परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

स्वास्थ्य क्षेत्रको विकृतिः कसको कति दोष?

जभोलि जतातता नै नेपाली राजनीति पार्टी र त्यसका नेताहरूप्रति वितृष्णा मात्र सुन्न थालिएको छ। अझ पार्टी विहिन स्वतन्त्र उम्मेदवार भए त्यसलाई जिताउनु भनी सामाजिक संजालमा धेरै अभियन्ताहरूले भनेको सुन्न थालिएको छ। हुँदाहुँदै धेरै प्रतिष्ठित  पढेलेखेकाहरूले पनि सबैलाई परीक्षण गरियो, सबै विफल मात्र भएनन् अति डुङडूङती गन्हाएका छन्, त्यसैले यो पार्टीका राजनिति गर्ने नेताहरूलाई केही शिक्षा दिन पनि स्वतन्त्र उम्मेदवारलाई जिताउनु पर्दछ भन्ने उक्ति बजारमा मज्जाले हल्ला फैलिएको छ।

यो हल्ला चल्नुमा वर्तमान परिवेशमा पार्टीहरूको नीति र व्यवहार बिल्कुलै पराकाष्ठा मा मेल नखाएर नै हो। अझ भन्नु भने अन्य राज्यको लागि अति सहज सरकार (Comfortable government) बनाउन करिब दुई तिहाईको एकमना जननिर्वाचित सरकार ढालेर सर्वोच्च अदालतको परमादेशबाट संसारमा कहीं नभएको प्रजातान्त्रिक गणतान्त्रिक मुलुकको उपहास गर्दै आम नेपालीको लागि नभएर विदेशीको चलखेलको लागि सहज  सरकार स्थापित गर्यो। साथै यस परमादेश सरकारले त्यही अपवित्र गठबंधन सरकार टिकाउन प्रदेश सरकारमा मन्त्रीहरूको संख्या थप्यो, त्यस्तै अनेक जालसाजमा पारी प्रधान न्यायाधीशलाई आफ्नो स्वार्थ अनुरूप प्नयोजन गरे, त्यसपछि सर्वोच्च अदालतलाई घरको न घाटको अर्धचेतको अवस्थामा पुर्याइदियो।

त्यस्तै स्थानिय निकायको चुनाव हेरौ न, विभिन्न स्थानहरू जस्तै चितवनमा नेपाली कांग्रेसले गठबन्धनको नाममा आफ्नो पार्टीको सिद्धान्त र नीति विपरीत आफ्ना अति सिनियर असी वर्षका कर्मठ योद्धा पुरुष कृष्णलाल सापकोटा साथै आफ्नो समकक्षी जग्गनाथ पौडेल लगायत महिला हक अधिकारको अभियन्ता मिना खरेललाई  पार्टीबाट निष्काशन गरी कहीं न भएको जात्रा हाँडी गाउँमा भन्ने तल्लो स्तरको भूमिका चरितार्थ गरे। त्यस्तै माओवादीका अस्थिर, अति परिवारवाद साथै सत्ता लिप्सा को चरित्रमा चुर्लुम्म  डुबेर बनेको चुनावी गठबन्धन यसको अर्को उदाहरण हुन्। त्यस्तै एमाले पनि केही हदमा तल झरेको, कतै राप्रपासंग एकता गर्दै भिडेको छ त कतै परस्पर प्रतिस्पर्धी बनी लडेको जस्तो चितवनमा रप्रपसंग साँठगाँठ तर दमकमा प्रतिस्पर्धा!! यो कुन चाल हो?? छोरीले जितिनन् भने केही न केही अनिष्ट हुन्छ भनी चितवनमा घुर्की, त्यस्तै डडेल्धुरामा करुवा हरूवामा भोट हाले बजेट नै दिन्नौं भ न्ने चर्को भाषण पनि सुनेको नैं हो।

यी नै विभिन्न कारणहरू हुन सक्दछन् पार्टीप्रति कडा वितृष्णा फैलिनुमा।।

त्यस्तै एक पार्टीका नेताले अर्को पार्टीका नेतालाई अति तल्लो स्तरमा गाली गलौजमा उत्रिनु पनि अर्को प्रमुख कारण हुन सक्दछ। कहिले लाग्दछ एकोहोरो राज्यको सोचमा दगुर्दा दगुर्दा मानसिक सन्तुलन त गुमेको छैन??

खासमा संगठनको चरित्र कस्तो हुनु पर्दछ?

यसलाई चलायमान बनाउन र यसको उद्देश्य प्राप्तिका लागि अप नाइने रणनितिहरू कुनै पनि सही तवरले अनुकरण गरिएको पाइएको छैन। एउटा प्रमुख कारण पनि यही हो। व्यक्तिगत स्वार्थमा अभिप्रेरित नेताहरू छन् भन्ने गलत भ्रम फैलाइएको पाइएको हुनाले आम जनसमुदायमा यसको नकारात्मक दूरगामी असर पर्न गएको छ, जुन हुनुपर्ने आम नागरिकहरू त्यो नभएर अति नकारात्मक अवधारणा विकास गरेर बसेका छन्  अनि कसरी आदर पाइने गर्दछ र नेताहरूलाई?? त्यसैले जता पनि छिछि दूर दूर गर्न थालिएको छ नेताहरूलाई!!

तर यो गलत प्रविर्ती, गलत संस्कार हो। हाम्रो शरीर आफै एउटा ठूलो संगठनको प्रतिनिधिको बलियो सक्रिय सजीव पात्रको सत्य प्रमाण हो भन्दा अत्युक्ति नहोला।  हाम्रो शरीर भित्र करौडौं कोष, तन्तु, हजारौं अंग र अनेकौं प्रणाली मिली एउटा शरीर बनेको छ। यो भित्र कैयौ समन्वय, सहकार्य हुने गर्दछ। कैयौ पृष्ठपोषण एक अर्काले दिने र लिने गर्दछ तब त जीवन चलायमान पाइएको छ जीवित शरीरले। त्यस्तै समाजलाई उत्पादकमुलक चलायमान बनाउन, विकासको तर्फ अग्रसर बनाऊन समाजमा सङ्घ, संगठन आवस्यक हुने गर्दछ।  त्यसैले त्यो सङ्घ, संगठन हाक्ने नेताहरूलाई समयमा नै एक जिम्मेवार असल, सभ्य, सामाजिक, बुद्धिजीवी नागरिकको हैसियतले खबरदारी गरौँ तर कहिल्यै पनि छिछी दूरदूर गर्ने नगरौं।

हो हामी सबैको उत्तरदायित्व हो समाज सभ्य, चलायमान बनाउन। यसको लागि शिक्षा र स्वास्थ्य सर्व सुलभ सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था निर्माण गरौँ। हिजो आज सुरक्षित स्तरीय स्वास्थ्य उपचार अति महंगो भएको छ। त्यस्तै विशेष गरी स्वास्थ्य शिक्षा पनि। एकातिर सरकारको सीमित श्रोत र साधनबाट यो धान्ने अवस्था छैन भने अर्को तर्फ निजीबाट संचालित संस्थाको खर्च आम साधार ण  जनताले धान्न सक्ने अवस्था छैन। यसको लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, त्यस्तै स्वास्थ्य बीमा अति वैज्ञानिक, व्यावहारिक बनाइनु पर्नेछ भने अर्को ठूला ठूला निजी अस्पताल र मेडिकल कलेजका अस्पतालहरू पब्लिक प्राइभेट पार्टनरसिपको मोडलमा अक्षरशः विकास गरिनु पर्दछ।  स्वास्थ्य सेवा निजी संस्थाहरूले प्रदान मात्र गरिरहेका छैनन्, धेरै नै आम मानिस लगायत स्वास्थ्यकर्मीहरूलाई रोजगार पनि प्रदान गर्दै आईरहेका छन् । यस्तो अवस्थामा सरकारले केही न केही सुविधा खुल्ला हृदयले ती संस्थाहरूलाई दिनुपर्दछ।

त्यस्तै स्वास्थ्य शिक्षा आम मानिसहरूको पहुँचमा पुर्याउन अहिले सरकारले लिएको नीति सरकारी स्कूल त्यो पनि कक्षा ६ देखि निरन्तर १० सम्म पढेकालाई छात्रावृत्ति दिनेबारे पुनः विचार गरिनु पर्ने हुन्छ।  कि सरकारी स्कूल पूरा निगरानीका साथ सुधार गरिनु पर्दछ, कि भैरहेको नीति पुन:  सच्याउनु पर्दछ। कक्षा ८ देखि १० सम्म पढ्नेलाई पूरा छात्रावृत्ति नदिए पनि आधा छात्रावृत्ति दिने व्यवस्था गरिनुपर्दछ। त्यस्तै स्कूलको संरचना र पढाउने प्रवृत्ति परिवर्तन गराउन अति आवश्यक छ।

यी दुई अति महँगो भएकोले नै जनआक्रोश नेताहरू प्ति बढेको हुन सक्दछ।  किनकि नेताका सन्तानहरूले सरकारी छात्रवृत्तिको कोटामा कि विदेश कि स्वदेशमा नै अध्ययन गरेका छन्।

साथै अन्य शैक्षिक कार्यक्रम आफ्नो क्यालेण्डर अनुरूप निरन्तर चलिरहेको छ तर स्वास्थ्य अन्तर्गत विगत दुई तीन वर्षदेखि पूरै ठप्प छ भन्दा अत्युक्ति नहोला। अझ नर्सिङ शिक्षा त पूरै ठप्प छ। एकपटक पुन: चिकित्सा शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बन्धित परिषद् एकसाथ बसी समस्या समाधानको बाटो निकाल्नु पर्दछ।

धेरै विद्यार्थीहरू चिकित्सा शिक्षा अन्तरगतको विद्या पढ्न बिदेशिन बाध्य बनाइएको छ, साथै योबिचौलियाहरूले मुनाफा कमाउने ठूलो आयश्रोत भएको छ।  यसमा केही सामाजिक अभियन्ताहरूको अप्रत्यक्ष मा सहभागिता छ भन्दा कुनै पूर्वाग्रही भएर आक्षेप लगाएको ठहरिने छैन।

प्रमुख जरो पत्ता नलगाई टुप्पो मात्र छिमलेर समस्या समधान हुने होइन

कति निजी मेडिकल कलेजहरूले सरकारीभन्दा अति स्तरीय शिक्षा प्रदान गरेका मात्र होइनन्, अझ त्यहाँ कार्यरत कर्मचारीहरूका नानी बाबुहरूलाई पचास प्रतिशत देखि पचहत्तर प्रतिशत छात्रावृतिमा अध्यापन गराउँदै आएका छन्, राज्यलाई करौडौं राजस्व बुझाउँदै आएका छन्। त्यसप्रति राज्यको आवश्यक सही नजर खोई?? जबर्जस्त निजी संस्थाको घाँटी निमोठ्ने अनि सरकारी संस्था आफै स्तरीय र विश्वास जित्न सक्ने सेवा प्रवाह गर्न नसक्ने !!यो कस्तो द्वैध चरित्र!!!

त्यसैले सम्बन्धित सरोकारवाला साथमा बढी सकारात्मक सोच राखी समस्या समाधान तु गरौँ। हो, यो अति संवेदनशील क्षेत्र हो तर यस मार्फत नेपालमा विदेशी  मुद्रा आर्जन गर्न मात्र सकिने होइन कि विदेशिने नेपाली मुद्रा पनि रोक्न सक्दछौं यदि सबै मिली राम्रो सोच विकास गर्ने हो भने।

धेरै नेपाली राजा र राजनेताहरूको नेपाल सशक्तिकरणमा आफ्नो आफ्नो ठूलो भूमिका छ त्यसलाई नकार्न मिल्दैन। मदन भण्डारी, राजा वीरेन्द्र किन मारिए, त्यसको खोजी नीति गर्न नसक्नु पनि अर्को कारण पनि हुन सक्दछ।।

त्यसैले यहाँ सम्पूर्ण नेपाली दाजु भाई, दिदी बैनी, बुवा आमाहरूलाई नेताहरूलाई छि छी दूर दूर गर्नुको साटो सही पृष्ठपोषण सही समयमा सन्दर्भ सहित दिनु हुन हार्दिक अनुरोध गर्दछु।

साथै नेतागणमा हार्दिक निवेदन के गर्न चाहन्छु भने आममानिसको नेता बन्न कोसिस गर्नुहोस् न कि कुनै गुट उपगुटको।।

आज हाम्रो सामुन्ने बी पी, पुष्पलाल, गणेशमान, कृष्ण प्रसाद भट्टराई, मदन भण्डारी, मनमोहनको तस्बिर सदा ताजा भई सलबलाइरहन्छ। किन, उहाँहरू नेता होइनन् र?

Facebook Comments