पहिलो विश्वयुद्ध पश्चात युरोपका महिला घरबाट बाहिर निस्के । कारण, युद्धमा धेरै पुरुषले ज्यान गुमाए । समुदायमा युद्धको कारण पुरुषको संख्या ठूलो मात्रामा घट्यो । पुरुषले गर्ने काम कस्ले गर्ने ? समस्या जटील बन्यो । बाध्य भएर महिला घरबाट निस्केर पुरुषको काम सम्हाल्न थाले । केही पछि उनीहरुलाई आफुले घरभित्र गर्ने काम भन्दा पुरुषको काम कुनै कठिन लागेन ।
युद्धले भत्काएको सडक, पुल, भवन सबै थोकको पुननिमार्णको जिम्मेवारी महिलाको काँधमा आयो । यसरी विश्व इतिहासमै पहिलोपटक घरको काम छाडेर काममा महिला बाहिर निस्के । जर्मनीले अन्य युरोपेली मुलुकमा झै महिलाको सामाजिक संलग्नतालाई पुरातन शैलीमा नै अपनाएको पाइन्छ । तर पनि महिलालाई शिक्षा, स्वास्थ लगायतको समान अवसर सन् १९३० पश्चातको जर्मन नाजी नीति अरु देशको तुलनामा एक कदम अघि बढेको पाइन्छ ।
किण्डर, कुच्छे, किर्छे (बालवच्चा, भान्सा र पाठपुजा)
जर्मन नाजी संसार, हिटलर युग, दोेश्रो विश्व युद्ध । नाजी दर्शन धेरै दृष्टिले महिला अधिकारको पक्षमा थिएन । त्यसबेला नाजी शासनले जर्मन नारीको विषयमा लिएको दर्शन तीन कोणमा केन्द्रित थियो– वालवच्चाको हेरचाह, भान्साको जिम्मेवारी र पाठपुजा (चर्च व्यवस्थापन) । महिलालाई युवावस्थामै आमा बन्नका लागि उत्साहित गरिन्थ्यो । वालवच्चा हुर्काउन प्रेरित गरिन्थ्यो । हुर्केका बालवच्चालाई युद्धका लागि तयार पार्न सरकारको नीति केन्द्रित थियो । परिवार नियोजनका साधनहरु माथि नियन्त्रण कायम गरिएको थियो । बरु, नाजीहरुले धेरै सन्तान पाउने आमाहरुलाई सम्मान गर्ने वा पुरस्कृत गर्ने समेत पनि गर्दथ्ये ।
अर्को तर्फ जर्मन नाजीहरु आर्यन सन्तान मात्रै चाहन्थे । गैरआर्यन महिलाहरुलाई कडाईका साथ परिवार नियोजन गराउँथे । गैर आर्यनको जनसंख्या घटाउन एक किसिमले अघोषित नियम लागु गरिएको थियो । जातीय विभेद, धार्मिक असमानता र गैर आर्यनका लागि जवरजस्ती परिवार नियोजनको नीति अवलम्वन गरिएको थियो । महिला अधिकारवादीहरु देश छाडेर अनेत्रै भागेका थिए ।
नाजी र नारी कामदार
स–साना स्कुले केटीहरुलाई नाजी सरकार काममा लैजानका लागि तयार पार्न थाल्थे । जसलाई हिटलर युथ (हिटलर जवान) भनेर भन्ने गरिन्थ्यो । कामको आधारमा महिला पुरुष छुटयाइएको हुनाले सजिलो काम खोज्ने पुरुषहरु निराश हुन्थे । नाजी सत्ताले महिलालाई कानून र स्वास्थका क्षेत्रमा काम गर्न निरुत्साहित गर्ने उद्देश्य सहित कानून बनाइएको थियो । शिक्षाको क्षेत्रमा भने महिलाहरुलाई प्रोत्साहनको नीति अवलम्वन गरिएको थियो । तर सरकारले चाहेजस्तो महिलाहरु ती क्षेत्रमा उत्साहित भएनन् । नाजीे समयमा सन् १९३० को दशकमा जर्मनीमा महिलाहरुको जागीर खाने अवस्था सुदृढ भएको थियो । विवाहित महिलाहरुलाई बच्चा जन्माएपछि प्रोत्साहन स्वरुप रकम दिने गरिन्थ्यो । अर्थात, महिलालाई बच्चा उत्पादन गर्ने मेसिन सरह व्यवहार गरिएको थियो ।
त्यसबेला, जर्मन नारीवादी संघहरुले महिला अधिकारका काममा खासै केही गर्न सकेनन् । केहीले गर्न खोज्दा पनि नाजीले रोक लगाए । तर महिलाहरुको ठूलो संख्या प्रभावकारी भुमिकामा पुग्न सफल भए । जसको कारण नाजीले शक्ती अभ्यास र संगठन खोल्न महिलाहरुलाई छुट दिएको थियो । तर, नाजी शासन भित्रै महिलालाई दिइएको अधिकार सदैव विवादको बिषय बनिरह्यो ।
कुमारी आसमा केही नाजी सर्मथक समूहलाई बिहेको खासै मतलब थिएन । उनीहरु आर्यको आमा बन्न बढी इच्छुक हुन्थे । सन् १९३५ मा हिटलरले उच्च स्तरको आर्यन सन्तान जन्माउने उद्देश्य सहित कुमारी आमाहरुका सोल्जर इन स्पेसल व्रथेलको स्थापना गरे । यी पुरुष वेश्यालयहरुमा कुमारी आमा तयार पार्न विशेष व्यवस्था मिलाइएको थियो । अर्थात, महिलाहरुलाई बच्चा जन्माउन त्यो हदसम्म प्रयोग गरिएको थियो ।
काम र युद्ध
सन १९३६ मा हिटलरले युद्ध तयारीको आर्थिक योजना सार्वजनिक गरे । अनि त्यसको तीन वर्षपछि जर्मनीले युद्ध शुरु ग¥यो । त्यसपछि पुरुषहरु धेरैजसो मुलधारको कामबाट युद्धमा होम्मिए । महिलाका लागि कमको अवसर बढेर गयो । महिलाहरु थप विभिन्न श्रम क्षेत्रमा समावेश भए । तरपनि नाजी समयमा महिला श्रम शक्तीको सदुपयोगका बारेमा वादविवाद कायम रहिरह्यो । आर्कोतिर हेर्ने हो भने महिलाहरु महत्वपूर्ण पदहरुमा समेत पुगिरहेका थिए । कुनैबेला वेलायतमाभन्दा नाजी जर्मनीमा महिलाहरु बढी कामकाजी थिए । नाजी सत्ताको दवदवामा महिलाहरु अमानवीय नरसंहार जस्ता काममा समेत संलग्न भए ।
विभिन्न स्रोतहरुबाट संयोजित