परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कांग्रेसको दान पानदलेको तानातान

फुटानी

ओलीसँग मिल्छौ भन्दा पनि कांग्रेसले पत्याएन । समाजवादी केन्द्रको त्रुप हान्दा पनि कांग्रेस लत्रिएन । साना दलहरूसँग मिलेर `तँलाई साइजमा राख्छौ´ भन्दा पनि कांग्रेसले ओठ लेप्य्रायो । कांग्रेस त उल्टै मधेशी दलहरूसँग मिलेर हामीलाई साइजमा राख्न खोज्दै छ । कांग्रेसले निहुँ खोज्यो भने हामी  त `धोवीका कुत्ता घरका न घाटका´ हुन्छौ । प्रधानमन्त्री देउवा दाइले हाम्रो इसारा बुझेर काम गरे पनि कांग्रेसका अरु नेता टिकट जति अाफ्नै भागमा राख्न खोज्दै छन् । यस्तो भएसी गठबन्धन भनेकै भरमा कांग्रेसको कसरी विश्वास गर्ने ? लठिभद्र पो होला जस्तो छ । `कांग्रेससँग नमिलौ ओलीले ठाडै खाने डर, कांग्रेससँग मिलौ त जूठोपुरोको भर´ हुने भयो । उफ ! कस्तो समस्या अाइलाग्यो ! होइन टिकस त मिलार लिनु पर्छ नि । कांग्रेसले अाफूलाई ६० प्रतिशत राखेर अरुलाई ४० प्रतिशत दिनु पर्छ भनेर के गर्न खोजेको हो ?

देउवा दाइ पनि झूटो बोल्न नजान्ने नै रान । हाम्रो सदावहार अध्यक्षले जस्तो सात हजार लडाकुलाई ३३ हजार भन्ने, नेपालमा कहिल्यै नअाएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो अावेलाई काठमाडौंमै तीनपटक भेटेको भन्ने, फातिमालाई `एमसिसी पास गर्छौ´भनेर पत्र पठाएपछि `पठाकै छैन´ भनेर कसम खाने जस्तो सहज काम त गर्नु पर्छ नि ! होइन देउवाले त्यसरी `अहिले पनि गाम-गाममा एमाले नै दह्रो छ´ भनेर सत्य कुरो प्वाक्क किन बोल्नु परेको ? सप्पैलाई थाहा छ गाम-गाममा एमाले दह्रो छ भन्ने कुरा । त्यसैले त कांग्रेससहित हामी सप्पै एकातिर, एमाले एक्लै एकातिर भर लड्नु पर्छ भनेको त । लु नेकपा समाजवादी र जनमोर्चालाई त हामीले पनि गनेको छैन `झारेझुरे बाद´ भनौला तर, कांग्रेसले नै माओवादी केन्द्र जस्तो घनघोर युद्ध गरेर अाको, कुनैबेला सप्पैभन्दा ठूलो दल भाको पार्टीलाई नै झारेझुरे भन्ने ? हामी माओवादी केन्द्रको अाफ्नो भन्ने दर्शन, सिद्धान्त, नीति, व्यवहार सम्पूर्ण कांग्रेसी पाउमा चढाउदा पनि `खाए खा नखाए घिच´ को शैलीमा कांग्रेसी जनले सिट छुट्याउछौ भनेर अपहेलना गर्न मिल्छ ?

गठबन्धनका जजस्ले जुनजुन क्षेत्रको सिटमा जितेको छ त्यो उसैलाई छाड्दा भैगो । एमालेले जितेका जति सिटमा भाग शान्ति जै नेपाल गर्ने त हो नि । त्यति गर्न केको महाभारत ! माओवादीले जितेको ३२, काग्रेसले २३, जसपाले १३, लोसपाले १२, जनमोर्चा एक र स्वतन्त्रले एक त जितेकै छ । बाँकी रहेको एमालेले जितेको ८१, नेमकिपा र राप्रपाले जितेको एक एक  हो । एमालेको ८१ सिटमा १३ वटा सर्लक्क माधव नेपाललाई दिनुपर्छ । बाँकी रह्यो ७० सिट । ७० मा एउटा जनमोर्चा, तीन्टा माधव, तीन्टा जसपा र दुईटा लोसपालाई `घिच´भनेर दिनैपर्छ । बाँकी रहेको ६१ मा कांग्रेसलाई ३० हाम्रो उच्च छलाङ लगाउदै कांग्रेससँग घुलित भएको पार्टीलाई ३१ राख्दा हामी अोके गरिहाल्छौ । यसो गर्दा भारत रअम्रिकालाई पनि पछि कमफर्टेवल हुन्छ ।

जै नेपाल है विध्वंसे काका ! झुम्री काकी घरमा छैनन् कि क्या हो ? चालचोल सुन्दिन त ! अनि काका नयाँ नौलो खबर के छ ? हाम्रो पार्टी नेपाली कांग्रेसबाट कति सिट पाम्ने अाश गरेका छौ ? तिमी जसरी पनि उठे राम्रो हुन्छ । लुटेको पैसो छदै छ क्यारे । कांग्रेसका नेताहरू मलाई उठ भन्दैछन् । मेरो भने उठ्ने विचार छैन् । यो क्षेत्रमा एमालेले जितीहाल्छ । तिम्रो हाम्रो खर्च हुने मात्रै हो । अनि किन उठ्नु !

यस्तो निराशाजनक कुरो नगर भिरघरे ! चुनाउमा जनताले झ्याम कि झ्याम हाम्रो माउवादीलाई भोट हाल्छ । कांग्रेसबाट तँ नउठेकै राम्रो । माउवादी, कांग्रेस, जनमोर्चा, जसपा र नेकपा समाजवादीले खनर्लापखुर्लुप भोट मलाई दिएपछि एमालेलाई ठाडै हराउछु ।

हौ काका ! के हावा कुरो गर्छौ ? जनमोर्चाको १३ भोट, तिमार्को तीन सय, हाम्रो कांग्रेसको १३ सय ५० होइन ! अनि ११ हजार एमालेको भोट छ । डाटा हेरेर बोल्ने गर काका ! `फातिमालाई चिठ्ठी लेखेकै छैन´ र `शिन्जो अावेलाई नेपालमा तीन पटक भेटें´ भने जस्ता हावा गफ अब जनताले पत्याउदैनन् ।

भिरघरे दाइले ठिक भने । तिमारू एक सय ५० पार्टी मिले पनि हाम्रो एमालेलाई हराउन सक्तैनौ । गफले चिउरा भिज्दैन, मयाले संसार थेग्दैन । कांग्रेससँग भिख मागेको भरमा वामपन्थीले कति दिन गुजारा गर्छ ! हाम्रो एमाले पनि चुनाउमा रमिता हेरेर बस्तैन । देउवा, रामचन्द्र, प्रचन्न, माधवलगायत सप्पै डरले थरथर काँप्तै एमालेले सक्छ भन्दै एकले अर्कासँग वार्गेनी गरेर दुनियाँ हँसाउदै छन् । तिमारू जतिसुकै दल मिल हाम्रो एमालेलाई फरक पर्दैन । लाछी, काँतर, दुर्बलहर्को जुइनो खुस्काउन एमालेले जानेको छ ।

मेरो कन्सिरी तात्तिने गरी चडेर कुरो नगर सण्डे ! तेरो एमालेलाई हाम्रो कांग्रेसलगायत सप पार्टी मिले भा पनि हराएरै छाड्छौ ।

हेर काका ! तिमी हाम्रो कांग्रेस भन्दै छौ तिमारूलाई कांग्रेसले नै तोरीको फूल देखाउने छ । सधैं तिमारूलाई कांग्रेसले बोक्छ भन्ने नठान । कहिलेकहीँ त अाफ्नो खुट्टामा उभिने कोसिस गरेर त हेर!

लु सण्डे भाइ ! हामी झरौं उभिण्डे खोलातिर । काका

जै नेपाल !

Facebook Comments