मुम्बई जहाज दुर्घटनाः ५ को मृत्यु

 

भारतीय सरकाले चार्टर गरेको हवाइजहाज मुम्बइमा दुर्घटना हुदा पाँच जनाको मृत्य भएको छ ।

उत्तर प्रदेश सरकारको स्वामित्वमा रहेको उक्त हवाइजहाज मुम्बाइको घाटको पार भन्ने ठाउँमा रहेको खुला चौरमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो । दु्र्घटनामा परेर जहाजमा सवार दुई पाइलट, दुई इन्जिनियरहरू र चौरमा रहेका एक जनाको मुत्यु भएको छ ।

मुम्बई प्रहरीका अनुसार, अवतरण गर्ने क्रममा रहेको हवाई जहाज आगोको मुस्लो सहित अचानक पड्किएको थियो। १२ जनाको सिट क्षमत भएको सो हवाईजहाज अवतरणका क्रममा चौरसँगै जोडिएको निर्माणधीन भवनको पर्खालमा वठोक्किँदा दुर्घटनाग्रस्त भएको जानकारी प्रहरीले दिएको छ ।

Facebook Comments
Comments (0)
Add Comment