गएको चैत्र तेस्रो साता रेडियो नेपालले ६९ औं स्थापना दिवस मनाइरहँदा स्नातकोत्तर प्रथम सेमेस्टरका मेरा विद्यार्थीलाई रेडियो नेपाल सुनिने फ्रिक्वेन्सी बारे सोद्धा अधिकांशले मिडियम वेभमा रेडियो अहिलेसम्म नसुनेको बताए । सुन्नेहरुले एफएम (फ्रिक्वेन्सी मोडुलेशन) को फ्रिक्वेन्सी बताए । वास्तवमा यो पुस्ताले मिडियम वेभमा रेडियो विरलै सुनेको होला । यो पुस्ताले रेडियोलाई माध्यमको रुपमा अपनाउँदा रेडियोको नयाँ प्रविधिको रुपमा एफएम रेडियो प्रसारण लोकप्रिय भइसकेको थियो । नेपालमा स्वतन्त्र रेडियो प्रसारण रजत उत्सव उन्मुख छ । तर अपेक्षित परिपक्वता हासिल गर्न थुप्रै काम हुनु आवश्यक छ ।
यस आलेखमा स्वतन्त्र रेडियो प्रसारणको नेपालको अनुभवको समिक्षा गर्दै अबको चिन्ता बारे चर्चा गरिएको छ । केही अभियन्ताको अग्रसरतामा नेपालमा २०५४ जेठदेखि रेडियो सगरमाथा बज्न थालेपछि प्रसारण क्षेत्रमा निजी क्षेत्रको उपस्थिति हस्तक्षेपकारी बन्दै आएको हो । तथापि रेडियोको संख्यात्मक बृद्धि एकातर्फ छ भने चुनौतिको श्रृंखला पनि उत्तिकै उचाइको छ ।
संख्या बढ्यो संस्था बनेनन्
प्रसारणमा निजी क्षेत्रको सहभागिताका लागि गरिएको संघर्षको नमिठो अनुभव एकातर्फ भएपनि संघर्षले सिर्जेको उदार नीति पछि बग्रेल्ती रेडियो स्टेशन खुल्दै आएका छन् । वि.सं. २०५० को दशकको मध्यसम्म काठमाडौमा मात्रै रेडियो स्टेशनहरु सीमित रहे पनि अहिले लगभग सबै जिल्लामा छन् । अहिले एफएम रेडियोको इजाजत प्रदान गरिएको संख्या ९ सय नाघेको छ भने साढे ६ सयभन्दा धेरै स्टेशन प्रसारणमा आइसकेका छन् । तर पनि नेपालमा रेडियो प्रसारणको संस्थाकरण हुन सकेको छैन । कतिपय स्टेशन एक जना प्राविधिकको भरमा मात्रै चलेका छन्, जसले क्यासेट प्लेयर जस्तो लगातार गीत बजाउने वा आयातित सामग्रीको रिले प्रसारण मात्रै गरेका छन् ।
उत्ताउलो प्रस्तुति, भाषागत शुद्धतामा कमजोरी, नयाँ पुस्तालाई सम्बोधन गर्ने नाममा सामाजिक मूल्य–मान्यता विपरितका शैली, प्रस्तुति र विषयवस्तु पस्किन नाफामुखी रेडियो अगाडि छन् । यद्यपी नाफामुखी रेडियोको “ग्ल्यामरस” प्रसारण मनोरञ्जनका लागि विश्वभर लोकप्रिय मानिन्छ । युवा पुस्तालाई मात्र लक्षित गरी कार्यक्रम तर्जुमा गर्नु यिनीहरुको कमजोरी हो । लहड मै सिर्जना गरिएको सङ्गीत वा आयातित अन्य भाषाको सङ्गीत सहित सतही विषयवस्तु र प्रस्तोताको बाहुल्य रहनु यस्ता रेडियोको कमजोरी र चुनौति दुवै हो ।
शेयरकास्ट इनिसिएटिभ्सको मिडिया सर्वेक्षण रिपोर्ट २०१९ अनुसार रेडियो सुन्नेहरु भन्दा टेलिभिजन हेर्नेहरुको संख्या बढेको छ । रिपोर्ट भन्छ, “रेडियोको तुलनामा टेलिभिजनको प्रयोग बढ्नुको कारण हो – लोडसेडिङको अन्त्य, बढ्दो सहरीकरण र रेमिट्यान्स । वैदेशिक रोजगारीमा जाने नेपालीहरु रेडियोको सट्टा टेलिभिजन नै किन्न रुचाउँछन् । यो पनि टेलिभिजनको स्वामित्वले रेडियोलाई पछि पार्नुको एउटा महत्वपूर्ण कारण हो”।
रेडियोको संख्या दिनदिनै बढेपनि यिनीहरुको गुणस्तरमा बृद्धि हुन सकेको छैन । उदारवादी नीतिका कारण धेरैले मिडिया क्षेत्रमा लगानी गरेका त छन्, तर केही सीमित संस्थाले मात्रै समाजमा आशा छोडेका छन् । प्रमुख शहरहरुमा स्वयं रेडियो स्टेशन खोलेर वा भिन्न स्वामित्वका स्टेशनहरु नेटवर्कमा आबद्द भएर केन्द्रीकृत रेडियो सामग्री गाउँ गाउँसम्म पु¥याएका छन् । गाउँको रेडियो सामग्रीको पहुँच केन्द्रसम्म पु¥याउन सकिने सम्भावना उत्तिकै रहेपनि यो अभ्यास नेपालमा निकै कमजोर सावित भएको छ । नेटवर्क प्रसारणसँग जुध्नसक्ने क्षमता स्थानीय रेडियोहरुले राख्छन् या राख्दैनन्, समिक्षा गर्नुपर्ने बेला भएको छ । उदारवादी नीतिको एउटै मात्र जोखिम भनेको एकाधिकार हो । कुनै पनि व्यक्ति, समूह वा नेटवर्कमा आबद्ध हुनेहरुको प्रभाव न्यून गर्दै विविधताको संरक्षण गर्नुपर्ने अहिलेको चुनौति हो ।
मुलुकको सामाजिक, राजनीतिक वातावरणले सबै मूल्य मान्यतालाई प्रभाव पार्छ । द्वन्द्वको अवधिमा सुरु भएका नेपालका निजी रेडियोहरुले कतिपय प्रसङ्गमा परिपक्वता देखाउन नसकेपनि शान्ति प्रक्रियामा राम्रै भूमिका निर्वाह गरेका हुन् । तर अब स्मार्ट फोनको प्रयोगले रेडियो सुन्ने पुस्ता बदलिएको छ । पुस्तान्तरको यो समयमा रेडियो स्टेशनहरुले नविन र सिर्जनशील कार्यक्रम पस्कन सके उनीहरुको उपस्थिति प्रभावकारी बन्नेछ, अन्यथा क्रमशः निष्प्रभावी बन्दै जानेछ । किनभने इन्टरनेट प्रविधिले सामाजिक सञ्जाललाई खतरनाक खेलाडी बनाएको छ । सञ्चार माध्यमहरुको वितरण र विज्ञापनको आयमा सामाजिक सञ्जालले नियन्त्रण स्थापित गर्न थालेका छन् । आफ्नो कमाई न्यून हुँदा न्यूजप्रिन्टमा सहुलियत दिइएजस्तै रेडियो प्रसारकहरुले राज्यबाट सहुलियत अपेक्षा गर्नु अन्यथा नभएपनि स्वनिर्भर हुन सक्ने गरी बजारको हिस्सा लिन नसक्नु अर्को कमजोरी हो । यस अवस्थामा स्वतन्त्र रेडियो परनिर्भर हुने जोखिम थप फराकिलो बन्दै गएको छ । विज्ञापनको दवाव, नेटवर्कको केन्द्रीकृत सामग्रीको प्रभाव र अन्य (धार्मिक राजनीतिक एवं क्षेत्रीय) प्रभावमा रेडियो स्टेशनहरु बाँच्नुपर्ने जोखिम बढेको छ ।
स्वामित्व प्रभाव
कुनै पनि सञ्चार माध्यमको चर्चा गर्दा यसको स्वामित्वको आधारले धेरै नै प्रभाव पार्दछ । राष्ट्रिय प्रसारण ऐन २०४९ ले नेपालमा रेडियोको वर्गीकरण नगरेपनि अहिले नेपालमा प्रसारण गर्ने विषयवस्तुका आधारमा भन्दापनि स्वामित्व एवं लगानीका आधारमा मोटामोटी रुपमा सरकारी, सामुदायिक र व्यापारिक रेडियोको रुपमा वर्गीकरण गर्ने गरिएको छ ।
सरकारकै प्रत्यक्ष नियन्त्रण र निर्देशन रहेको रेडियो नेपाल होस् वा विषयगत रुपमा जनचेतना अभिवृद्धि गर्न ट्राफिक प्रहरीले सुरु गरेको रेडियो होस्, यिनीहरुलाई सरकारी नै मानिन्छ । सरकारी नीति तथा कार्यक्रमप्रति आलोचनात्मक बन्नसक्ने क्षमता यस्ता रेडियोहरुमा रहँदैन ।
यसको दुर्भाग्यपूर्ण पक्ष भनेको रेडियोको सबभन्दा महत्वपूर्ण तत्व स्थानीयता मर्दैछ । स्थानीय भाषा, गतिविधिको बाहुल्य हुनुपर्ने ठाउँमा नेटवर्क प्रसारणले केन्द्र हावी हुँदै गएको देखिन्छ । आञ्चलिक भाषा, भाका र शैली, लगानी आफ्नै क्षेत्रको हुँदा स्थानीयता सवल बनेको थियो । तर अहिले यो अवस्था धुमिल हुँदैछ ।
संस्थाको प्रकृति, प्रसारण उद्देश्य, सामग्री र सहभागिताका आधारमा एकथरि प्रसारकहरुले आफूलाई नाफा नकमाउने सामुदायिक रेडियोको रुपमा स्थापित गर्दै आइरहेका छन् । रेडियो सगरमाथाको प्रारम्भिक कालको उदाहरणीय प्रसारणसँगै यो अभियान विस्तारित हुँदै आएको हो । सामुदायिक रेडियो प्रसारण संघ अकोरावका अनुसार अनुमति पाएका ४ सयभन्दा धेरै सामुदायिक रेडियोहरु मध्ये ३ सय ५० प्रसारणमा छन् । रेडियो तरङ्ग विस्तारमा सामुदायिक रेडियोको उपस्थिति बाक्लो रहेपनि प्रसारण सामग्रीको विशिष्टता कायम गर्न नसक्नु कमजोरी हो । नाफा नकमाउने भन्नुको अर्थ बाँच्नकै लागि न्यूनतम आम्दानी नगर्नु भन्ने होइन । यसका लागि पनि प्रतिस्पर्धी बजार उनीहरुका लागि थप चुनौतिको विषय बनेको छ ।
अर्कोतर्फ नाफामुखी रेडियोहरुको संख्या पनि दामुदायिक कै हाराहारीमा छ । कुखुरापालक होस् वा हार्डवेयर पसलको मालिक, शहरी क्षेत्रको जग्गा कारोवारी होस् वा स्थानीय क्षेत्रमा राजनीति गर्ने व्यक्ति सबै रेडियोका मालिक बनेका छन् । आफ्नो व्यापार वा व्यवसायलाई विस्तार गर्न मिडियामाथि लगानी गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसबाट सञ्चार माध्यमको संख्या गणना गर्दा रोमाञ्चित लाग्ने परिस्थिति भएपनि उनीहरुको सेवा प्रवाह क्षमता खुम्चिदै गएको छ ।
रेडियो सामग्री
छ महिने परीक्षण प्रसारणपछि रेडियो नेपाल स्वामित्वको एफ.एम. काठमाडौको उद्घाटन गर्दा तत्कालीन सूचना तथा सञ्चार राज्यमन्त्री रामचन्द्र कुशवाहले एफएम भन्नुपर्नेमा एमएफ भनेको प्रसङ्ग प्रसारण क्षेत्रमा सुरुदेखि नै भाषा बिगार्ने विम्बका रुपमा अथ्र्याइदै आएको हो ।
उत्ताउलो प्रस्तुति, भाषागत शुद्धतामा कमजोरी, नयाँ पुस्तालाई सम्बोधन गर्ने नाममा सामाजिक मूल्य–मान्यता विपरितका शैली, प्रस्तुति र विषयवस्तु पस्किन नाफामुखी रेडियो अगाडि छन् । यद्यपी नाफामुखी रेडियोको “ग्ल्यामरस” प्रसारण मनोरञ्जनका लागि विश्वभर लोकप्रिय मानिन्छ । युवा पुस्तालाई मात्र लक्षित गरी कार्यक्रम तर्जुमा गर्नु यिनीहरुको कमजोरी हो । लहड मै सिर्जना गरिएको सङ्गीत वा आयातित अन्य भाषाको सङ्गीत सहित सतही विषयवस्तु र प्रस्तोताको बाहुल्य रहनु यस्ता रेडियोको कमजोरी र चुनौति दुवै हो । मनोरञ्जनका लागि सिर्जनशील कार्यक्रम तर्जुमा गर्न प्रसारकहरुले प्रस्तोतालाई प्रशिक्षित गर्नु आवश्यक छ भने कार्यक्रममा विविधता ल्याउन, नविनता एवं सिर्जनशील बनाउन कार्यक्रम उत्पादनमा लगानी बढाउनु जरुरी छ ।
नाफामुखी रेडियोको तुलनामा सामुदायिक प्रसारकका विषयवस्तु समुदाय केन्द्रित देखिए पनि नविनता र सिर्जनशीलतामा उनीहरुले पनि फड्को मार्न सकेका छैनन् । गीत सङ्गीतका कार्यक्रममा तुलनात्मक रुपमा भद्र सुनिएपनि समाचार र विज्ञापनका विषयवस्तु र प्रस्तुति ज्यादातर रुपमा दुवै खाले रेडियोमा यस्तैउस्तै छ ।
समाचार सेवामा नयाँ छलाङ्ग
वि.सं. २०५० को दशकको मध्यसम्म निजी क्षेत्रको प्रसारण नहुँदासम्म अन्तर्राष्ट्रिय समाचारका लागि भारतीय अखवार लिन न्यूरोड र बाङ्गेमुडा स्थित सन्देश गृहमा राम्रै भिड लाग्दथ्यो । रेडियोले अन्तर्राष्ट्रिय खवर अद्यावधिक गरेपछि क्रमशः भारतीय अखवारको बिक्री कम हुँदै गयो । अहिले शून्य प्रायः छ । यद्यपि यो अवस्था आउनुमा अन्य माध्यमको प्रभाव विस्तार एवं इन्टरनेटको पहुँच र प्रयोगमा बृद्धि हुँदै गएकाले पनि हो ।
समाचार बुलेटिनको संख्या धेरै हुनु, आवधिक अपडेट हरेक घन्टामा हुनु, ब्रेकिङ समाचारलाई नियमित बुलेटिन नपर्खिनु एवं समाचारलाई नै प्राथमिकतामा राख्नाले नयाँ छलाङ मारेको अवस्था देखिएको हो । निजी क्षेत्रका स्टेशनलाई समाचार प्रसारणको अनुमति नहुँदा पनि उनीहरुले जनचासोका खेलकुद गतिविधि वा स्थानीय गतिविधि पस्केर समाचारको स्थान तय गरिसकेका थिए । रेडियो सगरमाथाले हालचाल समाचार वुलेटिन र हाम्रो खाल्डो रेडियो पत्रिका मार्फत समाजका गतिविधि दिन्थ्यो भने कान्तिपुर एफएमले उपत्यकामा आज शिर्षकको बुलेटिनमा खेलकुदका गतिविधिलाई प्राथमिकता दिंदै अन्य स्थानीय गतिविधि दिने गर्दथ्यो । २०५८ श्रावणमा सर्वोच्च अदालतले प्रेसको संवैधानिक अधिकारको विस्तारित व्याख्या गरेपछि भने निजी क्षेत्रका रेडियोहरुले स्वच्छन्द रुपमा समाचार प्रसारण आरम्भ गरेका हुन् ।
सम्पादकीय जिम्मेवारी लिनुपर्ने कि नपर्ने?
नेपालका सबैजसो स्टेशनहरुले क्षेत्रगत रुपमा मुलधारे अखवारहरुका समाचार विहान सबेरैदेखि प्रसारण गर्दै आएका छन् । रेडियो पनि सञ्चालन गरिरहेका काठमाडौका ठूला मिडिया हाउसले आफ्नै अखवारको जिम्मेवारी बहन गर्नुबाहेक सम्पादकीय जिम्मेवारी लिने सबालमा अन्य रेडियो स्टेशन कमजोर धरातलमा गुज्रेका छन् । कान्तिपुर, अन्नपूर्ण र नागरिक दैनिकका मालिकले रेडियो पनि सञ्चालन गरिरहेका छन् ।
स्थानीयता मर्दै
झन्डै पाँच दशकसम्म रेडियो नेपालको एएम प्रसारणको एकाधिकार तोडेर निजी क्षेत्रबाट स्टेरियो ध्वनी सहित रेडियो प्रसारणमा आउँदा नेपाली प्रसारण क्षेत्रमा एक किसिमको क्रान्ति नै आएको थियो । तर अहिले संख्या बढ्दै जाँदा रेडियो कार्यक्रमको नेटवर्किङ बढेको छ । पहुँच पुगेकाले आफ्नै स्टेशनमार्फत देशका प्रमुख शहरमा प्रभाव विस्तार गरेका छन् भने अन्य कतिपय स्टेशन समूहमा आबद्ध भएर नेटवर्क प्रसारण गर्न उदत्त छन् । यसको दुर्भाग्यपूर्ण पक्ष भनेको रेडियोको सबभन्दा महत्वपूर्ण तत्व स्थानीयता मर्दैछ । स्थानीय भाषा, गतिविधिको बाहुल्य हुनुपर्ने ठाउँमा नेटवर्क प्रसारणले केन्द्र हावी हुँदै गएको देखिन्छ । आञ्चलिक भाषा, भाका र शैली, लगानी आफ्नै क्षेत्रको हुँदा स्थानीयता सवल बनेको थियो । तर अहिले यो अवस्था धुमिल हुँदैछ ।
वि.सं. २०५० को दशकको मध्यसम्म निजी क्षेत्रको प्रसारण नहुँदासम्म अन्तर्राष्ट्रिय समाचारका लागि भारतीय अखवार लिन न्यूरोड र बाङ्गेमुडा स्थित सन्देश गृहमा राम्रै भिड लाग्दथ्यो । रेडियोले अन्तर्राष्ट्रिय खवर अद्यावधिक गरेपछि क्रमशः भारतीय अखवारको बिक्री कम हुँदै गयो । अहिले शून्य प्रायः छ । यद्यपि यो अवस्था आउनुमा अन्य माध्यमको प्रभाव विस्तार एवं इन्टरनेटको पहुँच र प्रयोगमा बृद्धि हुँदै गएकाले पनि हो ।
पश्चिमा मुलुकमा पल हार्वे, ल्यारी किङ, होवार्ड स्टर्न, डोन इमुस जस्ता रेडियो टिप्पणीकर्ताहरु अन्तरवार्तामा आधारित कार्यक्रमहरुबाट चर्चित बनेजस्तो नेपालका रेडियो प्रसारणहरुबाट यस्ता व्यक्तित्व निर्माण हुनसकेको छैन । अस्थिर राजनीतिक माहोलका बीच नेपाली रेडियोमा बज्ने अधिकांश अन्तरवार्ताहरु हुर्मत लिने टोनमा प्रस्तुत हुने गरेका छन् । संरचनागत कमजोरी, पर्याप्त लगानीको अभाव एवं रेडियोका लगानीकर्ताको उद्देश्य सेवामुखी हुनु भन्दा अरु नै रहनुले हाम्रा रेडियोहरु सबल हुनसकेका छैनन् । तर सवारी साधनमा होस् वा कार्यस्थलमा होस् रेडियो अझै पनि सूचना मनोरञ्जनका लागि नेपाली समाजमा सस्तो माध्यम हो ।
अबको चिन्ता
थप सिर्जनशिलता सहित कार्यक्रममा विविधता नल्याउने हो भने रेडियो अब पुरानै शैलीमा बाँच्ने छैनन् । रेडियो नाटक जिउँदै छ कि छैन भन्ने अवस्थामा हामी आइपुगेका छौ । रेडियो कार्यक्रममा अन्य स्वरुप डकुमेन्ट्री, मोन्टाज रेडियो म्यागेजिन जस्ता ओजपूर्ण कार्यक्रम उत्पादन घट्दै गएको छ ।
अब रेडियो पत्रकारिता आवाजमा मात्र सिमित छैन । हेर्ने रेडियोको रुपमा नविनतम प्रविधि रेडियो स्टेशनहरुले प्रयोग गर्न थालेका छन्। एप्स, फेसवुक वा युट्यु लाइभ वा प्याकेजिङसँगै रेडियो अब ध्वनीमा मात्र सिमित छैन ।
यो माध्यम अपनाउन सजिलो भएकाले अझै पनि रेडियो सुन्नेहरुको संख्यामा कमि छैन । समाचार सुन्नेहरुका लागि ड्राइभ टाइम होस् वा घर वा कार्यक्षेत्रमा रेडियो माध्यम अझै अपरिहार्य छ ।
सामुदायिक वा व्यापारिक जुन प्रयोजनको वकालत गरेपनि रेडियो स्टेशन जति सजिलै स्थापना भए, संस्थागत हुन सकिरहेका छैनन् । जनशक्ति उत्पादन एवं व्यवस्थापन, गुणस्तरीय कार्यक्रमका लागि लगानी र उत्पादन कमजोर हुँदै गएको छ ।
अर्कोतर्फ अहिले रेडियोको स्वामित्वलाई लिएर नीतिगत बहस जारी छ । बहुस्वामित्व प्रणालीलाई कसरी व्यवस्थापन गर्ने ? सानो लगानीका स्टेशनलाई कसरी जनमुखी बनाउँदै बचाउने ? यस्ता कार्यक्रमिक तथा नीतिगत बहस फराकिलो बनाउनु आजको प्रमुख आवश्यकता हो ।