स्मार्ट सिटी कति यथार्थ कति भ्रम

शहरको विकास मानव सभ्यता विकासक्रमसँगै गाँसिएको छ । सिन्धुघाटीको सभ्यतादेखि रोमन सभ्यतासम्म शहर विकासमा, सुन्दरता, भव्यता तथा महानता जोडीआएको छ । शताब्दीयौंदेखि धेरै दार्शनिक, अर्थविद्, समाजशास्त्री, इन्जीनियर आदि स्वपनदृष्टाले मानव जीवन सहज बनाउनका लागि सुविधा सम्पन्न शहरको कल्पना गरी आएका छन् । यसै क्रममा आधुनिक बिज्ञान तथा सूचना प्रविधिको विकासले ‘नयाँ शहरको परिकल्पना’ गरेको छ, त्यो ‘स्मार्ट सिटी’ हो ।
हुन त ‘स्मार्ट सिटी’को अवधारणा औधोगिक क्रान्तिसँग शुरुवात भएको मान्न सकिन्छ । तर पछि आएर सूचना प्रविधिको उत्तरोउत्तर विकाससँगै करिव तीन दशक अगाडि शहरी योजनाविद्हरुको सम्मेलनवाट ‘स्मार्ट सिटी’को अवधारणा प्रचलनमा आएको हो । ‘स्मार्ट’ फोन तथा ‘स्मार्ट होम’ को व्यापक प्रयोगले ‘स्मार्ट सिटी’ को अवधारणालाई अझै वल पुर्‍याएको पाइन्छ । शाब्दिक रुपले ‘स्माटर्’ शब्दको अनेक अर्थ लागे पनि, ‘स्माटर्’ फोन भन्नाले मोबाइल सेटबाट नै धेरै जस्तो कम्प्यूटरबाट हुने कार्य गर्न सकिने र इन्टरनेटको माध्यमद्धारा सूचना प्रविधिको विविध ढंगले उपयोग गर्नुलाई भनिन्छ । आजभोली ‘स्मार्ट’ फोनको व्यापक प्रयोग भएको पाइन्छ, यस्ले गर्दा सूचना आदनप्रदान गर्नमा अत्यन्त सहजता पुर्‍याएको छ । यसैगरी अब ‘स्मार्ट होम’को धारणा पनि व्यापक हुँदैगइरहेको छ । ‘स्मार्ट होम‘मा मोबाइल वा ‘रिमोट कन्ट्रोल’को माध्यमद्वारा विजुली, पानी, वातानुकुलित यन्त्र आदिलाई नियन्त्रण गर्न सकिन्छ र आवश्यक परेमा घरका झ्याल, ढोकालाई बन्द गर्न र खोल्न पनि सकिन्छ । यस्तै प्रकारले विज्ञान प्रविधि तथा सूचना प्रविधिको प्रयोग गरी शहरको व्यवस्थापन हुनेगरी निर्मित आधुनिक शहरको स्वरुपलाई नै साधारण अर्थमा ‘स्मार्ट सिटी’ भन्ने गरिन्छ ।

‘स्मार्ट सिटी’को परिभाषा वा धारणा देश, समाज, शहर, व्यक्ति तथा विकासको स्तर अनुसार फरक भएता पनि समग्रमा ‘स्मार्ट सिटी’ भन्नाले एकीकृत रुपले विज्ञान तथा सूचना प्रविधिको व्यापक प्रयोग गरि सामाजिक तथा आर्थिक सुविधा सम्पन्न र प्रगतिउन्मुख शहरलाई मान्नुपर्ने हुन्छ । केही विद्वानहरु भौतिक रुपले बलियो र टिकाउ,सामाजिक सुविधाले सम्पन्न तथा चुस्त प्रशासन र वातावरणीय रुपले स्वच्छ भएको शहरलाई ‘स्मार्ट सिटी’ को रुपमा चित्रण गरेको पाइन्छ । तर अन्ततः ‘स्मार्ट सिटी’ मा मेट्रो तथा मोनोरेल, ई–शौचालय, निःशुल्क वाईफाई, सेन्सरजडित खानेपानी तथा ढल निकासको समुचित व्यवस्थापन एंव पर्याप्त खुल्ला स्थल तथा पार्क आदिको यथेष्ट सुविधा रहेको हुनु पर्दछ ।

साथै शहरको सबै क्षेत्रमा सिसी टिभी जडित भई हरेक तवरको अपराधको नियन्त्रण भएको, सेन्सर जडित फोहोर मैला व्यावस्थापन तथा चुस्त ट्रफिक व्यवस्थापन भएको हुनुपर्छ । ‘स्मार्ट सिटी’ मा अनलाइनको सुविधासँगै सरकारी तथा बैंकिङ लगायतका कार्यहरु संचालित हुनुपर्छ र शिक्षा तथा स्वास्थ्य जस्ता जनसरोकारका विषयमा सूचना प्रविधिको व्यापक प्रयोग भएको हुनुपर्छ । यसैगरीे खुल्ला मैदान तथा पार्कको सुविधा, हरियाली तथा स्वच्छ वातावरण, विद्युतीय परिवहन तथा पैदल र साइकल यात्रीहरुको छुट्टै बाटोको व्यावस्था हुनुपर्छ । आधुनिक व्यापारिक तथा मनोरंजन केन्द्रहरुको व्यवस्था हुनुपर्छ । अझै आधुनिक ‘स्मार्ट सिटी’ मा सूचना प्रविधिसँगै कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलीजेन्स) को प्रयोग गरी ‘स्याटेलाइट’ प्रविधिसँग समन्वय गरी शहरी विकासका योजनाहरु बनाउनु पर्ने र त्यसलाई प्रभावकारी रुपले कार्यान्वयन गरिनुपर्ने हुन्छ । साथसाथै त्यसको सुपरिवेक्षण पनि प्रभावकारी रुपले गर्ने व्यवस्था मिलाइनु पर्छ ।

केही शहरी योजनाविद्का अनुसार ‘स्मार्ट सिटी’ हुनका लागि प्रभावकारी भु–उपयोग नीति कार्यान्वयनमा ल्याइनु पर्छ । यसका साथै भएको जनसंख्या वृद्धि तथा शहरको विकास भएअनुसार शहरको विस्तार गर्न सकिने अवस्था एंव शहरका सबै क्षेत्रहरुमा हिडेर आवत जावत गर्न सकिने व्यावस्था हुनुपर्दछ । शहरभित्र जुनसुकै यातायात प्रणाली सहजढंगले परिचालन गर्न सकिने, सामाजिक न्यायले प्रतिपादित, आर्थिक रुपले सवल वातावरणीय तवरले उचित शहरको स्वरुपलाई लिने गर्छन् । अतः ‘स्मार्ट सिटी’ हुनका लागि वित्तीय रुपले दिगोपन, उर्जाको किफायती व्यवस्थापन, सूचनाको सहज आदन–प्रदान तथा फोहोरको समुचित व्यवस्थापन त्यस शहरमा हुनुपर्छ ।

यदि ‘स्मार्ट सिटी’ नै बनाउने रहर छ भने एउटा नमूनाको रुपमा सानो टोल वा गाउँलाई ‘स्माटर्’ टोल वा ‘स्मार्ट’ गाउँको रुपमा विकास गर्न सकिन्छ । अहिलेको आवश्यकता ‘स्मार्ट सिटी’ को पछाडि लाग्नुभन्दा एउटा जीवन्त शहरको परिकल्पना गर्न उचित हुन्छ । जहाँ सबै नागरिकको साधारण आवश्यकता पुरा गर्न सकियोस । यहाँ पूरै कानूनी शासन लागु गर्न सकियोस । काठमाडौंको लागि ‘स्मार्ट सिटी’को विकास गर्नुभन्दा सांस्कृतिक शहरको विकास गर्नु बुद्धिमानी हुन जान्छ ।

केही विद्वानहरुले समान्य शहर र ‘स्मार्ट सिटी’ केही भिन्नताहरु औंल्लाएका छन् । ‘स्मार्ट सिटी’ समान्य शहरको दाँजोमा आर्थिक निवेशको सम्भावना बढी हुन्छ तथा प्रभावकारी सामाजिक न्यायको व्यवस्था हुन्छ । ‘स्मार्ट सिटी’ मा शिक्षा, स्वास्थ्य, मनोरन्जन, सुरक्षा व्यवस्था, यातायातको सुविधा सुलभ हुन्छ र विश्वस्तरको अस्पताल, विद्यालय, कलेजसँगै २४ घण्टे विजुली तथा खानेपानी व्यावस्थ, ग्यास पाइपलाइन, पुरै शहरमा सिसि टिभी जडान भई ट्राफिक तथा अपराध नियन्त्रण कार्य हुन्छ । साथै सेन्सरको प्रयोग गरि विजुली तथा पानीको वितरणमा नियन्त्रण तथा आपतकालिन सेवा जस्तै एम्बुलेन्स तथा दमकलहरु पनि ‘स्मार्ट’ रुपमा प्रयोगमा ल्याइन्छन् । अतः ‘स्मार्ट सिटी’ मा आर्थिक विकास, सामाजिक वातावरण, प्रशासन इकाई, जीवन स्तर तथा सोच, यातायात व्यावस्था आदि पनि ‘स्मार्ट’ हुनु अनिवार्य हुन्छ ।

‘स्मार्ट सिटी’ को परिकल्पना तथा सोच विश्वभरी नै स्तरमा चलिराखेका छन् यस सम्बन्धी केही बिज्ञहरुका अनुसार सिंगापुरलाई एउटा ‘स्मार्ट सिटी’ को रुपमा लिन सकिन्छ । जहाँ सेन्सर, सिसी क्यामरा तथा सूचना प्रविधिको प्रयोग गरी शहरको ब्यवस्थापन गरेको पाइन्छ र धेरै जसो कारोबारलाई डिजिटल प्रविधिमा ‘अपग्रेड’ गरिएको छ । अरु शहर जस्तै टोकियो, सियोल, वार्सिलोना, आम्स्टरडम आदि शहरलाई पनि ‘स्मार्ट सिटी’ को रुपमा विकसित गर्ने प्रयास गरेको पाइन्छ । दुबई शहरलाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्न ठुलो धनराशी लगानी गरेको पाइन्छ । तर ‘स्मार्ट सिटी’को अवधारणका मानक अहिलेसम्म कुनै पनि शहरमा पूर्णतया लागू हुन सकेको अवस्थामा पुगेको स्थिती छैन ।

नेपालको सन्दर्भमा पनि ‘स्मार्ट सिटी’को कुरा उठीरहेका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१४ को स्वतन्त्र दिवसको अवसरमा भारतमा १०० वटा ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेपछि यो चर्चा झनै बढ्न गयो । नेपालमा भर्खरैको आम चुनावमा विभिन्न दलका प्रत्याशीहरुले ‘स्मार्ट सिटी’ बनाउने, घोषणा पनि गरेका थिए । चुनावताका काठमाडौं महानगरपालिकाका मेयरले काठमाडौंलाई ‘स्मार्ट सिटी’ मा बदल्छु भन्ने अभिव्याक्त व्यक्त गरेका थिए । सपना देख्नु नराम्रो कुरा त होइन तर सपनालाई वास्तविकतामा बदल्न सक्ने योजना वनाउनु र अर्थात धरातललाई बुझी त्यसअनुसार कार्य गर्नु पनि अति जरुरी हुन्छ ।

‘स्मार्ट सिटी’ को अवधारणा वर्तमान नेपाल सरकारले आत्मसात पनि गरेको छ । त्यसका लागि केही पहलहरु पनि गरेको पाइन्छ । २०७२/७३ मा पालुङटार, लुम्बिनी तथा निजगढलाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्नको निम्ति अध्ययनको लागि बजेट पनि छुट्याइएको थियो । यसै अर्न्तगत एउटा कार्यदलको सुझाव अनुसार राष्ट्रिय योजना आयोगले ‘स्मार्ट सिटी’का लागि मापदण्डहरु पनि निर्धारण गरेको थियो । यस्को सुझाब अनुसार ‘स्मार्ट सिटी’ हुनका लागि ‘स्मार्ट’ जनता, सरकार, अर्थव्यवस्था तथा भौतिक पूर्वाधार हुनु जरुरी हुन्छ । काठमाडौं उपत्यका विकास परियोजनाले काठमाडौं उपत्यकाका चार क्षेत्र, जोरपाटी र त्यसका वरिपरिका क्षेत्र, बुंगमती र त्यसको वरिपरिको क्षेत्र,सामाखुशी तथा त्यस्को वरीपरिका क्षेत्र र ठिमी र त्यसका वरिपरिका क्षेत्रहरुलाई ‘स्मार्ट सिटी’को रुपमा विकास गर्ने अवधारणा वनाएको पाइन्छ ।

यसमा कुनै दुईमत नै छैन, शहरको एकीकृत विकास गर्नु कुनै पनि सरकारको महत्वपूर्ण कार्य हो । शहरले नै कुनै पनि देशको आर्थिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर नेपालका यावत शहरमा जनसंख्या वृद्धि, आन्तरिक बसाई–सराई, गरिबी तथा बेरोजगारका समस्याहरुले शहरलाई आक्रान्त पारिराखेको छ । प्रत्येक वर्ष ग्रमीण क्षेत्रबाट शहरी क्षेत्रहरुमा तिब्र वसाइसराई भइरहेको छ र त्यस अनुसार भौतिक पूर्वाधार निर्माण गर्न सकिराखिएको छैन् ।
नेपाल जस्तो देश जहाँ साधारण नागरिकको दैनिक अवश्यकताका वस्तुहरु पानी, विजुली, ढल निकास बटाघाटा आदिको व्यावस्था हुन सकिरहेको छैन । यस्तो अवस्थामा ‘स्मार्ट सिटी’ को अवधारणा यथार्थ धरातल भन्दा कोसौं परको विषय वस्तु हो । ‘स्मार्ट सिटी’ हुनका लागि प्रभावकारी भूउपयोग नीति कार्यान्वयन भएको, उर्जा, पानी ढल निकासको उचित प्रबन्धन भएको सबै खाले यातायात प्रणाली सुचारु भएको तथा प्रत्येक नागरिक सूचना प्रविधि ज्ञानबारे जानकार र सचेत हुनु जरुरी   छ । नेपालको सन्दर्भमा अझै हामी सबैको लागि स्वास्थ्य तथा शिक्षा पुर्‍याउन सकिरहेको छैनौ । अझ पनि खानेपानी तथा विजुलीको आपूर्ति गर्न सकिरहेको छैनौं । साधरण सडकहरु पनि निर्माण गर्न सकिरहेको छैन । र, पनि हामी रेल मार्गको बारे चर्चा परिचर्चा गरिराखेका छौं । यस्तो अवस्थामा कसरी ‘स्मार्ट सिटी’ को परिकल्पना गर्न सकिन्छ ।

‘स्मार्ट सिटी’ को लागि पारदर्शी सरकार र सवल कानूनी व्यवस्था पनि हुनु अति जरुरी छ । साथसाथै ‘स्मार्ट सिटी’मा बस्ने नागरिकहरु पनि सचेत तथा शिक्षित हुनु जरुरी छ । नेपालमा एउटा साधरण सडक विस्तार गर्न, फोहोर ब्यवस्थापन गर्न, प्लाष्टिक प्रदुषण नियन्त्रण गर्ने जस्ता नागरिक सरोकारका विषयहरु अड्डा अदालतको चक्करमा अड्केर बसेको अवस्थामा ‘स्मार्ट सिटी’ को परिकल्पना कसरी गर्न सकिन्छ ?

हुन त ‘स्मार्ट सिटी’ को परिकल्पना गर्नु नराम्रो कुरा त होइन, तर नेपालको यथार्थ धरातललाई विचार गर्दा अहिले यो सम्भव छैन । यदि ‘स्मार्ट सिटी’ नै बनाउने रहर छ भने एउटा नमूनाको रुपमा सानो टोल वा गाउँलाई ‘स्माटर्’ टोल वा ‘स्मार्ट’ गाउँको रुपमा विकास गर्न सकिन्छ । अहिलेको आवश्यकता ‘स्मार्ट सिटी’ को पछाडि लाग्नुभन्दा एउटा जीवन्त शहरको परिकल्पना गर्न उचित हुन्छ । जहाँ सबै नागरिकको साधारण आवश्यकता पुरा गर्न सकियोस । यहाँ पूरै कानूनी शासन लागु गर्न  सकियोस । काठमाडौंको लागि ‘स्मार्ट सिटी’को विकास गर्नुभन्दा सांस्कृतिक शहरको विकास गर्नु बुद्धिमानी हुन जान्छ ।अतः नेपालको सन्दर्भमा ‘स्मार्ट सिटी’ एउटा भ्रम हो, यस्को पछाडी नलागी साधारण मानवीय आवश्यकता पुरा गर्न र कानूनी राज्य भएको जीवन्त शहरको विकास गर्न तिर ध्यान दिन उचित हुन्छ ।

Facebook Comments
Comments (1)
Add Comment
  • gyan

    well said saroj. nepali city need to developed as cultural city not as smart city.