डाहाले होइन मायाले
प्रधानमन्त्री ओली निर्धक्कसँग भन्नुहुन्छ– देश समृद्ध हुन्छ, जनता सुखी हुन्छन् । कति राम्रो, कति सुन्दर शब्द संयोजन ! नेपाल राष्ट्रको विद्यमान अवस्था हेर्दा अघिल्लो वाक्य कविता हो कि राजनीतिको परिणति हो ? टुंग्याउन हम्मे हम्मे पर्छ ।
राज्य जुन गति र बेगमा चल्नु पर्ने हो, त्यसरी चलेका छैन । प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई थाहा छैन होला– मुलुक व्यापक भ्रष्टाचारमा चुर्लुम्मसँग डुवेको छ । हो, औपचारिक भ्रष्टाचार–नीतिगत भ्रष्टाचार, नीतिगत तहमै छ । यो नीतिगत भ्रष्टाचारको स्वरूप हुँदैन । यसमा पैसाको लेनदेन पनि हुँदैन । तसर्थ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका गुप्तीले पत्तो पाउने कुरा भएन ।
नीतिगत भ्रष्टाचारको न स्वरूप हुन्छ न त हुन्छ आकार र आकृति नै । त्यसैले त यसको नामै नीतिगत भ्रष्टाचार भो, व्यवहारगत र लेनदेनको स्वरूपको भ्रष्टाचार भएन । त्यस्ता भ्रष्टाचार, डिनरमा, लञ्चमा, विवाहमा, रजत¬महोत्सव, स्वर्ण–महोत्सव, हीरक–महोत्सव, जन्मोत्सव जस्ता समारोहमा हुन्छन् । मृत नेताहरूका जयन्ती, दिवसहरूमा हुन्छन् ।
तपाईंसँग धेरै भेट भए होलान् तर तपाईंले पनि सम्झनुभएको रहेछ– २०४३ साल मंसिर २५ गते काठमाडौं प्रहरी ठानामा हाम्रो भेट भएको घटना । ‘एसियाली मापदण्ड मन्त्रिमण्डलको ठगिखाने भाँडो’ भन्ने लेख साप्ताहिक ‘राजधानी’ पत्रिकामा छपाएबापत मलाई सरकारले अपराधी ठानेछ र वारेण्ट जारी गरेछ । म काठमाडौंबाहरि गएँ । सम्पादक र प्रकाशक आङदोर्जे लामालाई पक्रिसकेछ । त्यो कुरा नेपालगञ्जमा थाहा पाएँ । काठमाडौं आएर आफैं गएँ थाना र थुनिएँ ।
त्यस्तोमा रकम–कलमको वचन–भ्रष्टाचार हुन लागे । सङ्केतमा भ्रष्टाचार हुन लागे । यस्ता सांकेतिक भ्रष्टाचार, वचन भ्रष्टाचार न देखिन्छन्, नसुँघिन्छन् न त फोटो खिच्न नै सकिन्छ । यस्ता आँखाका भाषामा हुने भ्रष्टाचार अर्ब रुपियाँभन्दा कमका अंकमा हुँदैनन् रे ।
आजको नेपाली समाज यस्ता आँखाको भाषामा हुने भ्रष्टाचारबाट थिलथिलो भइरहेको छ र छ त्रस्त पनि । यस प्रकारको तत्काल रकमको लेनदेन नहुने बोलकवोलमूलक अस्वरूपवाला परम सूक्ष्म परन्तु बृहत् आकारका भ्रष्टाचार आजकाा मुद्दा हुुुन् । यी मुद्दा प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई कति थाहा छ, थाहा छैन ? परन्तु तपाईंका सबै सल्लाहकारहरूलाई पूरापूर थाहा छ । तपाईंको कानमा पार्छन्, पार्दैनन्, थाहा छैन । स्थिति एकदम गम्भीर छ । भविष्य हामीले सोचेभन्दा भिन्न आउनसक्छ । हामीलाई थाहा छ– तपाईं सत्ताको भुलभुलैयामा पर्नुभएको छ । तसर्थ, यी कुरा मन नपर्न सक्छन् ।
केही नेपाली धनी तर नेपाल गरीब हुँदै
आज पार्टी राजनीतिको गणितीय अंक–फर्मूलाका आधारमा भन्ने हो भने यो मुलुक जुरुक्क उठ्नुपर्ने हो । बजेटमा छुट्याएको पैसा सबै तोकिएका शीर्षकमा तोकिएबमोजिम खर्च भैसक्नुपर्ने हो तर समयमा खर्च भएन । अनि उही असारे विकास– अभ्यास पुनरावृत्त भैरहेको छ ।
यो प्रवृत्तिले मुलुकलाई होइन, निर्वाचित केही जनप्रतिनिधि, केही सरोकारवाला, कर्मचारी र ठेकेदारहरू समृद्ध हुने काम भइरहेको छ, त्यो पनि फोहोरी किसिमले । मुलुक समृद्ध भएन । तिनै चोरीखाने सुखी भए, गरिखाने जनता सुखी भएनन् । देश समृद्ध हुने, जनता सुखी हुने यो बाटो नै होइन ।
केही वर्षदेखि नेपालमा एउटा गजबको परिस्थिति विकास भैरहेको देख्छु । देश गरिब हुँदैछ तर केही नेपाली धनी हुँदैछन् । धनी पनि अलिअलि हो र ! औधी धनी भैरहेका छन् । त्यो धन अरू धन बढाउने काममा खर्च भैरहेको छैन । उपभोगका निम्ति खर्च भैरहेको छ ।
काठमाडौं खाल्डोमात्र होइन यसका डाँडाडाँडामा, अनि डाँडामुनि, उतापट्टि अनेकौं बाँन्की, ढाँचा र रूपका खानपान–गृह, कतिपय डाँडावरपर त रात बस्न पाउने ठाउँ पनि खुलेका छन् । यस्ता ठाउँले कति कमाउँछन् ? सरकारलाई राजस्वका रूपमा कति तिर्छन् ? यहाँ सरकार भनेको संघीय सरकार, प्रान्तीय र स्थानीय सरकार –तीनै तहको सरकार हो । यस्ता सूचना समय समयमा जनताले थाहा पाउनुपर्छ ।
मन नपर्ने कुरा पनि सुन्ने कि ?
काम गर्ने ठाउँमा भएको तपाईंले काम नगर्दा काम गर्ने ठाउँमा नभएकाहरू काम गर्ने भनी ठूल्ठूला आवाजमा कराउँदै छन् । आम र सर्वसाधारण जनता तिनीहरूकै आवाजमा दम छ कि भन्ने भ्रममा पर्दै गइरहेका छन् । यो आजको आपत्तिजनक अवस्था हो । यो भ्रम चिर्न सक्नुपर्ने हो तपाईंले । तर, त्यसतर्फ तपाईंको ध्यानाकर्षण नै पो भएन कि ?
एकै छिनमा ओइलाउने फूलले सिँगारिएका प्रायः लुच्चाहरूले आयोजना गरेका, सुकिलाहरूको तालीमा, मालामा, खादामै मख्खै पर्न थाल्नुभयो कि ? त्यही नै आफ्नो गन्तव्य हो भन्नेमा नै अल्मलिनु भयो कि ? यो बडो दुःखको विषय हो ।
तपाईले ठीकसँग बाटो नलाग्दा अरू विभिन्न नाममा “पूर्वहरू” ब्युँझने, उठ्ने, अभिनय गर्न लागे । काठमाडौंका जनता मेलम्चीको पानी खान हतारिएका छन् । सिक्टा सिंचाइ योजनाको पानीले खेतबारी हराभरा पार्ने सुन्दर परिकल्पना लिएका किसान ‘सिक्टा सिंचाइ’ पनि मेलम्चीकै सहोदर भाइ रहेछ भन्न लागेका छन् ।
भेरी–बबई डाइभर्सन बहुमुखी आयोजनाप्रति आशाले हेरिरहेका जनता सुरुङ छेड्दा मात्र चमत्कार रहेछ, पानी चलेको छैन त भन्न थालेका छन् । फास्ट ट्रयाक, फास्ट ट्रयाक हुनसकेको छैन ।
जनताको धैर्यको पनि सीमा हुन्छ । धैर्यको बाँध एकपल्ट फुट्यो भने फेरि जोड्न सम्भव हुँदैन । माटाको, कंक्रिटको बाँध फेरि बनाउन सकिन्छ तर जनताको धैर्यको बाँध फुटेपछि फुट्यो–फुट्यो !
मनपरेनन् क्यारे, यी खाँटी कुरा । तपाईंलाई मन पर्नु¬–नपर्नु एउटा कुरा तर साँचा कुरा साँचै हुन्छन् ।
गुन तिर्न खोजेको
होला, तपाईंले लिनुखानु गर्नुभएको छैन । तर, तपाई आज त्यो गम्भीर उत्तरदायित्वपूर्ण ओहोदामा आसीन हुनहुन्छ, जसमा कालो बादल लाग्नै हुँदैन । एउटा जिम्मेवार नागरिकको हैसियतमा तपाईंले नगरिकन पनि देखेको, ठानेको, सुनेको कुरा सार्वजनिक गरेर तपाईंलाई परोक्ष एवं केही पनि प्राप्तिको इच्छा नराखी सहयोग गर्नु मेरो दायित्वभित्र पर्छ । त्यसैले यो मुद्दा उठाएको हुँ ।
तपाईंसँग धेरै भेट भए होलान् तर तपाईंले पनि सम्झनुभएको रहेछ– २०४३ साल मंसिर २५ गते काठमाडौं प्रहरी ठानामा हाम्रो भेट भएको घटना । ‘एसियाली मापदण्ड मन्त्रिमण्डलको ठगिखाने भाँडो’ भन्ने लेख साप्ताहिक ‘राजधानी’ पत्रिकामा छपाएवापत मलाई पञ्चायती सरकारले अपराधी ठानेछ र वारेण्ट जारी गरेछ । म काठमाडौंबाहिर गएँ । सम्पादक र प्रकाशक आङदोर्जे लामालाई पक्रिसकेछ । त्यो कुरा नेपालगञ्जमा थाहा पाएँ । काठमाडौं आएर आफैं गएँ थाना र थुनिएँ ।
तपाईले ठीकसँग बाटो नलाग्दा अरू विभिन्न नाममा “पूर्वहरू” ब्युँझने, उठ्ने, अभिनय गर्न लागे । काठमाडौंका जनता मेलम्चीको पानी खान हतारिएका छन् । सिक्टा सिंचाइ योजनाको पानीले खेतबारी हराभरा पार्ने सुन्दर परिकल्पना लिएका किसान ‘सिक्टा सिंचाइ’ पनि मेलम्चीकै सहोदर भाइ रहेछ भन्न लागेका छन् ।
के.पी. शर्मा ओली पनि त्यहीँ हुनुहुँदो रहेछ । त्यो दुःखमा भेट भो हाम्रो । म सम्झन्छु, हाम्रो सामान्य चिनजान र मेरो मुद्दाको प्रकृति थाहा पाएपछि ओलीले मेरो “खाना, ओड्ने–ओछ्याउने घरबाट नआए बाँडचुँड गरौँला, यस्तै हो विस्मात् नगर्नोस्” भनी दुःखमा हिस्सेदार बन्नुभएको अहिले पनि झलझल सम्झन्छु । त्यो गुन तिर्न पनि म आज यो कलम चलाउँदै छु ।
आज मुलुकको अवस्था अत्यन्त नाजुक छ । थोरै मात्र नकाम हुँदा पनि परिणाममा भने धेरै बिग्रन्छ । तसर्थ पनि, तपाईंको ध्यान तान्न यो प्रयत्न गरेको हुँ । अन्यथा भएको भए, भैगो ।
विषाक्त खाने कुरालाई छुट
मेरो विचारमा बोली बढी भो तपाईंको । नेपाली जनबोलीमा “बोल्नेको पीठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन” भन्ने एउटा आहान छ । त्यसबाट प्रभावित भएर पनि बोल्नुभएको होला । त्यो यहाँ लागू हुँदैन । त्यो पदमा नभएका बेलाका लागि हो । तपाईं अहिले राज्यको महत्वपूर्ण ठाउँमा हुनुहुन्छ तसर्थ त्यो लागू हुँदैन ।
आज मुलुक निराश छ । तपाईं र तपाईंको समूह कार्यकारी प्रमुख भएको समयमा पनि नबने देश कहिले बन्छ त ? भन्ने प्रश्न खडा छ । यो प्रश्नको उत्तर खोजेका छन् मुलुकको रूपान्तरणका निम्ति योगदान गरेका नेपाली जनताले । यो कलम यस्ता नमीठा कुरा लेख्नलाग्दा मसी सर्नै खोज्दैन, परन्तु ‘कीर्या हाल्दैमा कस्तुरीको वास्ना हराउँदैन’ ।
जनतामा आक्रोश गुम्सिएको छ । शब्दमा अनुवाद गर्न सहज छैन । मलाई लाग्छ, यो स्थितिको सम्बोधन हुनुपर्छ ।
हो, मुलुक सन्तुष्ट छैन । केही न केही पक्कै हराएको छ । पैसा वा ठोस रूपको कुनै वस्तु हराएको भए त्यसको परिपूर्ति गर्न सकिन्थ्यो तर यहाँ त इमान हराउन लाग्यो, क्रियाकर्म हराउन लाग्यो, जाँगर, जोश र आशासमेत हराउन लाग्यो । यो साह्रै-साह्रै गम्भीर एवं जटिल अवस्थाको दृष्टान्त हो । संख्यामा सबै छ तर छैन व्यवहारमा । विषाक्त खाने कुरा आयात गर्न पहिल्यैदेखि छुट छँदैछ ।
भिजेको लुगा भिजाउने बुद्धि
पार्टीको एकीकरणका सबै काम असारभित्रै सक्ने भन्या हो ? साँच्चै सकेको हो त ? को काँ, को काँ रहने भन्ने कुरा मिल्या हो त ? अर्का अध्यक्ष क. प्रचण्डको व्यवस्थापन कसरी हुने भो ? बृहत् शान्ति प्रक्रियाको सम्बोधन कसरी गर्ने तय भो ?
शान्ति सम्झौताले अन्तिम रूप लिँदा कति कुरा टुङ्गिन्छन् तर त्यत्रो बृहत् मुद्दामा राजनीतिक दलहरू उदासिन रहेको देख्दा आश्चर्य लाग्छ । कृषि प्रधान देश नेपालमा २०७५ साउन १ देखि वैशाख मसान्तसम्म रु २८ अर्ब ९० करोडको त चामल मात्रै आयात गरिएछ ।
हो, मुलुक सन्तुष्ट छैन । केही न केही पक्कै हराएको छ । पैसा वा ठोस रूपको कुनै वस्तु हराएको भए त्यसको परिपूर्ति गर्न सकिन्थ्यो तर यहाँ त इमान हराउन लाग्यो, क्रियाकर्म हराउन लाग्यो, जाँगर, जोश र आशासमेत हराउन लाग्यो । यो साह्रै-साह्रै गम्भीर एवं जटिल अवस्थाको दृष्टान्त हो । संख्यामा सबै छ तर छैन व्यवहारमा । विषाक्त खाने कुरा आयात गर्न पहिल्यैदेखि छुट छँदैछ ।
कोदाली–कोदालो, हलो, ट्रयाक्टर र स्टेरिङ चलाउनेहरू सन्तुष्ट छैनन् । यो सबैलाई थाहा छ । यहाँ त सुकिलो लुगा लगाउने, स्वादिलो खाने, अझ विषाक्त होइन, अर्गानिक खाना खानेहरू, अक्षर, शब्द, वाक्यांश, वाक्यहरूकै खेलो गर्नेहरू पनि सन्तुष्ट छैनन् । यो असजिलो विषय भएजस्तो लाग्यो । तपाई भने पूरै भिजिसकेको लुगा भिजाउनमै लाग्नुभएको जस्तो लाग्यो ।
बजार मिसावटपूर्ण छ । स्वस्थ, स्वच्छ, पाच्य खाने कुरा दुर्लभ जस्तै छ । नाक–मुख ढाक्ने टालो, नाकेटोपी (मास्क) प्रयोगको नरमाइलो ठट्टामा तपाईं पनि मिसिनुभयो । यो शोभनीय देखिएन । हाम्रो काठमाण्डौको हावा या हामीले सास फेर्ने हावा स्वस्थ छैन । पूरै अस्वस्थ छ । विरोध गर्नकै लागि भए पनि मास्क लगाउँदा हुन्छ भन्नुभयो रे, हो ? साँच्चै मास्क लगाउनेहरू सबैले विरोधकै लागि मात्र मास्क लगाएका भन्ने ठानेकै हो ? हो, भने पुनर्विचार गर्नु नै उचित होला ।