काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गर्नुभएको छ ।
आज अपरान्ह १.३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुरका लागि प्रस्थान गर्नुभएको हो ।
अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले जारी गर्नुभएको विज्ञप्तिका अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको
सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय परिवर्तन भएमा सञ्चार माध्यमलाई जानकारी गराउने डा. सिंहले जनाउनुभएको छ । “प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई अवगत गराउने नै छौं ” डा सिंहद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिने कुरा प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।