इमरानले ल्याए दक्षिण एसियामा तरङ्ग

पाकिस्तानको राजनीतिक परिवर्तनले दक्षिण एसियाको राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । क्रिकेट खेलबाट विश्वमा छाल छोड्न सफल इमरान खानले पाकिस्तानको प्रधानमन्त्रीको पदभार ग्रहण गरेसँगै साहसिक तथा उदाहरणीय घोषणा गरेर निष्ठा र त्यागको राजनीति कसरी गरिन्छ भन्ने सन्देश दिन खोजेका छन् । इमरानले चरम भ्रष्टाचार र अराजकतामा रुमल्लिएको पाकिस्तानी नियतिको पर्दा च्यात्दै जनसेवाका लागि सादा राजनीतिक जीवन बिताउने निर्णय गरेका छन् । नयाँ पाकिस्तानको नारा लिएर चुनावी अभियानमा होम्मिएका उनले जे बोलेका थिए, त्यसलाई पूरा गर्ने कामको सुरुवात गरेका छन् ।
क्रिकेट खेल जीवनबाट सन्यास लिएपछि सन् १९९६ मा पाकिस्तान तेहरीक इ इन्सास नामक आफ्नै पार्टीमार्फत सक्रिय राजनीतिमा होमिएका खान २२ वर्षपछि पाकिस्तानको राजनीतिमा छाएका छन् । वर्तमान् अवस्थामा पाकिस्तान आर्थिक सङ्कटको स्थितिमा छ । यसअघिका राष्ट्रप्रमुखहरू भ्रष्टाचार र आर्थिक अनियमिततामा मुछिएको पाकिस्तानको इतिहासबाट उनी माथि उठेका छन् । भ्रस्टाचारमुक्त पाकिस्तान बनाएरै छाड्ने प्रतिबद्धता इमरानको छ । पूर्व प्रधानमन्त्रीहरू बेनजिर भुट्टो र नवाज सरिफ भ्रष्टाचार र अनियमिततासम्बन्धी मुद्दामा मुछिएका थिए भने पूर्व राष्ट्रपति परवेज मुसर्रफ पनि मुद्दा खेपिरहेका छन् । भ्रष्टाचारकै मुद्दामै प्रधानमन्त्री नवाज सरिफलाई जेल चलान गरिएको छ ।

अनावश्यक सरकारी खर्च कटौतीका लागि शक्तिशाली समिति गठन गर्नेसम्मको निर्णय इमरानले गरेका छन् । उनको निर्णयले आन्तरिक राजनीतिमा व्यापक तरङ्ग आएको छ । प्रधानमन्त्रीले नै सेवा सुविधा नलिएपछि उनी मातहतका अधिकारी र पदाधिकारीहरुलाई पनि ठूलै दबाब पर्नु स्वाभाविक छ ।

प्रधानमन्त्रीका लागि उपलब्ध अथाह सेवा सुविधालाई त्याग्ने निर्णय इमरान खानले गरे । दरवारजस्तो प्रधानमन्त्री निवास त्यागेर मात्र ३ कोठे भवनमा बस्न थालेका छन् । प्रधानमन्त्रीका लागि छुट्याइएका ५२४ सहयोगीमध्ये उनले मात्र २ जान राख्ने निर्णय गरेका छन् । यसैगरी, प्रधानमन्त्रीकै लागि छुट्याइएका ३३ वटा बुलेटप्रुफ कारसहित ८० वटा गाडी बिक्री गरी ठूलो संख्यामा गरिबीका कारण बिद्यालय जान नपाएका बालबालिको पढाइमा खर्च गर्ने र अतिरिक्त हेलिकप्टर बिक्री गरी मातृशिशु मृत्यु दर घटाउन खर्च गरिने निर्णय गरेका छन् ।
अनावश्यक सरकारी खर्च कटौतीका लागि शक्तिशाली समिति गठन गर्नेसम्मको निर्णय इमरानले गरेका छन् । उनको निर्णयले आन्तरिक राजनीतिमा व्यापक तरङ्ग आएको छ । प्रधानमन्त्रीले नै सेवा सुविधा नलिएपछि उनी मातहतका अधिकारी र पदाधिकारीहरुलाई पनि ठूलै दबाब पर्नु स्वाभाविक छ ।
वास्तवमा कट्टर धार्मिक साम्प्रदायिकता र आतङ्कवादको बिल्ला भिरेको पाकिस्तानको नयाँ परिचय इमरानले दिने प्रयास गरेका छन् । उनले अघि सारेको नयाँ पाकिस्तानको नारा यथार्थमा पूरा गरेर देखाउने दिशामा इमरान देखिन्छन् । इमरानको घोषणाले निष्ठाको राजनीतिको गतिलो पाठ समग्र दक्षिण एसियाको राजनीतिलाई पनि सिकाएको छ । यद्यपि, उनका भावि कदम र दिशाको अहिले नै यकिन गरेर भविष्यवाणी गर्न धेरै छिटो हुनेछ । किनभने, उनी सफल हुन त्यहाँ सेना र जनताको समेत साथ चाहिन्छ । तर पनि बिहानले दिनको सङ्केत गर्छ भने झैँ उनको प्रारम्भिक कदमले आन्तरिक मात्रै हैन, दक्षिण एसियाली राजनीतिमा समेत दबाब सिर्जना गरेको छ । दक्षिण एसियाको साझा समस्यामा राजनीतिक अस्थिरता, भ्रष्टाचार, गरिबी, अपराध र आतङ्कवाद रहेका छन् । बंगलादेश, माल्दिभ्स, नेपाल र भारतको राजनीति पनि अपराध र भ्रष्टाचारमुक्त छैन । समृद्धिको नारा दिएको समकालीन नेपाली राजनीतिमा समेत इमरानको उदाहरणीय निर्णयले पक्कै झट्का दिएको  हुनुपर्छ ।
यद्यपि, पाकिस्तानी सेनाको समर्थनका कारणले मात्रै इमरानको पार्टी ठूलो पार्टीको रूपमा उदाएको आरोपहरू पनि नलगाइका हैनन् । उग्रवादी तालिवानसँगको सम्बन्धलाई जोडेर पनि उनको आलोचना गर्नेको कमी छैन। यसर्थ, इमरानले सेनाको दबाबाभन्दा माथि उठेर शक्तिशाली प्रधानमन्त्री बन्न नसक्ने, शक्तिशाली बन्न खोजे सेनाले नै उनलाई अप्ठ्यारो पार्ने विश्लेषण पनि हुँदै आएको छ । यसरी हेर्दा राष्ट्र निर्माणको अभियानमा सेनाले इमरानलाई गर्ने सहयोगले पनि ठूलो महत्व राख्ने नै छ । अर्कोतर्फ, अमेरिकाबिरोधी छवि बनाएर पनि इमरान चर्चामा रहँदै आएका छन् । आतङकवादविरुद्धको लडाईको नाममा पाकिस्तानमाथिको अमेरिकी हस्तक्षेपको व्यापक विरोध इमरानले गर्र्र्दै आएका छन् । पाकिस्तानलाई अत्मनिर्भर बनाउने दिशामा समेत उनी देखिन्छन् ।
इमरान खानको साहसिक कदमलाई देख्नेहरू भन्न थालेका छन्, यौटा मान्छेले चाह्यो भने गर्न नसकिने के रहेछ र, त्यसमाथि पदमा पुगेको मान्छेले ।

Facebook Comments
Comments (0)
Add Comment