२०७५ भदौ २७ बुधबार

  • नेसनल मेडिकल कलेजलाई मापदण्डविपरीत अस्पताल सञ्चालन गर्न दिने तयारी भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • निर्मला पन्तको हत्या भएको ४८ दिन बितिसक्दा पनि अनुसन्धानको नतिजा शून्य रहेको तथा प्रधानमन्त्री तथा गृहमन्त्रीमा आश्चर्यजनक किसिमले सम्वेदनाहीतना देखिएको समाचार नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।

 

  • निर्मला पन्त हत्या प्रकरण समातिएका तीनैजनालाई रिहा गरिएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

  • संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत हुनुभएका वरिष्ठ न्यायाधीश दीपकराज जोशी बिदाबाट फर्कनुभएपछि सर्वोच्च अदालतको कामकारबाहीमा जटिलता उत्पन्न भएको समाचार अन्नपूर्ण पोष्ट र नागरिक दैनिकमा प्रकाशित छ ।

 

  • प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा उद्घाटन गर्नुभएको गोबरग्याँस प्लान्टबाट ग्याँस आउन छाडेपछि उपभोक्ता पुनः सिलिण्डरतिरै फर्किएको समाचार छ ।

 

  • भदौ १ गते लागू भएको मुलकी संहितामा भएका प्रेससम्बन्धी प्रावधान अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

 

  • राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले चीनका सातवटा शहरमा सीधा उडान प्रक्रिया शुरु गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिकास्थित जमुनी नदीमा पुल निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवका निजी सहयोगी (पीए) सन्तोष विष्टले मन्त्रीलाई भेट्न आएका व्यक्तिलाई लामो समयसम्म मन्त्रीलाई भेट्न नदिएकोमा कुटिनुभएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित  छ । उहाँ नेकपाको कार्यकर्ताबाटै कुटिनुभएको हो ।

 

  • होटल संघ नेपाल (हान) ले पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्न प्रस्ताव गरेको समाचार छ ।
    धरान-गाईघाट-सिन्धुली-हेटौंडा सडक निर्माणका क्रममा चुरे-महाभारत क्षेत्रमा १२ हजारभन्दा बढी रुख काटिए पनि एउटै पनि रुख नरोपिएको समाचार छ ।

 

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफकी धर्मपत्नी कुसलुम नवाजको ६८ वर्षको उमेरमा लण्डनमा निधन भएको बीबीसीले जनाएको छ । उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

 

  • भारतको तेलङ्गना राज्यमा बस दुर्घटना हुँदा ५३ जनाको निधन भएको बीबीसीले नै जनाएको छ ।
Facebook Comments
Comments (0)
Add Comment