ज्योतिषको मर्म र धर्म

 

 

‘वेद ईश्वरको नि:श्वास होे’ बृहदरण्यकोउपनिषद (२:४:१०) नि:श्वास मतलव आउनेजाने सास ।

कसैको नि:श्वास अनुभूत गर्न उसको निकट जानुपर्छ, उसलाई आलिङ्गन गर्नुपर्छ ।

आलिङ्गनमा आँखाको कुनै योगदान हुँदैन ।

आलिङ्गनको आनन्द त्यतिवेला हुन्छ :

जब आँखा स्वत: बन्द हुन पुगुन ।

निधारमा सास फेरेको अनूभूति होस ।

जब कान त्यस ईश्वरको छातिसँग जोडिएका हुन् ।

त्यस हृदयको आरोह अवरोह श्र्रवण तन्त्रीका माध्यमले मस्तिष्कले श्र्रवण गरी रहेको होस  ।

आहा ! श्र्रेष्ठ आलिङ्गन, ईश्वरको आलिङ्गन ।

यसै कारणले शास्त्र भन्छन्, श्र्रवणमा ईश्वर निहित छ ।

साममा ईश्वर छ । सङगीतमा ईश्वर छ ।

वेद मनुष्यले कहिले आत्मसात गर्न सक्छ ? जव ऊ ईश्वरको शरणमा जान्छ, ईश्वरलाई आलिङ्गन  गर्छ ।

आम जनमानस र वेदको नाता विभिन्न सोपानहरुबाट गुज्रिदै, आज एकदम टुट्ने स्थितिमा पुगेको छ ।

वस्तुत: वेदको विषय जनमानसको लागि दुईवटा भागमा मात्र सुलभ छ, वेदान्त एवम् वेदाङग ।

 

तपाईँ एउटा घना जङगलको एउटा कुनामा हुनुुहन्छ, जङगलको अर्को किनारा तपाईँको गन्तव्य हो ।

रातिको समय तपाईँलाई जङ्गल पार गर्नुछ । यस अवस्थामा तपाईँलाई कुनकुन वस्तुको आवश्यकता हुन्छ ?

त्यस आवश्यकताको सूचीमा एक वस्तु ‘टर्च’ पनि हुन्छ । तर केवल टर्च मात्र साथ हुँदैमा जङगल पार गर्न सकिदैन ।

ठीक यसै प्रकारले पूर्णतया ज्योतिषमा आधारित जीवन जिउनु आत्मघाती हुन्छ ।

केवल टर्चको साहाराले जङ्गल पार गर्नु जस्तो हुन जान्छ ।

बाटो पहिलाउनको लागि मात्र प्रयुक्त हुन्छन् भने दुईवटै श्रेयस्कर छन्, टर्च पनि, ज्योतिष पनि ।

 

वेदको सम्पूर्ण साहित्य मन्त्र, उपासना र ज्ञानमा बाँडिएको छ । उपनिषद् वेदको ज्ञान भाग हो, अन्तिम भाग । अत: वेदान्त कहलिन्छ ।

वेद पुरुषका ६ अङ्गहरुलाई वेदाङ्ग भनिएको छ । ती हुन –नेत्र–कर्ण–नासिका–मुख–हस्त–पाद ।

वेदांग बारेे उल्लेख गरिएको श्लोकमा भनिएको छ –

शिक्षा घ्राणं तु वेदस्य,

हस्तौ कल्पोSथ पठ्यते,

मुखं व्याकरणं स्मृतम् ।

निरुक्त श्रौतमुच्यते,

छन्द: पादौतु वेदस्य,

ज्योतिषामयनं चक्षु: ।।

शिक्षा नासिका हो, कल्प दुई हात हुन,

व्याकरण मुख हो । निरुक्त कान हुन, छन्द दुई खुट्टा हुन् र ज्योतिष नेत्र हो ।

ईश्वरको आलिङ्गनमा, निरुक्त नै उनको हृदयको स्पन्दन श्र्रवण गर्न सहायक हुन सक्छ् ।

र, ज्योतिष अर्थात् नेत्र ईश्वरको तेज समक्ष स्वत:बन्द हुन्छन् ।

ज्योतिष के हो ? यस प्रश्नलाई लिएर समाजमा प्राय: भ्रमको स्थिती रहेको छ ।

आम जनमानसका अनुसार ज्योतिष शब्दको अर्थ विभिन्न ग्रहहरुको गणनावाट जीवनको भविष्यवाणी गर्नु हो ।

वस्तुत: पूर्णतया भिन्न नभएपनि सत्यता यो भन्दा अलिक फरक छ ।

ज्योतिषको विषयमा प्रसिद्ध जनश्र्रुति अनुसार “ज्योतिष वेदको आँखा हो, वेद ज्योतिषको सहायताले दर्शन गर्छ ।”

ज्योतिषामयनं चक्षु: ।

ज्योतिष शब्दको उद्भव ज्योति शब्दले भएको हो, जसलाई आजको भाषामा ‘टर्च’ भन्न सकिन्छ ।

जीवनमा ‘टर्च’ को जति महत्व र उपयोगिता हुन्छ, ज्योतिष विद्याको उपयोगिता पनि त्यति नै हो । यस भन्दा यसको बढी प्रयोग घातक हुन्छ ।

यसलाई बुझ्ने प्रयास गरौं ।

तपाईँ एउटा घना जङगलको एउटा कुनामा हुनुुहन्छ, जङगलको अर्को किनारा तपाईँको गन्तव्य हो ।

रातिको समय तपाईँलाई जङ्गल पार गर्नुछ । यस अवस्थामा तपाईँलाई कुनकुन वस्तुको आवश्यकता हुन्छ ?

त्यस आवश्यकताको सूचीमा एक वस्तु ‘टर्च’ पनि हुन्छ । तर केवल टर्च मात्र साथ हुँदैमा जङगल पार गर्न सकिदैन ।

ठीक यसै प्रकारले पूर्णतया ज्योतिषमा आधारित जीवन जिउनु आत्मघाती हुन्छ  ।

केवल टर्चको साहाराले जङ्गल पार गर्नु जस्तो हुन जान्छ ।

बाटो पहिलाउनको लागि मात्र प्रयुक्त हुन्छन् भने दुईवटै श्रेयस्कर छन्, टर्च पनि, ज्योतिष पनि ।

त्यसै पनि वैदिक ज्योतिष र आधुनिक ज्योतिषिमा भेद छ । वैदिक अर्थात् वेदसँग सम्बन्धित ।

वेद्लाई ज्योतिषिय सन्दर्भमा हेर्यौं भने स्पष्ट हुन्छ साम वेद ज्योतिषरहित छ ।

श्री हरि विष्णुको गरुडको पखेँटाबाट प्रस्फुटित भएका ऋचाहरुमा ज्योतिष अर्थात नेत्रको के प्रयोजन ? ती ऋचाहरु केवल श्र्रवणका लागि हुन् ।

सुनेरै मन्त्रमुग्ध हुनका लागि !

बाँकी, तीन  वेदमा ज्यातिष निहित छ, वैदिक ज्योतिष ।

ऋगवेदमा ३०, यजुर्वेदमा ४४ र अथर्ववेदमा १६२ मन्त्र छन् । यीनै कुल २३६ वैदिक मन्त्रहरुको समुच्चयलाई ज्योतिष भनिन्छ ।

मन्त्रहरुको यो समुच्चय कुनै पनि प्रकारको ‘फलित ज्योतिष’वाट रहित छ । अर्थात यी मन्त्र कुनै पनि प्रकारले भविष्यवाणी एवम् जीवनका घट्नाहरुलाई ग्रहहरुका आधारमा आंकलन गर्न कुनै नियम वा आदेश दिंदैनन् ।

‘फलित ज्योतिष’, महर्षि भृगुले भृगु संहितामा सम्बद्ध गरे, जो कालान्तरमा श्र्रापित हुन गयो ।

यो विद्याले श्र्राप पाएको कथा यस्तो छ :  नारदजी अत्यन्त प्रसन्न मुद्रामा कैलाश पुगे ।

नारदजीको प्रसन्नताको कारण थियो, भर्खरै उनले महर्षि भृगुवाट फलित ज्योतिषको ज्ञान  प्राप्त गरेका थिए । अत: उनी यत्रतत्र आˆनो विद्याको प्रदर्शन गर्दै आत्मरतिमा रमि रहेका थिए ।

कैलाश पुग्नासाथ नारदजीले महादेवलाई प्रणाम गरे र सोधेे “माता सती कतै देखिनु हुन्न, किन ?”

महादेवले मन्दमन्द मुस्कुराउँदै भने “ तिमी त प्रबल ज्योतिषी भएका छौ, तिमी नै भन उनी अहिले कहाँ  छिन् ?”

नारदजीले आफुले सिके अनुसार गणना गरे र भने “माता सती यस बेला स्नान गरिरहनु भएको छ, उहाँको शरीरमा कुनै वस्त्र छैन ।”

यसरी सटिक गणना गरेर नारद जीले जानीनजानी मर्यादा भङ्ग गरेका थिए । उनलाई माता सतीको श्र्राप लाग्यो ।

वस्तुत : श्र्राप नारदजीलाई नभई महर्षि भृगुको विद्या फलित ज्योतिषलाई लाग्यो । माता सतीले भनिन “ आज, यसै क्षणवाट यो विद्यामा त्रुटिहरु समावेश हुने छन् । यो विद्या कहिल्यै  पूर्णतया सत्य हुने छैन ।”

माता सतीले ज्योतिष विद्याको शुद्धतालाई दोषयुक्त बनाईदिनुभयो ।

आधुनिक ज्योतिष अहिले पनि मुलत महर्षि भृगुद्वरा रचित एंव कालान्तरमा महर्षि जैमिनीद्धरा परिष्कृत नियमवाट सञ्चालित छ ।

समस्त वेदाङमा ज्योतिष शापित छ ।  निरुकत सटिक छन् । अत: निरुक्तको गुण श्र्रवणलाई नै बढी महत्व दिइएको छ, भविष्यवाणीहरुलाई होइन । ब्रह्मवाक्य ज्योतिषको प्रतिनिधित्व गर्छ र ‘शब्द’ निरुक्तको प्रतिनिधित्व गर्छ । तसर्थ शब्दलाई ब्रह्म मानिएको छ कुनै ब्रह्म वाक्यलाई होइन ।

 

पुनर्लेखन: मोहनकुमार दाहाल

Facebook Comments
Comments (0)
Add Comment