२०७५ असार १५  शुक्रबार 

  • सोलुखुम्बुमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ६ जनाको मत्यु भएको छ । तिङ्ला र नेचा सल्यानबीचको भीरबाट जीप खसेको थियो ।
  •  लागू औषधको रूपमा प्रयोग हुने औषधि बिक्री गरेको अभियोगमा भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित अरनि पोलिक्लिनिक र अविर्षा फार्मेसीका सञ्चालक पक्राउन परेका छन् ।
  • दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणालीको भाषा परीक्षामा लागि ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका छन् । परीक्षा जेठ २६ र २७ भएको थियो ।
  • कृषिप्रधान नेपालमा विशेष महत्व राख्ने असार १५ का अवसरमा पूर्वप्रधानमन्त्री धान रोपाईँमा सहभागी हुनुभएको छ । उहाँले आफ्नो गृहजिल्ला गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ५ जबरेमा आयोजित रोपार्इँ कार्यक्रममा बीउ काड्ने, हलो जोत्ने र धान रोप्ने काम समेत गर्नुभयो ।
Facebook Comments
Comments (0)
Add Comment