विपद्पछिको व्यवस्थापनमा मिडियाको भूमिका

विषद्‍मा मिडिया बहस

विपद्पछिको व्यवस्थापनको निश्चित् चक्र हुन्छ । उद्दार, उपचार, राहत, टेन्ट÷त्रिपाल, अस्थायी आवास र स्थायी आवास । यो चक्रमा काम प्रभावकारी हुन सक्छ कि सक्दैन भन्ने विपद् व्यवस्थापनमा राज्य र गैरराज्य पक्षको क्षमता कति छ र विपद् न्यूनीकरणका लागि पूर्व तयारी कस्तो गरिएको छ, त्यसमा भर पर्छ । विपद्का बेला अर्काे महत्वपूर्ण पक्ष भनेको सूचना तथा विचारको प्रवाह हो । यदि विपद् व्यवस्थापनको चक्रलाई बुझिएन र क्षमता आंकलन नगरी सूचना तथा विचार प्रवाह गर्दै शतप्रतिशत नतिजा खोजियो भने त्यसले जनतालाई दिग्भ्रम पार्ने मात्र नभइ पुनस्र्थापना र पुनर्निर्माणमा समेत असर पु¥याउँछ । यस आलेखमा भूकम्प, बाढी पहिरो, हावाहुरी लगायतका विपद्पछि मिडियामा देखा परेका केही प्रवृतिलाई केलाउने प्रयास गरिएको छ ।

विपद्लाई मूलत ः प्राकृतिक र मानव सिर्जितका रुपमा हेर्ने गरिन्छ । भूकम्प, बाढी पहिरो, आँधी, खडेरी, ज्वालामुखी लगायतलाई प्राकृतिक र आगलागी, विस्फोट, चुहावट, दुर्घटना, प्रदुषण लगायतलाई मानव सिर्जित विपद्का रुपमा लिने गरिन्छ । कुनै बेला मानव सिर्जित कमजोर संरचनाका कारण प्राकृतिक विपद्ले धेरै क्षति पु¥याउँछ ।

दुवै खालका विपद्मा सही सूचना तथा विचार अत्यावश्यक हुन्छ । इन्टरन्यूजद्वारा २०७२ सालमा प्रकाशित ह्युमेनिटेरियन रिपोर्टिङ इन पाकिस्तान ः जर्नलिसट्स ह्याण्डबुकको नेपालीकरणमा ‘सूचना सही भयो भने मानिसलाई के कुरा चाहिएको छ र ती कुरा कसरी पु¥याउने भन्ने थाहा हुन्छ । गलत सूचनाका आधारमा गरिएका मानवतावादी हस्तक्षेप गलत र खतरनाक हुन सक्छन्’ उल्लेख गरिएको छ । सञ्चारविज्ञ रामकृष्ण रेग्मीले पूर्वाग्रही वा गलत सूचना तथा विचार स्रम्पेषण गर्नु भनेको विष वितरण गरे सरह हुने टिप्पणी गर्नु भएको छ । पत्रकारिताका प्राध्यापक पी. खरेलले जस्ले जे भन्यो र बोल्यो, त्यसलाई ख्यालै नगरी महत्वका साथ समाचार बनाउनुलाई ‘फिकदानी’ पत्रकारिताको संज्ञा दिने गर्नु भएको छ ।

नेपालमा पत्रिका, रेडियो, टिभी र अनलाइनको आ–आफ्नै महत्व र भूमिका छ । तिनका पनि विभिन्न प्रकार छन् । लगानी, जनशक्ति, पहुँच, क्षमता, उद्देश्यमा पनि विविधता छ । विपद्का घटनालाई भने अधिकांश मिडियाले प्राथमिकता दिने गरेको पाइन्छ । विपद्का बेला नेपाली मिडियाको समाचार र विचारलाई केलाउँदा सकारात्मक र कमजोर दुवै पक्ष पाइन्छ ।

मिडियाका सबल पक्षहरु

नेपाली मिडियाको सबैभन्दा राम्रो पक्ष भनेको सूचना प्रवाह गर्नु हो । विपद्को घटना भएको जानकारी साथ त्यसको सूचना प्रवाह गर्ने र सोधी खोजी गर्ने मात्रा व्यापक भएको पाइन्छ । सही सूचनाले गर्दा संकटमा फसेकालाई उद्दार, घाइतेको उपचार गरी ज्यान जोगाउन भौतिक संरचनाको संरक्षण गर्न समेत सहयोग पुग्छ । यस अतिरिक्त विपद्पछिको अवस्था र विपद्लाई सामना गर्न सरकारी तथा गैरसरकारी पक्षबाट गरिएका प्रयासबारे थाहा हुन सक्छ । र, ती प्रयासको फाइदा पीडितले लिन सक्छन् । त्यस अतिरिक्त सम्भावित जोखिम र खतराबारे जानकारी गराउन र अफवाहहरुलाई घटना समेत मिडियाको भूमिका रहेको पाइन्छ । विपद्का बेला केन्द्रदेखि तलसम्मका सबै संरचना परिचालन गर्ने र दिनरात सूचना संकलन तथा प्रवाहमा केन्द्रित भएको देखिन्छ ।

नेपालमा पत्रिका, रेडियो, टिभी र अनलाइनको आ–आफ्नै महत्व र भूमिका छ । तिनका पनि विभिन्न प्रकार छन् । लगानी, जनशक्ति, पहुँच, क्षमता, उद्देश्यमा पनि विविधता छ । विपद्का घटनालाई भने अधिकांश मिडियाले प्राथमिकता दिने गरेको पाइन्छ । विपद्का बेला नेपाली मिडियाको समाचार र विचारलाई केलाउँदा सकारात्मक र कमजोर दुवै पक्ष पाइन्छ ।

घटना भएको जानकारी पाउनासाथ फिल्ड रिपोर्टिङ प्राथमिकता दिनु मिडियाको राम्रो पक्ष हो । किनकि फिल्डमा पुगेपछि वास्तविक अवस्था बुझ्न सकिन्छ र त्यसबारे सही सूचना दिन र विश्लेषण गर्न सकिन्छ । साधन स्रोतले भ्याएसम्म र पहुँच भएसम्म विपद्का बेला मिडिया फिल्डमा जाने गरेका छन् । हिडेर, गाडीमा र कतिपय बेला त हेलिकप्टरको प्रयोग समेत गरेको पाइन्छ । सुगममा मात्र होइन, ज्यानकै जोखिम मोलेर दुर्गम भेगमा समेत पत्रकार पुग्ने गरेका छन् । उद्दार, राहत र घाइतेको उपचारका लागि मात्र नभए पुनस्र्थापना र पुनर्निर्माणमा समेत सहयोग पु¥याएका छन्, जसलाई अति नै सह्रानीय पक्षका रुपमा लिन सकिन्छ । मिडियाले उद्दार, राहत, पुनर्निर्माण लगायतका कार्यहरु छिटो र राम्रोसँग गर्नुपर्छ भन्नेमा पनि दबाब सिर्जना गरेको पाइन्छ । सन् २०१८ मा मैले गरेको नेपालमा भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी मिडिया कभरेज सम्बन्धी अनुसन्धानले ५६ प्रतिशत साम्रग्रीमा ‘पोजेटिभ टोन’ भएको र निजीको भन्दा सरकारी मिडियामा मात्रा बढी भएको देखाएको थियो ।

विपद्का बेला मिडिया सबैको साझा थलो पनि बन्ने गरेको छ । विपद्बाट प्रभावित, स्थानीय समुदाय, नागरिक समाज, राजनीतिक दल, सरकार, विभिन्न समूहहरु, गैरसरकारी संघसंस्थाहरु लगायतका साझा चौतारी जस्तै भएको पाइन्छ । मिडियाहरु धेरै छन् । त्यसैले आफूसँग भएका सूचना दिन र लागेका कुरा भन्न धेरैलाई सहज भएको छ । राम्रा÷नराम्रा कुरा निर्धक्कसँग भन्ने गरेको पाइन्छ । सेन्टर फर इन्नोभेसन एण्ड लर्निङका कार्यकारी निर्देशिक मार्क पूर्व कार्यकारी निर्देशक मार्क फ्राहार्डले यसै सन्दर्भमा भनेका छन्–‘विपत्तिका बेलामा विपद्मा परेका मानिस र सहयोग पु¥याउने संस्थाकाबीचमा जति चाँडो दोहोरो प्रभावकारी संवाद कायम गर्न सकिन्छ, त्यति नै चाँडो विपद्मा परेका मानिस तङ्ग्रिीनका लागि सक्रिय रुपले लाग्छन्’ ।

संवाद र मन्थन गर्दै मुद्दाहरुलाई स्थापित गर्न सहयोग पु¥याउने गरेका छन् । जर्मन दर्शानिक एवं समाजशास्त्री युर्गेन हबर्मासले भन्ने गरेको ‘पब्लिक स्पेयर्स’का लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको देखिन्छ ।

मिडियाको अर्काे राम्रो काम भनेको घटनाको ‘फलो अप’ पनि हो । सिन्धुपाल्चोकोको जुरे पहिरो, भूकम्पको पुुनर्निर्माण, कोसी बाढी, सुर्खेतको बाढी, सिराहमा आगलागी, बारा र पर्सामा हावाहुरी लगायतको मिडियामा बेला बेलामा ‘फलो अप’ आउने गरेको छ । यसले वर्तमान अवस्था बुझन् सहयोग पु¥याउँछ ।

कमजोर पक्षहरु

विपद्बारे नेपालका अधिकांश मिडिया भौतिक र कार्यशैलीको पूर्व तयारीमा छैनन् । २०७२ सालको भूकम्पपछि सडकमा अपतकालिन स्टुडियो स्थापना गर्नु, चौरलाई कार्यालय बनाउनु र कतिपय मिडियाले प्रसारण समेत गर्न नसक्नुमा भौतिक तयारी नभएर नै हो ।

विपद्का बेला वैकल्पिक उपाय निकालेर जनतालाई सूचना दिनु प्रशंसनीय कार्य हो । तर, पूर्व तयारी गरेर भौतिक संरचनालाई बलियो बनाएको भए काम गर्न त्यति साह्रो असजिलो हुने थिएन । विपद्पछि कसरी रिपोर्टिङ गर्ने भन्नेबारे पनि धेरै मिडिया हाउस र पत्रकार स्पष्ट छैनन । सेन्टर फर मिडिया रिसर्च नेपालका कार्यक्रम प्रबन्धक तथा मिडिया अनुसन्धनकर्ता उज्वल प्रजापतिले सन् २०१६ गोरखा भूकम्पपछि मिडियाको भूमिकाबारे गरेको अनुसन्धानले आपत्कालमा कसरी काम गर्ने भन्नेबारे मिडियामा योजना नभएको र पत्रकारलाई पर्याप्त तालिमको व्यवस्था नभएको देखाएको थियो । अधिकांश मिडियामा सम्पादकीय नीति तथा निर्देशिका पनि लिखित रुपमा छैन । व्यवहारिक रुपमा जे हुँदै आएको थियो, त्यस्तै ढंगले अघि बढ्दा पत्रकारहरु तत्कालको संकटमा केन्द्रित हुने र योजनाबद्ध रुपमा जान सकेका छैनन । संकटका बेला के दिने, के नदिने, सूचनालाई कसरी प्रस्तुत गर्ने, दृश्यहरुलाई कसरी प्रस्तुत गर्ने, कस्ता विचारलाई प्राथमिकता दिने भन्नेमा प्रष्ट हुन सकेको अवस्था छैन । सामग्री प्रस्तुत गर्दा त्यसको प्रभाव के पर्न सक्छ, सन्देश के जान्छ भन्नेतर्फ पनि पर्याप्त ध्यान दिएको पाइदैन । त्यसैगरी विपद्लाई हेर्नका लागि युनिट नै तयार पार्ने र त्यसले नै विपद्को नेतृत्व गर्ने गरी पनि मिडिया हाउस अघि बढ्न सकेका छैनन । जसले गर्दा संकटको विवरण प्रस्तुत गर्ने तर त्यसका विविध पक्षलाई साङ्गो पाङगो पार्न सक्ने हैसियतमा मिडिया छैनन । सूचनालाई वहुस्रोतबाट क्रसचेक गर्ने, केही समय धैर्य गर्ने चलन पनि कैयौ पत्रकारमा देखिदैन । राज्यको संरचनालाई विश्वास नगर्ने, आफूले ‘क्रस चेक’ गर्न नसक्दा र सुनेका कुरामा भर पर्दा २०७२ सालको भूकम्पमा मात्र होइन, २०७५ साल चैत्रमा बारा पर्सामा हुरीबाट मृत्यु हुनेको संख्या केही मिडियामा वास्तविकता भन्दा फरक प¥यो । उद्दार, घाइते, राहत लगायतका क्षेत्रमा केही तथ्यांक फरक पर्नुलाई त्यति धेरै अन्यथा लिन नमिल्ला । तर मृत्यु हुनेको संख्यामा खेलवाड गर्ने घटनालाई सामान्य रुपमा लिन सकिदैन ।

विपद् व्यवस्थापनको चक्र तथा प्रक्रियाबारे पनि पत्रकारलाई पर्याप्त जानकारी छैन । भौतिक रुपले मात्र होइन, विपद्बाट प्रभावितहरुलाई मानसिक रुपमा समेत तयार पार्दै जानुपर्ने हुन्छ । यो प्रक्रियामा रहेर कति छिटो काम हुन सक्छ भन्ने कुरा विपद्को मात्रा कत्रो हो, त्यसलाई सामाना गर्ने क्षमता राज्य, समुदाय, विभिन्न संघसंस्थामा कति छ, त्यसमा निर्भर हुन्छ । त्यो कुरालाई पत्रकारले राम्रोसँग बुझ्न पर्ने हुन्छ । र, सोही अनुसार सूचनाको प्रवाह र विश्लेषण गर्नुपर्ने हुन्छ । विगतमा भएका विपद्हरु र तिनीहरुको व्यवस्थापनको पक्षलाई पनि केलाउनुपर्छ । तर, पत्रकारले त्यसतर्फ ध्यान दिएर थप अनुसन्धान गरेको कम पाइन्छ । विषयलाई पनि पत्रकारले राम्रोसँग बुझ्नुपर्ने हुन्छ । विपद्को क्षेत्रमा पत्रकारको क्षमतामाथि पनि बेला बेलामा प्रश्न उठ्ने गरेको छ । भूकम्पपछि बत्ती उपलब्ध गराउने नेपाल विद्युत प्राधिकरण, उद्दारमा जुट्ने प्रहरी र सेनालाई सलाम गर्ने तर सरकारले केही गर्न सकने भनेर केही पत्रकारहरुले यक्ष प्रश्न गरेका थिए । प्रश्न गरिरहँदा प्रश्नकर्तालाई सेना प्रहरी, निजामति सेवा सरकारी निकाय हुन् भन्ने हेक्का समेत थिएन । पूर्वाग्रही भएर मात्र भएर पत्रकारहरुले त्यसो गरेका होइनन् कि विषयवस्तुबारे ज्ञान नभएर र तयारी समेत त्यसो गरेका हुन् । भूकम्प पीडितलाई गृहमन्त्रालयले अस्थायी आवास निर्माणका लागि उपलब्ध गराउने १५ हजार रुपैयाँ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थायी आवास पुनर्निर्माण गर्नका लागि प्राविधिक सहायता सहित उपलब्ध गराउने २ लाख रुपौयाँ अनुदानबारे कैयौ पत्रकारले लामो समयसम्म मेसो पाउन सकेनन । सो क्षेत्रलाई विट बनाएर काम गरेका केही पत्रकारले राहत गृहमन्त्रालयले उपलब्ध गराउने हो भन्ने सामग्री तयार पारेपनि सम्पादन हुँदा प्राधिकरणले राहत उपलब्ध गराउन सकेन भनेर कैयौं पटक समाचार आए । पत्रकारहरुको यति कमजोर हुनुमा उनीहरुमात्र दोषी छैनन, पत्रकारको क्षमता अभिवृद्धि गर्न लागनी नगर्ने मिडिया सञ्चालक पनि उत्तिकै जिम्मेवार देखिन्छन् ।

अधिकांश मिडियामा सम्पादकीय नीति तथा निर्देशिका पनि लिखित रुपमा छैन । व्यवहारिक रुपमा जे हुँदै आएको थियो, त्यस्तै ढंगले अघि बढ्दा पत्रकारहरु तत्कालको संकटमा केन्द्रित हुने र योजनाबद्ध रुपमा जान सकेका छैनन । संकटका बेला के दिने, के नदिने, सूचनालाई कसरी प्रस्तुत गर्ने, दृश्यहरुलाई कसरी प्रस्तुत गर्ने, कस्ता विचारलाई प्राथमिकता दिने भन्नेमा प्रष्ट हुन सकेको अवस्था छैन ।

पत्रकारितामा बेला बेलामा भन्ने गरिन्छ , खराब समाचार नै राम्रो समाचार हो । यसको प्रभाव नेपाली मिडियामा राम्रोसँग परेको पाइन्छ । विपद्पछि उद्दार, राहत, उपचार, अस्थायी आवास, पुनर्निर्माण लगायतमा धेरै समस्याहरु हुन्छन् । पत्रकारले ती पक्षलाई उजगार गर्नुपर्छ । जसले समस्या समाधान गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, त्यसका अतिरिक्त राम्रा पक्षलाई पनि उत्तिकै स्थान दिनुपर्छ । यो पक्षमा पनि मिडिया चुकेको पाइन्छ । समस्यालाई उजगार गर्ने र राम्रा पक्षलाई वेवास्ता गर्दा पीडितहरुको अवस्था बेहाल भएको र व्यवस्थापनमा राज्यदेखि सबै पक्ष असफल भएको सन्देश जान सक्छ । कामै भएको छैन भने छ भनेर लेख्नुपर्छ भन्ने होइन, काम हुँदै गर्दा पनि कामै नभएको जसरी प्रस्तुत गर्दा काम गर्नेलाई न्याय हुन सक्दैन र थप काम गर्नलाई पनि प्रोत्साहन हुँदैन ।

यस्तै लोकतन्त्रमा मिडियाको भूमिका प्रतिपक्षी हुनुपर्छ भन्ने मान्यता छ । तर, विपद्का बेला मिडियाको प्रतिपक्षीको भूमिकालाई खोटमात्र देखाउने गरी बुझ्न हुँदैन । राम्रा कुरा त सरकारले आफ्नो मिडियामार्फत भन्छ, हामीले त समस्यालाई प्राथमिकता दिने हो भन्ने इटालियन माक्र्ससिस्ट एन्टोनियो ग्राम्सीको ‘थेयोरी अफ हेजेमोनी’ पनि नेपाली मिडियामा रहेको पाइन्छ ।

घटनालाई सामान्यीकरण गर्ने त मिडियोको रोग जस्तै हो । प्रतिनिधिमूलक केही घटना लिने र सबै ठाउँमा यस्तै हो भने जसरी पनि सूचना संप्रेषण गरेको पाइन्छ । विपद्का बेला के थियो, त्यसपछि के भयो, अघिल्लो दिनको तुलनामा अर्काे दिन के भयो त्यसको तुलना कमै गरेको पाइन्छ । मिडियाको भूमिकालाई लिएर वाल्टर लिपम्यानले गम्भीर प्रश्न उठाएका छन् । मिडियाका कारण फिल्डमा एउटा र पहुँच भन्दा बाहिर, प्रत्यक्ष रुपमा आफ्नै आखाँ अघि नभएको विषयमा आम जनतामा अर्काै छाप पर्ने गरेको उनको भनाइ छ । घटनालाई सामान्यीकरण गर्दा अमेरिकी लेखक वाल्टर लिपम्यानको भनाइ सही हुन पुग्छ । त्यसको माखेसाङ्लोमा नेपाली पत्रकारिता पनि परेको छ ।

विज्ञानका दार्शनिक कार्ल पप्परले तथ्यलाई पूर्वाग्रह भइ छनौट गर्न सकिन्छ भन्छन् । उनले भने झै पूर्वाग्रही हुने र आफूलाई चाहिए जति मात्र लिएर समाचार तयार पार्ने प्रवृति पनि मिडियामा देखिन्छ । कुनै व्यक्ति, संस्था, दल वा सरकार विशेषमाथि प्रश्न उठाउन नियतले पनि समाचार तयार पार्न प्रवृति छ । पत्रकारको रुची, क्षेत्र, वर्ग, राजनीतिक आवद्धता, सम्बन्ध, लालसा लगायतले पनि त्यसमा प्रभाव पार्ने गरेको पाइन्छ ।

पत्रकारको भौतिक सूरक्षाको पनि तयारी देखिदैन । र, ख्याल गरेको पाइदैन । बाढीको रिपोर्टिङ गर्दा सावधानी अपनाउन नसक्दा भारतको कस्मिरमा सन् २०१४ मा फोटो पत्रकार सापत सिद्धिकको ज्यान गयो । त्यस्ता घटनाबाट पाठ सिक्ने प्रयास गरेको पाइदैन । सिन्धुपाल्चोक जुरेमा पहिरो झेरर नदी थुनिदा बाँध जस्तो बन्यो । त्यही बाँधमाथि उभिएर केही टिभी पत्रकारले स्ट्यान्ड अप दिए । तत्कालका लागि हेर्दा त्यो पत्रकारको बाहादुरी थियो । तर, बाँध फुटेको भए दुघर्टनालाई टार्न कसैले पनि टार्न सक्दैन्थयो । धन्य रातमा बाँध फुटेकाले पत्रकारलाई केही भएन । यो सबैका लागि सुखद् कुरा हो । भूकम्प, बाढी पहिरो, आगलागी यस्ता घटनामा पत्रकारलाई कसरी सुरक्षित राख्ने भन्नेतर्फ पनि मिडियाले त्यति ध्यान दिएको पाइदैन ।

संवेदनशिलातालाई नबुझ्नु वा बुझ्न नसक्नु पनि मिडियाको अर्काे समस्या हो । पीडितलाई थप पीडा हुने गरी मिडियाले केही गर्न मिल्दैन । यसैगरी उद्दार र उपचारमा कुनै असर पर्ने कुने कार्य गर्न हुँदैन । तर, विपद्का बेला मर्ने बाँच्ने ठेगान नभएका र स्टेचरमा बोक्दै गरिएका घाइतेसँग बाइट वा कोट समेत पत्रकारले लिएका छन् । कतिपय बेला बढाइ चढाइ गर्ने, उत्तेजना फैलाउन सहयोग पुग्ने खालका सामग्री प्रस्तुत गर्ने, परस्पर विरोधी कुरा गर्ने, तथ्यमा नभै तर्कमा आधारित भएर विश्लेषण गर्ने, व्यक्तिगत अधिकारलाई वेवास्ता गर्ने, पीडितको महत्वाकांक्षा अति नै बढाइदिने, पीडितलाई पर निर्भर बनाउन सहयोग पु¥याउने लगायतका सामग्रीहरु पनि मिडियामा आउने गरेका छन् । त्यस्तै समाधानका पाटोलाई भन्दा समस्यालाई बल्झाउन उक्साउने खालका सामग्रीहरु पनि मिडियाका प्राथमिकतामा पर्ने गरेको पाइन्छ ।

मिडियामा समस्या थपिनुमा राज्यपक्ष सबैभन्दा जिम्मेवार छ किनकि राज्यले तत्काल एकीकृत सूचना प्रवाह गर्न सक्ने हैसियत राख्दैन । र, तत्काल व्यवस्थित सूचना दिनुपर्छ भन्ने मान्यतालाई स्वीकार समेत गर्दैन । अर्काे विपद्का बेला आमसञ्चार माध्यमलाई कसरी व्यवस्थित रुपमा सूचना प्रवाह उपलब्ध गराउने, उनीहरुको कसरी सहयोग लिने, उनीहरुसँग कसरी सहकार्य गर्नेतर्फ ध्यानै दिएको पाइदैन । मिडियालाई प्रतिपक्षीका रुपमा होइन, अघोषित सत्रुका रुपमा हेर्न प्रवृति सरकारहरुमा पाइन्छ । मिडियालाई चौथो अंगका रुपमा स्वीकार गरी उनीहरुले उठाएका विषयहरुबारे अध्ययन÷अनुसन्धान गर्ने, सम्बोधन गर्ने संयन्त्र तयार पार्ने र सोही अनुसार अघि बढ्ने उदाहरता निकै कम छ ।

तयारी छैन, कसरी बोल्ने, के बोल्ने के नबोल्ने भन्ने तयारी गरेको पाइदैन । घोषणा मात्र गर्ने, समयतालिका सार्वजनिक नगर्ने, सबैलाई परिचालन गर्न नसक्ने नसक्ने, आफूले तत्काल नगर्ने र अरुलाई पनि गर्न नदिने, तत्काल निर्णय नगर्ने, नीति र प्रक्रियालाई देखाएर तत्कालिक मुद्दालाई सम्बोधन नगर्ने, गर्न सक्ने काम समेत नगर्ने, जनतासँग भिजेर काम नगर्ने, जनतालाई अपिल नगर्ने, तथ्यांकहरु सही नराख्ने समस्या पनि छ । विपद्देखि पुनर्निर्माणसम्ममा सरकारले सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्नुपर्ने हो । तर, सरकारहरु नै विपद् व्यवस्थापन, पुनस्र्थापना तथा पुनर्निर्माणमा बाधकका रुपमा रहेजस्तो देखिदै आएका छन् ।

मिडियामा समस्या थपिनुमा राज्यपक्ष सबैभन्दा जिम्मेवार छ किनकि राज्यले तत्काल एकीकृत सूचना प्रवाह गर्न सक्ने हैसियत राख्दैन । र, तत्काल व्यवस्थित सूचना दिनुपर्छ भन्ने मान्यतालाई स्वीकार समेत गर्दैन । अर्काे विपद्का बेला आमसञ्चार माध्यमलाई कसरी व्यवस्थित रुपमा सूचना प्रवाह उपलब्ध गराउने, उनीहरुको कसरी सहयोग लिने, उनीहरुसँग कसरी सहकार्य गर्नेतर्फ ध्यानै दिएको पाइदैन ।

विपद्का बेला फिल्डमा मात्र होइन, नीतिगत क्षेत्रमा मिडियाले देखाएका समस्यालाई सम्बोधन गर्ने अवसरका रुपमा लिनुपर्छ । तर, लोकतान्त्रिक सरकारहरुले समेत मिडियाले समस्याहरुलाई बाहिर ल्याउनुलाई मिडियाले साथ दिएनन, नकारात्मक मात्र दिए, मिडिया स्वतन्त्रता बढी भयो, अराजकता बढ्यो भन्नुचाहिँ सबैभन्दा ठूलो विडम्बना हो । लोकतान्त्रिक अभ्यासबाट सत्तामा पुग्नेहरुमा अलोकतान्त्रिक चिन्तन र व्यवहार देखिनु र मिडियाहरु थप जफावदेही नभई सस्तो लोकप्रियता र व्यापारिक हिसाबले प्रस्तुत समेत भएको पाइन्छ ।

यसो गर्ने कि ?

विपद् न्यूनीकरण र व्यवस्थापनमा मिडिया र सरकारले आफ्नो कार्य शैली र भूमिकामा पुनर्विचार गर्न आवश्यक छ । मिडियाले आफ्ना भौतिक संरचनाहरुलाई बलियो र सुरक्षित पार्न जरुरी छ भने विपद्का बेला कसरी कार्य सम्पादन गर्ने त्यसबारे तयारी गर्न आवश्यक छ । भौतिक रुपमा सुरक्षित र स्पष्ट योजना सहित विपद्को रिपोर्टिङ गर्न सक्ने वातावरण मात्र विपद् व्यवस्थापनमात्र होइन, पुनस्र्थापना र पुनर्निर्माणमा समेत मिडिया र पत्रकारको ठूलो योगदान पुग्न सक्छ । आखिर व्यवस्थित पुनस्र्थापना र पुनर्निर्माण भए त्यसको सकारात्मक प्रभाव मिडिया उद्योगमा स्वत् पर्न जान्छ । यो तथ्यप्रति पनि मिडिया र पत्रकारले ख्याल गर्न आवश्यक छ । राहत, उद्दार र घाइतेहरुको उपचारका लागि जति हतार गर्दा पनि हुन्छ । किनकि एक सेकेण्डले पनि मान्छेको जीवन बचाउन सक्छ । तर, पुनस्र्थापना र पुनर्निर्माणका लागि ज्यादै हतार गर्नु हुँदैन र हतार गर्नका लागि प्रोत्साहन गर्न हुँदैन । यसको अर्थ पुनस्र्थापना र पुनर्निर्माण ढिला गर्दा पनि हुन्छ भन्ने कदापी होइन । व्यवस्थित र योजनाबद्ध रुपमा काम भएको छ कि छैन भनेर निगरानी गर्ने र गलत र ढिला गरे त्यसमा प्रश्न गर्न उठाउन मिडियाले कतिपनि ढिला गर्न हुँदैन । विपद् सम्बन्धी रिपोर्टिङ सम्बन्धी स्पष्ट नीति निर्देशिका बनाउने र जनशक्तिको क्षमता अभिवृद्धिका लागि पनि उत्तिकै ध्यान दिन जरुरी छ भने थप जवाफदेही हुन पनि आवश्यक छ ।

अलि ठूला विपद् व्यवस्थापनमा राज्य संयन्त्र सक्षम छदै छैन । विपद्लाई व्यवस्थापन गर्ने हो भने धेरै लगानी गरेर पूर्व तयारी गर्न जरुरी छ । यसका लागि केन्द्रदेखि स्थानीय तहलाई सक्षम पार्न जरुरी देखिन्छ । त्यस्तै गरी विभिन्न संघसंस्थासँग सहकार्यलाई बढाउनुपर्छ । विपद् अघि नै डिजीटाइजेसन गर्न आवश्यक छ ताकि विपद्का घटना भए तत्काल स्पष्ट तथ्यांक लिन सकियोस् र पीडितको पहिचान गरी राहत तथा पुनर्निर्माणमा कोही पनि नछुटुन । संकटका बेला कसरी व्यवस्थित रुपमा सूचना कसरी प्रवाह गर्ने र मिडियासँग कसरी सहकार्य गर्ने भन्नेबारे पनि बेलैमा अभ्यास गराउनुपर्ने देखिन्छ । विपद्का वेला कसरी रिपोर्टिङ गर्ने भन्ने बारे विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नुका साथै अध्ययन तथा अनुसन्धानकालाई समेत प्रोत्साहन गर्न आवश्यक देखिन्छ । लिपम्यानले भने जस्तै मिडिया स्वंय ‘म्यानुपुलेटिभ’ नहुने हो र फ्रेन्च दार्शनिक मिचेल फुकोले भने जस्तै राज्य ‘रिप्रेसिप पावर’बाट नभए ‘नर्मलाइजिङ पावर’बाट अघि बढ्ने हो भने विपद् व्यवस्थापन गर्ने सामथ्र्य बढ्न पुग्नेछ, जसले विपद्पछिको चक्र व्यवस्थिपम रुपमा पूरा गरी विपद्लाई अवसरका रुपमा बदल्न महत्वपूर्ण सहयोग पु¥याउन सक्छ ।

Facebook Comments
Comments (0)
Add Comment