पुस्तक लोकार्पण

Open Heart Open Mind

काठमाडौँ। डा. सरोज धितालले नेपाली भाषामा अनुवाद गर्नुभएको छोक्नी रिन्पोछेको पुस्तक ‘Open Heart Open Mind’ को आज यहाँ लोकार्पण गरिएको छ ।

आज विमोचित पुस्तकमा रिन्पोछेले आफ्नै जीवनका उदाहरणहरूका माध्यमले अध्यात्मका गूढ सूत्रहरू सजिलो गरी बुझाउनेे प्रयत्न गर्नुभएक‍ो छ। पुस्तकमा बौद्ध परम्परामा रहेका साधनाका विधि र प्रक्रियाहरूू समेत सरल किसिमले वर्णन गरिएका छन्।

समारोहका सहभागी वक्ताहरूले समग्रमा पुस्तक पठनीय रहेको टिप्पणी गरे ।

Facebook Comments
Comments (0)
Add Comment