–ज्ञानमित्र
तपाई गुरु बन्नुहुन्न ? चियाको कप मुखमा पुर्याउने उपक्रमको बीचमा साथी राम थपलियाले सोधे । उनी विगत पाँच बर्षदेखि काठमाडौंमा मेरा ‘गफास्टक’ साथी हुन् । हरे अव त कस्तो एकलकाँटे भइएछ । नामका पछाडि ‘मित्र’ भए पनि हालत कुनै नास्तिकको नाम ‘राधे श्याम’ भए जस्तै !
यत्रा गुरुहरु छँदैछन् समाजमा चारैतिर ! मैले किन बन्नुपर नि ? तपाई जस्ता दुई चार जना साथीले नै म सन्तुष्ट छु ।
होइन गुरु त मैले तपाईलाई व्यवसाय गर्न पो बन्नुस् भनेको । अचेलको दुनियाँमा पैसा नभए केही हुन्न र विगत १२–१४ बर्षदेखि तपाई जुन बाटो हिँडिराख्नु भएको छ, पैसा कमाउने काम पनि त्यै क्षेत्रको गर्नुस् भन्ने अभिप्रायले भनेको हुँ मैले ।
हेर्नुस्, मैले ‘अटोवायोग्राफी अफ अ योगी’ पुस्तक फिरन्ते जीवनमा आउनुपूर्व नै पढेको थिएँ । त्यो बेला त्यसका धेरै कुरा मनपरेका थिए । अहिले मेरा लागि त्यो पुस्तक अर्थहीन भएको छ । चमत्कारै चमत्कारका गाथाले भरिएको त्यो पुस्तकको भ्रमले मुक्त हुन मलाई निकै समय लाग्यो । चमत्कारका गाथाले एउटा सामान्य व्यक्तिलाई अध्यात्ममा “ड्राइभ” गराउन त सजिलो हुन्छ तर पछि यिनै चमत्कारका कुरा उसका लागि सबैभन्दा ठूलो बाधा हुन पुग्छन । अधिकांश व्यक्ति त त्यस मायाजालबाट उम्किन नै समर्थ हुन्नन्……जीवन नै चमत्कारको खोजीमा विताउँछन् ।
त्यस पुस्तकको एउटा प्रसङ्ग भने मलाई अझै मन पर्छ । योगानन्द एउटा ठाउँमा लेख्छन् – ‘न मसँग पैसा छ, न बैंक खाता न मैले लाउने लुगामा खल्ती नै हुन्छ, मैले आफ्ना दुबै हातले जीवनभरि यति बाँडेको छु, सबैलाई यति सहयोग गरेको छु, मलाई विश्वास छ त्यो सधैं फर्केर मसँग आउँछ ।’
हो बाह्र बर्ष वितिसक्यो कमाउन छाडेको, तर मेरो जीवन चलिरहेको छ । मेरो प्रत्येक आवश्यकता पूरा भइरहेको छ । अवश्य पनि मैले आफ्नो आवश्यकता घटाएको छु । नितान्त आवश्यक आवश्यकताहरु पूरा हुँदै आएका छन् । यति हुँदाहुदै मैले पैसा केको लागि कमाउनू ? गुरु बनेर आफ्नो स्वतन्त्रता किन गुमाउँ ??
मित्र पनि सजिलै छाड्नेवाला कहाँ थिए र ! उनको त्यही– प्रश्न जहाँ समाप्त हुन्छन्, त्यहीँबाट प्रश्न उठाउने अर्जुन शैलीले गर्दा नै त उनी मेरो परम मित्र बन्न पुगेका हुन् ।
जब तपाईसँग ‘हुनर’ छ, यथाशक्य जानकारी छ र त्योभन्दा पनि अहिले जब चारैतिर अध्यात्मको नाममा भीषण ठगी भइरहेको छ । स्वनामधन्य बुद्ध पुरुषहरू समाधि, आत्म साक्षात्कर, कुण्डलिनी जागरण, ध्यान धारणाको ‘ललीपप’ बेचिरहेका छन् । सोझा मानिस त्यसमा फसिरहेका छन्, तपाई यही फिल्डमा आउँदा त कतिपयको उद्धार नै हुन्थ्यो र सँगसँगै तपाईको पनि आर्थिक अभाव मेटिन्थ्यो ।
तिमीलाई दान दक्षिणा ग्रह्ण गर्ने, साथीभाई आफन्तसँग सहयोग लिने, कुनै पनि काम गरेर खाने छुट छ, तर अध्यात्मको खोल ओढेर कुनै पनि किसिमको आय आर्जन गर्ने अनुमति छैन । अध्यात्मिक स्त्रीभन्दा पनि पवित्र, शीलयुक्त कला हो । यसलाई बेच्नु, आय आर्जनको साधन बनाउनु स्त्रीको दलाली गर्नुभन्दा पनि निकृष्ट कृत्य हुन्छ । तिमीले जानेको कुरा मित्रवत् अरुसँग ‘सेयर’ गर्न सक्छौ तर कुनै आशा प्रत्याशा नराखी ।
के तपाईलाई लाग्छ गुरु बनेर, सोझो साँचो कुरा गरेर कोही सफल हुन सक्छ ? गुरु बनिसकेपछि सबै पैतरेबाजी अपनाउनुपर्ने हुन्छ । म आत्म साक्षात्कारलाई दोषपूर्ण शब्द भन्ने व्यक्ति, कुण्डलिनीको अवधारणालाई नकार्ने मानिस कसरी गुरु बन्न सकुँला त ? यहीँ यसै सहरमा कुनै बेला पशुपति छवैमा शिवपुरी बाबा बसेकै थिए । बागमती तरेर कति जना पुगे उनी कहाँ ? किनकि उनी ‘ललीपप’ बाँड्ने कार्यमा रुचि राख्दैनथे । उनका भनाइ पनि हेर्नुहुन्छ भने दुई तीन कक्षामा पढाइने जस्ता थिए । सफल गुरु त सावित भएनन् उनी । यहाँ गुरु पनि सफल त्यै हुन्छ, जसले ठूल्ठूला सपना देखाउँछ । म सपनाबाट के यथार्थ र बिपनाबाट नै ब्युँझिने कुरा गर्नेखालको परेँ । गुरु बन्नलाई त मसँग दिने कुरा केही हुनुपर्यो अथवा यो नभए पनि यहाँ यो–यो पाइन्छ भन्ने मेन्यु त हुनुपर्यो । नाकाबन्दीताकाको हाम्रा रेस्टुरेन्ट जस्तै । मेन्युमा सबै कुरा उपलब्ध तर किचेन ग्यासविहीन ।
हेर्नुस्, अध्यात्मपथमा मेरो कोहि गुरु छैन, शिक्षक छन्, गाइड छन्, मित्र छन्, शुभचिन्तक छन् । मेरो पहिलो आध्यात्मिक शिक्षकले भनेको थिइन्, तिमीलाई दान दक्षिणा ग्रह्ण गर्ने, साथीभाई आफन्तसँग सहयोग लिने, कुनै पनि काम गरेर खाने छुट छ, तर अध्यात्मको खोल ओढेर कुनै पनि किसिमको आय आर्जन गर्ने अनुमति छैन । अध्यात्मिक स्त्रीभन्दा पनि पवित्र, शीलयुक्त कला हो । यसलाई बेच्नु, आय आर्जनको साधन बनाउनु स्त्रीको दलाली गर्नुभन्दा पनि निकृष्ट कृत्य हुन्छ । तिमीले जानेको कुरा मित्रवत् अरुसँग ‘सेयर’ गर्न सक्छौ तर कुनै आशा प्रत्याशा नराखी । तिमीले चोरी नै गरेको थाहा पाउँदा पनि मलाई दुःख हुन्न तर अध्यात्मलाई आय आर्जनको साधन बनाएको सुनेँ भने म दुःखी हुनेछु । तसर्थ यो गुरु बन्ने बाटो मेरा लागि हुन सक्दैन ।
हो तपाइँको भनाई ठीक हो । आजको युगमा पैसा नभई सन्यासीलाई पनि बाँच्न सजिलो छैन । प्रविधि र पैसाको यस उन्नत युगमा बुद्धकालीन भिक्षु भएर जीवन विताउने सुगमता बाँकी छैन । भारतमा अलि अलि सम्भावना भए पनि नेपालमा त पटक्कै छैन । भिक्षु,सन्यासी संस्कृतिको विकास उतै भएको हो । अझै पनि हरिद्वार, गंगोत्री, बद्रीनाथ, वाराणासीमा सन्यासी सर्वकर्म परित्यज्यं गरेर बाँच्न सक्छ तर नेपालमा उपाय यो सम्भव देखिन्न ।
अब मेरा लागि आय अर्जनको साधन के हुनसक्छ त ? विशुद्ध व्यापार म गर्न सक्दिनँ, ब्राह्मणत्वको खोजीमा हिंडेको मानिस वणिकमा के झर्नु, जसले मात्र र मात्र आफ्नो नाफा हेर्छ । कृषि सम्बन्धमा आफ्नो कुनै ज्ञान छैन र न त त्यसका आवश्यक संसाधन ! तरकारी र फलफूल उत्पादन कार्यप्रति भने मलाई आकर्षण छ । दसदेखि पाँच बजेसम्मको कतै जागिर खाने न रुचि छ न बिग्रिसकेको मनिस्थितिले त्यो धान्न सक्छ ! मैले गरेको आय आर्जनको अन्तिम काम लेखन र पत्रकारिता थियो । पत्रकारिता गर्नलाई म ‘आउटडेटेड’ भइसकेको छु । मेरो प्रवृत्ति र शैलीको लेखनले केही आय आर्जन हुन सक्दैन, आय आर्जन गर्ने खालको लेखन गर्न मेरो मनस्थितिले दिँदैन । हो, यस क्षेत्रमा एउटा कार्य गर्ने अवसर पाएँ भने म गर्नसक्छु । नेपालमा स्तरीय अध्यात्मिक पत्रिकाको नितान्त अभाव छ, मेरो सामथ्र्यले यो सम्भव छैन तर कुनै ग्रुपले यस्तो पत्रिका प्रकाशनमा रुचि राख्छ भने म त्यहाँ संलग्न हुन सक्छु ।
यसका अतिरिक्त विगत बाह्र बर्षमा मैले भारतको प्रायजसो धार्मिकतीर्थस्थल घुमेको छु । धार्मिक पर्यटनको गाइडको काम गर्न सक्छु । भारतको गुजरात शहरमा मेरो साथीहरुले ‘सेवा क्याफे’ को नामले एउटा रेस्टुरेण्ट खोलेका छन्, जुन शायद् आफ्नो किसिमको एउटा मात्र ‘रेस्टुरेण्ट’ होला । त्यहाँ मेन्युमा उल्लेखित वस्तुको दाम लेखेको हुन्न । तपाइँ ‘अर्डर’ गर्नुस्, खानपिन गर्नुस्, विल माग्दा तपाइँको ‘टेवल’ मा एउटा खाम ल्याएर राखिन्छ, तपाइँलाई जति राख्न मन लाग्छ त्यही खाममा राखिदिनोस् । धेरै समाजसेवी विद्यार्थी त्यहाँ काम गर्न लालायित रहन्छन्, पालो पर्खेर मात्र त्यहाँ काम गर्ने अवसर पाउँछन् । हामीकहाँ पनि यति अरबपति, करोडपतिहरू छन्, कसैले यस्तो किसिमको रेस्टुरेण्ट खोल्ने अभिप्राय राख्छ भने म त्यसमा संलग्न हुन सक्छु ।
राम ! जीवनमा पैसा कमाउने बाध्यात्मक परिस्थिति नै आयो भने म समाजलाई व्यक्तिलाई ‘मिसगाइड’ गर्ने, झुक्याउने, ठगी गर्ने, अभिनय गर्नुपर्ने, झूठो बोल्नुपर्ने कुनै कार्य गर्दिन । गुरु बन्नुभन्दा बरु गुरुजी बन्छु । काठमाडौं शहरमै ‘ट्याक्सी’ चलाउँछु, मानिसहरूलाई अलौकिक गन्तब्यमा पुर्याउने भन्दा उनीहरूले भनेको निर्दिष्ट गन्तब्यमा पुर्योएकोमा खुशी अनुभव गर्छु … ।
Important Notice
We have a new user retention program available at our site, and have decided to give our users valuable rewards for free in order to value your important time as our visitor.
Available rewards (All free!)
All you have to do is click the button below (GET REWARDS) and complete any offer listed, later on you will be able to choose your reward (limited quantity!):
सर्व प्रथम त मेरो इमेल अाईडडी उल्लेख गर्न सक्नुहुन्छ ।
ज्ञानमीत्र, उहाँसँग मैले केही समय गुजारेको छु,समयकालागी उहाँलाई धन्यवाद ।
यो विषय केवल जीविकोपार्जन र कमाईको विषय हो मात्रै जस्तो लाग्दैन ।
‘गुरु’ र ‘गुरुजी’ को शाब्दिक अर्थमा पनि रुमलिन चाँहदिन ।
ढोङ्गी र अाध्यात्मलाई घुमाएर ब्यवसाय गरेकाहरुलाई ज्ञानमीत्र ज्युको छोट जवाफ हो यो ।
जो जो सँग जे सम्बन्ध राख्छ !!