कामदेखि रामबारे देवराज इन्द्र

 

तिम्रो जे इच्छा वत्स । यो के हामी त बैद्धनाथमा थियौँ, अहिले बद्रीनाथमा पौ छौँ । जेष्ठ महिना बद्रीनाथमा दर्शनार्थीहरूको घुँइचो छ, शीतकालपछि केही दिनअघि मात्र मन्दिरको कपाट खोलिएका हुन् । सायंकालिन आरतिको बेला भएको छ । प्रमुख मन्दिर दर्शन हेतु भक्तजनहरूको लामो लाम लागेको छ । हामी तीनैजना लाममा नलागेर सोझै गइरहेका छौँ । लाममा भविष्यमा हुने मेरा मित्र अमृतानन्द गिरी र गोपाल पुरी उभ्भिइरहेका थिए । हामी सोझै मन्दिर प्रवेश गर्यौं, वद्रीविशाल भगवानको दर्शन गर्यौँ । फर्किँदा बाटोमा एकजना पण्डाले चिया पिउने आग्रह गरे । उनको घरमा गई चियापान गर्यौँ, हिँड्ने बेलामा उनले हामीलाई ५१ रूपैँयाँ जनही दक्षिणा प्रदान गरे ।

पण्डाजीको घरबाट हामी बाहिर के आएका थियौँ, सोझै वौद्धनाथ आइपुग्यौँ। हामी घोर आश्चर्यमा थियौँ, देवराजले पण्डाले दिएको दक्षिणाको ५१ रूपैयाँ मलाई दिँदै भन्नुभयो, ‘यो तिमी राख, भविष्यमा यो दक्षिणा नै तिम्रो वृत्ति हुनेछ’।

मैले घडीमा समय हेरेँ, एक मिनेट पनि व्यतीत भएको थिएन, जबकि हामीले बद्रीनाथमा कम्तीमा पनि तीनघण्टा समय व्यतीत गरेका थियौं ।

होइन देवराज, हामीले बद्रीनाथमा कम्तीमा पनि तीनघण्टा समय व्यतीत गरेका थियौँ। घडीले त एक मिनेट मात्र व्यतीत भएको सूचना दिइरहेको छ ।

आखिर तिमी देवर्षि नारदकै सहोदर हौ। जिज्ञासा, शङ्का तिम्रो प्रवृति नै हो, देवराज पृथ्वीको पत्रकारमाथि व्यङ्ग्य गर्ने अवसरबाट किन चुक्नुहुन्थ्यो ।

तिमीले विज्ञान पढेका छौ, अहिले यो विज्ञान बुझ्ने तिम्रो पात्रता नहुनसक्छ तर मलाई स्पष्ट थाहा छ, तिमी भविष्यमा विज्ञान लेखक हुनेछौ । अमेरिकाको हुनेवाला ४५ औँ राष्ट्रपतिलाई तिमीले विज्ञानको सोख दिएर पृथ्वीको मुहार फेर्ने चेष्टा गर्ने छौ।

क्षमा गर्नुहोला प्रभु मैले आफ्नो प्रश्नको जवाफ पाइनँ ।

म तिमीलाई पृथ्वीकै विज्ञानको जवाफ दिन्छु । मैक्स प्लांक भन्ने वैज्ञानिकले समय र दूरीको स्थिरांक पत्ता लगाएका छन, जसअनुसार सवभन्दा सानो दूरी १.६/६/९९x१०३५  ‘पिक्सेल’ हुन्छ र समय ५.३९१०६ x१०४४ सेकेण्ड हुन्छ । योभन्दा सानो समय र दूरी हुन सक्दैन । हामी देवताहरूका लागि सबै दूरी र समय यही  स्थिरांकबाट प्रारम्भ हुन्छ । तिमी सरल भाषामा यसरी बुझन सकछौ, हाम्रो लागि पृथ्वीमा न कुनै दूरी छ न समय ।

तिमीले विज्ञान पढेका छौ, अहिले यो विज्ञान बुझ्ने तिम्रो पात्रता नहुनसक्छ तर मलाई स्पष्ट थाहा छ, तिमी भविष्यमा विज्ञान लेखक हुनेछौ । अमेरिकाको हुनेवाला ४५ औँ राष्ट्रपतिलाई तिमीले विज्ञानको सोख दिएर पृथ्वीको मुहार फेर्ने चेष्टा गर्ने छौ।

पभो, मेरो त ‘भेजा फ्राई’ भयो, यदि हजुरले यसलाई मेरो अशिष्टता ठान्नुहुन्न भने मलाई चुरोट खाने अनुमति दिनुहोस् ।

अनुमति मात्र होइन, म त तिमीलाई जीवनभरि पैसा र स्वास्थ्य दुबैले चुरोट खान पुगोस भन्ने आशीर्वाद पनि दिन्छु । एकजना कविलाई चुरोट खान नदिएकाले चालीस वर्षको निर्वासन भोग्नु पर्यो आफ्नै राज्यमा । अहिले त झन् पशुपतिनाथको नगरीमा छु भनी देवराजले खित्का छाड्नुभयो ।

त्यसो भए त देवराज हजुरले पनि पशुपतिनाथको प्रसाद ग्रहण गर्नुपर्यो भनी मैले चुरोट टक्र्याएँ । हामी दुबैले चुरोट सल्कायौँ । हामी चुरोटमा व्यस्त भएपछि मेरी मित्रले भनिन्, ‘लर्ड’ के ‘कामबाट राममा’ पुग्न सकिन्छ ?,,

अवश्य पुग्न सकिन्छ, कामबाट मात्र होइन सबै मार्गको अन्तिम गन्तब्य राम नै    हो । तर जसरी सबै मार्गमा ‘लवेरियन’ छन्, काम मार्गमा पनि छन् । तिमी पुर्वजन्ममा काम र प्रेमकै वशीभुतमा चुकेकी होइनौ ?

हो लर्ड! पति, आफ्ना सन्तान, राज्य सबैलाई त्याग्न सके पनि यिनको पे्रमपाशबाट निर्बन्ध हुन सकिनँ । मेरो मुक्ति कसरी हुन्छ ?

मुक्त त तिमी सधैँ छ्यौ, बन्धन त तिमी आफैँ निर्माण गर्छ्यौ । बन्धन निर्माण गर्न छाडिदेऊ, निर्वाण त सधैँ उपलब्ध छ । अहिलेको क्षणमा तिम्रो प्राणान्त हुने हो भने तिमी परम्मुक्तिलाई उपलब्ध हुन्छ्यौ ।

त्यसो भए कर्म बन्धनको प्रावधान के हो ? मित्रले सोधिन्

कर्म बन्धनको जालो अनन्त छ, अनेक नियम छन, सिद्धान्त छन्, साथै न कर्म छ न कर्म वन्धन न कुनै नियम न त सिद्धान्त नै ।

प्रभु, आत्माको स्वरूप कस्तो छ ?

हेर आत्माको कुनै स्वरूप छैन । र फेरि सबै स्वरूप आत्माकै हुन् । समस्या के भने मानव मस्तिष्क ‘एब्स्योल्युट’ बुझ्न चाहन्छ, ‘कङ्क्रिट’, ‘फिक्स’, रेडिमेड उत्तर चाहन्छ तर प्रकृति भने सतत् गतिशील छ । गति नै प्रकृति हो, परिवर्तन हो, परिवर्तन नै गति हो । सबैकुरा शाश्वत छन् । फेरि नित्य नूतन छ । यो शाश्वत र नित्य नूतनको भेद बुझ्ने प्रयास गर, ‘एब्स्योल्युट’ खोज्नुको सट्टा सङ्केत बुझने क्षमता विकास गर ।

ओहो ! यो के ? यहाँ त समय कुदिरहेको थियो । तीन घण्टा बितिसकेको थियो । मैले कुराको क्रम मोड्दै भने, मलाई लाग्छ हजुर भोलि स्वर्ग प्रस्थान गर्नुहुन्छ । यसरी जिज्ञासामा समय बिताउनुभन्दा हजुरबाट केही ‘प्रैक्टिकल’ ज्ञान ग्रहण गर्न पाए हुन्थ्यो ।

मेरी महिला मित्रले पनि मेरो प्रस्तावमा सहमति दर्शाइन् ।

ठीक छ, म तिमीहरूलाई तन्त्रको तत्त्वबोध गराउँछु, यसका लागि स्थल चाहिन्छ, ठमेलको ‘गेष्टहाउस’ यसका लागि उपयुक्त हुन्न ।

हे देवराज, मेरो चाहनामा कुनै दोष भए क्षमा गर्नुहोला । मैले ‘अटोबायोग्राफी अफ योगी’ पुस्तकमा पढेको थिएँ, महावतार बाबाले लाहिडी महाशयलाई सुनको महल बनाएर क्रियायोगमा दीक्षित गरेका थिए, यदि यो सत्य हो भने हजुरका लागि पनि या असम्भव छैन । मैले एकपटक सपनामा पशुपतिनाथ पछाडी बागमती नदीमाथि हावामा बनेको महलमा रहेर शिव साधना गरेको थिएँ । हजुरको अनुकम्पा भए मेरो यो सपना यथार्थमा रूपान्तरित हुने थियो ।

तिम्रो यही स्मरण शक्ति र वाक्पटुताले नै स्वामी चन्द्रेशले तिमीलाई ब्राह्मण   भन्नुहुन्छ । तिम्रो यस अपूर्व चाहनाले मेरो पनि भगवान पशुपतिनाथ पूजन गर्ने अभिलाषा पूर्ण हुन्छ । स्वर्गको आˆनो महलको अतिथि कक्ष नै  तिमीले भनेको स्थलमा आह्वान गरिदिन्छु । यस कक्षमा समय पनि ‘प्लाङ्क टाइम’ भन्दा पारिको हुन्छ । तिमीले अब समयको चिन्ता लिइराख्नु पर्दैन। अब हामी तिम्रो सपनाको महलको लागि प्रस्थान गर्छौँ ।

अनुपम, दिव्य, अलौकिक महलमा छौँ हामी, सुनैसुनको महल। चारैतिर अद्भूत प्रकाश, मूर्तिवत उभिएका परिचारिका। इन्द्रले भन्नुभयो, यस महलमा सबैकुरा तिमीले इच्छा गर्नासाथ पूर्ण हुन्छन् । सबै कुरा ‘सुपर स्टेट पोजिसन’ मा रहन्छन्, इच्छा भएमा प्रकट हुन्छन् । कुनै यस्तो इच्छा नगर्नु, जसले पृथ्वीलोकको ‘क्वाण्टम’ लाई बाधा पुगोस्, देवराजले सम्झाउदै भन्नुभयो ।

त्यसो भए अहिले के हामी प्रथ्वीभन्दा फरक ‘क्वाण्टम’ मा छौँ ? यहाँ के पृथ्वीका नियमले काम गदैन ?

हो वत्स, तिम्रो ब्रह्माण्डकै नियमले यहाँ काम गर्दैन । यस महलको एकएक अणु चेतन छ, प्रत्येक अणुमा ब्रह्रमाण्ड निर्माणको क्षमता छ । तिम्रो पृथ्वीको एउटा सूर्य छ, यहाँका एकएक अणुसँग हज्जारौं सूर्यको सामर्थ्य छ ।

हे देवराज, मेरो मस्तिष्क शून्यता अनुभव गरिरहेको छ । कतै हजूरलाई पहिलो दिनको भेटदेखि अहिलेसम्म म सपनामा त छैन ?

वत्स, यो अनुभूति तिमी आफैँले गर्नेछौ, अहिलेलाई यो चिन्ता नलेऊ, बरु तिमीहरू थाकेका छौ । अहिले विश्र्राम गर । विश्र्राम पश्चात् हामी भेट्छौं ।

प्रभु, कतै सुतेको सुत्यै भइयो भने त… समय नै समाप्त हुन्छ…।

तिमी अहिले समयमा छैनौ, कालमा छैनौ, स्थानमा छैनौ, दूरीमा छैनौ । तिमी यहाँ जति बसे पनि पृथ्वीमा समय जेष्ठ १८ नै हुन्छ, जुन दिन हामी बौद्धनाथ भ्रमण गर्न गएका थियौँ । जेष्ठ १९ मा मैले पनि पृथ्वीबाट प्रस्थान गर्नुछ । तसर्थ निष्फिक्री भएर आनन्द लेऊ ।

इतिश्र्री अकर्ममण्डेय पुराणे विज्ञानोपनिषद् शीत ऋतुस्य पृथ्वीलोक खण्डे स्वर्णमहल नामक तृतीयोध्याय समाप्त:

ओम शान्ति शान्ति  ।। शान्ति ।।।

 

Facebook Comments
Comments (0)
Add Comment