ट्रम्प प्रसाशन विरुद्ध अमेरिकी राज्यहरुद्वारा मुद्दा दायर

एजेन्सी

आप्रावासी परिवारलाई अलग्याउने गरी ट्रम्प प्रशासनले ल्याएको नीति विरुद्व सत्रवटा अमेरिकी राज्यहरुले अदालतमा मुद्दा दायर गरेका छन् । उक्त नीति गैह्र कानुनी तथा निर्दयी भएको आरोप लगाउँदै वासिंगटन, न्यु योर्क, क्यालिफोर्निया लगायका राज्यका डेमोक्रेटिक महान्यायाधिवक्ताहरुले मुद्दादायर गरेका हुन् ।

इलिनोइस, मेरिल्यान्ड, मिनेसोटा, न्यु जर्सी, न्यु मेक्सिको, नर्थ क्यारोलिना, ओरेगन, पेन्सिल्भानिया, रोड आइल्यान्ड, भर्मोन्ट र भर्जिनिया राज्यहरुले पनि ट्रम्प प्रशासन विरुद्द राज्यका जिल्ला अदालतहरुमा मुद्दा दायर गरेका छन् । अहिले आप्रावासी परिवारलाई पुनःएक बनाउने अदालतको आदेशलाई यी राज्यहरुले पर्खिरहेका छन् ।

न्यूयोर्क राज्यका महान्याधिवक्ता बार्बरा अन्डरहुडले प्रेस विज्ञप्ती जारी गर्दै न्युयोर्कमा रहेका आप्रवासी बालबालिकाहरुमा डिप्रेशन, तनावका साथै उनीहरु आत्महत्या गर्ने सम्मको मानसिकतामा पुगेको जनकारी दिएकी छिन् । बालबालिकालाई उनीहरुका आमाबुवाबाट छट्याएर आमाबुवालाई सीमाबाहिर पठाउने कार्यले बालबालिकामा गहिरो मानसिक समस्याहरु देखा परेको भनाई अन्डरहुडको छ ।

ट्रम्प प्रशासनले अमेरिका–मेक्सिको सीमापार गरेर रोजगारी खोज्ने निस्कने आप्रवासीहरुलाई प्रवेश निषध गर्ने उद्देश्यका साथगत जुन २० मा नयाँ नीति ल्याएको थियो । यस नीतिको सर्वत्र विरोध हुदै आएको थियो । अर्कोतर्फ, अमेरिकाभित्र रहेका कयौँ आप्रासी परिवारका आमाबुबालाई छाराछोरी अमेरिकामै छोडेर सीमापार जाने बाध्यकारी नीति लिएकाले अहिले हजारौँ आप्रावासी बालबालिकाल र उनीहरुका आमाबुबा छुट्टिन बाध्यछन् ।

Facebook Comments
Comments (0)
Add Comment