परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हाम्रो पान दल मिलार काम्रेस पार्टी बनाम्नु पर्छ!

फुटानी

देखिस भिरघरे ! हाम्रो प्रचन्न काम्रेसको खेल । देउवा दाइको साथ पाएसी स्थानीय पालिका चुनाउलाई कसरी अाफ्नो पक्षमा पारे ! दमकमा राप्रपासँग मिलेर हलोमा भोट हाल्न लगाए, कतै अर्थोकै केजाति उजाति गरेर दूनो सोझो गरेर राखे । हेर्न भए जति पार्टी मिलेर नउठेको भए हेटौडा, भरतपुर, पोखरा जस्ता ठाममा एमालेले सोत्तर पार्ने थियो । तर, हाम्रो महान नेता काम्रेस प्रचन्नको कुशाग्र बुद्धिका कारण ती ठाममा छेलोखेलो बनाइयो । अब यस्तो काममा खर्च त हुन्छ नि । त्यहाँका एमाले र कांम्रेसका हुर्दुङहर्लाई पैसोको ढडियामा हालेर बाँधेसी चटपटाउनै सकेनन् । चुनावी रणसङ्ग्राममा हाम्रो काम्रेस माहिर भै गएको प्रमान यही हो । देउवा दाइको कांम्रेसलाई पनि फाइदै फाइदा हाम्रो प्रचन्न काम्रेसलाई पनि फाइदै फाइदा । अब एमालेलाई सक्नुको लागि अर्को चुनाउमा राप्रपालगायतका पार्टी साथै धरान र काठमाडौंका लौरो पनि मिलाउनुपर्छ ।

विध्वंसे काका ! तिम्रो कुरा त ठिकै हो तर मलाई चाहिँ सँधै गठबन्धन गरेर सकिन्छ जस्तो लाग्दैन । अब गठबन्धनका चार वटा पार्टी हाम्रो कांम्रेसमा विलय गर्नुपर्छ । देउवा दाइलाई म भन्छु प्रचन्न काम्रेसलाई तिमी भन । अरु भारेभुरे पार्टी मिसिन अाए भने उनार्लाई पनि जाकजोक पार्नुपर्छ । त्यसपछि नेपालमा दुई वटा पार्टी मात्र हुन्छ । तिमी हामी एउटै पार्टीको हुन्छौ । नेपालमा दुई पार्टी सिस्टम लागु गर्नुपर्छ । एउटा हाम्रो नेपाली कांम्रेस अर्को नेकपा एमाले । कम्युनिष्टको नेतृत्व एमालेले गर्छ अरुको नेतृत्व हाम्रो कांम्रेसले गर्छ । अनि तिमार्को काम्रेड र हाम्रो कांग्रेस मिले पछि `काम्रेस´ भन्दा भैगो । तिमार्ले अनि `जै नेपाल काम्रेस´ भन्ने गर्नु पर्छ । कि कसो सण्डे भाइ !

तिम्रो कुरा सोह्रै अाना ठिक हो भिरघरे दाइ ! अब हाम्रो एमाले र तिमार्को कांग्रेस बाहेक अरु पार्टी लोप हुने अवस्थामा पुगेछन् भन्ने कुरा यो चुनाउले लेखायो । जति सिट गठबन्धनका अरु दलले जितेको छ त्यहाँ कांग्रेस दह्रो थियो र मात्र जितेको छ । नगन्य सिट अाफ्नो बुताले जितेको देखिन्छ । यदि कांग्रेसले साथ नदिएको भए महानगर र उपमहानगर दुई दुई वटा कांग्रेसले र बाँकी चार वटा महानगर र सात वटा उपमहानगर पालिका हाम्रो एमालेले सजिलै जित्ने रछ । अहिले हिसाब गर्दा ठ्याक्क देखिन्छ ।

जे भन सण्डे भतिज ! हाम्रो प्रचन्नको अगाडि अरुको दाल गल्दैन भन्ने प्रमाणित भै सक्यो । तिमार्को पार्टीलाई साम, दाम, दण्डभेद बाहेक अर्थोक पनि गरेर हराउनु थियो हाम्रो प्रचन्नले देउवालाई भनेर सप्पै सर्दम जुटाएर हरारै छाडे । बेलामा कर्मकाण्ड गर्ने भनेकै प्रचन्न काम्रेसले हो अरुले सक्तैन । यो पालिका चुनाउमा गठबन्धन नगरी एक्ला एक्लै लडेको भए एमालेले हामीलाई सोत्तर पार्ने रछ, खरानी बनाम्ने रछ । हाम्रो प्रचन्न काम्रेसले कांम्रेस र माउवादी दुबै पार्टीलाई भारी फाइदा पुराए ।

तिम्रा प्रचन्नले २० वर्षसम्म गठबन्धन रहन्छ भनेका छन् । रहला नरहला त्यो अर्को कुरा हो । तर, चितवन भरतपुरका हाम्रा काम्रेसीहरू भने माअोवादीका कार्जेकर्ता बनेरै छाडे । पैली जगन्नाथलाई उचाले । `हाम्रा हात काट्नेहर्लाई हालिन्न र हाल्न हुदैन´ भन्नेहर्ले पछि `पार्टी केन्द्रको निर्णय नमान्ने र रेनुलाई भोट नदिने काम्रेस नै होइन´ भने । अघिल्लो दिन रेनुको कट्टर विरोधी, भोलिपल्ट उज्यालो हुँदा कट्टर समर्थक भएर ब्युझ्यो । त्यहाँका मेरा कांम्रेसी साथीहर्ले राति कस्तो मिठो र भविष्य सप्रिने बिपना भेटेछ । म त चकित भए भने बिचरा ! जगन्नाथजी तीन छक्क अक्कनवक्क भए होलान ।

जे भन भिरघरे ! एमालेलाई हराउन हाम्रो माउवादी र एस भन्ने पार्टीका कार्जेकर्ताले कांम्रेसको रुख चिन्ह खोजिखोजी भोट हाले । तिमार्को कांम्रेसकाहर्ले धेरै ठाममा हाम्रो अाँसी हम्मर र फुल्टिन चिन्हलाई थला बसाए । काठमाडौंमा फुल्टिन लिएर उठेका उपमियर र ललितपुरमा अाँसी हम्मरका उम्मेदवारलाई कांम्रेसले भोटै दिएन । त्यही कारण मैले तिमार्को विश्वास छैन भनेको ।

वाइयात कुरा गर्छौ विध्वंसे काका तिमी ! तिमारूलाई कांम्रेसले भोट नदिएको भए भरतपुर, पोखरा, हेटौडा, जितपुर सिमरालगायतका स्थानमा तिमार्को हालत के हुन्थ्यो । हुनसक्छ तिमार्को नेताको बढी खर्च भयो होला, मिहिनेत बढी गर्नु परो होला त्यसमा हाम्रो के दोख ! तिमारूलाई हाम्रो कांम्रेसले भुक्तमान भोग्नबाट बचाइ दिएको छ । वैतर्नी तार्दिएको छ । अब पाँच वर्ष हाँडीघोप्टे भएर मज्ज्जाले खान पाम्छौ । कहिले हाम्रो काम्रेससँ मिलेर खान्छौ कहिले एमालेसँग मिलेर खान्छौ, कहिले घुर्की लाम्छौ कहिले रुन्छौ । चित्र विचित्र नाटक देखाएर पनि काम्रेस प्रचन्नले माउवादी केन्द्र भन्ने पार्टीलाई धतुरो खुवाएर पनि बचाएकै छन् । यस वर्षको स्थानीय तह निर्वाचनमा भने हाम्रो देउवा दाइले प्रचन्नको पार्टीलाई सञ्जीवनी नै पिलाइ दिए ।

ठिक भने भिरघरे दाइले ! देउवाले गठबन्धन नगर्ने एक्ला एक्लै लढने भन्देको भा माउवादी पार्टीको अहिले ल्याको सीट भन्दा ६५ प्रतिशत कम अाम्ने रछ । गत स्थानीय चुनाउमा काम्रेसको बुई चढेको माउवादी त्यसपछिको संघिय चुनाउमा एमालेको बुई चढेर वैतर्नी पार भयो । अहिले फेरि देउवा दाइले कांम्रेसको बुई थापेर त्यही वैतर्नी तारी दिए । अब अाम्ने चुनाउमा कस्को बुई चढ्न कहाँ पुग्ने हुनन् कसैले थाहा पाम्न सक्तैन । प्रचन्न सप्पैलाई बेकुफ बनाम्दै अाफू चतुर भएको ठान्दैछन् तर एमाले र काम्रेसले विश्वास गर्न छाडेका दिन `चल भाइ काँशी´ भन्नु बाहेक उनीसँग अर्को उपाया नास्ति ।

यो सण्डे पनि बढी नै बाठो हुन्छ । नढाँटी भन्नुपर्दा हाम्रो माउवादी संगठन दह्रो छैन । नेताहरू लोभी पापी मात्र छन् । यो अवस्थामा प्रचन्नकै कारणले पार्टी जीवित छ, उनकै चतुराँइले चुनाउहर्मा जितिदै छ । नत्र हामी त इतिहासको कालो पन्नामा सिमित हुने थियौ । यो कुरा पछि गरौंला । बरु काठमाडौंमा वालेन भन्ने एउटो लौरो लिएर उठेको केटो र धरानतिर अर्को लठ्ठी लिएर देखिएको युवाले तहल्का मच्चाइ रहेका छन् भन्ने सुनेको थिए उनार्को रिजल्ट के अायो ? सुना त भिरघरे ।

के सुन्छौ हौ काका ! दमकमा छ वटा पार्टी मिलेर लडदा पनि एमालेले झन्नै उछिट्याको । धन्न राजावादी राप्रपाले जिती दियो र `यो जित कस्को ! कांम्रेसको, माउवादीको, नेकपा समाजवादीको, जसपाको, जनमोर्चाको र राप्रपाको´ भनेर विजय जुलुस निकाल्न पाइयो । धरान र काठमाडौंका केटाहर्को बारेमा भने मैले अस्तिकै दिन देखि सुनेको छैन ।

हैन हौ भिरघरे दाइ ! जित्नेले जित्यो हार्नेले हारो । हामी खाली कसले हारो कसले जित्यो भन्दै दिन बिताइ रहेका छौ । यो पाराले हुदैन । घर जाम अबो, काममा जानु पर्छ ।

हो सण्डे भाइले ठिक भन्यो । लु काका हामी घरतिर जर्छौ ।

जै नेपाल !

Facebook Comments