असल-मान्छे

लघुकथा

थरी दाइ काठमाडौँतिर काम गर्छन्। त्यसैले गाउँको घरमा बस्ने भनेको गौँथली भाउजु र साने मात्रै हो ।

(मसिनो स्वरमा गुन्गुनाउन थालेकी भाउजु आज अलि बढी नै च्याँठ्ठीईन्।)

आफ्नो बेलामा पढ्न पाइएन। त्यसैले घर-धन्दा र डोको-नाम्लोले कहिल्यै छाडेन। हैन हौयो सानेलाई पढ्पढ् भन्दै कत्ति कराउनु?  म त दिक्क भैसकेँभन्याँ । छाड्देपर्या’छैन अचार बनाउनछोरामान्छेले ।”

भाउजु थप्दै गईन् –
ऊ जिम्म्वालबाका नातिहरु जहिले पनि फस्ट् हुन्छन् रे । अनि त उनीहरुका खलकै ठुला मान्छे बनेका छन् नि l”
***

बनेबने – खुब ठुला बने। अनि उनका घरमा काम गर्ने कान्छी निआफ्ना जतिलाई बोर्डिङ्मा पठाएर त्यो हामीसँगै सरकारी स्कूलमा पढ्ने कल्पनालाई समेत सप्पै काम थोपार्छन् रे । त्यो कल्पना छ निजिम्म्वालको घरमा काम गर्न बस्ने दिदीकी छोरी – हो,  उनी स्कूलमा हमेशा आधा घण्टा ढिला आइपुग्छिन् ।”

(यसैगरी आफ्नी आमालाई मनको कुरो प्रस्ट्याउँदै थियोसाने।)

थपक्क आइपुगे यसैबेला थरी दाइ 

*****
हैन के को गन्थन होआमा छोराको?”
***
बाबा आइपुग्नुभो !”
(यसरी खबरै नगरी टुप्लुक्क पिताजी घर आइपुग्नु भएको देखेर साने धेरै खुशी भयो।)

केही हैन बाबायस्सो आमालाई अचार बनाउन सघाउन लागेको l”

साने आफ्नो कुरो राख्दै गयो।

अनि छ नि आमाकल्पनाले भन्याउसकी मम्मी त्यो घरमा काम गर्ने मान्छे रे। त्यहाँ टिक्नलाई साह्रै दु:ख छ रे। त्यसैले कल्पनालाई सँधै जसो आफ्नी मम्मीको काम सघाउँन मनपर्छ रे । यसो गर्दा धेरै नयाँ कुरा पनि सिकिन्छ रे । उसैको कुरा सुनेर मैले पनि तपाइँलाई काम सघाउन थालेको हो । चाल पाउनु भोअनि बाबाले पनि त मिट्ठो अचार बनाउनु हुन्छ नि ! मैले आफ्नो स्कूलको काम सिध्ध्याएरै फुर्सदमा तपाइँलाई सहयोग गरेको हो। ए साँचीहाम्रो हेडसरले पनि भन्नुभाथ्योचौबिसै घण्टा किताब समातेर बस्ने विद्यार्थी होस् अथवा नानाथरी गफ चुटेर समय,  तलब र भत्ता पचाउने ठुला मान्छेहरु भन्दा परिवार र समाजमा एक-अर्कालाई सहयोग गर्न समेत समय निकाल्न सक्ने मान्छे धेरै असलहुन्छन् रे ।”

***
(आफ्नो बाह्रबर्षे सानेको यस्तो बात सुनेर थरी दाइले कुरोको बिट मारे)

हो निधेरैलाई छुट्याउन गाह्रो भाको ठुला मान्छे र असल मान्छेको फरक हाम्रो सानेले पो सजिलै बुझेछ
लौखोल अब यो बिस्कुटको पाकेट।”

*** भवतु सब्ब मङ्गलम् ***

Facebook Comments
Comments (0)
Add Comment