लोकतन्त्र र गणतन्त्र दुवैले आम नागरिकलाई प्रतिनिधिमूलक शासन व्वयस्थाको सुनिश्चिता गरेको हुन्छ । नागरिकले आफ्रनो सुशासन र संरक्षणका लागि निर्वाचनबाट प्रतिनिधि चुन्छन । कुनै पनि राष्ट्रका आम नागरिकले निर्वाचन मार्फत आफ्ना प्रतिनिधि चुनेका हुन्छन ।
गणतन्त्रमा केही सर्वमान्य आधारभूत कानूनले जनताका निश्चित अधिकारको ग्यारेन्टी गरेको हुन्छ । तिनमा फेरबदल गर्न सकिन्न । जन प्रतिनिधिहरुलाई पनि यो अधिकार दिइएको हुँदैन । तर लोकतन्त्रले प्रतिनिधिमूलक संस्थाको निमार्ण गर्छ । बहुमतलाई मतका आधारमा असिमिति निर्णय गर्ने अधिकार दिइएको हुन्छ ।
संयुक्त राज्य अमेरिकामा जस्तो आधुनिक युगमा प्रवेश गरेका देशहरुमा विद्यमान शासन व्यवस्था न त लोकतान्त्रिक हुन, न गणतान्त्रिक नै । जानकारहरु यसलाई वर्ण–संकर (hybrid) लोकतान्त्रिक गणतन्त्र भन्ने गर्छन ।
लोकतन्त्र र गणतन्त्र वीचको मूलभूत फरक भनेको एउटामा आम मान्छे आफ्ना लागि कानुन बनाउने प्रक्रियामा आफैं सक्रिय सहभागि हुन्छन भने अर्कोमा उसले त्यसका लागि निर्वाचन प्रक्रियाबाट प्रतिनिधि चुनेर पठाउँछ ।
प्रजातन्त्रलाई व्याख्या गर्ने क्रममा अमेरिकी पूर्व राष्ट्रपति तथा प्रजातन्त्रका व्याख्याता जेम्स मेडिसनले लोकतन्त्र र गणतन्त्रको फरक यसरी गरेका छनः
“लोकतन्त्रमा नागरिक आफैं सरकार संचालन प्रक्रियामा प्रत्यक्ष संलग्न हुन्छन भने गणतन्त्रमा आम नागरकिले यसका लागि आफ्ना प्रतिनिधि चुनेर पठाउँछन । तसर्थ, लोकतन्त्रमा निर्णय प्रक्रियामा मानिसहरु सानो तहमा मात्र सामेल हुन्छन भने गणतन्त्रमामा यसको घेरालाई बृहत बनाइएको छ ।
तर प्रतिनिधिमुलक लोकतन्त्रमा निर्वाचनको अधिकार सुरक्षा, कानूनी राज्यको ग्यारेण्टी, कार्यन्यवन र निर्णयको अधिकार निर्वाचित प्रतिनिधिलाई सुनश्चित गरिएको हुन्छ । मेरो विचारमा यो नै आम नागरकिका लागि फलदायी व्यवस्था हो ।”
गणतन्त्रको मुख्य विशेषता भनेकै यो व्यवस्थाले अल्पमतको अधिकारलाई संविधान मार्फत सुनिश्चित गर्छ । संविधानमा विभिन्न आवश्यक कानूनी प्रावधानहरु राखेर बहुमतले अल्पमतलाई अवहेलना गर्न सक्ने सम्भावनालाई कानूनत निर्मुल गर्न खोजेको हुन्छ । यस्तो अवस्था आउँदा अन्तिम न्यायको टुंगो लगाउने जिमेवारी सर्वोच्चा अदालत वा संघीय उच्च अदालतलाई दिइएको हुन्छ ।
Source: Thought Co.