परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रचन्न प्रधानमन्त्री बन्ने पक्का : अाज दिल्लीमा फाइनल वार्ता सम्पन्न

फुटानी

टुट्नु र डुब्नुको कुनै सम्बन्ध नहुन सक्छ । यसो भन्दाभन्दै पनि पहिला देखिनै चली अाएको अाहान छ `शंकाले लंका जलाउ छ´ र `हावा नचली पात हल्लिन्न´ भन्ने । जे होस हाम्रो एक मात्र सदावहार अध्यक्ष काम्रेस प्रचन्न भारत भ्रमनमा जाँदा नेपालमा हलचल पैदा भएको छ । कोही भन्दै छन् `नेपालमा हस्तक्षेप गरेरै भए पनि  हाम्रो गठबन्धन जोगाइ देउ प्रभु´ भन्न गएका हुन । कोही भन्दै छन् `मलाई अब अाम्ने चुनापमा जिताएर प्रधानमन्त्री बनाइ दिनु होस्, तमिले भनेको खाराप्पखुरुप्प मान्छु प्रभु´ भनेर मोदीका पाउमा निवेदन चढाउन गएका हुन । नेपालीहरू किन यसरी बाँउडिएका होलान ! म त तीन छक्क पर्छु । नेपालका एक मात्र सुप्रिम व्यक्तित्व, महान नेता, सर्वाहारा वर्गका खुँखार मुक्तिदाता र प्रचन्न पथका निर्मान कर्ता भारत जस्तो हाम्रो देशको दक्षिणी सीमाना सुरक्षाको हिस्सेदारबाट दह्रो निम्तो अाम्दा निम्तो मान्न किन नहुने ?

मुख्य विषय नै `गठबन्धन टुट्नु हुदैन र गठबन्धनबाट कोही डुब्नु हुदैन´ भन्ने नै हो । कहिलेकहीँ कांग्रेसीहर्को हर्कत हामी कम्निष्टहर्लाई गठबन्धनबाट हुत्याउने खालको देखिन्छ । त्यसैले त वर्तमान परिप्रेक्ष्यमा म भन्छु  गठबन्धन टुट्नु, फुट्नु र डुब्नु हुदैन । मने भारतलाई साखै अाफ्नो नठानेर पहिला भयङ्कर गल्ती गरियो, विस्तारवादी भारत भनेर ठूलो भुल गरियो । `विस्तारवादी चिन मुर्दावाद´ भन्नु पर्नेमा गल्तीले `विस्तारवादी भारत मुर्दावाद´ भनिए छ प्रभु ! भनेर मोदीको पाउपर्दा के चाहिँ विग्रिन्छर ! नेपालीहर्ले कुरै बुझेको छैन । हावामा वात मार्छन् । `अरुलाई गठबन्धनबाट पाहा पछारे जस्तो पछारे पनि माअोवादीलाई चाहिँ नपछार्नु´भनेर मोदीले देउवालाई भन्दिदा हाम्रो लागि खास्सा हुन्छ भने विन्तिपत्र किन नहाल्नु ? माधव काम्रेसको नेकपा समाजवादी हाम्रै माउवादी केन्द्रमा विलय भैहाल्छ । उपेन्द्रले मधेसमा हाम्रो माउवादीलाई ढिम्किन दिने होइनन् थाहा छदै छ । नेपाली कांम्रेसको साथ, उस्को बनिबास हाम्रो फलिफाप । यत्ति त मोदीले मिलाइ दिनैपर्छ नि । अाखिर अार्जु मेडमलाई भन्दिए भैहाल्छ । जे होस् नढाँटी भन्ने हो भने मोदीले `कांग्रेस र माउवादीको बिचमा एकीकरण ठोक्नु´ भने पनि हामी `अो के´ भनिहाल्छौ । अरु कुरो म जान्दिन कुनै पनि हालतमा काम्रेस प्रचन्न प्रधानमन्त्री बन्नै पर्छ । नत्र राष्ट्रमा ठूलो संकट अाम्छ अाम्छ ! `कांम्रेस र हामी मिलेर जाने, बाँडिचुँडी खाने´ कि कसो प्रचन्न काम्रेस ?

इण्डियालाई पायक पर्ने, अत्यधिक कमफर्टेवल, हात हालेर हुँडल्न मिल्ने र अान्द्राभुँडी लुछे पनि एक बचन केही नभन्ने सरखार नेपालमा छदै छ । अम्रिका पनि  एमसिसि पास गर्दिएपछि विशेष गरी हाम्रो प्रचन्नसँग बबाल खुसी छ । चुचे नक्शा हामीले होइन ओलीले ल्याको हो । हामीलाई नक्शा भन्ने त चुच्चे न बुच्चे केही चाँहिदैन । सप्पैलाई याद होस् हामीलाई सत्ता भए स्वर्ग पाएसरी  हुन्छ । हाम्रो माउवादीको साख्खै अाफन्त भनेको उत्तापट्टी इण्डिया र अम्रिका हो यता देशमा कांग्रेस नै हो । ढाँट्ने कुरै छैन-हाम्रो मुख्य वर्गिय दुश्मन भनेको एमाले नै हो । यो एमाले भन्ने वर्गीय दुश्मनलाई समाप्त नपारेसम्म कमफर्टेवल सरखारलाई पनि भारतको हितमा काम गर्न कठिन छ भनेर प्रचन्न काम्रेसले अाजको भेटमा मोदी दाइलाई भन्नु । जसरी हुन्छ `एमालेहर्लाई सखाप पार्ने अौषधी दिसोस् ख्वामित´भनेर अष्ठबक्र बन्दै पाउमा लम्पसार पर्नु । यदि त्यस्तो गर्न अवसर मिलेन भने बाहिर ढोकामा राखेको खराउलाई नै ढोगेर अाम्नु । मोदीको नजिक पर्नासाथ `ख्वामित हजुरको म त दास पो हुँ, नजिकै हजुरको कसरी म बसुँ´ भनेर बिलौना गर्नु ।

काम्रेस प्रचन्न तमीले यहाँको चिन्ता नगर्नु । देउवा दाइ बरु अाफ्ना कांग्रेस नेताले भनेको मान्दैनन् । हामीले भनेको फटाफट मान्छन् । काम गर्न सारै सजिलो देउवा दाइ ! विकासको काम हुदै भएन भन्नेहर्को मुखमा पनि बुझो लगाउने काम भयो । यही असारको अन्तिम ३/४ दिनमा अर्बौ अर्ब बजेट तुरियो । रनाहा छुट्ने गरी गज्जबको विकास भयो । तम्रो ठेकेदारहर्ले पनि मिलार धुनधान कमायो । यो वर्षलाई `धन्दा सुर्ता अारे ओइ´। देउवा दाइले गर्दा कांग्रेसलाई भन्दा पनि हाम्रो माउवादीको नेताहर्लाई `खा खुदो, मुख उँदो´ भा छ । डराउनु पर्दैन यहाँ सप्पै मन्द्रालयहर्मा अर्थदेखि बेखर्ची मन्द्रालयमासमेत राँटो नविराइ हाम्रो माउवादी काम्रेसहर्ले चिरिप्पझ्याप्प पारेको छ ।

हाम्रो धनार्जन काम्रेसलाई डाम्नाहर्ले कुबेलामा राजिनामा दिन वाध्य पारेर मात्र नत्र साउन महिना भित्र राष्ट्रको सम्पत्ति हाम्रो व्यक्तिगत ढुकुटीमा खार्लापखुर्लुप सरुवा भई सक्थ्यो । कारपकुरुप पार्ने बेलामा राजिनामा दिनुपर्दा मेरो त मन बाँउडेर अाम्छ भने धनार्जन काम्रेसलाई कस्तो भाको होला ! फेरि यही बेला त्यो `सिसि क्याम्रा´ भन्ने फुत्त निस्कन बेर छैन । कोल्ले बनाका रान ती सिसि क्याम्रा ! होइन किन बनाका हुनन त्यस्ता दुष्ट डाम्ना ! हुन त त्यो क्याम्राले केनै नाप्छर ! हाम्रा लागि अदालत दाइना छदै छन् । अा यस्ता कुरा के गर्नु ! प्रचन्न काम्रेस ! त्यहाँ अच्छा लेकिन खास्सा लाइन मिलार अाम्नु । भारत दाइना भए ह्वात्तै हाम्रो भाग्य खुल्छ । मोदीलाई `चाइन्सो तम्रो कमफ्रटेवल भनेको मै हुँ´ भन्नु । अरु कुरो वादमा वात मारौला भन्नु ।

देउवा दाइले लान्ठाङ र लुन्ठुङ गर्दै अर्को पाँच वर्ष चुनाप सारे पनि हुने थियो । अबको पाँच महिना पछि हाम्रो प्रचन्न काम्रेसलाई अदालतको परमादेशबाट `कुनै पनि सर्तमा प्रधानमन्त्री बनाम्नु´भन्ने निर्नय ठोक्न लाम्नुपर्छ । अाहा…! त्यस्तो भै दिए हाम्रो प्रचन्नले एक वर्षमा देश त निचोरेको कागती जस्तो अर्कै बनाइ दिन्थे । जसले जे भने पनि अहिले हाम्रो खेलोफड्को राम्रै चलेको छ । अहिले हाम्रो माउवादीलाई `खाओवादी´भन्नेहरू तीन छक्क परेर हेर्दै छन् । र, अहिले हामीलाई `खाओवादी´ होइन, श्रीलङ्कागामी पनि होइन `नेपाललाई इथोपिया बनाम्न लागेका परिश्रमी मजदुर´भन्न वाध्य भए ।  हाम्रो परिभाषा फेरियो । अहिले प्रचन्न काम्रेसको मोदीसँग वार्ता हुदैछ । यही वार्ताले काम्रेस प्रचन्नको यही १०/१५ दिन भित्र प्रधानमन्त्री बन्ने ढोका पनि खुल्दै छ । भारतका मोदी र नेपालका दाहाल मिलेपछि विश्वमा कसैको केही दाल गल्दैन ।

वास्तवमा `प्रचन्न प्रधानमन्त्री बन्ने पक्का, अाज दिल्लीमा फाइनल वार्ता सम्पन्न´ भन्ने खबर सुन्न नेपालीहरू अातुर छन् । काम्रेस नेपाल र नेपालीका लागि तमी प्रधानमन्त्री बन्न सारै जरुरी छ । होइन भने त्यो अातंक कालमा हामीले खाएको कसम पुरा हुने छैन् । र, १७ हजार शहीदको रगत, हजारौँको उठी बास, केन्टेनमेन्टका लडाकु र घाइतेहर्ले रुदैरुदै हामीलाई `डाका´ भनेको शब्दले लखेटीरहने छ ।

 काम्रेस प्रचन्न अाजलाई  

जै नेपाल !

Facebook Comments