परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हेप्न खोजे कांग्रेसलाई ठेगाना लगाइ दिन्छु अनि!

फुटानी

चुनाउ सकेपछि गाँमघर त सेलाउनु स्वभाविक हो । तरकाठमाडौं पनि सेलाएको देख्दा भने अचम्म लाग्न थालेको छ । नेताहरू किन गुप चुप भएका होलान कांम्रेसको पुच्छर समाएर  वैतर्नी तर्नेहरूपारि पुगेपछि कांम्रेसलाई सराप्नेहरू र नानाभाँती अडकलबाजी गर्नेहरू कता गए कुन्नी ! `हाम्रो पार्टी  सबैभन्दा ठूलो बन्छ´ भन्नेहरूको पार्टी पनि त्यति ठूलो भाको नदेखिदा मेरो भने चित्त रुएर अाको छ । कुनै कुनै जिल्लामा त हाम्रो माधव काम्रेसको पार्टीलाई गठबन्धनमै पारेनन्। प्रधानमन्त्री देउवा र हाम्रो सर्वहारा नेता काम्रेस प्रचन्नले मिलेमतो गरेर माधव कांम्रेसको पार्टीलाई चिलिमच्वाँट बनाइ दिए । 

 

नमस्कार है विध्वंसे दाइ ! अाज भोलि के गर्दै छौ कुन्नि ! 

 

नमस्कार ! नमस्कार !! धेरै दिन पछि पो अाइस् त हौ भक्काने कान्छा । चुनाउ सकिएपछि फुर्सद पाइस् कि कसो ! लौ भिरघरे र सण्डे पनि अाइ पुगे ।  लु बस भतिज हो । नयाँ नौलो खबर के छ अब त चुनाउको नतिजा पनि अाइसक्यो । हाम्रो प्रचण्ड काम्रेसले दुनिया जिल्लाराम हुने गरी माउवादीको सिट ल्याइदिए । होइन हौ म अाफै तीन छक्क परे ।

 

हौ विध्वंसे काका ! तिमी तीन छक्क पर्नु स्वभाविकै हो । हाम्रो देउवा दाइले काँधमा बोकेर माउवादीका उम्मेदवार जति सप्पैलाई जिताइ दिएपछि तिम्रा नेताहर्को घमण्ड चुलिएर छताछुल्ल हुन थालेको छ । प्रचन्न काम्रेसले अस्ति एउटा भाषनमा `कांग्रेसलाई पनि सिध्याइ दिउकी क्या हो´ भनी हाले । गत स्थानीय चुनाउ र यसपालाको चुनाउमा कांग्रेसले नबोकेको भए माउवादीको अस्तित्व समाप्त हुन्थ्यो भन्ने चाहिँ कृतघ्नहर्ले विर्सी हाल्छन् । गत संघिय चुनाउमा एमालेसँग मिलेर कांग्रेसलाई समाप्त पारेकै हुनयसपालि पनि फटाफट गर एमालेसँग टाँसिन्छु भन्ने होला । अब त अोलीले लात देर खेद्छन् ।

 

हेर भिरघरे तँ अालोकाँचो कुरा गर्दैछस् । यदि हाम्रो काम्रेस प्रचन्नले सोचेको हो भने बुझे हुन्छ कांम्रेस पार्टी समाप्त हुन्छ। अहिले म पनि देख्दैछु कांम्रेसी नेताहर्मा घमण्ड चुलिएको छ । त्यो घमण्डको भाँडो सोम शर्माले सातुको भाँडो लात्तले हानेर फुटाए जसरी नै हाम्रो प्रचन्नले फुटाउन सक्छन ।  हेरिराख कांम्रेसले निहुँ खोज्यो भने तेरो पार्टीको सत्ता चड्ने भर्याङ प्रचन्नले उखेलेर हुत्याउछन् । कस्ता-कस्तालाई धुर्त्याइँ र चतुर्याइँ मिसाएर हुत्याए ।

 

ठिकै भने विध्वंसे काकाले । प्रचन्नले सक्ने हो भने यो संसारमा एक्लै राजा बनेर शासन गर्ने थिए । उनमा त्यो खालको तिब्र कुण्ठा छ । त्यही कुण्ठाग्रस्त मनस्थितिका कारण उनी कहिल्यै सफल हुदैनन् । मुख्यरुपमा प्रचन्न अस्थिर छन्परपिडक छन् र व्यक्तिगत लोभले ग्रस्त छन् । 

 

तँ जान्ने नहु सण्डे ! अहिलेसम्म हाम्रो प्रचन्न काम्रेस जसरी कुनै नेता सफल हुन सकेको छैन् । यही स्थानीय चुनाउलाई फर्केर हेर । हाम्रो नेताले अाफूलाई मात्र सफल बनाएनन् नेपाली कांम्रेसलाई पनि सफल बनाइ दिए । हाम्रो प्रचन्न काम्रेसले कुटिल भूमिका नखेलेको भए कांम्रेस एक लम्बर पार्टी  हुनेनै थिएन । अहिले अाएर कांम्रेसका नेताहर्ले ठूलो कुरा गर्न थालेका छन् । कुन चाहिँ दिन हाम्रो प्रचन्नले कांम्रेसको गर्धन भाँच्चिने गरी हान्नेछन् अनि काम्रेसहर्ले थाहा पाम्छन् ।

 

बडेर चट्को कुरो नगर काका ! तिम्रा प्रचन्नका खुट्टी पनि देखिए । हामीहर्को अौंलो समाएर जँघार तरी सकेपछि हामीसँगै सिङगौरी खेल्न खोज्दैछन् । सायद जिल्ला समनन्वय परिसदको प्रमुखको लागि धेरै ठाममा वार्गेनिङ गर्ने दाउ होला । तरनाप्पियो । कि कसो भक्काने काका ? 

 

ठिकै हो । गठबन्धनका पान दलेले बढी नबोले हुन्छ । एउटाको भर अर्कोलाई भएन भने स्वहा: हुनेले चर्को कुरा किन गर्ने! देउवा न प्रचन्न एक्ला एक्लै लड्ने हो भने सप्पैलाई एमालेले एक्कै घान बनाम्छ । अहिले गठबन्धन गर्दा त हालत यस्तो छ भने अर्थोक किन भन्नु पर्यो ! 

 

भक्काने काकाको कुरो बेठिक भन्न मिल्दैन। त्यसमा पनि माउवादीका नेताहर्ले त नसन्किएकै राम्रो। `अाफू छ छारामाखुट्टा टेक्छ भारमा´ भनेको अहिले माउवादीले चरितार्थ गर्दै छ ।

 

त्यही त भनेको सण्डे भाइ ! भोलि परिस्थिति अर्कै भो भने यिनार्को गति के होला ! अलिकति उपलब्धि भयो कि असाधारण गतिविधि गर्नेभूइँ न भाँडाको बनेर पोखिने माउवादीको सिध्दान्त नै बनेको रहे छ । अहिले अाएर माउवादीका नेता हाम्रो कांम्रेसलाई नै खतम गर्दिन्छु भनेर भुक्तैछन् । कांम्रेस कम्जोर हुनासाथ अाफू सकिन्छु भन्ने नै माउवादीले विर्सिए छ ।

 

निहुँ खोज्ने कुरा नगर भिरघरे ! तिमार्को काम्रेस सकिदा हामीलाई कौनै फरक पर्दैन् । हामी भनेको हामी हो । हाम्रो माउवादी कांम्रेस जस्तालाई लतार्दै अघि बढ्छ ।

 

यस्तै कुरा गर्दा त हाम्रो देउवा दाइ `अा…! बरु एक्लै अघि बढौमाउवादीलाई लतार्दिम´भन्छन त ! तिमारूको नाप्पिएको कुरा सुन्दा हाम्रो काम्रेसका सप्पै नेता बटारिएर बोल्छन् । भरतपुरमा रुएको कति छिटो विर्सिन्छन भने भनेर साध्य छैन । 

 

एक्लै बढे हुन्छ । हामी पनि हिड्न सक्छौ । `ढुङ्गाको भर माटोमाटोको भर ढुङ्गा´ भनेर मात्र हामी पनि सँगै हिडेको हो । वैतर्नी तर्न कसैको पुच्छर समाएको होइन । बरु कांग्रेसले हाम्रो सहयोग खोजेको थियो त्यही बुझेर हामीले सहयोग गरेको हो । माउवादीलाई नहेपे हुन्छ । माधव नेपाललाई पनि हेपेर काम्रेसले भित्तैमा पुरायोमाउवादीलाई पनि भित्तामा पुराउन खोजेको होला सम्भव छैन भिरघरे ।

 

गठबन्धन तोडे भै हाल्यो त ! किन `काम्रेसलाई पनि चिलिम फर्काउछु´भन्दै भुक्नु । कित चुप लाग्ने कित गठबन्धन तोड्ने । यो बाहेक अर्को विकल्प छैन । कहिले कांम्रेसको बैसाखी नपाउदा रुनेकहिले थोरै उपलब्धि हुनासाथ नानाभाँती फलाक्ने । यस्तो त केटाकेटी खेलमा मात्र हुन्छ । माउवादीलाई कांम्रेसले तानेर सगरमाथाको चुचुरोमा पुरायो । अहिले हाम्रै कांम्रेसलाई चुचुरोबाट खसाउन `पुक्क लात्तले दिम´भन्दै निहुँ खोज्छ । 

 

के निहुँ खोज्छ भन्छस् । माउवादीको साथ नभए अाफ्नो चाहिँ के हालत हुन्थ्यो भन्ने विर्सिएर हरेक खालको कुतर्क गर्छ । गठबन्धन तोडे तोडिन्छ फोरे फोरिन्छ । हाम्रो माउवादीलाई पनि मतलब छैन ।

 

लु काका ! तिमी जस्तो हुर्दुङसँग के कुरा गर्नु ! हिड सण्डे जाउ उभिण्डे खोलातिर ।

 जै नेपाल ।

Facebook Comments