(२०५२ सालको हिउँदमा सरस्वती पूजाका दिनदेखि निकै सशक्त ब्रोडसिट दैनिक श्रीसगरमाथा र एभरेष्ट हेराल्ड सूर्य प्रकाशन प्रालिको ब्यानरबाट प्रकाशन हुन थाले । यिनले छोटै समयमा लोकप्रियता पनि हासिल गरे । तर, सूर्य प्रकाशन प्रालिले श्रमजीवी पत्रकार र कर्मचारीलाई तलब भने दिन गाह्रो मान्न थाल्यो । एक महिना, दुई महिना, तीन महिना हुँदै कामका महिना मर्दै गए, तर ज्याला दिनै एकै महिना आएन। आज पनि यस्तो अवस्था अधिकांश सञ्चारगृहमा छ । बरु झन् बढी छ । त्यो परिस्थितिमा व्यवस्थापन पक्ष (लगानीकर्ता, सञ्चालक आदि) सँग एउटा सामूहिक बैठक राखियो। अति भएपछि सहन नसकेर त्यहीँ कार्यरत पत्रकार गोविन्द पोखरेलले एउटा कविता लेखेर ल्याउनुभएको रहेछ। त्यो कविता उहाँले लामो समयदेखि तलबको महिना नमरेका पत्रकार, कर्मचारी र मालिक वर्गको खचाखच उपस्थितिमा बडो जोडदार शैलीमा बाचन गर्ननुभयो। त्यसपछि बिस्तारै निकै गाह्रो गरी तलबको महिना मर्यो। त्यो ऐतिहासिक कविता श्रमजीवीका पक्षमा थियो। २०५३ सालमा उहाँले बाचन गरेपछि त्यो कविता त्यत्तिकै थन्केको अवस्थामा थियो। आज पनि न्यूनतम पारिश्रमिक, कामको महिना मरे पनि तलबको महिना हत्तपत्त नमर्ने अवस्था विकराल नै छ । अतः आाज पनि उत्तिकै सान्दर्भिक शार्दूल विक्रीडित छन्दमा रहेको त्यो कविता श्रमिक दिवसकोअवसर पारेर परिसंवाद डट कम-सम्पादकीय डेस्कले प्रकाशन गर्ने निधो गरी विद्वान पाठकहरूमाझ ल्याएको छ। आगे यहाँहरूकै मर्जी – सम्पादक )
Facebook Comments