तोयानाथ गुरुलाई दक्षिणा दिन नपाउँदा

संस्मरण

दुरदराजको सामान्य सरकारी स्कुलमा पढाउने एक माड्साबको अपेक्षा के के हुन सक्छन् ? मेरो हकमा यो अनौठौ नै थियो किनकि गुरुले मैले विध्यावारिधि गरेको हेर्ने रहर गर्नुभएको थियो । त्यो पूरा हुन केही समय पहिल्यै उहाँ परलोक जानु भएकोले मलाई सधै ग्लानी हुन्छ । त्यसैले म उहाँलाई आदर्श गुरुको प्रतीकका रुपमा सदा सम्झन चाहन्छु ।

मेरा समबयीहरु सबै स्कुल जान थालिसक्दा पनि मलाई भने भर्ना गरिएको थिएन । आमालाई दर्जनौपल्ट आग्रह गर्दा पनि उहाँको एउटै जवाफ थियो—“सानोमा पढ्न पठाए तँ खिइन्छस् अनि सशी सरको कुटाइ खाएपछि स्कुल छोड्छस”। मास्टरको ज्यादतिको कथा सुनेर पनि मैले आमालाई पिरोल्न छोडिनँ । बल्लबल्ल २०३८ साल मंसीरको एकदिन कुनि कसको भरोसाले उहाँले मलाई श्री कालिका प्रा. बि. (हाल मा वि) लिएर जानु भयो । छिमेकी भाइसँगै मेरो पनि भर्ना गरियो । म औधी खुशी थिएँ।

तोयानाथ गुरु धर्मपत्नीसँग

उतिबेला धादिङ जिल्लाको ढोला गाबिस (हाल ज्वालाभुखी गाउँपालीका) भरमा जम्माजम्मी दुइवटा स्कुलहरु थिए । मेरो घर नजिक भनेको स्कूल त्यही थियो । निम्न माबि पढ्न पुर्सुक जानु पर्दथ्यो भने माबि तहको लागि २ घन्टा टाढा रहेको मैदी वा साल्बास जानु पर्दथ्यो । त्यो दिन अरु केटाकेटीका अलावा दुई जना महोदयहरुसँग भेट भयो—एउटा थिए प्रधानाध्यापक तोयानाथ गुरु जो मिजासिला र गोरा देखिन्थे अनि अर्का चाँहि सशी सर जो कडा मिजासका लागे । पहिलो मास्टरको बारेमा नसुने पनि दोस्रो मास्टरको बारेमा निक्कै सुनेको थिएँ– पुलुक्क हेर्दा मलाई नै सर्स्र्ति पढ्दै गरेको जस्तो ।

भोलिपल्टदेखि म नियमित स्कुल जान थालेँ । स्कुलको नशा यस्तो भयो कि चुरोट रक्सीको भन्दा पनि बढी – कहिलेकाहीँ घरमा काम पर्दा अनि शुक्रबार हाफछुट्टी हुने दिनमा पनि नपुगी चित्तै नबुझ्ने अनि अलिक चाँडो जानुपर्ने । बरु चक्लेट र बिस्कुट वा राम्रो खाजा खान नपाए केही फरक पर्दैनथ्यो ।

सायद भोलिपल्ट पधेंरामा कुरा भयो होला सशी सरको धुलाइको बारेमा । स्कुल जाने बेलामा छिमेकी हजुरबा पनि साथी र मसँगै स्कुलतिर लाग्नुभयो । प्रार्थना सुरु हुनु अघि नै उहाँले सशी सरसँग गुनासो गर्नुभएछ कि केटाकेटीलाई त्यति हदसम्स पिट्नुहुन्न । सरले तपाईको नातिलाई त उति पिटेको छैन भन्दा हजुरबाले मलाई देखाउनु भएछ । अनि के चाहियो– राता राता आँखा पार्दै मलाई नै हपार्न थाल्नुभो, “ए, स्कुलको कुरा घरमा गएर लगाउने ?” केही दिन मलाई ज्यादै नमीठो लाग्यो मलाई दोहोरो प्रहार भइरह्यो एकातिर सशी सरको बेखुशी अर्को्तिर बाबुबिनाको टुहुरो भएकोले सिनियरहरुको खिसिट्युउरी तर विस्तारै दुबै मत्थर हुदै गए, कारण थियो मेरो वेवास्ता ।

तोयानाथ गुरुले नेपाली र सशी सरले गणित पढाउनु हुन्थ्यो । कक्षा १ मा मैले सजाय पाएको थिइनँ बरु पुरस्कार पाएँ । सानोमा नै ब्रतबन्ध गरिएकोले गुरुले कहिलेकाहीँ पूजापाठमा लिएर जानु हुँदा सुकी–मोहर दक्षिणा कमिन्थ्यो । गुरुको घर हाम्रै गाउँमा भएपनि सशी सर पल्लो गाउँबाट आउनुहुन्थ्यो । सशी सर आएको सबैलाई थाहा हुन्थ्यो किनकि विशेष गरेर शुक्रबार उहाँ एउटा ठूलो रातो रेडियो घन्काउदै माथि कामी गाउँतिरबाट झर्नुहुन्थ्यो ११ बजेतिर । अनि हाम्रो कान ठाडठाडा हुन्थ्यो । शुक्रबार रेडियो नाटक सुन्न तँछाडमछाड जस्तै थियो । त्यसको अलवा अतिरिक्त क्रियाकलापहरु पनि हुने भएकोले त्यो दिन झन रमाइलो हुन्थ्यो । लज्जालु स्वाभाबको म धेरै गतिविधिमा सरिक हुन असर्मथ भएर पनि बेखुशी थिइनँ र यही कारण सशीसरको सजाय पाइसकेकको थिइनँ । उता ३ कक्षा पास गरेका सिनियर दाइहरु पुर्सुक गाउँमा ठूलो स्कुल पढ्न गएको देखेर कम इष्र्या लाग्दैनथ्यो ।

सायद कक्षा २ को पहिलो दिन थिया,े हामीलाई सशी सरले मान तालीका पढाउनु भयो । हामी सबैलाई १११ लाई एक दश सय को कोठामा राख्न भनिएको रहेछ तर गर्न जानिएन । जति पटक मिल्दैनथ्यो उति पटक लठ्ठी खाइयो । केही साथीले एकाध घन्टामा मिलाए र थोरै भेटे तर मेरो त ३—४ बजेसम्म पनि दिमाग नखुलेकोले पिडुँला सुन्निएर गिरको डल्लो जत्रै भएछ । बेलुकी घर जाँदा पनि बडो सकसपूर्ण तबरले घस्रदै गएँ । रातभर आमा रुदै मालिस गर्दै हुनुहुन्थ्यो, “भो नजा पढ्न, तेरो रहर पनि पुग्यो, खेतिकिसानी गरेर पनि खानपुग्छ तिमीहरुलाई”। तर मैले हरेस खाइनँ ।

सायद भोलिपल्ट पधेंरामा कुरा भयो होला सशी सरको धुलाइको बारेमा । स्कुल जाने बेलामा छिमेकी हजुरबा पनि साथी र मसँगै स्कुलतिर लाग्नुभयो । प्रार्थना सुरु हुनु अघि नै उहाँले सशी सरसँग गुनासो गर्नुभएछ कि केटाकेटीलाई त्यति हदसम्स पिट्नुहुन्न । सरले तपाईको नातिलाई त उति पिटेको छैन भन्दा हजुरबाले मलाई देखाउनु भएछ । अनि के चाहियो– राता राता आँखा पार्दै मलाई नै हपार्न थाल्नुभो, “ए, स्कुलको कुरा घरमा गएर लगाउने ?” केही दिन मलाई ज्यादै नमीठो लाग्यो मलाई दोहोरो प्रहार भइरह्यो एकातिर सशी सरको बेखुशी अर्को्तिर बाबुबिनाको टुहुरो भएकोले सिनियरहरुको खिसिट्युउरी तर विस्तारै दुबै मत्थर हुदै गए, कारण थियो मेरो वेवास्ता ।

पछि कक्षा तीनमा पुगेपछि स्कुल ५ कक्षासम्म पढ्नमिल्ने भयो र अरु दुई जना शिक्षकहरु पनि थपिनुभयो । नयाँ पिंढीका भएकाले होला उहाँहरु अलि बालमैत्री हुनुहुन्थ्यो । पछि केशब सरले गणित र गोकर्ण सरले सामजिक विषय पढाउन थाल्नुभयो । अँग्रेजी सशी सरको भागमा पर्यो भने नेपाली र संस्कृत तोयागुरुको भागमा परेको थियो ।

मलाई एकदम डर लाग्दै थियो । तीनवटा समूहलाई एकै ठाउँमा राखी पठाउने विधि सायद बहु तह थियो । सशीसरको सजाँयहरु चर्को नै थियो । मन्दिरको खोरमा दिनभरी थुन्नेदेखि, छडीले पिट्नेसम्म, दिनभरि हुतुतु (कपर्दी) खेलाउनेदेखि कुस्ति खेलाउनेसम्म, कहिलेकाहीँ मूड चलेका बेला गाउँभरी दौडाउदै लानेदेखि खडेरी पर्दा “हरहर महादेव पानी देउ देउ” भनी पानी छ्यापाछ्याप गराउनेसम्म उहाँले गराउनु हुन्थ्यो ।

साथीहरुका कुरा सुनेर घरमा समेत सशीसरदेखि डर मान्ने वच्चाहरु धेरै थिए । त्यसैले उनीहरुले बदमाशी गर्दा सशीसरलाई भन्दिन्छु भन्दा सातो जान्थ्यो । त्यसो त जेपि स्कुलमा पढेका सरलाई प्रेरणाको कमी थिएन । बडो सौखिन अनि कहिलेकाहीँ मादक पदार्थ पिएर पनि आइदिने हुनाले सबै थरथर । सायद उतिबेला शिक्षकको आदत नै त्यस्तै थियो ।

त्यसपछि त जादू नै भयो । म गणितमा एकदम राम्रो भएँ – पढाउनु भन्दा पहिल्यै उदाहरणहरु हेरेर जाँदा त खुरुखुरु गर्न आउँथ्यो । त्यसो त कति बालबालिकाहरुले सशीसरकै कारणले स्कुल छोडे होलान् तर मेरो उद्देश्य चाहिँ कसरी सशीसरलाई पनि प्रभाव पार्ने भन्ने रह्यो ।

तोया गुरु नेपालीका अलवा संस्कृतका प्रकाण्ड विद्वान हुनुभएको उहाँका धेरै जजमानहरु थिए अनि राम्रो भागवद पुराण वाचक हुनुभएकाले टाढा–टाढासम्म पनि पुराण भन्न जानुहुन्थ्यो । उता ठकुरी खानदानका सशीसरको अर्कै विशेषता थियो – आधुनिक पहिरन र बेलाबेलामा काठमाण्डौ गइरहनु पर्ने ।

मैले ५ कक्षा पास गर्ने वित्तिकै तोया गुरुले मेरो दाइलाई भेटेर काठमाण्डौ लगेर पढाउन रेकमेन्डेसन गर्नुभयो । उहाँसँग पछि पनि भेट भैरह्यो । दशैमा म टीका थाप्न पनि जान्थेँ, “तिमीहरु (म र ईश्वर जो मेरो प्रतिश्पर्धी) दुई जनाले धेरै गर्न सक्छौ” मलाई सधंै हौस्याउनुहुन्थ्यो । देनको हिसाबले उस्तै तर सशीसरसँग भने मलाई पछिसम्म गुनासो थियो ।

यधपि जब म अहिलेको २१ सौ शताव्दिमा मन्टेस्वरी भनेर दावी गरिएका तथाकथित राम्रा स्कुलमा पनि उहाँ जस्ता र अझ जब्बर शिक्षकहरु भेट्छु, तब मलाई उहाँप्रति केही सम्मान आउँछ । मुख्य कुरा के हो भने विद्यार्थीका मन मष्तिष्कमा रहने हो भने उनीहरुलाई सधै उत्प्रेरणा र प्रोहोत्सान दिनुपर्छ तोयानाथ गुरुले जस्तै । फलस्वरुप मैले पनि भोलिका सभ्य कर्णधार बनाउने अभियानमा लागेर उहाँको सपना पुरा गर्दै छु– बाँजुन्जेल कुनै ठोस परिणाम देखाउन सकिन भने पनि ।

तोया गुरु मैले तपाईको प्रेरणा अनुसार अहिले विद्यावारिधी गरी सकेको छु तर तपाईलाई सुनाउन असमर्थ छु, क्षमा पाऊँ ।

Facebook Comments
Eak
Comments (0)
Add Comment