श्रीलङ्का बिष्फोट: ३२१ को मृत्यु, आइएसले लियो जिम्मेवारी

पाँच सय बढी घाइते, सामुहिक अन्त्येष्टि

काठमाडौँ । श्रीलङ्काको राजधानी कोलोम्बोमा भएका बम बिष्फोटबाट मर्नेको संख्या मङ्गलबार साँझसम्ममा ३२१ पुगेको बीबीसीले जनाएको छ । हिजो बेलुकासम्म यो संख्या २९० थिय‍ो। बिष्फोटबाट मर्नेको संख्या दैनिक बढिरहेक‍ो छ।

समाचारहरूमा जनाइएअनुसार, बिष्फोटको जिम्मा अतिवादी मुस्ललिम समूह आइएसले लिएको छ ।

आइतबार बिहान राजधानी कोलोम्बो र आसपासका होटल तथा चर्चमा आधा दर्जन जति बिस्फोट गराइएका थिए। विष्फोटमा परी घाइते हुनेको संख्या ५०० नाघेको छ।

श्रीलङ्का सरकारले देशभरि कर्फ्यू लगाउनुका साथै आपत्काल लगाएको छ।

आइतबार बिहान विदेशी बस्ने पाँच तारे होटल र इस्टर सन्डे मनाउन चर्चमा भेला भएका क्रिश्चियन धर्मालम्बीहरूलाई लक्षित गरी बिस्फोट गराइएको थियो।

अवसानपछि द्वन्द्व सकिएको ठानिएको एक दशकपछि पुनः श्रीलङ्कामा ठूलो हताहतीका साथ अशान्ति देखा परेकोमा विश्वभर चिन्ता प्रकट गर्नुका साथै यो विष्फोटको निन्दा भएको छ ।

यसैबीच नेपालले श्रीलङ्काका घटनाको सन्दर्भमा आतंकवादका कुनै पनि रूपको निन्दा गर्ने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बिस्फोटका घटनाको भर्त्सना गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

श्रीलंकामा भएको शृखंलावद्ध बिस्फोटको विश्व समुदायले निन्दा र भर्त्सना गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,चिनीयाँ राष्ट्रपति सि जिन पिङ लगायतका विश्व नेताहरूले श्रीलङ्कामा भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन् ।

Facebook Comments
Comments (0)
Add Comment