परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

साहित्यिक प्रतिभाहरूलाई सम्मान

काठमाडौं । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान, सुर्यविनायक नगरपालिका ५, कटुञ्जेको आयोजनामा यही भाद्र १५ गते शनिबार साहित्यिक विमर्श एवम् स्रष्टा सम्मान कार्यक्रम एक भव्य समारोहका बीच ३ जना साहित्यिक प्रतिभाहरूलाई सम्मान तथा जनमत पत्रिकाको भक्तपुर विशेष अङ्क विमोचन गरी सम्पन्न भएको छ ।

समारोहमा यसवर्ष प्रतिष्ठानमा प्राप्त कृतिहरूमध्येका `भक्तगाथा´ कृतिका स्रष्टा लेखक शिवप्रसाद ढकाल, `क्रान्तिदूत´ कृतिका स्रष्टा खेमराज निरौला र `लहना र तीर´ कृतिका स्रष्टा अभय श्रेष्ठलाई उत्कृष्ट कृतिकारका रूपमा सम्मान गरिएको छ ।

समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी रहँदै राजगुरू पं. माधव प्रसाद भट्टराईबाट वहाँहरूलाई फूलमाला तथा बर्को ओढाई सम्मानपत्रका साथ सम्मान गर्नुभएको थियो ।

समारोहको सभापतित्व प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष साहित्यस्रष्टा राममणि ढुङ्गेलले गर्नुभएको थियो ।

समारोहमा तीन विभिन्न स्रष्टाहरूबाट सम्मानित तीन कृतिहरूमाथि प्रकाश पार्दै वहाँहरूको व्यक्तित्व तथा कृतित्व बारे आफ्ना धारणाहरू प्रस्तुत गर्नुभएको थियो ।

सोही समारोहमा प्रमुख अतिथि, विशेष अतिथि तथा संस्थाका संस्थापक अध्यक्षबाट बनेपाबाट अविरल रूपमा प्रकाशित भइरहेको जनमत पत्रिकाको भक्तपुर विशेषाङ्कको लोकार्पण गरिएको थियो ।

समारोहमा संस्थापक अध्यक्ष ढुङ्गेलले संस्था स्थापना, त्यसको उद्देश्य र गरिआएका कार्यहरूबारे प्रकाश पार्नुभएको थियो ।

फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान साहित्यकार राममणि ढुङ्गेलले आफ्ना माता फेमकुमारी तथा पिता डोरनाथ ढुङ्गेलको स्मृति स्वरूप वि.सं. २०६८ सालमा स्थापना गर्नुभएको हो ।

समारोहमा मन्तव्य दिदै प्रमुख अतिथि भट्टराईले फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान सन्तानले आफ्ना मातापिताप्रति जनाउनु पर्ने सम्मानको नमूना समेत नेपाली भाषा र वाङ्मयको सेवा तर्फ एक उदाहरणीय कार्य भएको बताउनुभएको थियो ।

समारोहमा विभिन्न साहित्यिक स्रष्टाहरूले मन्तव्य राख्नुभएको थियो भने स्वागत मन्तव्य चित्रकार तथा लेखक नगेन्द्र प्रसाद पौड्यालको रहेको थियो ।

कार्यक्रम सञ्चालन साहित्यिक प्रतिभा श्रीमती देबु लुईटेलले गर्नुभएको थियो ।

Facebook Comments