क्रिस्टोफर कोलम्बसः मरेपछि अझ संसार घुमे

फरक नजर

कोलम्बस कहाँ
पृथ्वीको खोजीमा जीवन बिताएका क्रिस्टोफर कोलम्बसको अन्तिम अवशेष कहाँ छ ? उनको मृत्यु स्पेनमा भयो । तर कोलम्वसको अन्तिम इच्छा, आफूलाई नयाँ संसारमा गाडियोस भने अनुरुप, उनको अवशेषलाई हाल वेष्ट इण्डिजको हिसपानियोला पठाइयो ।

अनि, तथ्यले अर्कै मोड लियो । स्पेनको सेभिल्लि र डोमेनिकन रिपब्लिकको सान्तो डोमिन्गो । दुवै शहर क्रिस्टोफरको अवशेष आफ्नो शहरमा भएको दाबी गर्छन् ।

क्रिस्टोफर कस्ता
उनको जीवन पनि विवादस्पद छ । कोही उनलाई महान खोजकर्ता, युरोपबाट पश्चिम हँुदै मानव बसोबासमा निस्किएका सहासी व्यक्ति मान्छन्, जसले पहिलो पटक अमेरिका पत्ता लगाए । कोही उनलाई निकम्मा, क्रुर, मुर्ख ठान्छन् । उनलाई संसारमा रोग र दासता, अन्याय र असमानता भित्र्याउने मान्छे भन्छन् । उनी असल खराब जे भएपनि कोलम्बसले विश्व मानचित्रको नयाँ रुपरेखा कोरे हम। चिनाएकोमा दुईमत छैन ।

दफन विवाद
नयाँ दुनियाको खोजमा लामो यात्राबाट थाकेर, अनेक रोग बोकेका, उमेरले ओरालो लागेका क्रिस्टोफर सन् १५०४ मा स्पेन आइपुगे । त्यसको दुई वर्ष सन् १५०६ मा दभल्लाडालीडमा उनको मृत्यु भयो । मृत्यु पश्चात, पहिला उनलाई त्यही शहरमा दाह संस्कार गरियो । तर, उनको अन्तिम इच्छा थियो, आफ्नो शवको दफन कुनै नयाँ पत्ता लागेको देशमा होस । त्यसैले पछि सन् १५०९ मा उनको शवको अवशेषलाई स्पेनको सेभेल्ली नदी नजिक ला कार्तुजा टापुमा सारियो ।

मृत्यु पछिको यात्रा
हामी सबै जिउँदो छँदा यात्रा गर्छौ । संसार खोज्न हिँडेका, क्रिस्टोफर कोलम्बसले त्यसै पनि आम मान्छे भन्दा जिउँदो छदाँ धेरै यात्रा गरे । जीवनको अत्याधिक समय यात्रामै बित्यो । मान्छेलाई संसार चिनाए । तर, अचम्म उनको यात्रा मृत्यु पश्चात पनि जारि रहयो । उनको शवको अवशेष यात्रा । उनको अवशेषलाई एउटा शहरबाट अर्को शहर सार्ने क्रम जारी रह्यो ।

सन् १५३७ मा दफन गरिएको ठाउँबाट उनका कंकालमि निकालेर स्पेनबाट डोमनिकन रिपब्लिकाको सान्तो डोङ्गो पुर्याइयो । समयसँगै स्पेनी सम्राज्यका लागि सान्तो डोमिङ्गोको महत्व घटेर गयो । स्पेन सम्राज्य आफै पनि खुम्चिदै गयो । सन् १७९५ मा सान्तो डोमीङ्गो, फ्रान्स र स्पेन बीच शान्ति सम्झौता हुँदा फ्रान्सको भूभाग बन्यो । त्यसपछि अवशेषलाई क्युवाको हवाना पठाइयो । सन् १८९८ मा स्पेन र अमेरिका बीच युद्ध भयो । अनि, अवशेष फेरि स्पेन पुग्यो ।

रोचक खोज
सन् १८७७ को कुरा हो, सान्तो डोमिङ्गो चिहान घाटमा एउटा काठको बक्सा आइपुग्यो । जसमा, क्रिस्टोफर कोलम्बस भनेर लेखिएको थियो । बक्साभित्र मानिसको अवशेष थियो । सबैले यहि सोचे, यो महान अन्वेषक क्रिस्टोफर कोलम्बसकै हुनुपर्छ । तत् पश्चात, डोमनिकनहरु अवशेष आफ्नो देशमा भएको दाबी गर्छन् । स्पेनीसित भएको अवशेष अर्कै मान्छेको कंकाल भएको उनीहरु बताउँछन । त्यहिबेला क्युबा हुदैं कंकाल स्पेन पुगेको थियो । तर, साँच्चै क्रिस्टोफर कोलम्बस मृत्यु पश्चात कहाँ छन ? विवाद छ ।

डोमनिकन दाबी
डोमनिकन पुगेको शवको अवशेषमा वाथ रोग लागेको संकेतहरु फेला परेको थियो । कोलम्बसलाई बुढेसकालमा त्यही रोगले दुःख दिएको तथ्यहरु फेला परेको थियो । कोलम्बसको अन्तिम इच्छा पनि आफ्नो शव नयाँ फेला परेको संसारमा दफनाउने थियो । डोमनिकन आफ्नो तर्कमा यही बल
दिन्छन् । यसरी क्रिस्टोफरको हड्डीका टुक्राहरु नयाँ दुनिया घुम्ने क्रम जारी रह्यो । डोमनिकनले अन्य देशलाई पनि उपहार स्वरुप हड्डीका टुक्रा बाँडे ।

स्पेन दाबी
क्रिस्टोफरको अवशेष सम्बन्धमा स्पेनी दाबी भने दमदार छ । उनीहरुले आफ्नो दाबीमा वैज्ञानिक प्रमाणहरु पेश गरेका छन् । सेभेल्लेमा रहेको शवको डिएनए परिक्षण प्रतिवेदन पेश गरेका छन् । त्यसैगरि, सोहि ठाउँमा गाडिएको कोलम्बस पुत्र डियेगोको डिएनएसँगै कोलम्बसको डिएनए मिलेको प्रतिवेदनमा उल्लेख छ । सो परिक्षणमा संलग्न विज्ञहरुले स्पेनमा भएको अवशेष नै कोलम्बसको भएको अन्तिम निश्कर्ष दिएका छन् ।

डोमनिकनहरुले भने डिएनए परिक्षणकालागि विज्ञ अधिकारीहरुलाई अनुमति दिएका छैनन् । स्पेनीहरुको अर्को महत्वपुर्ण दाबी, अवशेषलाई ठाउँ सारि गरिएको तथ्य नै फितलो भएको भन्ने छ ।

अवशेष स्वामित्व
पाँच सय वषए अघि मरेका कोलम्बसको अवशेष स्वामित्वको झगडा जारी छ । त्यसको प्रमुख कारण कोलम्बस पर्यटन होे । त्यसैले पनि डोमनिकनहरुले डिएनए परिक्षणको अनुमति नदिएका हुन् । कोलम्बस अवशेष स्मारक अगाडि उभिएर फोटो खिच्न संसारभरबाट पर्यटक डोमनिकन रिपव्लिक पुग्छन् । डोमनिकनको अर्थतन्त्रको एउटा प्रमुख आधार पर्यटन पनि हो ।

त्यसो भए, कोलम्बस कहाँ छन् ?
जहाँ, जहाँ कोलम्बसको अवशेष पुर्याइएको छ, उनीहरु सबैको विश्वास छ, सक्कली अवशेष हामीसँग छ । स्पेनसित सबैभन्दा दरिलो प्रमाण छ । डोमनिकनले अझ सुरक्षाको घेरा भित्र राखेको छ ।

डोमनिकनहरु स्पेनी डिएनए परिक्षण् प्रतिवेदन मान्न तयार छैन । आफ्नो गर्न दिदैन । सन १७९५ सम्म हड्डीका रुपमा अवशेषहरु केहि क्युवा, केहि सान्तो डोमिङ्गो गुपचुप पुर्याइयो । दुनियालाई नयाँ संसार चिनाउने क्रिस्टोफर कोलम्बसको मृत्यु पश्चातको चिनारी भने कुन शहरसँग छ ? विवादमा छ ।

Facebook Comments
Comments (0)
Add Comment