वय गर्नसक्नु पर्छ ।
समाज परिवर्तनका लागि क्रियाशील विभिन्न पार्टी, संस्था, पेशागत तथा अधिकारमुखी संघसंस्थाहरुलाई नकारेर होइन, मिलेर राष्ट्रिय जागरणका लागि सक्रिय रहनु पर्छ । सफल नेताले भिन्न भिन्न दर्शन, सिद्धान्त, मान्यता, अडान र स्वार्थ वोकेका सक्रिय र संगठित मानिसहरुलाई आफ्नो प्रभावमा राखेर गन्तव्यतर्फको यात्रा जारी राख्नुपर्छ ।
मलाई हेक्का छ प्रधानमन्त्रीज्यू, यी कुराहरुबारे तपाई भलिभाति जानकार हुनुहुन्छ र यसमा खरो पनि उत्रिनु भएको छ । त्यसैले लाखौंको मनमनमा बस्न सक्नुभएको छ, नेतृत्व दिनसक्नु भएको छ । तर मान्छे नै त हो कहिलेकाँही तपाईमाथि पनि केही भुलभुलैया सवार हुनसक्छ । त्यसैले एउटा शुभचिन्तकका नाताले तपाईंलाई चनाखो रहिरहन आग्रह गर्नु उचित ठानें । वस् !
शुभकामनाका यी शव्दहरुसंगै श्रद्देय प्रधानमन्त्री के पी ओली, तपाईको सहास नघटोस्, वचनमा आलश्य नआओस्, व्यूँझै सपना देख्न र जनतामा जोश भर्न नछोड्नुहोस् । भोलिको नेतृत्व गर्न चाहिने ज्ञान र जुक्ति आजै सिक्नुहोस् । अरुले भन्दा छिटो, अरुले भन्दा धेरै र अरुले भन्दा परसम्म देख्ने क्षमता अतुलनीय बनोस् जसले सम्भावित दुर्घटनाबाट देश र जनतालाई जोगाएर उनीहरुलाई ती दुर्घटनाको भान नै हुन नदिइ गन्तव्य तर्फ देशलाई वेजोडले हाँक्न सक्नुहोस् । यसो गर्दा तपाईका सकस आफ्नै हुनेछन्, आफैंसंग राख्नुहोस् वा नजिकका मित्रहरुलाई खुसुक्क पोख्नुहोस् । जसले आखिरीमा तपाईलाई देशकै कुशल र अमर ‘ड्राइवर’ बनाउने छ । अन्त्यमा फेरि एकपटक तपाई, तपाईको मन्त्रिमण्डल, विभिन्न पेशा, व्यवसाय, वर्ग, समुदाय, जात र जातिका जगतभरी रहनुहुने सम्पूर्ण नेपालीजनमा बडा दशैको हार्दिक मंगलमय शुभकामना !