परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हाम्रो माउवादी नेता रुख चिन्हमा उठ्न सक्छन! 

फुटानी

मैले जे विश्लेषण गरेको थिए ठ्याक्क त्यही पुग्यो । हाम्रो प्रचन्न काम्रेस लागिसकेपछि असम्भव भन्ने केही हुदैन । यसपालि नेपाली कांम्रेसको काँधमा राखेर माअोवादी केन्द्रलाई मजाले बैतर्नी तारे । अब अाम्ने चुनाउमा अर्कोतिर कोल्टो फेरेर `अाफ्नो हुदो खुदैखुदो´ बनाम्छन । ठाम अन्सार गठबन्धन दलकाहर्लाई पनि प्रचन्नले राम्रो गर्देकाछन् । माअोवादीका काम्रेसहर्ले खोजीखोजी बुट्टोमा भोट हाले । तर, नेपाली कांम्रेसकाले भने  हाम्रो अाँसी र हेम्मर खोजेर छाप ठोकेनन् । ललितपुरका हाम्रा उपमेयरका उम्मेदवारलाई कांम्रेसले भोट हाल्दै हालेनन । गठबन्धनका उम्मेदवार मध्य ५/१० ठाममा राम्रो भोट दिए अन्त दिएनन । गठबन्धनबाट महानगरका उपमेयर उठेकाहर्लाई कांम्रेसले नराम्रोसँग हराइ दियो । इटहरी, विराटनगर, काठमाडौं, ललितपुर, बुटवललगायत धेरै स्थानमा गठबन्धनलाई कांम्रेसले थाङ्नामा सुताइ दियो ।

हाम्रो पार्टीको एक मात्र अध्यक्ष काम्रेस प्रचन्नले भरतपुरलाई `फोकस´ गर्नुको पनि खास कारन थियो । यदि भरतपुरमा `त्यो उस्को´ व्यवस्था नगरेको भए एमाले र कांम्रेसले भोट दिने नै थिएनन । १ देखि ८ वडासम्मको भोट गन्दा हाम्रो पार्टीको एकजना पानी सदस्यसमेत जितेन । तर, यता मेयरमा भने एमाले र कांम्रेसले छोरीलाई अत्यधिक मत दिए । मन फुकाएर दिल खोलेर, अाफ्नोलाई नदिएर पनि दिए ।  यसरी यथेष्ट मत उनार्ले हचुवाको भर्मा दिएकै होइन  ! `त्यो उस्को´ कारनले दिएको हो । पोखरा र भरतपुरमा `त्यो उस्को´ छेलोखेलो नबनाको भे दुवै सिट एमालेले सजिलै लाने रैछ । कांम्रेस र एमालेका टाउकेहर्को टाउको गनेर, `कति हो भन´भनेर ठाम्को ठाम गन्दे पछि मात्र चुनाउ सजिलै जितिएको हो । विभिन्न तिकडम अपनाउदा र गठबन्धन हुदा त यो गति छ भने एक्ला एक्लै चुनाउमा गएको भे हाम्रो हालत के हुन्थ्यो ! राम राम राम सोच्न पनि अप्ठ्यारो । एमालेहर्ले हामीलाई माई खोलामा बगार अदुवा खोलामा खोज्ने रान ।

जे होस् पान दले गठबन्धनले कांम्रेस र माउवादीलाई राम्ररी फाइदा पुग्यो । हाम्रो महान काम्रेस प्रचन्नले माधव नेपालको पार्टीलाई पनि राम्रो फाइदा पुराइ दिए । यस्तो राम्रो हुदै गो भने यो गठबन्धन युगौ युग कायम रहन सक्छ । अबको चुनाउमा हाम्रा कतिपय नेताहर्ले अाँसी र हेम्मर फालेर रुख चिन्ह लिएर चुनाउ लड्नु पर्ने हुनसक्छ । पार्टी सार्ट्री मारो गोली, चुनाउ जित्यो भरो झोली । त्यसबेला देउवा दाइले हाम्रो टाउकाको मोल तोक्दा पीडा र अहिले पिठियुँमा बोक्दा अानन्द दुवैको  गज्जबको मिश्रण भयो । अहिलेसम्म उभिण्डे खोलाको भङ्गालो बनेर कहिले देउवासँग मिसिन पुगियो कहिले अोलीसँग घुलन भइयो । माउवादीको अस्तित्वमै संकट उत्पन्न हुने भएपछि संकट मोचन गरिदिने कि अोली कि देउवा बाहेक हाम्रो अरु को छर ! यदि यो दुई जनालाई हाम्रो प्रचन्न काम्रेसले कुरैमा भुल्याएर, मुखले ठिक्क पारेर अाफ्नो दुनो नसोझ्याउने हो भने माउवादी भन्नेको नामोनिशान नरहने रैछ ।

नमस्कार है विध्वंसे काका ! हौ काका तिमार्को सकिएको, मकिएको, अस्तित्व समाप्त भएको माउवादी पार्टीलाई पनि हाम्रो देउवा दाइले वैतर्नी तारी दिए । तिमारू जस्तो कृतघ्नलाई मयाँ गर्न चाहिँ नहुने हो तर केगर्नु ! समय परिस्थितिले यसै गर्यो ।  हामीले गर्दा यो चुनाउमा तिमार्को पनि भाउ बढ्यो । वास्तवमा तिमार्ले  लड्डु कोचाकोच गर्नु पर्ने बेला चाहिँ यही हो । कांम्रेसकोबुई चडेर पिंड हसुर्ने भयौ ।

वाइयात कुरो नगर भिरघरे ! यदि गठबन्धन नभेको भा र हाम्रो माउवादीले इमान्दारी पूर्वक भोट नदेको भा तिमार्को चाहिँ पत्तासाफ हुन्थ्यो । अरुको त कुरै छोड्दे भिरघरे ! विराटनगर महानगरपालिका नै माउवादीको भोटले कांग्रेसले जित्यो । अन्तको पनि एमालेसँगको भोटको अन्तर जाँचेर हेर्त ! तिमारू त डङग्रङै उत्तानो चित । हाम्रो कार्जेकर्ता धेरै इमान्दार। गठबन्धनबाट उठेका तिमार्का धेरै ठाममा जिते। गठबन्धनबाट उठेका माधवको, माउवादीको र जसपाको उम्मेदवारलाई भने तिमार्ले पोखरा, भरतपुर, हेटौडा, सिमरा र विरगंजबाहेक अन्त समाप्त पार्दियौ । यदि भरतपुरमा छोरीले नजितेको भए नेपालमा ठूलो संकट अाइलाग्ने थियो । नानी छोरीलाई जिताउनेमा तिमार्को कांम्रेसको केही र सबैभन्दा बढी एमालेको भोट अाए छ । भरतपुर, पोखरा र हेटौडका एमालेहर्लाई धन्यवाद भन्नैपर्छ। अाफ्नालाई हराएर यसरी हाम्रोलाई जिताएकोमा त्यहाँका एमाले नेता धन्यवादका पात्र भए । बेलामा लेनदेन राम्रोसँग भएको उदाहरण प्रष्ट भयो । कि कसो सण्डे !

ठिकै हो काका ! दमकमा राप्रपालाई जिताउने र विराटनगरमा जसपालाई हराउने तिमार्को गठबन्धन टुट्यो भने ककस्को राजनीति समाप्त हुन्छ हेर्नुपर्छ । हाम्रो एमालेलाई हराउन तिमार्को पान दले, छ दले गठबन्धनको धन, बल, छलले नपुगेर राज्यसत्ताको चरम दुरुपयोग भएको थियो । अहिले तिमार्को लागि देउवा दाहिना भएका छन् अर्को पटकसम्म देउवालाई दाहिना राख्न सके कुम्भिपाक नर्क तर्ने साधन बन्न सक्छ । देउवा डेब्रिए भने तिमार्को विलय त्यही कुम्भिपाकमा हुन्छ।

अब तैंले भनेर हुन्छ ! हाम्रो प्रचन्नका अगाडि जेमराज पनि थर्कमान हुन्छ । अोली र देउवालाई लठ्ठ लन्ठु बनाउन सक्ने क्षमता प्रचन्नसँग बाहेक अरुसँग छैन । योसँग भएन त्योसँग, त्योसँग भएन योसँग गठबन्धन त हुन्छ हुन्छ । अब विराटनगरको कुरो त्यहाँ हाम्रो माउवादीको कारणले होइन कांम्रेसको कारणले जसपाका उपमेयर उम्मेदवार  अध्यक्ष उपेन्द्र यादवका छोरा हारेका हुन । प्रचन्नकी छोरी जित्ने उपेन्द्रको छोरो हार्ने अर्थमा यसलाई लिनु हुदैन । प्रचन्न भनेको माहिर खेलाडी हो भनेर बुझ्नु पर्छ ।

हौ काका ! यो भन्दा अघिको स्थानीय निकायको चुनाउमा हाम्रो देउवासँग मिलेर प्रचन्नले फाइदा लुटेकै हो, त्यसपछि भएको प्रतिनिधिसभा चुनाउमा अोलीसँग लिपिक्क टाँसिएर देउवाको उछित्तो काढेकै हो । अहिलेको चुनाउमा फेरि देउवा प्रयोग भएकै देखियो । अब ६/७ महिना पछि फेरि चुनाउ हुदै छ त्यो चुनाउसम्ममा माधवको पार्टी प्रचन्नको पार्टीमा विलय भै सक्छ ।  एउटा पार्टी अर्कोमा विलय भैसकेपछि रह्यो चार दल । जसपा र जनमोर्चाको खासै अर्थ र काम छैन भनेर हाम्रो देउवा दाइ र प्रचन्न काम्रेसले हुत्याई दिन्छन् । रह्यो कांम्रेस र माउवादी । अनि नेपाली कांम्रेसले निर्नय गरेर माउवादीलाई पनि  रुख चिन्हमै उठाउनु पर्छ । किन भने हाम्रो कांम्रेसले तिमार्को चिन्हमा भोट हाल्न मानेन, तिमार्को माउवादीले चाहिँ खोजी खोजी र सजिलै रुखमा भोट हाल्न सके । अर्थात माउवादी जे पनि गर्नसक्छ तर कांम्रेस त्यसरी गति छाड्न सक्तैन ।

हौ भिरघरे दाइ ! घर जाने होइन । म त खाना खार तोप्चेतिर जानु छ ।

हो सण्डे भाइले बेलैमा सम्झायो । लौ काका ! हामी उभिण्डे खोला हुदै घरतिर लाग्छौ । अब धेरै सोच्नु पर्दैन । तिमारू पनि कांम्रेसनै भै सक्यो ।

जै नेपाल !

Facebook Comments