परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

उल्कै गर्यो झिल्के सरकारले!

फुटानी

केटाकेटी स्कुल जान छाडे । किताप भा पो जानु भनेर केटाकेटी घरमै थच्चिएका छन् । हुन पनि हो, पढने किता हाम्रो पानदले सरखारले छाप्न सकेन । खै के हो के हो ! जाँच भएपछि भा पनि हाम्रो सरखारले गुटुङटुङ किताब पठाउछ भनेर पुच्छरघरे कान्छो भन्दै थियो । पुच्छरघरे पनि त्यति जान्ने त होइन तरपनि `हामीले भन्दा धामिले जान्द छ´ भने जस्तो उसैले बोलेको पुग्छ । किताब कैले अाम्छ थाहा छैन् । अाफूलाई भने मल नभर पिरोलेको छ । लठुवाहरू `कृषि प्रधान देश´ भनेर थाक्दैनन् । प्रतेक वर्ष भासनमा मल कारखाना खोलेर उधुम गर्छन् । २०४८ सालदेखि वर्षैपिच्छे मल कारखाना खोलेर यिनार्ले गर्नु गरे । नसक्ने मुलाङले किन भुक्नु! `नमच्चिने पिङको सय झड्का´ भनेको यही होला । प्रत्येक वस्तुको भाउ बढेर छोइसक्नु छैन । उनारू भने कहिले एमसिसीमा जोड्ने व्याख्यात्मक टिप्पणीको पारदर्शी धोती र कहिले एसपिपीमा लाउने जलप खोजेर हिडेका छन् ।

काठमाडौंमा एसपिपीका बारेमा तमास रडाको मच्चाएका छन् । हाम्रो प्रचन्न सारै बाठो । गएको बुधवार एउटै भासनमा दुइटा कुरा गर्दिए । सुरुमै `कुनै हालतमा एसपिपी सम्झौता हुदैन, हामी सम्झौता गर्दैनौ´ भने । भासनको पुच्छारमा `अोलीकै पालामा एसपिपी पास भै सकेको छ´ भनिदिए । पास भै सकेको थियो भने प्रचन्न काम्रेसले फातिमालाई लेखेको पत्र जसरी त्यो सम्झौता बाहिर ल्याम्नु पर्छ । त्यो फातिमालाई एमसिसी पास गर्छौ भनेर प्रचन्नले गोप्य रुपमा लेखेको पत्र प्रचन्न काम्रेसकै बिजेत गर्न बाहिर ल्याए जसरी नै हामी पनि अोलीले गरेको सम्झौता नक्कली होइन सक्कली नै बाहिर ल्याम होला । नक्कली त हाम्रो पत्रकार केटाहर्ले छ्यापछ्याप्ती पारी सको । सन २०१५ र २०१७ मा को प्रधानमन्त्री थियो त्यो पनि  थाहा नपाम्ने हाम्रो पत्रकार केटाहर्ले विगार्ला होस् गर्नु । अनि एसपिपीको सक्कली सम्झौता त पकै छ ।

अम्रिकाने महान साम्राज्यवादीलाई हृदयदेखिनै लाल सलाम भन्दै एसपिपी पास गर्नै पर्ने हो भने पहिला जस्तै पातलो खालको `छोपिए छोपिन्छ नछोपिए छोपिदैन´ भन्ने लगौटी जस्तो स्यानो `व्याख्यात्मक टिप्पणी´ ठोकीदिउ प्रचन्न काम्रेस । भरसक नराम्रो जति अोलीले गरेको राम्रो जति देउवा र हामीले भनेर लेख्न लगाउनुपर्छ । अब अाम्ने चुनाउसम्म अोलीको सत्तोसराप र देउवाको अारती उतार्ने काम छोड्नै हुदैन । चुनाउ राम्रैसँग जितियो भने देउवालाई लतारेर अोलीको अारती उतार्दै प्रधानमन्त्रीको पद हत्याउनु पर्छ । जसरी हुन्छ प्रचन्न काम्रेस चतुरे दिमाख लाम्नैपर्छ ।

नमस्कार है विध्वंसे काका ! के गर्दै छौ कुन्नि ! सण्डे र म चाहिँ अाज एकछिन भए पनि तिमीसँग गफिन अाको नि ! पहिलो कुरो त यसपाला बालीमा हाल्ने मल काँट ल्याम्ने !  दोस्रो कुरो केटाकेटीहर्लाई किताबसम्म छैन । केटाकेटी अशिक्षित र खेतिपाती समाप्त भएपछि राष्ट्र सकिन कतिबेर लाग्छ ? भनौ भने अाफ्नै पार्टीको अाफ्नै नेता देउवा दाइ प्रधानमन्त्री छन् । नभनौ भने कम्निष्टेहर्ले राम्रो सल्लाह दिदैनन् । प्रचन्न र माधव जस्ता कांम्रेसका लागि घातक ऐंजेरू बोकेर देउवा हिडेका छन् ।

हेर भिरघरे ! मल र किताब चाहिँ दिन नसकेकै हुन । तर, प्रचन्न र माधव काम्रेसले गर्दा त्यस्तो हुन गएको होइन । प्रचन्न र माधवहर्लाई अम्रिकाने एसपिपी भन्नेले इन्तुचिन्तु बनाको छ । अब पहिला एमसिसीमा ढाँटे जस्तो सजिलो छैन । त्यसबेला फातिमालाई अाफैले लेखेको चिठ्ठी पनि `मैले लेखेकै छैन´ भन्दा पनि भकै थियो । `एमसिसी पास हुदैहुदैन´भन्दा पनि ताली पड्काकै थियो । पछि पास गर्ने बेलामा `व्याख्यात्मक टिप्पणी´ भन्दा पनि `अोके छ´ चतुरे भनेकै हो । अहिले भने त्यस्तो सजिलो छैन । अब अहिलेको यो एसपिपी माप्पाका रान ! हाम्रो सेनालाईसमेत लतार्दै छ ।

यो पानदले सरकारले `हामीलाई एसपिपी चाहिदैन´ भन्ने हो भने त्यो रद्द गरिदिन्छुम भनेर अम्रिकाले बोली सक्यो ।तर, पानदलेहरू अम्रिकालाई त्यस्तो पत्र लेख्नु भन्दा `अोलीले गर्दा मुलुक समाप्त भयो´भनेर हाहाकार मच्चाउदै छन् । कस्ले के गरो के गरेन भन्दा पनि `एसपिपी हामीलाई चाहिंदैन, चिन घेर्न पाइँदैन´ भनेर यो सरखारले एउटो पत्र ठोक्दे भैगो नि ! देउवा उतैका हुन विरोध गर्ने कुरो छैन, प्रचन्न बिचरोले अम्रिकाने साम्राज्यवाद र युरोपियन उसवादलाई फकाउन लागेका छन्। अोली बोल्दा प्रचन्नले जवाफ दिनै पर्ने अवस्था छ । जवाफ दिनु पर्ने देउवा बोल्दैबोल्दैनन् , प्रचन्नलाई पत्याउदैनन ।

सण्डे भाइको कुरो ठिकै हो । काठमाडौंमा बस्नेहरू उस्तै रान ! म हो भने तेरो ठाँडो चाहिदैन भनेर हान्ने थिए पत्रको झटारो । अम्रिकानेहर्ले नेपाललाई त्यसै मया गरेका होइनन क्यारे । अन्तिम उद्देश्य चिनलाई घेर्ने नै हो । अब प्रचन्न प्रधानमन्त्री बने भने मात्र अम्रिकाले भने अनुसार  होला नत्र अरुले गर्दैनन् । एमसिसी पास गर्दा प्रचन्न काम्रेसले खेलको नाटक साँच्चै मनोरञ्जनात्मक थियो । अरुले त्यस्तो नाटक गर्न सक्तैन । एमसिसी त जसोतसो प्रचन्नले ठोके । अब एसपिपि पनि ठोके भने चाहिँ ठोके भने चतुरानन्दको उपाधि यिनै प्रचन्नलाई दिनु पर्छ । यस्को सिफारिस उभिण्डे गाउँपालिकाबाट म गर्छु ।

हेर भिरघरे ! तँ जस्ता जान्ने काठमाडौंमा धेरै छन् । हाम्रो प्रचन्न काम्रेसलाई हेपेर नबोल । जे गर्छन् प्रचन्नले गर्छन् । देउवा, अोली र माधवबाट माखो मर्दैन । चतुरे छन् र त तेरो देउवालाई प्रधानमन्त्री बनाई दिएका छन् । अोलीलाई पछार्न अरु हो भने सक्ने नै थिएन । अब कुरा रह्यो अम्रिका र  युरोपलाई फकाउने । त्यो त स्वभाविक हो । अम्रिका र युरोप रिसायो भने हाम्रो प्रचन्न काम्रेसलाई चिरिप्पझ्याप पार्छ । किन ढाट्नु ! एमसिसि नाटक पनि त्यही कारण भएको हो । अब एसपिपि पनि हाम्रो प्रचन्न काम्रेसले त्यसरी नै `अोके´ गर्छन् । जसले पनि पहिला अाफू सकुसल जोगिने उपाय खोज्नु स्वभाविक हो ।

अनि हौ काका ! तिम्रो प्रचन्नलाई अहिले पनि युरोपियन युनियन र अम्रिकाकै डर छ ? यदि प्रचन्नले लपनछपन गरे जहिले पनि  कर्यापझ्याप पार्छ भन्ने चाहिँ विर्सिएछन् । उनार्को त अाफ्नै देशको कानुन बमोजिम हुन्छ । जघन्य अपराध र मानवाधिकार उलंघन गरेको भए कहिल्यै छोड्दैन।

त्यही भर त हाम्रो प्रचन्न काम्रेस जे गर्न पनि तयार छन् । नत्र `अम्रिकी सामराज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद´ परक्क बटारिने थिए ।

लु सण्डे भाइ ! `हामी भने जाउ उधैउधै, एसपिपिको जगल्टा उखेल्दै´ ।

काका ! अर्को दिन भेटौला । अाजलाई भने

जै नेपाल !

Facebook Comments