मेरो विश्वनिकेतन स्कुल र श्रद्धेय गुरु गम्भीरमान मास्के

गम्भीरमान मास्के नेपालका एक यस्ता शिक्षासेनानी हुनुहुन्थ्यो जसले एउटा कमजोर अवस्थामा रहेको सरकारी स्कुललाई त्राण दिई गुणस्तरीय शिक्षाको उदाहरणीय केन्द्रको रुपमा रुपान्तरण गर्नुभयो । अँग्रेजी भाषालाई सजिलो पाराले पढाएर हजारौ शिक्षार्थीहरुका बीचमा औधी लोकप्रिय बन्नुभयो । विसं १९८८ सालमा जन्मिनु भएका गम्भीरमानको गत जेठ १७ गतेका दिन भूतपूर्व विद्यार्थी तथा विश्वनिकेतन स्कुलको सहयोगमा उहाँद्वारा लिखित पुस्तकको अँग्रेजी संस्करण पनि विमोचन भयो । साथै उहाँको सालिक निर्माण कार्य पनि शुरु भएको छ ।

लेखक र स्वर्गीय मास्के

यी कालजयी अंग्रेजी विषयका शिक्षकसँगको मेरो भेट र उठबस लामो धैर्य र अन्तरालपछि भएको थियो । कक्षा छ मा भर्नाका लागि जब म मेरो दाइसँग विश्वनिकेतन स्कुल पुगेर प्रधानाध्यापकको कोठामा पसेँ, भित्तामा दुई वटा फोटा देखें । ती मध्ये अलि बयस्क चाहिँ उहाँ हुनुहोला भन्ने लाग्यो । पछि भेट्दा थाहा भयो त्यस्तै शालीन तर अलि उमेर घर्केका महोदय हुनुहुँदोरहेछ उहाँ । मैले देखेको फोटो त तत्कालीन राजाको पो रहेछ । अलि ढिलो भएकोले त्यो वर्ष भर्ना गर्न पाइएन । तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्यबाट भनाउँदा पनि अरु दुई वर्ष अनेत्रै पढ्नु प¥यो मैले । ०४५ सालमा वल्ल प्रवेश परीक्षा दिएर भर्ना भएँ तर प्रधानाध्यापक भएकाले उहाँको कक्षामा पढ्ने इच्छा पुरा भएन ०४७ सालसम्म ।

म धेरै समयसम्म किताबको किरो मात्र थिएँ । सानोमा साथीहरुले चित्र बनाएर स्याबासी पाइरहदाँ म भने कविता लेखेर गुरुलाई जचाउँथे किनकि मलाई ‘कखुरी काँ बासी भात खाँ’, ‘भन भन भाइ हो खेत रोप्ने कसरी’, र ‘घामपानी घाम पानी स्यालको बिहे’ अनि ‘मेरो सानो खरायो आज कता हरायो’ जस्ता कविताले गहिरो छाप छोडेको थियो ।

निम्न माध्यामिक र माध्यामिक तहमा पुगेपछि प्रत्येक शुक्रबार हुने अतिरिक्त क्रियकलापमा भाग लिने अठोट पनि गर्थेँ तर खुट्टा काँपेर नाम दर्ता गर्ने हिम्मत हुँदैनथ्यो । लाग्थ्यो, आफूसँग दर्विला तर्कहरु भएकाले वादविवद प्रतियोगिता जित्न सक्छु, हाजिरी जावफ प्रतियोगिता जित्न सक्छु, कविता प्रतियोगिता जित्न सक्छु, सायद निवन्ध प्रतियोगिता पनि जित्न सक्थेँ हुलाँ । तर म ह्वात्तै पछि सर्थेँ किनकि ममा त्यतिबेला पर्याप्त अत्मविश्वास नै थिएन । तर कक्षा दशको सुरुबाट ममा बेजोडको दृढता सल्बलाउन थाल्यो भित्रैदेखि– सायद नेपाली साहित्य र भाषा पढाउने गुरुआमाको फरक शैलीले होला ।

अतिरिक्त क्रियकलाप विभागले निकालेको सूचना मन्जु अधिकारी गुरुआमा कक्षामा आएर सुनाउदै गर्दा पहिलोपटक मेरा कान ठाड्ठाडा भए । त्यो मदन पुरस्कार गुठीले आयोजना गरेको विद्या पुरस्कारका लागि थियो, जुन अन्तर–विद्यालयस्तरीय प्रतियोगिता थियो । छ वटा फरकफरक शीर्षकहरु थिए, अनि प्रतियोगिताका दिन मात्र लक्की ड्र गरेर कुन शीर्षक पर्ने हो त्यो थाहा हुने नियम थियो । यही कारण त्यो प्रतियोगिता बडो चुनौतिपूर्ण लाग्यो । अन्तर–विद्यालय स्तरीय भएकाले त्यसमा भाग लिन अरु नाम चलेका विद्यालयका समकक्षीहरुसँगको प्रतिस्पर्धा हुने हुँदा निकै प्रतिस्पर्धी पनि थियो । त्यसैले गुरुआमाको सहयोग लिने हिसाबले उहाँलाई कक्षा सकिएपछि भेट्न गएँ । उहाँले भन्नुभयो– मलाई पनि थाहा छैन, पहिले तिमी आफैंले लेखेर ल्याऊ अनि छलफल गरौला ।

त्यो जमानामा पनि विद्यार्थीहरुलाई खुसी पारेर पढाउने अनि थोरै पैसा जम्मा हुनासाथ कुनै छात्रवृति स्थापना गर्ने उहाँको परोपकारी भावना स्तुतीयोग्य छ । अझ एउटा सामन्य स्कुललाई अनुकरणीय र गौरवमय शिक्षालयमा परिणत गर्नु अनि मन्जु अधिकारी र उहाँ जस्तै व्यवसायिक शिक्षक साथीहरुको मन जितेर सामुहिक जोस सिर्जना गर्ने खुवी गम्भीरमान सरमा भरपुर थियो । यही कारण उहाँ भौतिक रुपमा हामीमाझ नरहनु भएपनि मजस्ता हजारौ व्यक्तिका हृदयमा सदासदा बास गरिरहनु भएको छ ।

त्यसपछि म घर फर्केर एउटा मोटो कापी किनेर त्यसमा ६ वटा फरक–फरक निबन्धहरु लेखेँ । विषयहरु थिए– तेस्रो विश्व युद्दको रुपमा खाडी युद्द, बाँदरको हातमा नरिबल, नाटककार बालकृष्ण सम आदि । दुई दिनपछि गुरु आमालाई देखाउँदा उहाँले ती छाडेर जान भन्नुभयो । त्यसको ठ्याक्क दुई दिनपछि उहाँ कक्षामा आउँदा ती फिर्ता ल्याउनु मात्र भएन अरु ४ वटा किताबहरु पनि दिँदै भन्नुभयो– “तिमी राम्रो लेख्दा रहेछौ, यी पढेपछि अझ खारिन्छौ ।” मलाई के खोज्छस् कानो आखाँ भने जस्तो भयो ।

एकहप्ता पछि प्रतियोगिता थियो, मैले केही तयारी गरिसकेको थिएँ, तल्ला कक्षाका अरु दुई जना बहिनीहरु पनि त्यो प्रतियोगितामा भिड्दै रहेछन् । हामीलाई मदन स्मारक स्कुलमा जानुपर्ने थियो । हामी एक्लै जाँदैनौ, स्कुलबाट कसैको साथ चाहिन्छ भनी माग गर्दा फेरि उहाँले भन्नुभयो, “अरु स्कुलका साथीहरु शिक्षक वा अभिभावक अघि–पछि लगाएर आउलान् तर तिमीहरु आफैं जाने बानी गर्दा आत्मविश्वास बढ्छ ।”

त्यसपछि केही खाजा खर्च लिएर हामी प्रतियोगिता स्थलतिर लाग्यौं । त्यहाँ पहिल्यै ५०÷६० जना समवयीहरु तम्तयार भइसकेका थिए । लक्की ड्र गरेर छान्दा तेस्रो विश्वयुद्दको रुपमा खाडी युध्द नै निबन्धको शीर्षक आयो । मैले आफ्नो मौलिकता उछालेर निवन्ध लेखेँ समय सीमा भित्रै । तर हतारमा लेख्दा अक्षर त्यति सफा भएको थिएन पीर पनि लाग्दै थियो । प्रतियोगिता सकिएर दिउँसोतिर हामी ती जना फर्किदै थियौँ, बाटोमा त्यही विषयमा कुरा गर्दा बहिनीहरुले भने– हामी आइडिया लिन जादा गुरुआमाले तपाईको कापी दिएर पठाउनु भयो । हामीले त्यही पढ्यौ ।

अर्को मुख्य कुरा के भयो भने गुरुआमाले मेरो नेपाली विषयका अलावा अरु विषयको पढाइका बारेमा पनि चासो देखाउन थाल्नुभयो । उहाँको निवासस्थलमा बोलाएर भावविस्तर र विवेचनात्मक उत्तर लेख्ने तरिका पनि बताउनु भयो । यही क्रममा श्रद्धेय गम्भीरमान मास्के सरसँग मलाई चिनापर्ची गराइयो । मलाई अङ्ग्रेजी विषयमा नै अतिरिक्त कक्षा चाहिएकाले मास्के सरले दुई–तीन महिना हप्ताको तीन घण्टा उहाँकै घरमा पढाइदिने हुनुभयो । केही समय म गणित विषयको तयारीका लागि त्यतिबेलाका नाम चलेका पूर्ण बहादुर अमात्यसर कहाँ पनि जान थालेँ ।

एकमनले सोचेँ सँगै प्रतिस्पर्धा गर्न आएकाहरुलाई मेरो निवन्ध किन देखाउनु भएको होला ? अलिअलि चित्त पनि दुख्यो । तर गुरुआमाको मन यसरी जितेछु कि त्यसपछिका प्रतियोगिताहरुमा एक नम्बरको छनौटमा मै हुन्थेँ र करिव पाँचवटा पदकहरु पनि बटुलेँ, अरु तीन चार महिना भित्रैमा । तर प्रवेशिका परिक्षा आएकाले थप गर्न भ्याइएन । एकवर्ष जति ढिलो गरी कान्तिपुर दैनिकमा प्रकाशित त्यो प्रतियोगिताको नतिजामा म प्रथम भएर रु चार हजार पनि जितेको थाहा पाउँदा मेरो खुसीको सीमा रहेन । यो नतिजा मेरा लागि अति अर्थपूर्ण थियो ।

अर्को मुख्य कुरा के भयो भने गुरुआमाले मेरो नेपाली विषयका अलावा अरु विषयको पढाइका बारेमा पनि चासो देखाउन थाल्नुभयो । उहाँको निवासस्थलमा बोलाएर भावविस्तर र विवेचनात्मक उत्तर लेख्ने तरिका पनि बताउनु भयो । यही क्रममा श्रद्धेय गम्भीरमान मास्के सरसँग मलाई चिनापर्ची गराइयो । मलाई अङ्ग्रेजी विषयमा नै अतिरिक्त कक्षा चाहिएकाले मास्के सरले दुई–तीन महिना हप्ताको तीन घण्टा उहाँकै घरमा पढाइदिने हुनुभयो । केही समय म गणित विषयको तयारीका लागि त्यतिबेलाका नाम चलेका पूर्ण बहादुर अमात्यसर कहाँ पनि जान थालेँ ।

यसरी सुरु भएको गम्भीरमान मास्केसँगको संगत उहाँको देहान्त अघिसम्म कायम भयो । यही सरसंगतमा उहाँलाई नजिकबाट पढ्न पाएँ । गम्भीरमान त्यस्ता पात्र हुनुहुन्थ्यो, जसको भोगाइ कुनै एक दुखद नाटकका पात्रसँग मेल खान्छ । सानैमा मातृ वियोग, पछि पत्नी वियोग र त्यसपछि फेरि कान्छो छोराको निधन अनि राजनीतिक नेता बाबुको जेल चलानदेखि निसन्तान ठुलाबा –ठुली आमासँग बस्न गएको कुरा । स्कुलमा व्यवस्थित पढाइको अभावले परीक्षामा फेल भएर गाली खाएका घटनाहरु, अंग्रेजी शिक्षकको रुपमा जागिर थालेर अंग्रेजी शिक्षण तथा सिकाईमा ल्याएका क्रान्तिहरु अनि स्कुलको हेडमास्टर भएर त्यो स्कुललाई सफलताको शिखर चुमाएको विरासतसम्म सुन्दा उहाँ महान शिक्षा सेनानी हुनुहुन्थ्यो भन्दा कत्तिपनि अत्युक्ति हुँदैन । यसको अलवा उहाँ एक सिर्जनशील लेखक पनि हुनुहुन्थ्यो । उहाँका नेवारी, नेपाली र अंग्रेजी भाषामा लेखिएका प्रकाशित कृतिहरु बग्रेल्ति छन् ।

गम्भीरमान मास्के सरले नै मलाई डायरी लेख्न प्रेरित गर्नुभएको थियो । किताब पढ्ने संस्कार बसाल्नु भयो । उहाँका नाति–नातिनालाई ट्युसन पढाउने रोजगारी पनि मलाई दिनुभयो र पहिले विश्वनिकेतन र पछि सिद्धार्थ बनस्थलीमा पढाउन सिफारिस गरिदिनुभयो किनकि उहाँलाई बिहे गर्ने उमेरसम्म पनि केटाकेटीले आमा बुबासँग “पकेट मनी” मागेको मन पर्दैनथ्यो । पछि मेरो बिहेको लागि पनि उहाँले सहयोग गर्न खोज्नुभएको थियो । वास्तवमा उहाँले गर भनेका केही कामहरु मैले गरिनँ, विज्ञान विषय नपढ भन्नु हुन्थ्यो, सुरुमा विज्ञाननै पढेँ, उहाँले लगाईदिनु भएको जागिर छोडेँ र बिहे गर्न सुझाव दिनु भएको केटीसँग पनि संयोगबस विवाह गरिनँ । तर उहाँको मप्रतिको विश्वास रत्तिभर घटेन । सायद उहाँले अरु शिक्षार्थीलाई पनि कहिल्यै आफ्नो कुरा लाद्नु भएन । यही कारण उहाँ सबैको प्रिय गुरु बन्नुभयो ।

त्यो जमानामा पनि विद्यार्थीहरुलाई खुसी पारेर पढाउने अनि थोरै पैसा जम्मा हुनासाथ कुनै छात्रवृति स्थापना गर्ने उहाँको परोपकारी भावना स्तुतीयोग्य छ । अझ एउटा सामन्य स्कुललाई अनुकरणीय र गौरवमय शिक्षालयमा परिणत गर्नु अनि मन्जु अधिकारी र उहाँ जस्तै व्यवसायिक शिक्षक साथीहरुको मन जितेर सामुहिक जोस सिर्जना गर्ने खुवी गम्भीरमान सरमा भरपुर थियो । यही कारण उहाँ भौतिक रुपमा हामीमाझ नरहनु भएपनि मजस्ता हजारौ व्यक्तिका हृदयमा सदासदा बास गरिरहनु भएको छ ।

Facebook Comments
Eak
Comments (0)
Add Comment