परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कांग्रेससँग “क्रान्तिकारी” याचना गर्दै वामहरू 

अहिले लाचार बन्दै काङ्ग्रेसको निगाहमा बाँचेको माओवादी केन्द्रका नेताहरू केही वर्ष अघिसम्म अाफूलाई क्रान्तिकारी कम्युष्ट पार्टीको सदस्य ठान्थे । उनीहरू अाफ्नो पार्टी बाहेक अरु सबै वामपन्थी पार्टीहरू दक्षिणपन्थी भएको ठोकुवा गर्थे । `उग्र वामपन्थको पतन घोर दक्षिणपन्थमा हुन्छ´ भन्ने भनाइ चरितार्थ गर्दै अहिले उनीहरू नेपाली काङ्ग्रेससँग सहकार्य र दान बकसको अनुनयविनय गर्दै छन् । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी र निरंकुश भएको हुदा `ठू…लो क्रान्ति´ गरेर संविधान जोगाउन र देउवलाई प्रधानमन्त्री बनाउन सफल भएको भट्टीगफ हाँक्नेहरूलाई अहिले काङ्ग्रेसले पछुवा बनाएर लतार्दै छ ।

अर्थात कर्ममा विश्वास नगर्ने भाग्यमानी देउवाको पछुवा बन्नु भएका पुष्पकमल दाहाल जतासुकै ढाट्न सक्नुहुन्छ। जस्तो कि जनताले थाहा पाउने गरी पहिलो झुठ तथाकथित माओवादी युद्ध नै थियो। माओले सितैंमा जनताको सियो-धागोसमेत नलिने घोषणा गर्दै युद्धको थलनी र सफल अन्त्य गर्नु भएको थियो। हाम्रो माओवादीले भने सियो-धागो बाहेक जनताको सर्वस्व लुट्दै असफल युद्ध गर्यो । दाहालले अाफ्नै लडाकुहरूको सङ्ख्यावारे पनि झुठ बोल्नु भयो। तीन हजार लडाकुलाई ३३ हजार बनाएर बडो घिनलाग्दो तरिकाले सरकारसँग पैसा अशुल्नु भयो। लडाकुको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको मुद्दा अहिले पनि अख्तियारमा जिउँदै छ। दाहाल प्रधानमन्त्री हुँदा केही विदेशी संचार माध्यमले दक्षिण एसियाकै धनी नेता भनेर लेखेका थिए।

नेकपा एमालेको संगठन भताभुङ्ग पार्न र चुस्त व्यवस्थापन खलबल्याउन नसकेपछि माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेमा बसीरहनु पर्ने अौचित्य समाप्त भई सकेको थियो । त्यसैले अोलीको नाममा १९ पेजको पारपाचुके पत्र लेखेर हिड्नु भयो । एमालेका तत्कालीन नेता माधव नेपाललाई पनि सँगैलिएर जान दाहाल सफल हुनु भयो । भाग्यमानी देउवालाई परमादेश र वामपन्थी भोटले सत्ताको कुर्सीमा विराजमान गरायो । देउवा र दाहाल मिलेर `पार्ट्री विभाजन गर्न २० प्रतिशत´भए पुग्ने दुई दिने अध्यादेश ल्याएर एमाले फुटाउने खेल खेल्नु भयो । तरएमाले फुटेन चोइटियो मात्र ।

छुटाभिन्न भई सकेपछि अध्यक्ष दाहालले सिन्धुली पुगेर हरिबोल गजुरेलको घरको पिंडीमा बसेर कार्यकर्ताहरूलाई अाफ्नो मनको कुरा खोल्नु भएको थियो । उहाँले त्यसबेला `एमाले कब्जा गरिसकेको थिएँसर्वोच्चले खप्परमै घनले बजायो र पो´ भन्नु भएको थियो । एमालेको संगठनव्यवस्थापनकार्यकर्ता परिचालनअनुशासन र चुनाव चिन्हसमेतले जोसुकैलाई लोभ्याउछ भने पुष्पकमल दाहाल जस्तो धुर्त मान्छे नलोभिने कुरै भएन । उहाँले ठाउँ ठाउँमा एमाले कब्जा गर्न नसकेकोमा कार्यकर्ता सामु खिन्नता प्रकट गर्नु भएको छ । स्वभाविक हो पश्चात्तापले मानिस भित्र जमेर रहेको विकारहरू छदाउने गर्छ । गर्छु भनेर अठोट गरेको तर गर्न नसकेको काम सम्झेर पनि मान्छे अन्टसन्ट बोल्ने र बरबराउने गर्छ । अहिले त्यो पीडा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भोगिरहनु भएको छ भनेर अनुमान गर्न सकिन्छ ।

देउवा र दाहालको घुलन

सिद्धान्त बोल्छ वामपन्थी र दक्षिणपन्थी विचारमा अाकाश-जमिनको फरक छ । विश्व परिघटनाले पुष्टि गरेको व्यवहार बोल्छ उनीहरू एक अर्कालाई प्रमुख शत्रु ठान्छन् । नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विगत बोल्छ `त्यसको टाउको काटेर झोलामा हालेर ल्याउनु´ । देउवाको इतिहास कहन्छ प्राप्त प्रजातन्त्र किस्तीमा सजायर राजालाई बुझाउने र सत्ता प्राप्तिका लागि प्राडो-पजेरोलगायत सांसद खरिद बिक्री गर्ने व्यक्ति । 

अध्यक्ष दाहालको सिङ्गो जिन्दगीको पानामा लेखिएको छ उहाँ झुठतिकडमनाटकचटक र धूरत्याइँको पर्यायवाची हो । जस्तो कि भारतसँग सुरुङ युद्धगर्न भन्दै भारतकै सहयोगमा चिनको सिमानामा सुरुङ खन्ने कामएमसिसी पास गर्दैगर्दैनौ भन्दै एमसिसी पास गर्छौ भनेर फातिमालाई चिठी लेखिसकेपछि लेखेकै छैन भनेर झुठको सहारा लिने कामएमसिसी पास गर्दा अमेरिकाले मान्दै नमान्ने `व्याख्यात्मक टिप्पणी´नामको पारदर्शी लगौटीले छोपियो भनेर प्रचार गर्ने काम दाहालले गर्नु भएका अात्माघातीराष्ट्रघाती र जनघाती विशेष काम हुन । पछिल्लो समय जापान पुगेर दाहालले यस्तो झुठ बोल्नु भयो जसले दुनियाँलाई हँसायो । दाहालले जापानका `पूर्व प्रधानमन्त्री स्वर्गीय शिन्जो अाबेसँग उहाँ पूर्व प्रधानमन्त्रीको हैंसियतले तीनपटक नेपाल भ्रमणमा रहदा मसँग तीनैपटक सौहार्द पूर्ण रुपमा कुराकानी गर्नु भयो´ भनीदिनु भयो । जापानका पूर्व प्रधानमन्त्री स्वर्गीय शिन्जो अाबे कहिल्यै नेपाल भ्रमणमा अाउनु भएको थिएन भनेर नेपाल स्थित जापानी दूतावासले भन्नु पर्ने अवस्था दाहालले सिर्जना गरिदिनु भयो ।

अर्थात कर्ममा विश्वास नगर्ने भाग्यमानी देउवाको पछुवा बन्नु भएका पुष्पकमल दाहाल जतासुकै ढाट्न सक्नुहुन्छ । जस्तो कि जनताले थाहा पाउने गरी पहिलो झुठ तथाकथित माओवादी युद्ध नै थियो । माओले सितैंमा जनताको सियो-धागोसमेत नलिने घोषणा गर्दै युद्धको थलनी र सफल अन्त्य गर्नु भएको थियो । हाम्रो माओवादीले भने सियो-धागो बाहेक जनताको सर्वस्व लुट्दै असफल युद्ध गर्यो । दाहालले अाफ्नै लडाकुहरूको सङ्ख्यावारे पनि झुठ बोल्नु भयो ।  तीन हजार लडाकुलाई  ३३ हजार बनाएर  बडो घिनलाग्दो तरिकाले सरकारसँग पैसा अशुल्नु भयो । लडाकुको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको मुद्दा अहिले पनि अख्तियारमा जिउँदै छ । दाहाल प्रधानमन्त्री हुँदा केही विदेशी संचार माध्यमले दक्षिण एसियाकै धनी नेता भनेर लेखेका थिए । 

वास्तवमा सानसौकतरवाफपरिवारको रहनसहनठाँटबाँट अगुवापछुवासुख भोगका सामानले भरिपूर्ण बासस्थान र मोजमस्ती देख्दा नेपालका धनी नेतामा देउवा र दाहाल नै पर्नु हुन्छ । अध्यक्ष दाहालले सम्पत्ति विवरण बुझाउँदा नै नेपाली जनता छक्क परेका थिए । उहाँको सम्पत्तिका नाममा दुई तोला सुन र तीन कठ्ठा जग्गा बाहेक केही छैन भन्दा जताले  नपत्याए पनि माओवादी कार्यकर्ताले नमिठो मानेर भए पनि पत्याउनै पर्ने वाध्यतात्मक अवस्था छ । विडम्बना नै मान्नु पर्छ कुनै समय बाघ जस्तो गर्जिने र अहिले पनि महासामन्तको जीवन भोग्दै गर्नु भएका अध्यक्ष दाहालको स्वाभिमान भने धुलिसात भई सकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अाफ्नै कारणले, लघुताभास र हिनताबोधले खुम्चिदै कक्रिदै अहिले स्याल बनेर काङ्ग्रेसले बिलो देला र खाउँला भनेर पछ्याउँदै हुनुहुन्छ । यो भन्दा दुखद पक्ष के अरू हुनसक्छ!

काङ्ग्रेसले देला र खाउँला!

तृष्णाले खहरिएको शुक शरीर,  लोभले बेजोडसँग छटपटाइ रहेको मनसुख भोगको चाहानाले ग्रस्त सोच र समाजद्वारा तिरस्कृत व्यक्ति जता अाफ्नो इच्छा पुरा हुने सुइँको पाउँछ उतै दौडिन्छ । उसले इच्छापूर्तिका लोभले बसिभूत भएर अाफ्नो गोत्रजातथरवर्गसमाजराष्ट्रनीतिविचारसिद्धान्तअाचरण सबै त्यागेर वर्गशत्रुसँग पनि सजिलै मिल्न  सक्छ ।

जसले सत्ता सुखभोग र सम्पत्तिकै लागि राष्ट्रराष्ट्रियता र जनता प्रतिको दायित्व नै स्विकार्दैन त्यस्ता व्यक्तिहरूको स्वर्थ मिल्छघुलन हुन्छ र स्वार्थ नबाझिएसम्म एकै ठाउँमा रहन्छन् । अहिले देउवा र दाहालको स्वार्थ मिलेको छ । स्वार्थ मिलेसम्म उहाँहरू एउटै थालमा खानु हुनेछ । जनताले अनौठो मान्नै पर्दैन उहाँहरू त्यो दिनसम्म अंगालो मारेर हिड्नु हुनेछ जुन दिनसम्म पद र पैसा बाँडफाँडमा तलवितल पर्ने छैन । भनाइमा मात्र किन नहोस् उहाँहरू दुवै बेग्लाबेग्लै विचारबाट प्रेरित  हुनुहुन्छ । पाठशाला बेग्लाबेग्लै हो । दीक्षा भने देउवाले अमेरिका र दाहालले भारतबाट लिएको हो भन्ने विद्वानहरूको अड्कल अहिले मिलीरहेको छैन् । एमसिसी पास गर्नुएसपिपीमा निर्णय पछि पनि पत्र लेख्न नसक्नुरुस युक्रेन युद्धमा अमेरिकाको इसारा मानेर हतारमा युक्रेनको समर्थन गर्नुभारतलाई खुसी पार्न हतारमा नागरिकता विधेयक र अन्य विषयहरू सदनमा बहुमतले पास गर्नु जस्ता राष्ट्रघाती काण्ड हेर्दा लाग्छ उहाँहरू दुवैजना भारतयुरोप र अमेरिकामा दीक्षित हुनु भएको हो।

संसदीय  सत्ता प्राप्तिलाई मूल उदेश्य बनाएको माअोवादीले परराष्ट्र नीतिमा साम्राज्यवादी र विस्तारवादीसँग अात्मासमर्पण गरिसकेको छ । अमेरिकाले जे भन्यो त्यो पुरा गर्नै पर्ने र भारतको इसारामा नाच्नै पर्ने वाध्यतामा माओवादी रहेको विभिन्न घटनाले पनि पुष्टि गरेका छन्। यसको उदाहरणका रुपमा माओवादी अध्यक्षले `एमसिसी पास गर्छौ´ भनेर फातिमालाई लेखेको पत्र सम्बन्धी झुठको सहारा लिनुएमसिसी पास गर्ने बेलामा नाटक गर्दै कार्यकर्ता उफार्ने र व्याख्यात्मक टिप्पणीसहित पास गरियो भनेर कुर्लिनु साम्राज्यवादी अमेरिका सामु लम्पसार पर्नु नै हो ।

र, अन्त्यमा

अब अाउने चुनावमा  सात-अाठ वटा दल मिलेर एक्लो एमालेलाई पछार्न सकिन्छ कि भनेर मैदानमा ओर्लने जमर्को गर्दैछन् । एमालेको डरले अरू दलमा रुवाबासी हुनुखिनौटे-मसिना दलहरू मिलेर `हामी डराएका छैनौ´ भन्नु त स्वभाविकै हो तर मै हुँ भन्ने नेपाली कांग्रेसको पनि एमालेको संगठन देखेर मूल सातो गुमेको अवस्था छ । यसको पुष्टि केही दिन अघि प्रधानमन्त्री देउवाले `अहिले पनि गाउँ-गाउँमा एमालेकै संगठन बलियो छ´ भनेबाट हुन्छ । वास्तवमा टिकट वितरणमा गम्भीरता पूर्वक ध्यान पुराउने र एमालेका नेता कार्यकर्ता गाउँ गाउँ खट्ने हो भने अन्य दल सबै मिलेर अाए पनि एमालेलाई हराउन सक्ने अवस्था छैन । 

मैमत्ता भएर उग्र क्रान्ति गर्न हिडेका वामहरू अहिले कांग्रेसको अांगनमा गएर `चुनावमा दया गर्नु होस्´ भनेर अनुनयविनय गर्दै छन् । दयाको याचना गर्दा पनि क्रान्तिकारी” याचक वामहरूले अहिले अपमान भएको ठानेका छैनन् । विगौती मात्र भए पनि पाउनु पर्ने तर्क पछुवाहरू गर्दैछन् । कांग्रेसद्वारा घिस्याइनुमा नै सफलता ठानेका छन् । यी मगन्ते प्रति कांग्रेसका केही नेताले सहानुभूति दर्शाए पनि बहुसंख्यक कांग्रेसीजन चुनाव अगाडि गठबन्धन गर्न नहुने मान्यता राख्छन् । यसर्थ एमालेजनले अब गाउँ गाउँ गएर अाफ्नो संगठन अझ दह्रो बनाउन र एमाले हराउने सपना मात्र देखेर बर्बराउनेहरूलाई चुनावी नतिजाबाटै जवाफ दिन परिश्रम गर्नु पर्नेछ ।

Facebook Comments