पत्रकार नभए पनि जोडले लेख्न मुन लाग्छ । गाम-घरको कुरा लेख्यो भने पढ्दैनन् । सराँका कुरा लेख्न अाफूलाई अान्न । फेरि अाफ्नो लेखाइले भाषा बिगार्ने हो कि भन्ने भयङ्कर डर छ । कुनै सम्पादकले मैले लेखेको चिर्कटो भेटेर फ्याट छापी दियो भने के अर्ने । लेख्ने मुन चाहिँ असाध्यै छ । मुन भ`र के अर्नु ! काठमाडौं तिरका विद्वानले जस्तो लेख्न मुन मान्दैन । त्यहाँका मुन्छेले हौ लेख्न असाध्यै जानेका छन् । कसै कसैले चाहिँ फुर्सद नभएर एउटै समाचार वर्षैपिच्छे छाप्छन् । जस्तो कि “पूर्व विशिष्टलाई विलासी गाडी” यो समाचार ५ वर्ष अघिदेखि हेडलाईन र मिति परिवर्तन गर्दै एउटै पत्रिकालेछापिरहेको छ । अर्को वर्षैपिच्छे एउटै पत्रिकाले उनै लेखकहरूको उहीँ लेख छाप्ने भनेको चाडपर्वकै हो । जस्तो कि हिन्दु धर्ममा जनैपूणिर्माको महत्त्व, दशैं किन महत्त्वपूर्ण अादि । पत्रकार र लेखकहर्ले पनि के गरोस् बिचरा ! अध्ययन गर्ने, खोज्ने, हो होइन भनेर निर्कियोल गर्ने, सम्बन्धित पक्षलाई सोध्ने गर्ने समय काँ पाओस् पत्रकारले । यो झ्याउ बेसाउनु भन्दा त पुरानै सही र ठिक भन्छ ड्याम्मै ठोकी दिन्छ । कम बाठो छ काठमाडौंको पत्रकार ।
म पनि त्यस्तै बाठो भएर लेख्नु मुन छ । तर, हिमालको नागीतिर भेडा चराएर बस्ने मुइँले मेसो ल्याउदैन होला । फेरि भएन ओलाङ्चुङ गोलातिर भेडा गोठमा भ`को मुइँले लेखे पनि छाप्नु त नापियो । होइन अनि ओली सरकारले हाम्रो अोलाङचुङ गोलामा बाटो खुनेर सडक बनाउँदै रोड पो निर्माण गर्दै छ भन्यो भने काठमाडौंकोले छाप्दैन होला । काठमाडौं पुगेर अस्ति अा`को हाम्रो लाक्पा धोर्जी पो भन्दै थ्यो “सरकारको विरोधमा जे लेखे पनि छाप्छ” भनेर । म चैं के भद्रो हेरेर बस्नु?यो सरकारको विरोधमा टुप्पीबाट धुवाँ छुटाउँदै दाह्रा कररर्र किटेर लेख्छु ।
म पनि ओली सरकारको घनघोर विरोध गरेर, घघडान विद्वानले जस्तो परक्क बटारिएर मुटु, कलेजो, फोक्सो बाहिर अाउने गरि लेख्छु । हेरिरहनु होला भए जति तितो चैं थुन्सेबाट कोदो घोप्ट्याए जस्तो घर्लप्प घोप्ट्याउन सकिन भने मलाई डोल्माकोपोइ नभने हुन्छ, लौजा ! निखुलकिएर कुरा गर्न हामीलाई पनि अाउँछ । नविराउनु नडराउनु । मैले बागमती विष्णुमतीको त के कुरा अदुवा खोलाको जग्गासमेत हडपेको छैन। कहीं कतै भ्रष्टाचार गरेको छैन । अनि किन डराउने ?
तरकारी र फलफूलमा विषादीको शंका गरेर सरकारले जाँच गर्ने मनसाय लिएर सिमानामा केही दिन रोक्यो । “महंगी बढायो, नालायक सरकारले काठमाडौं बासीलाई तरकारी समेत खान नदिएरमार्ने भयो, दुख दियो” भनेर लेखे । जाँच्ने इक्यूपमेण्ट अहिले नै उपलब्ध नभएकोले केही समयपछि देखि विषादी चेक जाँच गर्ने भनेर हाललाई सरकारले तरकारी छाडिदियो । फेरि लेखे- जनता मारेर सरकार राज्य गर्दै छ, जनतामारा अोली सरकार विषादी भित्र्याउदै, जनस्वास्थ्य माथि गम्भीर खेलबाड । अरू केके हो केके लेख्यो काठमाडौंले ।
म पनि ओली सरकारको घनघोर विरोध गरेर, घघडान विद्वानले जस्तो परक्क बटारिएर मुटु, कलेजो, फोक्सो बाहिर अाउने गरि लेख्छु । हेरिरहनु होला भए जति तितो चैं थुन्सेबाट कोदो घोप्ट्याए जस्तो घर्लप्प घोप्ट्याउन सकिन भने मलाई डोल्माकोपोइ नभने हुन्छ, लौजा ! निखुलकिएर कुरा गर्न हामीलाई पनि अाउँछ । नविराउनु नडराउनु । मैले बागमती विष्णुमतीको त के कुरा अदुवा खोलाको जग्गासमेत हडपेको छैन। कहीं कतै भ्रष्टाचार गरेको छैन । अनि किन डराउने ? लेख्छु, यो सरकारले पनि राम्रो गरेको छ भनेर लेख्दा छापिदैन भने प्रधानमन्त्रीको ब्यक्तिगत बदखुवाँई लेख्छु, यो मुलुकमा बिग्रे भत्केको र नराम्रो घटना जति यही सरकारको कारणले गर्दा भ`को भनेर लेख्छु । लु कस्ले के गर्छ यो सरकारको विरोधमा लेख्छु ।
मेरो मुन नराम्रोसँग छटपटिएको छ । नागीमा दौडिने भुई कुइरो जस्तो बेतोड कुदेको छ । ताप्लेजुङको कञ्चनजंघादेखि दार्चुलाको अपी हिमालसम्म, झापाको काँकडभिट्टादेखि कन्चनपुरको गड्डाचौकीसम्म यही मेरो भेडी गोठ नजिक उडने डाँफे जसरी उड्छ मेरो मुन । कहिलेकाहीँ विरक्त लागेर मुन पोल्छ । हिमालको चिसोमा बसेर कठाङ्ग्रिएको शरीर भित्रको मुनमा सल्किएको पोलाई धन्न पो खपेको छु । प्रधानमन्त्री बन्न नसकेर अथवा नपाएर छटपटाएका प्रचण्ड र देउवाकोमुन भन्दा पनि बढी मेरो मुन पोलेको छ । उनार्को मुन प्रधानमन्त्री नपाएर पोल्या छ मेरो मुन अोलीले पाँचै वर्ष खाने भए भनेर पोल्या छ ।
मन पोलेर के गर्छ तन पोलेको छैन । लेख्नलाई भै हाल्छ । अाखिर लेख्नलाई सत्य नि खोज्नु पर्दैन , तथ्य नि पर्गेल्नु पर्दैन भने मैले प्रधानमन्त्री र यो सरकारको विरोधमा अब जेहाद नछेडे कस्ले छेड्छ ? अब छार्तोस कसेर लेख्छु । मुनमा कम तोड परेको छ । रामायणको हनुमान भ’को भए छाती च्यातेर देखाउने थिएँ । धन्न मेरो पोलेको मुनमा शेरबहादुर दाइले मलहम लगाई दिनु भ’को छ । हाम्रो नेपाली काङ्ग्रेसको पनि बैठक बस्दै छ । यसले गर्दा मोलाई त खडेरीमा पानी जस्तै भयो । ‘दाइ ! अब जसरी पनि यो सरकार ढालेर तपाईं प्रधानमन्त्री बनिहाल्नु होस् ! जोय नेपाल दाइ’ भन्नू मुन लागेर उपर्तली भ’को छ।
तर, दाइ हुनुहुन्छ काठमाडौंमा म छु ताप्लेजुङमा । बरु डडेल्धुरातिर भए भेट्न सजिलो । काठमाडौंमा त हाम्रो दाइलाई भेट्नै नदिने । जे होस् नेपाली काङ्ग्रेसले अहिले अाएर भयङ्कर राम्रो गर्दै छ । अस्ति मात्र अमेरिकामा एनअारएनको भेला नेपाली काङ्ग्रेसले पुरै कब्जा गरेर जागरण अभियान चलाई दियो । विजय गच्छदार दाइ त त्यहाँको काङ्ग्रेसको शक्ति देखेर ट्वाँ पर्नु भ’को । यूरोपमा गएर पनि हाम्रो काङ्ग्रेसले डेनमार्क भन्ने देशमा काङ्ग्रेसी भेला गरेर बबालसँग जागरण अभियान गरेको थियोे । जो अाम्छ जोय नेपाल भन्छ, जो अाम्छ जोय नेपाल भन्छ । अपपपप ! विदेशतिर के सारो काङ्ग्रेस हौ । यसो हेर्दा मुन पनि प्रफुल्ल हुने । यही बेलामा अा’र फस्टाउन चाहिँ काङ्ग्रेस अच्कालीफस्टाको छ है । यस्तो बेला सत्ता पनि दाइको हातमा भैदेको भा दिनैपिच्छे एक डबका छनुवा जाँड र एउटा डिम्मा चिरिप्प पारेर कमनिस्टेहर्लाई सराप्तै बस्ने थिएँ । के अर्नु दाह्रा किटेर मात्र नहुने । भाउजू परिन दाजुको हात, रिस परो मेरो हात भने जस्तो भ’को छ ।