गेहेन्द्र समसेर राणालाई नेपालका पहिलो वैज्ञानिक भन्ने गरिएको छ । एक दिन उनले कुन चाहिँ हुन् थाहा भएन तर एक राणा प्रधानमन्त्रीलाई आफूले बनाएको सामान उपहार दिँदा ती प्रधानमन्त्रीले ‘चाकरी गर्नु त यस्तो पो’ भनेका थिए अरे ।
जहानीया राणा शासनकालमा हुकुमी प्रथा थियो । राणा शासकलाई खुशी पार्नेले पद (जागीर), विर्ता, पुरस्कार पाउने गर्थे । त्यसै भएर राणाका दरबारमा, महलमा चाकरी जानेको घुइँचो नै लाग्ने गथ्र्यो भन्ने इतिहास पाइन्छ ।
ध्वनिको समूहबाट शब्द बन्छ । जुन ध्वनिबाट शब्द बनेको हुन्छ त्यहीँ ध्वनिका आधारमा शब्दको तात्पर्य वा अर्थका रूपमा बुझिन्छ । यसरी हेर्दा शब्द बोधक अर्थात साधन हो भने अर्थ चाहिँ बोध्य अर्थात साध्य वा परिणाम हो ।
ठाउँ, परिवेश, प्रसङ्गका साथै वक्ताको प्रस्तुति, श्रोताको स्थितिका आधारमा पनि शब्दको अर्थ फरक हुनसक्छ । नेपाली बृहत् शब्दकोशले पनि ‘अनुभूत विषयवस्तुलाई व्यक्त गरिने वर्णात्मक वा ध्वन्यात्मक ध्वनि, आवाज; वर्ण वा वर्णसमूहबाट बनेको कुनै अर्थ बुझाउने ध्वनि, सार्थक पद, लबज’ भनेर शब्दको अर्थ गरेको ।
कहाँ केही पाउने आशाका साथ ‘धनुष्टङ्कार’ मुद्रामा ‘प्रशस्ति’ गाउनुलाई भनिँदै आएको ‘चाकरी’, कहाँ त्यतिबेलासम्म कसैले पनि गर्न नसकेको काम गरेँ भनेर उत्तमकोटीको उपहार दिनुलाई प्रयोग गरिएको शब्द– चाकरी ?
यस प्रसङ्गमा ती प्रधानमन्त्रीले प्रयोग गरेको ‘चाकरी’ शब्दको अर्थ ‘राष्ट्रको हित वा उन्नतिका लागि गरिने काम’ देखापर्छ । यसलाई समष्टिमा ‘सेवा’ भन्न सकिन्छ ।
ठाउँ, परिवेश, प्रसङ्गका साथै वक्ताको प्रस्तुति, श्रोताको स्थितिका आधारमा पनि शब्दको अर्थ फरक हुनसक्छ । नेपाली बृहत् शब्दकोशले पनि ‘अनुभूत विषयवस्तुलाई व्यक्त गरिने वर्णात्मक वा ध्वन्यात्मक ध्वनि, आवाज; वर्ण वा वर्णसमूहबाट बनेको कुनै अर्थ बुझाउने ध्वनि, सार्थक पद, लबज’ भनेर शब्दको अर्थ गरेको ।
नेपाली बृहत् शब्दकोशमै ‘चाकरी’ को अर्थ ‘सेवा’ भन्ने पनि पाइन्छ । त्यसमै ‘सेवा’ का धेरै अर्थ दिइएको छ । आफ्नो रुचि अनुसार सार्वजनिक हित वा जनकल्याणका निम्ति गरिने काम, उपकार आदिलाई पनि सेवाकै अर्थमा लिएको पाइन्छ ।
सेवा गर्न निश्चित ठाउँ, व्यक्ति, विषय जस्ता कुनै कुराको समेत बन्देज हुँदैन । आफू बसेको ठाउँको विकासमा जुट्नु पनि सेवा हो । आफूले जानेका कुरा अरूलाई सिकाएर उसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सके त्यो अझै उच्चस्तरको सेवा हुन्छ ।
यस सन्दर्भमा हेर्दा एउटा उत्तमखालको सेवा वा चाकरी गर्नेमा देखिनुभएको छ– वसन्ती शाही अर्थात वसन्तीकुमारी सिंह शाही । उहाँले आफ्नो जन्म र कर्मथलोमा रहेका सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिकका साथै स्वास्थ्य क्षेत्रका समस्याका बारेमा लेख लेखेर यस्तो चाकरी गर्नुभएको छ ।
भर्खरै सार्वजनिक गर्नुभएको ‘कर्णालीकी बुहारी’ शीर्षकको पुस्तक लेखिका शाहीको त्यही चाकरीको उत्तम नमूनाका रूपमा रहेको छ । उहाँको यो चाकरी ती राणा प्रधानमन्त्रीले गेहेन्द्रसमसेरलाई भनेको चाकरीकै समकक्षमा रहेको छ ।
बझाङ जिल्लामा जन्मपाएर, त्यहीँ पढी–बढी बुहारीका रूपमा उहाँ कर्णाली अञ्चल (हाल कर्णाली प्रदेश) मा पर्ने हुम्ला जिल्लामा पुग्नुभयो । यस पुस्तकका सामग्रीमा विषयका रूपमा तिनै ठाउँका परिवेश छन् ।
आगोको धर्म (प्रकृति) तातो हुनु हो । यसको प्रभाव पोल्नु हो । यति कुरा पुस्तकमा लेखेको वा कसैले भनेको भरमा थाहा हुनसक्छ । थाहा हुनु र आत्मसात गर्नुमा फरक पर्छ । पोल्छ भन्नेमात्र थाहा भएको व्यक्तिले आगो नै छोएपछि मात्र पोल्ने कुरालाई आत्मसात गर्छ ।
कर्णाली उदाहरणको रूपमा प्रस्तुत हुँदै आएको छ । प्राकृतिकरूपले सम्पन्न रहेको क्षेत्रका रूपमा पनि यसको गणना हुन्छ । नेपालको सबैभन्दा लामो कर्णाली नदीको नामबाटै यस क्षेत्रको नामाकरण भएको छ । यहाँका हिमाली क्षेत्रमा ज्यादै मूल्यवान् जडिबुटी पाइन्छन् ।
सम्पन्न सिञ्जा सभ्यता यसै कर्णालीको काखमा रहेको इतिहास छ । संसारभरिका हिन्दु र बौद्ध धर्मावलम्बीले ज्यादै श्रद्धा गर्ने कैलाश एवं मानसरोवर जाने नजिकको बाटो पनि यही कर्णालीको हुम्लाहुँदै हिल्सा भएर छ । त्यहाँ यतिबेला धार्मिक–पर्यटकको भीड लाग्नेगरेको छ ।
सौभाग्यले भनौ कि दुर्भाग्यले, मैले पनि हुम्ला पुग्ने अवसर पाएँ । नेपाल वातावरण पत्रकार समूह र तत्कालीन जिल्ला विकास समिति हुम्लाको आयोजनामा हुम्लाको सिमकोटमा ‘विकासमा स्थानीय स्रोत परिचालन’ शीर्षकमा ‘विचार मन्थन कार्यक्रम’ को संयोजन गर्न ।
सौभाग्य यस अर्थमा कि काठमाडौँबाट त्यहाँ पुग्नु, त्यो पनि प्रशिद्ध विद्वान डा. हर्क गुरुङसँग । दुर्भाग्य चाहिँ भैरव रिसाल त्यहाँ जानु पर्नेमा उहाँ दुर्घटनामा पर्नुभएकाले मैले जानुपरेको हो ।
म नेपालको पूर्वमा पर्ने तराईमा जन्मे–हुर्केको मान्छे । सिमकोट पुग्दा केही मात्रामा अक्सिजनको अभाव अनुभव भयो ।
त्यहाँका मानिसको छालाको रङले मेरा मनमा प्रश्न उब्जियो । बाहुन, क्षेत्री, ठकुरी समुदायका मानिसको छालाको रङ अलिक रातोवर्ण तर त्यहीँका लामा समुदायका व्यक्तिको छालाको रङ– गहुँगोरो ।
हिमाली क्षेत्रमा लाग्ने घामका कारण यस्तो भएको होला भन्ने मेरा मनमा नआएको होइन । धेरैमध्येको एउटा कारण चाहिँ यो पनि हुनसक्छ । त्यतिले मात्र मेरो जिज्ञासा शान्त भएन । त्यतिबेलाको मेरो जिज्ञासाको उत्तर पनि मैले यस पुस्तकका पाएको छु । गर्भवती अनि सुत्केरीले पोषिला, झोलिला खाना खान पाएको र नपाएको फरकको रूपमा छालाको रङ फरक पर्नुमध्येको एउटा कारण हुनुपर्छ भन्नेमा म पुगेको छु ।
शिशुले पातलो दिसा गर्ने, सुत्केरीलाई चिसो लाग्ने जस्ता कारण देखाएर बाहुन, क्षेत्री, ठकुरी समुदायका सुत्केरीलाई रुख्खसुख्खा खाना खान दिने चलनले पनि यस्तो भएको हो भन्ने तर्क पनि त्यहाँ दिइँदोरहेछ ।
लेखिका शाहीले आफ्नो यस कृतिलाई ‘उपचारको अभावमा प्रसव पीडामा ज्यान गुमाएका कर्णालीका नारीहरूप्रति’ समर्पण गर्नुभएको छ । पाका पत्रकार भैरव रिसालले ‘उत्कृष्ट कृति ः बझाङकी छोरीहुम्लाकी बुहारीको’ शीर्षकमा भूमिका लेख्नुभएको छ ।
आफ्नो भूमिकामा पत्रकार रिसालले ‘कति निठुर र कति कठोर कर्णाली मातृजातिप्रति’ भन्ने प्रश्न गर्नुभएको छ । त्यसैगरी उहाँले प्रस्तुत कृतिलाई ‘आकारभन्दा योगदान ठूलो लाग्यो’ भन्ने निष्कर्ष प्रस्तुत गर्नुभएको छ ।
पुस्तकमा ३६ वटा शीर्षकमा लेख समावेश गरिएका छन् । तीमध्ये १७ वटा लेख विभिन्न छापा अनि अनलाइन पत्रिकामा प्रकाशन भइसकेकालाई समावेश गरिएको छ ।
हुम्ला सडक यातायातको असुविधाले सताइएको जिल्ला हो भने त्यहाँका महिलाले व्यहोर्नु परिरहेका समस्याका कारण पनि चर्चामा रहने गरेको छ । लेखिका वसन्ती शाहीले ‘दिसा गर्नु पर्ने डरले खाना खाँदैनन् सुत्केरी’ शीर्षकको लेखमा त्यस्तै समस्या उजागर गर्नुभएको छ ।
पुस्तकमा धेरै वटा प्रश्न गरिएको छ भने कर्णालीलाई समस्याका रूपमा हेर्नेहरूलाई ‘कर्णाली समस्या होइन’ भन्ने जवाफ पनि दिइएको छ । कर्णालीकै ‘डोल्पावासीको भोगाइ’ को चित्र पनि पुस्तकमा पाइन्छ ।
‘मन्दिरकी देवी देउता, घरकी देवी अछुत’ शीर्षकको लेखमा मन्दिरमा रहने देवीको पनि त मासिकधर्म हुन्छ होला नि ! उनको पुजा–आराधना त कुनै पनि दिन रोकिएको देखिँदैन । किन उनी चाहिँ पुजिन्छिन् तर घरमा हुने देवी वा महिलाले चाहिँ त्यस्तो अवधिमा नारकीय व्यवहार सहन गर्नुपर्छ ?
‘कर्णालीकी बुहारी’ ले घरमा के कस्तासम्मका व्यवहार, बुहार्तन खप्नुपर्छ ? किन ‘अकालमै मर्छन् कर्णालीका लछुमाहरू’ ? किन ‘देउता लाग्ला है’ भन्नेसम्मका डर देखाउनुपर्छ गाउँ–समाज सफा राख्न ? समाजमा रहेका कुरीति हटाउने पहल गर्न ?
स्वास्थ्यसेवाको अभावले गर्दा व्यहोर्नुपरेको ‘जुनकौराको प्रसव पीडा’ यसमा छ । ‘रहर छोराको, मृत्यु तिम्रो’ किन हुन्छ भन्ने प्रश्न पनि गरिएको छ ।
यस पुस्तकमा रहेका ‘नारी दिवसलाई चुनौती’, ‘कर्णालीमा महिला राजनीति’, ‘कहिले फेरिएला महिलालाई हेर्ने दृष्टिकोण’, ‘महिलामाथिको हिंसा: जटिल सामाजिक रोग’ शीर्षकका लेखले कर्णालीका महिलामा राजनीतिकचेतका साथै सहभागिताको अभाव प्रस्तुत गरेका छन् ।
जातका आधारमा आरक्षणको व्यवस्था गर्ने राज्यको सोचलाई ‘जातले बनायो गरिब’ शीर्षकको लेखमार्फत लेखिकाले प्रतिवाद गर्नुभएको छ । त्यसैगरी, ‘कसले खान्छ विकास ?’, ‘वृद्धवृद्धाको जिम्मामा गाउँघर’, ‘कामकाजी आमा’ शीर्षकका लेखले यस क्षेत्रको विकासका गरिएका देखावटीलाई उजागर गरेका छन् ।
सौभाग्यले भनौ कि दुर्भाग्यले, मैले पनि हुम्ला पुग्ने अवसर पाएँ । नेपाल वातावरण पत्रकार समूह र तत्कालीन जिल्ला विकास समिति हुम्लाको आयोजनामा हुम्लाको सिमकोटमा ‘विकासमा स्थानीय स्रोत परिचालन’ शीर्षकमा ‘विचार मन्थन कार्यक्रम’ को संयोजन गर्न ।
सौभाग्य यस अर्थमा कि काठमाडौँबाट त्यहाँ पुग्नु, त्यो पनि प्रशिद्ध विद्वान डा. हर्क गुरुङसँग । दुर्भाग्य चाहिँ भैरव रिसाल त्यहाँ जानु पर्नेमा उहाँ दुर्घटनामा पर्नुभएकाले मैले जानुपरेको हो ।
सूचना÷जानकारीको पहुँच पु¥याउनसके समाजको विकास गर्न केही सहज हुने उदाहरण ‘समाज परिवर्तनमा अब रेडियो’ शीर्षकको लेखमा प्रस्तुत गरिएको छ । समग्र कर्णालीलाई दुर्गमको संज्ञा दिने काठमाडौँको मानसिकतालाई ‘हुम्लाबाट सिंहदरबार दुर्गम कि सिंहदरबारबाट हुृम्ला ?’ भन्ने प्रश्नको रूपमा मुखभरिको जवाफ दिइएको छ ।
‘चेपोमा विकास’, ‘अनुदाने मानसिकता’, ‘प्यारो दुर्गम सिंहदरबार’, ‘स्मृतिमा त्यो विद्यालय’ शीर्षकमा कर्णालीका समस्या उजागर गरिएका छन् । लेखिका शाहीले समस्या कर्णालीमा मात्र होइन मन्त्री बस्न राज्यले बनाएका ठाउँमा पनि नभएका चाहिँ होइनन् है भन्ने ‘नौलो अनुभव मन्त्री क्वाटरको’ लेखमा प्रस्तुत गर्नुभएको छ ।
स्थानीय भाषाका साथै लवजसमेत प्रयोग गरिएका छन् यस पुस्तकमा । त्यसैगरी, हुम्ला जिल्लामा सडकका नाममा सिमकोटदेखि हिल्सासम्म ३५ किलोमिटर सडकमात्र रहेको, २२ वटामात्र सवारीका साधन (गाडी) रहेको जानकारी दिइएको छ । यी गाडी पनि जहाज चढेरमात्र त्यहाँ पुगेका र त्यहीँमात्र सञ्चालन हुनेगरेका छन् ।
आकाशमा उडेको जहाज हेरेर मख्ख पर्नु हुम्लाका बासिन्दाको वाध्यता कहिलेसम्म रहने हो ? एक त स्वास्थ्य, शिक्षालगायतका सेवा पाइँदैन, पाइएको पनि लिन सक्ने अवस्थामा कर्णालीका वासिन्दा नरहेको अवस्थाबारेको जानकारी यसमा दिइएको छ ।
समग्रमा यस पुस्तकमा समेटिएका लेखका विषयलाई लेखिकाका स्मरणका रूपमा मात्र लिइनु हुँदैन । यसमा समेटिकाएका अभाव, अव्यवस्था, कुरीतिलाई अन्त्य गर्न व्यक्ति, परिवार, समाज, राज्यका साथै समस्त मानव समुदायसँग गरिएको अनुरोधका रूपमा लिनु उपयुक्त हुनेछ ।
माथिको जस्तै अनुरोध पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख अतिथि शताब्दि पुरुष सत्यमोहन जोशीले पनि गर्नुभयो ।
निबन्धसङ्ग्रह नाम दिइएको यस पुस्तकलाई काठमाडौँमा रहेको फिनिक्स बुकले प्रकाशनमा ल्याएको हो ।