बाको ब्यथा

लघुकथा

युबाहरुले निमारुखर्क गाउँ छाड्दा हाम्रा मीतबा सँधै चिन्तित देखिन्छन् l

(सोच्दा हुन्: अब खेती-बाली कसरी लाग्ने हो? मर्दा-पर्दा समस्या कसले सुल्झाउने हो?)

कान्छोले आफ्नो गन्तब्य राजधानीतर्फ तय गर्दा पनि बाले भनेका थिए रे :

“आफ्नो घर कहिल्यै भुल्न हुन्न है कान्छा: धेरै पढेर आफ्नो जन्म-थलो छिट्टै फर्केस् !”

(मीतबाले भने जसरी गाउँ नफर्के पनि प्रत्येक पटक विदेशबाट नेपाल आउँदा कान्छो मीतबा भेट्न आफ्नो जन्म थलो पुग्छ l)

***

हैन सुनसान पो छ त,को हुनु हुन्छ घरमा, खै ?

(आँगनको डिलैदेखि कान्छोले आफ्नो उपस्थितीको संकेत दिन्छ l)

***

“को हुनु नि, यो बुढेश कालमा !” (घरभित्रबाट मीतबाको मलिन आवाज आउँछl) “घर कुर्न एकजना भए पुगिहाल्दोर’छ l”

“अहो, कान्छो पो आएछ lअनि, को संग आएको त कान्छा, यति राती?” (तिमोरू शहर बस्ने मान्छे !)

एक्लै आ’को हो, बा l फेरी, आफ्नै गाउँघरमा आउन पनि समयको के चिन्ता ?

***

अनि बा…..मितिनी-आमा खोइ त?

“आ…बाबु पनि !

आमा त पोहोरै क्यानाडा गएकी हैन त … छोरा-बुहारीले बोलाएर ! सानो नाती जन्म्या’ख नि त उता…..

अनि, हो… त्यहि बच्चो अलि हुर्केपछि मात्रै फर्किनी रे, बुढीमाउ !”

****

भवतु सब्ब मंगलम्

Facebook Comments
Comments (0)
Add Comment