विखको हल्ला ईखको चल्ला

फुटानी

गाउँमा निकै ठूलो हल्लिखल्ली भयो । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनहर्ले धेरै मिहिनेत गरेर कत्थ्यसमाचार लेखे । ताप्लेजुङको यो तोप्केगोलामा पनि तोप हाने जस्तो भएर त्यो समाचार अाई पुग्यो । समाचारलाई साँच्चै हो भन्ने बनाउन भिरघरेले विशाल टोले जनसभा अावाहान गरो । भेलामा टोल भरिका थुप्रै थुप्रै मान्छे भेला भए । भिरघरेले अाफ्नो भाषनमा – सरकारले जनतालाई बीस खुवाएको व्याख्या गरो । अाफ्नो सरकार भएको बेला धोइपोखाली गरेर ल्याएको तरकारी, विषादी चेक गरेर जनतालाई खुवाएको दावी पनि भिरघरेले गरो । तर, यो सरकार अाएपछि ….तर, यो सरकार अाएपछि … तर, … यसपछिजनताको मायाले भिरघरे भक्कानिएर बोल्नै सकेन । कठैबरा ! जनता भनेपछि भिरघरे र भिरघरेको पार्टी हुरुक्कै हुन्छ । जनताको मयाँले बलिन्द्र धारा अाँशु झार्दै भिरघरेले ‘जय नेपाल’ भनेर अाफ्नो भाषण टुङ्ग्यायो । भाषन सुन्नेहर्ले पत्याए कि पत्याएनन् त्यो अर्कै कुरो हो भाषन भने भक्कानिएर गरेको सही सत्य हो । भाषन सुन्नेहरू ‘लौन नि यो गाउँमा कल्ले कल्लाई विख खुवायो, फेरि त्यो पनि तरकारीमा हालेर !’ भन्दै कानेखुसी गर्न थाले । भकारे माइलो बेतोड दौडिएर ‘तरकारी पकाउने बेला भयो कसैले विख ल्याएर छ्यास् छुस्क्याई दियो भने हाम्रो के गति हुन्छ’ भन्दै घरतिर कुलेलम ठोक्यो । गाउँमा एक प्रकारको अातङ्क फैलाइयो । विषको, बीस हालेको तरकारीको, भारतको विरोध होइन सरकारको विरोध गर्न हाम्रो भिरघरेले सबलाई अावाहान गरो ।

भकारे माइलो वेतोड दौडिएको देखेर बोजुले माथि डिलबाटै ‘ओइ…माइलाकता दौडेको ? यता अाएर जा’ भनेर बोलाइन । बोजुले भनेपछि हार्ने कुरो भएन । मुन न लागि न लागि भकारे डिलमाथि उक्लियो ।’काँ कुदेको त्यसरी ! तमोरको भेल कुदे जस्तो । बारीमा बर्खे तरकारी प्रसस्त फलेको छ टिपेर लैजा ।’ बोजुको कुरा भुइँमा खसी नसक्तै ‘लान्नबोजु लान्न त्यो विखको भारी’ भनेर भकारे नराम्रोसँग थथर्कियो ।’होइन के भन्छ यो ? अर्गानिक खेतीमा फलाको तरकारीलाई विखको भारी पो भन्छस् त ! कसले के सुनायो ?’ हाम्रो भिरघरेले भनेको सरकारले तरकारीमा विखादी हालेको छ अरे ।होइन ए माइला ! भिरघरेको कुरा पनि पत्याइस् । लौलनी… यो त त्यस्को खोस्स पो पत्यार हिंडदो र`छ । सरकार अा`र तेरो र मेरो तरकारी बारीमा विख हाल्यो भनेको पनि पत्याइस् ? त्यो राजनीति र कुटनीतिको कुरो हो । बुझ्नु न सुझ्नु ओरालो कुद्नु भनेको यहीहो ।हेर माइला तँ कुरो बुझ्ने गर । भारतबाट अाएको तरकारीमा विखको मात्रा बढी छ भनेर सरखारले रोक्न खोजेको थियो । तर, बुद्धि पु-याएन । पहिला कुटनीति र माथिल्लो स्तरमा सरकार बिचमा वार्ता गरेर अनि सूचना जारी गरेर, केही समय दिएर अनि रोक्नु पर्थ्यो । त्यसो गर्न जानेन । उहिल्यै देखि त्यस्तै तरकारी अाई रहेकै थियो खाई रहेकै थियो । अहिलेको सरकारले कमसेकम उपभोक्ता र उता यताका तरकारी ब्यापारीलाई सचेत गराउने काम भने गरेकै हो । तँ भने अाफ्नै बारीमा सरकार अा`र विखादी हाल्दे जस्तो गर्छस् ।ए हो त होगी बोजु । म भने बेफ्वाँकमा अत्तिएको ।

भोलिपल्ट फेरि अर्को टोले विशाल अामसभा हुने भयो । पिल्के डाँडामा भेला हुने भन्ने खबर लिएर झार्लाङ जेठा बोजुकै घरमा अाई पुग्यो ।’अनि हौ झार्लाङ जेठा भोलि पिल्केमा भासन चाहिँ ककस्ले गर्छ अरे ?’ बोजुले सोधी त हालिन ।अब कस्ले गर्छ ! त्यै रिठ्ठा बोटे कान्छाले गर्छ नि !ए त्यसले भोलि के भन्छ तिमर्लाई अहिल्यै सुनाई दिन्छु । अाज भिरघरेेले गरेको भासनमा केके भनेको थियो त्यसको विरुद्धमा असिना वर्षाउँ छ ।

अनि भन्ने छ — हामीले पनि देखेका थ्यौंउनार्को सरकार हुदा जनताको भागमा गुहे किरा हालेको, अाफ्ना भागमा काफल गेडी पारेको । अहिले जनताको मया गरे जस्तो नाटक मञ्चन गर्दै गोहीको अाँसु कसैले बगाउनु पर्दैन । हामी यो मुलुकको विकास र जनताको उन्नतिका लागि काम गरिरहेका छौं । तपाईंहरू कागले कान लग्यो भन्दैमा कान नछामी नदौडनु होस् । भन्छ र अन्तिममा लाल सलाम भनेर बिदा माग्छ ।भासन शासन त्यस्तै हो अाफ्नो काम गर्ने– तरकारी, फलफूल, अन्न अाफैं उत्पादन गर्ने खाने । कुरो बुझ्यो ।

Facebook Comments
Comments (0)
Add Comment