आज म गणतन्त्र प्राप्तिको गौरवशाली स्मृति यहाँहरु समक्ष सङ्क्षेपमा राख्न चाहन्छु । जनताको वलिदानपूर्ण संघर्ष, र जनताकै आकांक्षाअनुरुप वंशाणुगत उत्तराधिकारको तन्त्रलाई तोडेर ११ वर्ष अघि आजकै दिन जननिर्वाचित संविधानसभाले गणतन्त्रको घोषणा गरेको थियो ।
यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु । साथै, गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति आदरका साथ श्रद्धार्पण गर्न चाहन्छु ।
गणतन्त्रात्मक परम्परा हाम्रो आफ्नै स्वस्थ्य प्रतिस्पर्धाको परम्परा हो । हाम्रो गौरवपूर्ण परम्परालाई एकैछिन सम्झने कोसिस गरौं त, रजौटाकालीन समयमा पनि गणतन्त्रात्मक विधिबाट रजौटा छानिन्थे । दौडमा प्रतिस्पर्धा गरेर भए पनि जीत हासिल गरेरै राजा हुने प्रचलन त्यसैको उदाहरण थियो । पछि विना प्रतिस्पर्धा अस्वस्थ्य र हिंसाको बाटो अवलम्वन गरी राज्य सत्ता प्राप्त गर्ने चलन सुरु भयो । अनि, सत्ता भनेको जालझेल, षडयन्त्र, हिंसा र हत्या मात्रै हो भन्ने भान पार्न खोजियो । गलत मूल्य मान्यताहरुबाट देशलाई अगाडि बढाउने दुष्प्रयास हुँदै गयो ।
गणराज्यहरुबाट सुरु भएको हाम्रो मुलुकको गौरवपूर्ण इतिहास प्राचीन सभ्यता, स्वतन्त्रता र उच्च मूल्यहरुद्वारा अनुप्राणित छ । जन्मसिद्ध श्रेष्ठताको पराधीन मानसिकता हाम्रो गौरवपूर्ण संस्कृति हुनै सक्दैन । जन्मसिद्ध श्रेष्ठताको भ्रमपूर्ण कथ्य कुनै तर्क, तथ्य र वैज्ञानिक सत्यतामा आधारित छैन ।
त्यसैले नेपालको गणतन्त्र नेपालीको महान उपलब्धि हो, जनताको संघर्ष र वलिदानको प्रतिफल हो ।
गणतन्त्र – गणहरु, सर्वसाधारणको शासन व्यवस्था ।
गणतन्त्र – जनताका प्रतिनिधिहरुले जनताकै अभिमतमा आधारित भएर शासन गर्ने उच्चतम लोकतान्त्रिक प्रणाली ।
गणतन्त्र – जनताका सन्तान मुलुकको सर्वोच्च प्रतिनिधि, राष्ट्राध्यक्ष बन्न पाउने प्रणाली ।
गणतन्त्र – जनताले रुचाएको र जनताले रोजेको व्यक्तिबाट मुलुकको शासन व्यवस्था सञ्चालन हुने प्रणाली ।
अर्थात गणतन्त्र नै वास्तविक अर्थमा जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली र परिपाटी हो ।
२०६५ सालमा आजकै दिन नेपालमा जनताले गणतन्त्र स्थापना गरे–राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरे । जन्मजात श्रेष्ठताको प्रणालीको अन्त्य गरे । जुन प्रणाली, नेपालमा सयौं वर्षसम्म चलेको थियो ।
तर, हाम्रो इतिहासमा राजा भनेर चिनिने प्राचीन कालका अगुवाहरु खासमा गणनायकहरु थिए । उनीहरु जनताबाट चुनिन्थे । उनीहरु पछिल्ला समयका जस्ता वंशाणुगत क्रममा शासन सत्तामा पुग्ने सामन्तवादका संरक्षक राजा थिएनन् ।
राम्रो काम गर्न नसके गणसभाले उनीहरुलाई हटाएर नयाँ व्यवस्था गथ्र्यो ।
विद्वताको गौरवशाली परम्परा भएको प्राचीन मिथिलामा महर्षीहरुले नायकत्व गर्थे । उनीहरुको सभामा दर्शन र संस्कृतिबारे शास्त्रार्थ हुन्थ्यो । महिलाहरुको उच्च स्थान थियो । गार्गी, मैत्रेयी र आरुणी जस्ता विदूषीहरु औंलो ठड्याएर ठूला विद्वानहरुलाई चुनौती दिने हैसियत राख्थे ।
प्राचीन शाक्य गणराज्यका शुद्धोधन यस्तै गणनायक थिए । सिद्धार्थ गौतम त्यही परिवारमा जन्मेका थिए ।
मानव जीवनका दुःख, पीडा, द्वन्द्व र अशान्तिको अन्त्यहीन शृङ्खला देखेर द्रवीभूत भएका सिद्धार्थ त्यस्तो कूचक्रको अन्त्य गर्न सुख सयल, पारिवारिक माया र स्नेह सबै त्यागेर ज्ञानको खोजीमा निस्केका थिए ।
चार सय एकसठ्ठी बर्ष अघि शाहबंशीय राजतन्त्र सुरु हुनुपूर्व, हरेक साल विजया दशमीको दिन हुने लिगलिगकोटको दौडमा जो जित्थ्यो, त्यही नै बर्षभरीका लागि राजा हुने परम्परा विद्यमान थियो ।
समय क्रममा हाम्रो यस्तो गौरव गर्न लायक इतिहासमा अनेकौं आरोह–अवरोह उत्पन्न भए । सङ्घले नायक चुन्ने र त्यही नायकले नेतृत्व गर्ने गणतान्त्रिक प्रणालीलाई समाप्त पारियो । बाहुबल, जालझेल र षडयन्त्रले भूमि र सत्ता कब्जा गर्ने अनि त्यसरी कब्जा गरेको भूमिलाई नियन्त्रणमा राख्दै आफ्ना सन्तान दरसन्तानलाई शासक बनाउने सामन्ती राजतन्त्रको शृङ्खला सुरु गरियो ।
मैले बारम्बार भन्दै आएको छु– गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । यी सँगसँगै अघि बढ्न पनि सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन । हाम्रा सम्पूर्ण पाइला सुशासन र विकासतर्फ अग्रसर छन् ।
आजको दिन त्यो श्रृँखलाको अन्त्य गरी आफ्नै मौलिक परम्पराअनुरुप जनताको शासन स्थापना गरिएको गौरवमय ऐतिहासिक दिन हो ।
तसर्थ गणतन्त्र दिवस जनताको दिवस हो । आम नेपालीको दिवस हो ।
गणतन्त्रात्मक परम्परा हाम्रो आफ्नै स्वस्थ्य प्रतिस्पर्धाको परम्परा हो । हाम्रो गौरवपूर्ण परम्परालाई एकैछिन सम्झने कोसिस गरौं त, रजौटाकालीन समयमा पनि गणतन्त्रात्मक विधिबाट रजौटा छानिन्थे । दौडमा प्रतिस्पर्धा गरेर भए पनि जीत हासिल गरेरै राजा हुने प्रचलन त्यसैको उदाहरण थियो । पछि विना प्रतिस्पर्धा अस्वस्थ्य र हिंसाको बाटो अवलम्वन गरी राज्य सत्ता प्राप्त गर्ने चलन सुरु भयो । अनि, सत्ता भनेको जालझेल, षडयन्त्र, हिंसा र हत्या मात्रै हो भन्ने भान पार्न खोजियो । गलत मूल्य मान्यताहरुबाट देशलाई अगाडि बढाउने दुष्प्रयास हुँदै गयो । त्यससँगै हाम्रो गणतन्त्रात्मक परिपाटीको अन्त्य भयो । तर जालझेल र षडयन्त्रले हाम्रो प्रतिस्पर्धात्मक परम्परालाई सधैंका लागि पराजित तुल्याउन सकेन । त्यो क्रमलाई हामीले तोडेरै छाड्यौं, गणतन्त्रको स्थापना ग¥यौं । नेपाल र नेपालीको अग्रगमनका लागि नयाँ युगलाई स्वागत ग¥यौं । त्यसैले गणतन्त्र दिवसलाई हामी उत्सव र चाडका रुपमा मनाइरहेका छौं ।
गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन हो । गणतन्त्र नेपाली जनताको ००७ सालभन्दा पहिलेदेखिको,१९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिन हो । वलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीत हो । शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र वहालीको संघर्षका पत्रपत्रमा समाहित छन् । लोकतान्त्रिक अधिकारबाट वञ्चित हुँदा पनि इश्वरीय देन यही हो भन्ने मानसिकताबाट जनता क्रमशः जागरुक हुँदै गएर वलिदानी भावनाका साथ अग्रसर भएपछि एक दिन आएको थियो, गणतन्त्रको निर्णायक मोड । तसर्थः हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धिहरु जनताको कठोर संघर्ष र बलिदानका उपज हुन् । यस्ता उपलब्धि हासिल गर्ने संघर्षका अनेक श्रृंखलामा हामीले जनताको अधिकार प्राप्ति, समाप्ति, पुनप्राप्ति जस्ता परिघटना बेहोरेका छौं ।
त्यसैले हरेक वर्ष गणतन्त्र दिवसले हामीलाई एउटा प्रगतिशील परम्पराको शुरुवात भएको दिनको स्मरण गराउँछ । आजको दिनले हामीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याउँदैछ, जन्मसिद्ध श्रेष्ठता गौरव गर्ने विषय हुँदै होइन् भन्ने बताउँदैछ । यो दिवसले हामीलाई गणतन्त्रको सार्थक अभ्यासप्रति सचेत हुन र आफूले निर्वाचित गरेको, आमजनताले निर्वाचित गरेको सर्वोच्च संस्थाको मर्यादामा सजग रहन पनि अ भिप्रेरित गर्दैछ । गणतन्त्रको मर्यादा, गणतान्त्रिक संस्थाहरुको मर्यादा, गणतान्त्रिक प्रकृयाको मर्यादा गर्न सिकाउँदैछ ।
गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताका लागि, जनताले नै निर्माण गरेका हुन् । जनताको अभिमतको धरातलमा खडा भएका यी संस्थाहरुको सम्मान हुँदा मात्रै जनताको सम्मान हुन्छ । जनताको पहुँच नभएका, कुलीनतन्त्रीय संस्थाका अघि नतमस्तक हुने तर आफ्ना लागि, आफ्नै प्रतिनिधिका रुपमा कायम भएको संस्थाको मानमर्दन हुने प्रकृतिका व्यवहार जायज, जनपक्षीय र लोकतान्त्रिक हुनै सक्दैन । त्यस्तो व्यवहार वास्तवमा जनता, जनताको वलिदान र अधिकारको अपमान हुन जान्छ । जनताले प्राप्त गरेका उपलब्धिहरुलाई अस्वीकार गर्ने र ती उपलब्धिहरुको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्र विरुद्धकै व्यवहार हुन जान्छ । गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न त्यसैले, गणतन्त्रका संस्था तथा अंगहरुको मर्यादा र सम्मान गरिनुपर्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले गणतन्त्रका सम्पूर्ण अवयवको प्रबन्ध गरेको छ । साथै, गणतन्त्रका सन्र्दभमा देखिएको जनताको लगातारको सजगता, रक्षाका निम्ति प्रतिबद्धता र कृयाशीलता पनि प्रसंशायोग्य छ । आज हामी जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा छौं । त्यसका लागि विकास, समृद्धि, सुशासन एवं स्थीरता हाम्रो गन्तव्य हो । गरिवी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्धको अभियान हाम्रो मूख्य ध्येय हो ।
विकासका लागि हाम्रो प्रस्थानविन्दू सवैलाई खाद्य व्यवस्था, सवैलाई आवास र कपडा, सवैलाई शिक्षा र सवैलाई स्वास्थ्य एवं सुरक्षा हो । यसै कारण मैले भन्दै आएको छु– गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै होइन, समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो । ‘सर्वजन हितायः सर्वजन सुखायः’हाम्रो गणतन्त्रको आत्मातत्व हो । त्यसैले जनताको अनुहार मलीन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं ।
मैले बारम्बार भन्दै आएको छु– गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । यी सँगसँगै अघि बढ्न पनि सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन । हाम्रा सम्पूर्ण पाइला सुशासन र विकासतर्फ अग्रसर छन् ।
विगत एक वर्षको अवधिमा हामीले सुशासन र विकासका लागि अवरोध पु¥याउने र आजको परिवेशमा असान्दर्भिक ठहरिएका कतिपय नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र खारेज समेत ग¥यौं । त्यही आधारमा आज सुशासन र विकाससम्बन्धी हाम्रा समग्र कदमहरु परिलक्षित छन् । सुशासन र विकासको स्पष्ट प्रतिवद्धता सहित सरकारको नीति तथा कार्यक्रम भर्खरै संसदले पारित गरेको छ । आगामी वर्षको हाम्रो गन्तव्य त्यसमा परिलक्षित छ । समृद्ध नेपाल–सुखी नेपालीको गन्तव्यमा अघि बढ्ने दृढ इच्छाशक्ति भएको प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार मुलुकमा छ । सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहमा जननिर्वाचित सरकारहरु कृयाशील छन् । यी सबै सरकारलाई एउटै लय र तालमा उक्त गन्तब्यतर्फ अग्रसर गराउनु हाम्रो दायित्व हो ।
छिमेक सम्बन्ध र अन्य मित्र राष्ट्र तथा संस्थाहरुसँगको हाम्रो कूटनीतिले आवश्यक स्रोत–साधन, सामथ्र्यको प्रयोग र सहकार्यमा थप अनुकूलता मिलेको छ । संविधान विपरित राष्ट्रिय अखण्डतामाथि चुनौति बनिरहेका शक्तिहरुलाई राष्ट्रिय मूल भावधारामा समाहित गर्ने काममा हामीले सफलता पाएका छौं । हिंसा र अस्थिरताको पक्षपोषण गर्ने शक्तिहरु छटपाटाएका छन्, नियन्त्रित हुँदैछन् ।
गणतन्त्रलाई जनताको जीवनस्तर उकास्ने काममा अनुदित गर्न हामीले रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रम ल्याएका छौं र उत्पादन वृद्धिमा जोड दिएका छौं । उपभोग्य वस्तुमा आत्मनिर्भरता बढाउने प्रकृतिको विकासलाई प्राथमिकतामा राखेका छौं । आमजनताको कष्ट निराकरण गर्ने दिशामा परिलक्षित विकासका आयोजनाहरु तीब्र गतिमा अघि बढेका छन् ।
विकासका लागि हाम्रो प्रस्थानविन्दू सवैलाई खाद्य व्यवस्था, सवैलाई आवास र कपडा, सवैलाई शिक्षा र सवैलाई स्वास्थ्य एवं सुरक्षा हो । यसै कारण मैले भन्दै आएको छु– गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै होइन, समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो । ‘सर्वजन हितायः सर्वजन सुखायः’हाम्रो गणतन्त्रको आत्मातत्व हो । त्यसैले जनताको अनुहार मलीन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं ।
यस संकल्पलाई सार्थक बनाउने मेरो दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र, व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ । हाम्रो साझा कर्तव्य पूरा गर्न अग्रसर हुन म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई गणतन्त्र दिवसका अवसरमा पुनः आह्वान गर्दछु ।
गणतन्त्र दिवस २०७६ को शुभकामना ।
(प्रधानमन्त्री केपी शर्मा ओलीले आज १२ औं गणतन्त्र दिवस २०७६ को अवसरमा काठमाडौंको टुडिखेल गर्नुभएको सम्वोधनको पूर्ण पाठ)